Tuesday, December 30, 2008

आसको बास

आईते टुडुको गत वर्ष चैतभरि घरमा गासबास थिएन । झापा गौरीगन्ज ४ भवानीपुरका साथीसंगी बटुल्यो, ढोल बोक्यो हिड्यो सन्थाल नाच देखाउन । खानपान हुने गाउँ पनि घुमिने । यस्तै दिनचर्या थियो उनी र उनका छर छिमेकको पनि । त्यतिका समय नाच नाच्दा उनीहरुले बदलामा न पारिश्रमिक लिए नत ज्याला नै ।
एक टुक्रो जग्गा पाउने आशमा राजनीतिक दलका चुनावी कार्यक्रममा हिंडेका उनी र उनी जस्तै सीमान्तकृत सन्थालहरु आफ्नै जग्गामा बस्न पाइनेमा ढुक्क थिए । तर उनीहरुले जग्गा त पाएनन् नै दिलाई दिन्छु भन्ने नेताको पनि चालचुल हरायो । नेतै हराएपछि उनीहरुले जग्गा पाउने असामा बसेका उनीहरुलाई हिस्स बुढी हरिया दाँत झै भएको छ । यहि कारण सीमान्कृत यी सन्थालले नराम्रोसँग चित्त पनि दुखाएका छन् ।

संविधान सभाको निर्वाचनमा काँग्रेस, माओवादी र एमाले सबैका कार्यक्रममा उनीहरुले नाच देखाएका थिए । झापा क्षेत्र नं ६ र ७ का सबै चुनावी कार्यक्रममा हिंडेका उनीहरुलाई सबैले जोतभोग गरेकै ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएका थिए ।
नेताले जग्गा दिने भनेकोले नै हामी ठाउँ ठाउँमा नाच देखाउन गएका थियौं ,तर खै हाम्रो पिर कसैले बुझिदिएन् - टुडुले भने उतिवेला दैनिक घरमा आएर नाच्न हिंड भन्नेहरु पनि गाउ“मा देखिएका छैनन् ।
पश्चिम दक्षिण झापाको क्षेत्र नं ६ र ७ मा त्यसवेला दलहरुले चुनावी प्रचारका लागि विभिन्न सभाहरु गरेका थिए । ती सभामा टुडुको नेतृत्वमा सन्थालहरुको एउटा समूह परम्परागत सन्थाल नाच नाच्दै हिडेंको थियो । हुन त टुडु आफ्नो टोलको मन्जीहडाम (मुखिया) भएकोले पनि सबैलाई जग्गा दिलाई दिन आफ्नै नेतृत्वमा टोली लिएर हिड्न परेका बताउ“छन् । अहिले मलाई गाउँलेले सोध्ने प्रश्नको जवाफ दिदां दिंदा हैरानी भएको छ - उनले भने सबैले कहिले जग्गा हाम्रो नाम गरिदिन्छन् भनेर सोध्छन् म के भनेर जवाफ दिनु । यद्धपि टुडुपनि सुकुम्वासी हुन उनको नाममा एक चप्परी जग्गा पनि छैन ।
दलहरुले सीमान्तकृत सन्थाल समूदायका मानिसलाई गौरीगन्ज ४ मा रहेका ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएको समूहका अर्का सदस्य बुद्धिलाल म’र्मुले बताए । अहिले पनि त्यही ठाउँमा बसेका छौं, एउटाको कार्यक्रममा गएर नाचियो अर्कोले रिस नगरोस भनेर अर्काकोमा पनि नाचियो तर खै गर्न चै कसैले केही गरेनन् । बोलाए जति सबैकहा पुग्दा पनि जग्गा भने दिएनन् - मुर्मुले भने ।
गौरीगन्जबाट मात्र नभएर बैगुन्धुरा, लखनपुर, कोरोवारी र महाभारबाट पनि दलका सभामा नाच्न सन्थालहरु आउने गरेका थिए । कोरोवारी ४ आमगाछीका लखिराम मुर्मुले बोलाएजति सबैको कार्यक्रममा गएको बताए । हामी गरिव छौं, मालिकहरुले भनेको मान्नै पर्यो यसपटक जग्गा पाए बालवच्चाको भविष्य सुध्रने थियो भन्ने आशाले काम छाडेर नाच्ने हिडेका थियौं - लखिरामले गुनासो गरे ।

झापाका दक्षिणी भेगमा रहेका धेरै सन्थालसँग आफ्नो जग्गा छैन् । अधिकांश ऐलानी जग्गाम बस्दै आएका छन् । गरिवीको कारण पिछडिएका यो समूदायक कतिपय राम्रोसँग नेपाली बोल्न र बुझ्न समेत सक्दैनन् । झापामा रहेका २६ हजारमध्ये धेरै यसअघि भारततर्फ पलायन भएका थिए ।



Tuesday, December 23, 2008

शरणार्थी शिविरमै प्रजातन्त्रको अभ्यास, भुटानमा कसरी भयो थाहा छैन

सायद प्रजातन्त्रमा यसरी नै भोट हालिन्छ होला, यसरी नै आफूँले रुचाएका प्रतिनिधि पनि चुनिन्छन् होला - झापा दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी वृद्ध नरबहादुर कार्कीले मत खसाल्दै भने - तर हामीले आफ्नै मुलुकमा स्वतन्त्रताको अनुभव गर्न पाएनौं मत हाल्नु त परको कुरा हो । मंगलवार शिविर व्यवस्थापन समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न स्थानिय ग्रीनभ्याली विद्यालय पुगेका उनले आफ्नो धोको भुटान फर्केर मताधिकार प्रयोग गर्नु हो भने ।
प्रजातन्त्र र स्वतन्त्रताको संग्राममा लाग्दा सर्वस्व गुमाएका उनी ज्यान बचाउनैका खातिर सत्र वर्षअघि भुटानी शरणार्थीको रुपमा नेपाल आएका हुन् । पुनर्वासको रन्कोले शिविर तातेपनि उनलाई यो प्रस्तावले छोएको सम्म छैन् । तर आफ्नो देशमा निर्वाचन भएको सुनेका उनले निर्वाचन कसरी कुन प्रकृयाबाट गरिन्छ भन्ने चाहिं नेपाल आएर शिविरमै जानेका हुन् ।
उनी जस्तै सोही शिविर बस्ने मुना अधिकारीले मताधिकार प्रयोग गरेको पाँचपटक भई सक्यो । सानैमा नेपाल अएकी उनी यतै पढिन् बढिन् । जान्ने बुझ्ने भएपछि हरेक बर्ष शिविरमा हुने व्यवस्थापन समितिको चुनावमा उनले भाग लिदैं आएकी छन् । उनी भन्छिन्- भुटानमा नपाएपनि प्रजातन्त्रको अभ्यास र स्वतन्त्रताको अनुभव गर्न पनि यहाँ हुने चुनावमा भाग लिने गरेकी छु । तर भुटानमा यसअघि भएको चुनाव कसरी भयो भन्ने आफूँलाई थाहा नभएको उनले बताइन् ।
झापाका चारवटा भुटानी शरणार्थी शिविरमा शिविर व्यवस्थापन समितिको चुनावमा भाग लिन मंगलवार हज्जारौं शरणार्थीको घुइँचो मतदान केन्द्रहरुमा देखियो । बेलडाँगी १, २ , ३ र गोलधाप शिविरमा चुनावको चहलपहले शिविरको वातावरण नै भिन्न बनेको थियो । कतिपय गृहिणीहरु सबेरै खाना बनाएर मत खसाल्नका लागि मतदान केन्द्रसम्म पुगेका थिए । सुरक्षा प्रबन्ध पनि उचित तवरले मिलाइएको थियो । दाता निकायका पर्यवेक्षक खटिएका थिए । संचारकर्मी पनि चुनावको अनुगमनमा शिविर पुगे ।
बेलडाँगी १ मा मतदान अधिकृतको रुपमा खटिएकी शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगकी स्थानिय प्रतिनिधि रोशना अधिकारीले भनिन-सबै प्रकृया पूरा गरेका छौं । व्यवस्थापन पनि उचित तवरले भएको छ । मंगलवार ती चारै शिविरहरुबाट व्यवस्थापन समिति चयन गर्नका लागि बेलडाँगीबाट ३ सय ३६ र गोलधापबाट ६४ प्रतिनिधि छानिएका छन् । उनीहरु बीचबाटै शिविर सचिव र अन्य पदाधिकारीको चयन हुने छ ।
मत खसाल्न आएका श्रवण भट्टर्राईले शिविरमा हुने चुनावले महत्व राख्ने बताउँदै भने-हामीलाई आफूँहरु प्रजातन्त्रका हिमायती हौं भन्ने झक्झकाउन यो चुनावले भूमिका खेल्ने गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालले बाँकी तीनवटा शिविरमा भने भोलि चुनाव हुने र त्यसको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
दाता निकायको काममा सघाउन शरणार्थी शिविरहरुमा एक एक वर्षमा शिविर व्यवस्थापन समितिको चुनाव हुने गरेको छ । यस्तो चुनावले शरणार्थी समूदायमा आत्मसम्मानको बोध हुने गरेको उनीहरु बताउँछन् ।






Monday, December 22, 2008

गरे के हुँदैन र !!!

दमक १ की ४३ वर्षिया निरमाया पुलामीले यस वर्षो सर्वोत्कृष्ट राष्ट्रिय घरेलु उद्यमी पुरस्कार पाईन् । उनको मेहनतको कदर गर्दै सरकारले उनलाई सम्मान गर्यो । तर यस अघि नै समाजमा अव्वल दर्जाकी महिलाको उपमा पाएकी उनले हात पारेका दर्जनौ पुरस्कार र सम्मानको फेहरिस्त भने लामो छ । निरमाया भन्छिन्- राम्रो र सफल कामको सम्मान हुने रहेछ । मैले मेहनत नगरेको भए म आजको यो अवस्थासम्म आउने थिइन् ।
विस २०५२ सालमा एउटा ढाका तान राखेर टोपी बुन्न शुरु गर्दा यत्तिनै छोटो अवधिमा सफलता हात मिल्ला भन्ने निरमायालाई पटक्कै थिएन् रे । उनले भनिन-श्रीमान, परिवार र छोराछोरीको सहयोगले गर्दा नै मैले सफलता पाएकी हुँ । दमक १ स्थित आफ्नो घरमा उत्पादन गरेको ढाकाका समान अहिले युरोपियन र अमेरिकी बजारसम्म पनि निर्यात हुन थालेपछि उनमा काम गर्ने जाँगर अझ बढेको छ ।
हाल ४५ वटा तान राखेर संचालित पुलामीको प्रवीण ढाका टोपी उद्योगले आफ्नो व्यापार नेपालका सबै प्रमुख सहरी क्षेत्रसम्म फैलाएको छ । दमक नजिकका बजारमा पाइने टोपी, साढी, मफलर, टाई, झोला जस्ता ढाकाका सामान पुलामी कै उद्योगमां उत्पादन हुन्छन् । यस बाहेक काठमाण्डौं, भैरहवा, पोखरा, बुटवल,नेपालगन्ज, विराटनगर, धरान, इटहरी, विर्तामोडपनि दमकमा उत्पादन हुने ढाकाको राम्रा बजार हुन् ।
दुई छोरी र एक छोराकी आमा निरमायाले श्रीमानबाट व्यवसाय संचालन गर्न राम्रो सहयोग भएको बताइन । बैंकका जागिरे श्रीमान, जागिरे कान्छी छोरीले मात्र अहिले उनलाई समय दिन भ्याएका छैनन् । जेठी छोरीको विवाह भइसकेकोले उनी आफ्नै घरजममा व्यस्त छिन् । छोरा प्रविणले भने आमालाई दिनरात सघाउँदै आएका छन् । प्लस टु सकेका उनी आमाले शुरु गरेको व्यवसायलाई नै निरन्तरता दिने र विस्तार गर्ने पक्षमा छन् । भन्छन्-आमाले शुरु गरेको कामबाटै जीविकोपार्जन गर्ने सोचाई छ । उनले नेपालका विभिन्न स्थानमा हुने व्यापार मेलामा आफ्नो उद्योगको प्रतिनिधित्व गर्दै आमा सँगै स्टल लिएर जाने गरेका छन् ।
निरमायाको उद्योगमा अहिले ४५ जना युवतीले रोजगारी पाएका छन् । करारमा काम गर्ने ती युवतीले मासिक तीन हजार रुपैयाँसम्म पारिश्रमीक पाउँछन् । कपडा उत्पादनको परिमाण हेरेर पारिश्रमीक दिने गरेको निरमाया बताउँ छिन् । उनी अहिले पनि आफैं उद्योगमा गई तानमा बसेर कपडा बुन्न व्यस्त हिच्कीच मान्दिनन् ।
ढाका उत्पादन गर्न चाहिने धागो भारत, काठमाण्डौ र धरानबाट ल्याउने गरिएको छ । एउटा तानबाट एक जना श्रमिकले दैनिक एक मिटर कपडा उत्पाद गर्न सक्छन् । यस्को उत्पादन लागत श्रम खर्च सहित ३ सय रुपैयाँ पर्छ । विक्री गर्दा कपडाको गुणस्तर हेरि एक पिसमा चार पाँच सयसम्म नाफा हुने गरेको छ ।
करिव २० हजारको पूँजीबाट शुरु गरेको व्यवासय अहिले ५० लाख रुपैयाँ भन्दा धेरै पुग्नु मेहनतकै प्रतिफल भएको बताउने पुलामीले ढाकाको बजार भने क्रमश खस्कदै गएको गुनासो गरिन । उनले भनिन-सरकारले साना व्यवसायीको हितका लागि पनि ध्यान दिनपर्ने भएको छ । नेपालमा उत्पादित ढाका दलाल नलगाई सोझै बाहिर पठाउने व्यवस्था हुनपर्दछ । त्यसो त दमक क्षेत्रमा ६ जना महिलाले घरमा तान राखेर ढाका टोपी बुन्ने गरेका भएपनि उनीहरुले व्यवसायका रुपमा पेशा अंगाल्न सकेका छैनन् ।

Friday, December 12, 2008

भुटानी सँग विवाह गर्ने नेपाली ले अमेरिका जान नपाउने

सुनिता भुजेलका परिवार पुनर्वासमा जान ठिक्क परेका छन् । उनले जान पाउने नपाउने ठेगान छैन् । जाने इच्छा छ तर मेरो प्रकृया अघि बढेको छैन् । दिएनन् भने नानी लिएर यतै बस्छु श्रीमानलाई भने पठाउन पर्ला-उनले भनिन् ।भुटानी पुरुषसँग विवाह गरेकी शिविर बाहिर पाखाकी यी युवती जस्तै भुटानी चिकित्सक खेम अधिकारी पनि रनभुल्लमा छन् । पाखाकी केटीसँग विवाह गरेका उनकी श्रीमतीले पनि पुनर्वासमा जान नपाउने भएकी छन् । आफूँसँगै श्रीमती जान नपाउने भएपछि परिवार नै विखण्डन होला भन्ने पिरमा छन् उनी ।झापा र मोरङस्थित विभिन्न सात शिविरमा बस्दै आएका तर शिविर बाहिरका गैह्र भुटानी युवती सँग विवाह गरेकालाई पुनर्वासको कार्यक्रम कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ । यही विवाह पुनर्वासमा जान तगारो बन्ने हो की भन्नेमा उनीहरु चिन्तीत बनेका छन् ।
अधिकारी भन्छन्- अमेरिका जान भनेर विवाह गरेको होइन । यो कार्यक्रम शुरु हुनुभन्दा पहिल्यै हाम्रो विवाह भएको हो । उनले एक दशकअघि शिविर बाहिरकी युवतीसँग विवाह गरेको बताए ।अठार वर्षसँगै बसेका भुटानी र नेपालीहरु एकआपसमा घुलमिल भएका छन् । कतिपयले त जीवन नै सँगै विताउने वाचा कसम खाँदै विवाहबारी समेत गरेका छन् । शिविरहरुमा यो संख्या उल्लेख्य रहेको छ । भाषा र संस्कृति मिलेपनि पुनर्वासमा गैह्र भुटानीलाई लग्ने नलग्ने भन्ने अन्योलका कारण समस्या भएको छ ।गोलधाप शिविरका धरणीधर नेपाल द्धिविधाका कारण कसो होला भन्ने अन्योल रहेको बताउँछन् । उनले भने- अब आफूँ मात्रै गएर श्रीमती छाड्ने कुरा पनि भएन् ।शिविर बाहिरका युवतीलाइ शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगले शरणार्थी मान्यता दिदैंन । उनीहरुले शिविरमा रहँदा पनि खाधान्न लगायत राहत पाउँदैनन् । बाहिरका केटासँग विवाह गर्ने भुटानी युवतीको अवस्था पनि उस्तै रहेको नेपाल बताउँछन् ।बेलडाँगी १ शिविर सचिव टिआर गुरुङ नेपाली युवतीसँग विवाह गरेका युवालाई यतै पुनर्स्थापित गर्ने धुनमा दाता निकायहरु रहेको दाबी गर्छन । उनले भने-यहि कारण बाहिरका युवतीलाई के गर्ने भनेर स्पष्ट पार्ने काम भएको छैन् । शरणार्थी आयोगले पुनर्वास गैह्रभुटानीलाई गराउने कार्यक्रम नभएको स्पष्ट पार्दै आएको गुरुङ बताउँछन् ।शरणार्थी जीवनबाट थाकेकाकाहरुका लागि अवसरको रुपमा पुनर्वास कार्यक्रम आएको भएपनि ग्रैह्र भुटानी विवाह गर्नेका लागि भने समस्या भएको छ ।नेपाल सरकार गृह मन्त्रालयबाट शरणार्थी परिचय पत्र वितरण गर्न खटिएको टोलीका सम्पर्क अधिकृत बसन्तराज पुरी यस्ता केसहरुको अभिलेख राख्ने क्याम्प राख्ने क्रम शुरु भईसकेको बताउँछन् । उनले भने-यस्ता जोडीलाई तत्काललाई पुनर्वासमा जान गाह्रो पर्ला तर नोट अफ कर्न्सनको सूचिमा रहेका उनीहरुको पनि प्रकृया अघि बढाईने भन्ने जानकारी आएको छ । नेपाल सरकारले तिनको प्रोसेस सुरु गर्न अनुमति समेत दिईसकेको पुरीले जानकारी दिए ।उनले भने-प्रोसेस शुरु भयो भने उनीहरुले पनि श्रीमानसँगै जान पाउँछन् । यसका लागि नेपाल सरकारले बहिर्गमन अनुमति दिन्छ । अहिले युएनएचसीआरको प्राथमिकतामा नपरेकालाई पुनर्वासमा जान रोकिएको पनि उनले खुलासा गरे । भारतिय विहा गर्नेले चाहिं पासपोर्ट बनाउन पर्ने छ । तर उनीहरुको पुनर्वास कहिले हुने भन्ने ठेगान नभएको उनले बताए ।यसैबीच शरणार्थीको पुनर्वास शुरु भएको पछिल्लो दश महिनाको अवधिमा सातहजार ६ सय ६१ जना भुटानी शरणार्थी तेस्रो मुलुक पुगेका छन् ।पुनर्वासमा जान तीन हजार दुइ सय जना बहिर्गमन अनुमति लिएर प्रतिक्षामा सूचिमा छन् । गएका मध्ये सबैभन्दा धेरै सात हजार ९० जना अमेरिका पुगेका छन् ।तेस्रो मुलकुमा पुनर्स्थापित हुन शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगमा निवेदन दिने शरणार्थीको संख्या ६३ हजार नाघि सकेका छ ।

द्धन्द पीडितको चित्कार : छोरा पर्ढाई देउ

झापा दमक ५ दुम्सेका गजेन्द्र राईलाई २०६२ साल अलच्छिना सावित भयो । चैत ३१ गते घरमा आगो लाग्यो । जायजेथा डढेर खरानी भयो । भएका सामान केही झिक्न पाएनन् । आङका लुगा मात्र बाँकी थियो । काखको छोरो च्यापेर घर डढेर बाँकी रहेको खरानी हेर्नु सिवाय उनीसँग अर्को विकल्प थिएन् ।
गजेन्द्रले घर डढेको पिर भुल्न पाएकै थिएनन् । चार दिन पछि माओवादी र सुरक्षाकर्मीको क्रस फायरमा परि श्रीमती रेनुका घाईते भईन् । अपरान्ह स्थानिय पीपीरे चौकमा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यो घटनामा रेनुकाको दायाँ कोखामा लागेको गोली बाँयाबाट निस्कियो । घाइते उनी १४ महिना ओछ्यान परिन् । शरीरको तल्लो भाग चल्न छाडेपछि त्यत्तिका महिना थलिएर उनको मृत्यु भयो । क्रसफायरमा एक जना सुरक्षाकर्मीको घटना भएकै ठाउँमा ज्यान गएको थियो । माओवादीले शसस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको प्रहरीको टोलीलाई गोली हाने दोहोरो झडप भएको थियो ।
गोली लागेकी आफ्नी श्रीमतीको उपचारमा सबै सम्पत्ती गुमाएका गजेन्द्र अहिले घरको न घाटको भएका छन् । श्रीमतीको उपचारमा माओवादी र राज्यपक्ष कसैले उतिबेला त चासो दिएनन् नै तर अहिले पनि कसैले सान्त्वना सम्म नदिएको उनको गुनासो छ । गजेन्द्र भन्छन-द्धन्दको समयमा मैले सबै चिज गुमाए तर मलाई राज्य र माओवादी कुनै पक्षले सहयोग गरेनन् । श्रीमतीको उपचार गर्न भएको घडेरी बिक्री गरे । अहिले भएको एउटा छोरो लाई पढाउन र भरणपोषण गर्न पनि समस्या छ ।
उपचार गर्न लागे मध्ये एक लाख पचास हजार ऋण अहिले पनि तिर्न नसकेको उनले बताए ।उनी भन्छन्- माओवादी नै अहिले सरकारमा भएको अवस्थामा मेरो छोरासम्मलाई पढाईदिने व्यवस्था गरिदिए हुने थियो । माओवादीका नेताले भेट्न आएर आश्वासन दिएपनि थप केही नगरेको उनले गुनासो गरेका छन् । केही दिन पहिले पनि झापा ७ का माओवादी सभासदले भेटेर आर्थिक सहयोग गर्ने आश्वासन दिएको उनले बताएका छन् ।
राई आफूँ समस्यामा परेकोले छोराको पढाई खर्च र ऋण तिर्ने रकम राज्यबाट पाउने आशामा रहेको बताउँछन् ।

Sunday, December 7, 2008

खाँटी भुटानीपनि अमेरिका तिर

भीम भण्डारी दुई, तीन वा चार नम्वरका नभई खाँटी भुटानी हुन् । उनी र उनको परिवारलाई नेपाल र भुटानले यस्तो दर्जामा राखेको हो । एक नम्वरमा परेकाहरु भुटानले घर फर्काउन सहमति जनाएका शरणार्थीहरु हुन् । तर दिन वित्यो, हप्ता वित्यो, महिना वित्यो, अनि वर्ष पनि । उनलाई न नेपालले अब घर फर्क भन्यो नत भुटानले नै बोलायो । अन्तत आजित भएका भण्डारीले परिवारै लिएर अमेरिका पो जानुपर्यो ।
नेपाल र भुटानका अधिकारीहरु सम्मिलित संयुक्त टोलीको प्रमाणीकरणमा भण्डारीको परिवार एक नम्वर अर्थात खाँटी भुटानीको सूचिमा परेको हो । तर स्वदेश फर्कने संभावना शुन्यप्राय देखेपछि खुदुनावारी शिविरका उनी ७ जनाको परिवार लिएर अमेरिकाको भर्जिनियामा बसाँइ सरेका छन् । उनका माइला भाइ भक्ती ४ जना परिवार सदस्य सहित उनीसँगै छन् । दुई दाजुभाइ र परिवार एक महिना अघि मात्र अमेरिका गएका हुन् ।
साईला भाई मोहन भण्डारी पनि छोरा छोरी सहित अमेरिका उड्न अन्तिम प्रकृयामा छन् । उनले पुनर्वासको लागि गर्नुपर्ने सबै काम पूरा गरिसकेको बताए । खुदुनावारी वर्गीकरणका खाँटी भुटानीहरु वर्षौं बित्दा पनि स्वदेश फर्कने संभावना नै नदेखेपछि अमेरिका जान शुरु गरेका छन् । भण्डारीहरुको दुई परिवार नै शिविरबाट तेस्रो मुलुक जाने पहिलो परिवार हो । एक नम्वर सोही शिविरका भक्तराज गुरुङका छोराहरुले पनि अमेरिका जान आइओएम समक्ष निवेदन दिइसकेका छन् ।
झापा र मोरङका सातवटा शिविर मध्ये खुदुनावारीमा २६ मार्च २००१ मा प्रमाणीकरण थालिएको थियो । त्यो प्रमाणीकरण १४ डिसेम्वरमा सकिएको थियो । प्रमाणीकरणको नतिजा अनुसार भुटानी शरणार्थीलाई चार वर्गमा विभाजन गरिएको छ । जसमध्ये २ सय ९३ जना खाँटी भुटानी, ८ हजार ५ सय ९५ जना बसाँइ सरी गएका, २ हजार ९ सय ४८ जना गैर भुटानी र ३ सय ४७ जना आर्तककारी गतिविधिमा संलग्नको सूचिमा परेका थिए ।
भ्ाण्डारी परिवारमात्रै नभएर सन् २००१ मा नेपाल र भुटानका अधिकारीहरुको संयुक्त टोलीले प्रमाणीकरण गरेका खाँटी भुटानीहरु पनि नैराश्यताका कारण अमेरिका पुर्नवासमा जान शुरु गरेका छन् । खुदुनावारी शिविर सचिव प्रवीणा गुरुङले छोरा छोरीको भविष्य प्रति चिन्तित बावुआमाले पुनर्वासमा जान रुचाएको बताईन् । उनले भनिन-खाँटी भनेर शिविरमा कोचिएर बसी के गर्ने देश फर्कने कहिले हो कहिले टुंगो छैन् । उनका अनुसार त्यो शिविरबाट २ सय ३३ जना शरणार्थी तेस्रो मुलुक गई सकेका छन् ।
भक्तराज गुरुङले घर फर्कने सूचिमा परेकोले फर्कन पाइएला भनेर धेरै समयसम्म मौन बसेको बताए । सात वर्ष कुरे तर त्यो दिन आएन्-उनको दुखेसो छ । अमेरिका पुग्नले जीवन राम्रै गरि चलिरहेको भन्ने खवर गरेपछि छोराहरुलाई जान इजाजत दिएको बताउने उनले चार मध्ये माइलो र साइलो छोरालाई पुनर्वासमा जान निवेदन गर्न इजाजत दिएको बताए ।
पुनर्वासमा कार्यरत आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आइओएम) ले गत वर्ष मार्च महिनाबाट पुनर्वास शुरु गरेको हो । हालसम्म ७ हजार २ सय ९७ जना भुटानी शरणार्थी अमेरिका सहित सात मुलुकमा पुनर्स्थापित भईसकेका छन् ।

Friday, December 5, 2008

गाउँ नै साकाहारी, कोहि पनि मद्यपान ध्रुमपान गर्दैनन्

कुमार लुइँटेल
इन्दीरा आउजुङ साकाहारी हुन् । माछामासु मात्र होइन उनी पंक्षीको फुल समेत खान्नन् । अन्यत्र बस्ने उनको समूदायमा माछामासु नखाने धेरै कम भेटिन्छन् । रक्सी त हरेक विधि र कर्ममा अनिवार्य नै मानिन्छ ।
जयकुमार नेम्वाङले मासु छाडेको दश वर्ष पुग्न लाग्यो । पहिले पहिले मासुको स्वाद लिदैं जाँडरक्सी खाइ मात्तिएर हिंड्ने उनी अहिले साकाहारी छन् । त्यस्को स्वाद नै विर्सिसके । तलतल पनि लाग्दैन् -उनले भने ।
इन्दीरा र जयकुमार प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु बस्ने दक्षिणी इलामको बाँझो गाविसमा दुई हजार एक सय परिवारका दश हजार बासिन्दा साकाहारी छन् । नयाँ जन्मेका पुस्तालाई त मासुको स्वाद कस्तो हुन्छ कल्पनासम्म छैन् । सिंगो गाउँ नै साकाहारी बनेपछि अहिले बाँझो गाविस पूर्वमै उदाहारण बनेको छ । गाविसमा माछामासु मात्र नभएर खैनी, चुरोट,जाँडरक्सी, पानमसला र गुट्का खानेहरु पनि भेटिन्नन् ।
बाँझो ९ का हरिकुमार आम्बुहाङले पहिले पहिले हुक्काको सर्को तानेको सम्झदैं भने-उतिवेला मज्जाले हुक्का तानिन्थ्यो तर समाजले नै धुम्रपान गर्नु राम्रो होइन सबैले छाड्न पर्छ भनेपछि छाडिदिंएँ । सुरु सुरुमा त समस्या भयो तर अहिले छैन् । माछामासु पनि खान्न । गाउँका बासिन्दा साकाहारी बनेको र धुम्रपान मद्यपान गर्न छाडेकोमा सन्तुष्टी जनाउँदै उनले भने-हामी लिम्बुलाई मात्तिएर हिंड्ने मतवाली भन्थे हाम्रो अभियान बारे बुझ्न मानिसहरु आउन थालेका छन् । गाउँमा माछामासु , धुम्रपान र मद्यपान गर्ने एक्लो बृहस्पति जस्तो बन्ने उनले सुनाए ।
बाँझो गाविसको रतुवा खोला पूर्व, मावा खोला पश्चिम, वालिङ भन्ज्याङ उत्तर र मझुवा दोभान दक्षिणको टोलका बासिन्दा साकाहारी बनेको किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डेकेन्द्रसिंह थेगिमले बताए । उनका अनुसार लारुम्वा क्षेत्र किराँत धर्मालम्बीको पवित्र तिर्थ स्थल र गुरु आत्मनन्द लिङ्देनको कर्मथलोपनि भएकोले त्यहाँ सामाजले सहमतीमा बाहिरबाट जाने आगन्तुकलाईपनि नियम बनाइएको छ । उनले भने-हामीले ढिलो अभियान चलाएपनि हाम्रा छोराछोरीलाई भने नयाँ संस्कार दिन पाएकोमा खुसी लागेको छ ।
लारुम्वा क्षेत्रमा बाहिरबाट जानेले पनि माछामासु खान पाउँदेनन् । बेचविखन त पूर्ण प्रतिबन्धित छ । जाँडरक्सीको उत्पादन र बिक्री गर्नु बर्जित कार्य हो । चुरोट खैनी, हुक्का पनि प्रयोगपनि गर्न हुन्न् ।
किराँत चोलुङ आङसी माङ्गेना सेवा समितीका अध्यक्ष केहेरसिंह योङयाले सबैको सहमतीमा गाउँ साकाहारी र मद्यपान, धुम्रपान निशेधित क्षेत्र बनेको बताए । उनले भने-परिर्वतन आफैंबाट गरे जे पनि संभव रहेछ ।



Tuesday, November 18, 2008

दुःख न सुखमा शिकागोका भुटानी शरणार्थीहरु

हामी कारीब ३५ घर भुटानी शरणार्थीहरु यहाँ शिकागोमा छौं । प्राय सबै क्याम्पबाट नै छौं ।अहिले पनि धमाधम मान्छेहरु आउने क्रम जारी छ । यहाँ सबै कुराको सुबिधाहरु छन, सबैलाई रमाइलो छ भन्छन । मलाई पनि रमाइलो लगेको छ भन्छु किनकि जे नहुनु पर्थ्यो त्यो भयो अब न रमाइलो भन्दा अमेरिका नआउनेहरुलाई रमाइलो लाग्छ होला । यो एउटा ठुलो सिटी भएर होला धेरै मान्छे हरु छन् अनि ११० तला सम्म भएको भवनहरु पनि देख्न पाइयो । भुटानीहरुलाई अहिले रेसिडेन्सियल एरियामा राखेको छ जस्मा घरभाडा $ ४०० देखि $८०० सम्म छ यो एरिया मिचीगन पोखरीको नजिक छ । प्रायः सबैले काम समातिसकेका छन् अनि सबैसँग भेट पनि हुँदैन । म त धेरै दुःखी छु मेरो दशै तिहार कहिले आयो अनि गयो मलाई थाहा छैन अब सधैं यस्तो होला ।साथी भाइसँग भेट गरि रमाइलो गर्ने दिन गयो होला । हामीले जतिसुकै पढे पनि सर्टिफिकेटको कुनै मान्यता छैन मान्यता पौन अमेरिकामा पढ्नु पर्छ । काम कस्तो छ हामीलाई त हवाइजहाज सफा गर्ने होटेलमा रुम सफा गर्ने अनि हामी अलि ढिला मान्छे, मेशिनसँग काम गर्नु पर्ने, अलि ढिलो भयो भने भोलि काम हुँदैन अर्को काम खोज्नु पर्छ मैले अहिलेसम्म ३ ठाउँमा जागिर खाइसकें । दिगो होला जस्तो छैन ।
अमेरिका आउन चाहनेहरुका लागि मेरो सल्लाह यस्तो छ तपाईं के काम गर्न सक्नु हुन्छ ? भौतिक काम गर्नुपर्छ टेबल चेअरमा बसेर कलम चलाउने होईन । के तपाईं तोकेको समयमा काम सक्नु हुन्छ ? हुन्छ भने अनि पढ्न चाहनु हुन्छ भने तपाईंले कम्ती मा १५ घण्टा काम गर्नु पर्छ अनि काम मात्र गर्ने हो भने ८ घण्टा गरे पुग्छ यहाँ समयको मत्लब हुन्छ । अनि दुःख गर्न सक्दिन जस्तो लाग्छ भने गाह्रो हुन्छ ।
अमेरिका आएका धेरैसँग फोनमा कुरा गरें तर कसैले सन्तुष्ट छु भन्दैनन् । अमेरिकामा धेरै दुख गर्‍यो भने पछी सुख भने हुन्छ ।
दिना
शिकागो

Saturday, November 15, 2008

सतासीधामका पण्डितहरु दुइ वर्षदेखि भोकै

पण्डित रेवत गिरी रहरले नभएर बाध्यताले एक छाक मात्र भोजन गर्छन । कहिले त त्यही एक छाक भोजन समेत मिल्दैन् । पानीको भरमा दिन र रात विताउनु पर्छ । एक महिना अघि एकगेडो अन्न नहुदाँ उनले चार दिनसम्म भोकै बस्न परेको थियो ।
उनी जस्तै बिष्णु मातालाई पनि भोकै रात बिताउने बानी परेको छ । खानका लागि अन्न, फलफूल केही नभएपछि भोकै नबसी धरै छैन-उनले भनिन् हामीले धेरै बिहान र रात पानीको भरमा बिताएका छौं ।
गिरी झापा सतासीधाम स्थित धार्मिक क्षेत्रका पुजारी हुन् । उनी त्यहाँको मन्दिरमा मुख्य पुजारीको पदमा आसिन छन् । बिष्णु माता पनि सतासीधाम मै बस्छिन् । यो धाम हिन्दुहरुको प्रमुख तिर्थ स्थल मध्येको एक हो । तर त्यहाँ बस्ने ११ जना साधु, साधुनी र सन्तहरु भोकमरीको शिकार भएका छन् । विगत पच्चीस महिना यता उनीहरुले पेटभरसम्म खान पाएका छैनन् । पर्याप्त र पोषिलो भोजनको अभावमा उनीहरुको स्वास्थ्य दिनप्रतिदिन विँग्रदो छ ।
सतासीधाम क्षेत्रमा उनीहरुको मात्र नभएर त्यहाँका गाईहरुको समेत बिजोग छ । दिनभर जंगलमा चरेर आउने सत्तरी वटा गाईलाई रात परेपछि ओत लाग्ने सम्म ठाउँ छैन् । पुजारी गिरीले भने-दिउँसो समस्या नभएपनि गौशालाको अभावमा गाईले खुला आकासमुनि रात काट्छन् । अहिलेका पाँचवटा दुहुना र तीनका बाच्छा बाच्छी चिसोका कारण बिरामी परेको उनले बताए ।
सतासीधाम क्षेत्रलाई सरकारले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न एमालेको नौ महिने शासन कालमै काम थालेको थियो । तर त्यो सरकार ढलेपछि काम अघि नबढ्दा त्यहाँको व्यवस्थापन लाथालिङ्ग बनेको हो । उतिबेला गठन भएको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष तथा पूर्व सांसद तारा समयङ्या बजेटको अभावमा काम गर्न नसकिएको बताउँछन् । उनले भने- म सांसद हुदाँ सरकार समक्ष गुरु योजना प्रस्तुत गरेको थिए । तर पछि काम गर्न सकिएन् ।
अहिले मन्दिर संचालनका लागि समितिले मासिक आठ सय रुपैयाँ दिने गरेपनि पण्डितहरुको खानपानका लागि सहयोग गर्न नसकेको अध्यक्ष योङ्याले बताए । पण्डित गिरीले त्यहाँ बालाचर्तुदशी र माघे संक्रान्तिमा मात्र भक्तजनको घुँइचो हुने तर अन्य समयमा नगण्य हुने भएकोले दुइ छाक खाने अन्न र भेटी समेत जुट्न गाह्रो हुने गरेको बताए ।
अध्यक्ष योङ्याका अनुसार सधासीधामलाई हिन्दु, किराँत र बुद्ध धर्मालम्बीको संयक्त धामको रुपमा विकास गर्ने लक्ष्य छ । त्यो स्थान महेन्द्र राजमार्गको झिलझिले खण्डबाट तीन किलोमिटर उत्तर चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । त्यो स्थान भगवान विष्णुलाई शेषनागले शैयाँ दिएको स्थानको रुपमा समेत प्रचलित छ ।

Friday, November 7, 2008

मन्दीरमा सतार पण्डित....बाहुनहरुले पनि सम्मान गर्छन...

कुमार लुइँटेल
झापाको तोपगाछी ८ समयगढ स्थित देवी मन्दीरमा ब्राम्हण जातिका पण्डीत मधुसुधन घिमिरेले संस्कृत भाषामा मन्त्रोचारण गरि भगवति देवीलाई रिझाउँन् पर्छ । उनले देवी भागवतको पाठ गरिरहँदा मन्दीरमा पूजा गर्न आउने भक्तालुलाई संस्कृतमै मन्त्र पढेर टिका र प्रसाद दिने गरेका छन् । करिव ६ घण्टासम्मको पूजापछि घिमिरे पण्डीत मध्यान्न १२ बजे बाहिरीने तयारी गरिरहँदा अर्का पण्डीत मन्दीर छिर्ने तयारीमा हुन्छन् ।
हेर्दा पण्डीतहरु चिल्लो, गोरो र हष्टुष्ट देखिने भएपनी त्यसको विपरित मध्यान्नपछि समयगढको मन्दीरमा देवी पूजा गर्न छिर्ने दोस्रा पण्डीतलाई न संस्कृत आउँछ नत राम्रोसँग नेपाली बोल्न नै । कालो वर्णका उनी घिमिरे पण्डितले नित्य पूजाआजा सकाएपछि धोती, लवेदा र नेपाली टोपीमा ठाँटीएर मन्दीर प्रवेश गर्छन् । र आफ्नै भाषामा मन्त्रोचारण गरि देवीको पूजा पाठमा लाग्छन् । उनी ब्राम्हण र पहाडिया समूदायका नभएर लोपोन्मुख सन्थाल समूदायका पण्डीत हुन् ।
कथित उपल्लो जातिले पानी नचल्ने सन्थालका जातिका ढिना हास्दालाई मन्दीरको पण्डीत बनाए भनेर गाउँमा खासखुस मात्र होइन तनाव नै हुने अवस्था सृजना गरेका थिए । तर बुढापाकाहरुले नै स्थितीलाई समान्य बनाएपछि हास्दालाई सबै समूदायका मानिसले पण्डीतको रुपमा अहिले स्वीकार गरेका छन् ।
ढिना भन्छन्- मलाई देबी मन्दीरको पण्डीतको रुपमा स्वीकार गरेर हाम्रो समूदायको आत्मसम्मानको रक्षा गरिएको छ । ब्राम्हण पण्डीतकै हैसियत पाउँदा सम्मानित महशुस भएको छ । उनका अनुसार सन्थालहरुको विशेष पर्व बाहेक अन्य अवस्थामा पनि उनले मन्दीरमा पूजा गर्ने गरेका छन् । त्यस बापत मन्दीर व्यवस्थापन समितीले थोरबहुत भेटी पनि दिने गरेको छ ।
तोपगाछीमा ऐतिहसिक पृष्ठभूमि भएका सन्थालहरुको कला र संस्कृति नै लोप हुन लागेपछि त्यहाँका पहाडे समूदायको पहलमा मन्दीरका पूजारीका रुपमा स्थानिय ढिना हास्दालाई नियुक्त गरिएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष टिका अधिकारीले बताए । वि.स. १९७२ सालसम्म त्यहाँको देवी थानमा सन्थालका महाराजी नाम गरेका पण्डीतले पूजा गर्ने गरेका थिए । तर पछि चलन हराएर उनीहरुको संस्कृति नै लोप हुन लागेपछि हामीले मन्दीर स्थापना गरि दुबै समूदायका पण्डीतले पूजा गर्ने व्यवस्था गरेका हौ-उनले भने । त्यहाँ दशैंको कोजाग्रत पूर्णर्ीमाको दिन सन्थालको संस्कृतिक नृत्य समेत प्रदर्शन गरिने गरेको छ । यस वर्षझापा र मोरङका आठ वटा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
दलित र आदिवासीलाई मन्दीर प्रवेश मात्र होइन छेउछाउ आउन पनि प्रतिबन्ध गर्ने चलन अहिलेपनि रहेको अवस्थामा त्यही समूदायबाट ब्राम्हण पण्डीतसँगै बसेर मन्दीरमा पूजा गर्ने व्यवस्था गर्नु संस्कृतिक परिर्वतन भएको स्थानिय केदार घिमिरेले बताए । उनी भन्छन्- नेपालका कतिपय भागमा अहिले पनि छुवाछु प्रथा कायमै छ । तर तोपगाछीमा भएको यो काम उदाहरणीय हो ।
ढिनालाई मन्दीरको पण्डीत बनाएपछि झापाका अधिकांश गाविसबाट त्यो समूदायका मानिसहरु पूजा गर्न आउने गरेका छन् । झापामा करिव २६ हजार सन्थालहरुको बसोवास रहेको छ ।



Tuesday, October 21, 2008

परदेश गएर हामीलाई नर्विसनु है

अमरसिंह मगरले सँगैका आफ्ना छिमेकी रुद्र ढकाल अमेरिका बसाँइ जाँदा हँसिलो मुहारमा अंगालो मारेर विदा गरे । त्यस दिन नजिकका अन्य छिमेकी पनि शुभकामना दिन उनको छाप्रोमा भेला भएका थिए । परिवार सदस्य सहित अमेरिका जान लागेको हेर्न र विदा गर्न आउनेको संख्या पनि बाक्लै थियो । अलि मलिन स्वरमा मगरले भने-परदेश गएर हामीलाई नर्विसनु है पत्र चाहिं लेख्दै गर्नु ।
केहि दिन अघि मात्र झापाको दमक स्थित बेलडाँगी २ भुटानी शरणार्थी शिविरबाट रुद्र ढकाल परिवार लिएर अमेरिका उडेका हुन् । त्यही शिविरका एमबी राईलाई विदा गर्न र शुभकामना दिन खडानन्द तिम्सीनाका परिवार नै फूलको गुच्छा लिएर छिमेकीको छाप्रासम्म पुगे । तिम्सीनाले भने-त्यहाँ पुगेर तिम्रो परिवारले यहाँको जस्तो दुःख झेल्न नपरोस । मगरको जवाफ थियो-अब दुखका दिन आउँदैनन् होला भन्ने आशा छ ।केही समय अघिसम्म यी दुवै परिवारबीच बोलचाल मात्र बन्द थिएन् पानी बारावारको अवस्था थियो । भुटान फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने उनीहरुले एक अर्कालाई देखि सहँदैन थिए । कयौ महिनासम्म बन्द भएको बोलचाल आखिर छाप्रो रित्याएर छिमेकी हिड्न लागेपछि त खोल्नै पर्यो नी, मनमा तुष राखेर कस्लाई पो के फाईदा - तिम्सीनाले भने ।दमकको बेलडाँगीमा मात्र नभएर झापा र मोरङका सातै शिविरमा स्वदेश फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने शरणर्थी परिवारबीच चिसिएको सम्बन्ध अहिले आएर सुध्रिएको छ । बेलडाँगी २ का शिविर सचिव गणपती अधिकारी भन्छन्- भुटान वा अमेरिका जाने जो कोहीको विषयमा कसैले केही पनि टिका टिप्पणी गर्न छाडेपछि शिविरका दुई पक्षीय शरणार्थी परिवारबीच चिसिएको सम्बन्धमा सुधार आएको हो । जानेलाई बाटो छ बस्नेलाई माटो छ भन्ने बुझेरै आपसी बैमनस्यतामा कमी आएको हो भन्ने हाम्रो बुझाई छ-उनले भने । तेस्रो मुलुक जाने शरणार्थीलाई धम्की आउने क्रम पनि रोकिएपछि सम्बन्धमा सुधार भएको उनको दाबी छ । यस अघि विभिन्न भूमिगत दलको नाममा तेस्रो मुलुक नजान दबाव दिदैं शरणार्थीलाई धम्की आउने गरेको थियो ।प्रारम्भीक दिनहरुमा पर्ुनवासमा जान इच्छुकहरु अल्पमतमा भएको फाईदा उठाउँदै स्वदेश फिर्ती पक्षधरले हेयको दृष्टिले हेर्ने र तेस्रो मुलुक पुनर्वास पक्षरले पनि स्वदेश फिर्ती पक्षधरसँग सम्बन्ध सुधार नगरेको कारण विवाद भएको अधिकारीले बताए । तर अहिले दुबै पक्षको संख्या बरावर भएकोले कसैबीच विवाद छैन् ।शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगको पछिल्लो तथ्याँक अनुसार तेस्रो मुलुक पुरनर्वासमा जान ५६ हजार शरणार्थीले आवेदन दिएका छन् । ती मध्ये ५ हजार तेस्रो मुलुक गईसकेका छन् । झापा र मोरङका सातवटै शिविरमा एक लाख ७ हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।

Thursday, September 25, 2008

खैरेका कार्यालयका कर्मचारी श्रमशोषणमा

झापाको दमकमा रहेका अन्तराष्ट्रिय गैह्रसरकारी र राष्ट्र संघ मातहतका कार्यालयमा कार्यरत सेक्युरिटी गार्डहरु चरम श्रमशोषणको सिकार भएका छन् ।
संयुक्त राष्ट्र संघ मातहतका कार्यालय र अन्तराष्ट्रिय संगठनमा काम गर्ने एक सय भन्दा धेरै मजदुर श्रमशोषणमा परेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ झापाले दाबी गरेको हो ।
संघका कोषाध्यक्ष सुरेश लावतीले ग्रुप फोर फाल्क नेपाल नामको संगठन मार्फ ती संघसस्थामा कार्यरत मजदुरले कवोल बमोजिम पारिश्रमिक नपाएको बताए ।
ग्रुप फोरले मासिक ६ सय डलर अर्थात ३६ हजार नेपाली रुपैयाँमा सेक्युरिटी गार्डलाई काम लगाउने राष्ट्र संघका कार्यालय र अन्तराष्ट्रिय ग्रैह्रसरकारी संस्थासँग सम्झौता गरेपनि मजदुरले भने मासि दुइ हजार २ सय रुपैयाँ मात्र पाउने गरेका छन् ।
दमकमा शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगमा कार्यरत २५, अन्तराष्ट्रिय आप्रवास सम्बन्धि संगठन -आइओएम) का ५८ र विश्व खाद्य कार्यक्रमका चारजना सेक्युरिटी गार्डले कवोल बमोजिमको पारिश्रमी पाउन नसकेको संघले जनाएको छ । १२ घण्टा काम गर्नु परेपनि थोरै पारिश्रमिक पाउने बाध्यता उनीहरुले भोग्न परेको बताइन्छ ।
संघको झापा शाखाले ग्रुप फोर फाल्कले मजदुरको श्रमशोषण नरोके संर्घष गर्ने चेतावनी दिदैं जिल्ला प्रशासन सहितका सरकारी कार्यालयमा सोमवार ज्ञापन पत्र बुझाएको छ । पत्रमा अन्तराष्ट्रिय कानुन अनुसार पारिश्रीम उपलब्ध गर्नुपर्ने, आठ घण्टा काममा लगाइनुपर्ने, सम्झौता अनुसार सोवा शुल्क दिनुपर्ने, सात दिन भित्र संघसँग छलफल चलाई समस्यालाई निकास दिनुपर्ने लगायत दश सुत्रिय माग उल्लेख छन् ।

चुलाचुलीका एकसय कित्ता जमिन मात्र वैधानिक
इलामको चुलाचुलीमा एक सय कित्ता जमिन मात्र वैधानिक रुपमा भोगचलन भएको खुलासा भएको छ ।
गाविसको अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न सरकारले खटाएको नापी टोलीले नापनक्सा सम्बन्धि काम पुरा गरेपछि यो तथ्य खुलेको हो । विवादित जग्गाकोर् सपट नापीकालागि सरकारले दुइवटा टोली खटाएको छ ।
श्रेस्ता सहितको धनीपूर्जा तयार गर्ने क्रममा एक सय कित्ता जमिन मात्र वैधानिक रुपमा स्थानियवासीले भोगचलन गरेको तथ्य खुलेको २ नम्वर नापी टोलीका प्रमुख गणेशबहादुर र्राईले बताए । चुलाचुलीमा वि.स. २०६४ मंसीर महिनाबाट शुरु गरिएको नापी गत चैतमा संम्पन्न भएको हो ।
टोली प्रमुख र्राईका अनुसार एक सय कित्ता जमिन सट्टाभर्नामा नगई त्यही बसेका बासिन्दाले भोगचलन गरेका छन् । बाँकी सबै जग्गा विवादित छन् । भोगचलनमा रहेका बैधानिक एक सय र साविक जग्गाधनी तर सरकारी जग्गा घुसेका ३ सय कित्ताको धनीपर्ूजा पर्ूजा तयार गरिएको छ् । पर्ूजा त तयार भए तर कहिले वितरण गर्ने भन्ने टुंगो छैन-उनले बताए ।
चु्लाचुलीमा बृहत रेशम खेती परियोजना संचालन गर्न वि.स.२०३० सालमा त्यहाँका बासिन्दालाई सट्टाभर्ना मार्फ झापा र मोरङका विभिन्न गाउँमा सार्ने निर्ण्र्ाातत्कालिन सरकराले गरको थियो । तरपछि सट्टाभर्नामा गएकाहरु पुन फर्केर आई बसेपछि समस्या बढ्यो- गाविसका पर्ूव अध्यक्ष ओमनारायण खनाल बताउँछन् । उनका अनुसार उतिवेला मोरङको पथरी र उर्लावारी, झापाको पृथ्वीनगर र महेशपुरमा स्थान्तरण भएका कतिपयले दुबै तर्फो जग्गा भोगचलन गर्न शुरु गरेपछि जग्गाको विवाद बढ्दै गएको हो । दुबै तर्फो जग्गा यसरी उपभोग गर्नु कानुन विपरित हो भन्छन् उनी ।
हाल खटिएका नापीका दुबै टोलीले ७ हजार ६ सय ७ कित्ता जग्गाकोे नक्सा उतार्ने कार्य सम्पन्न गरेका छन् । कूल ३ हजार २ सय ७ हेक्टर जमिनको विवाद सुल्झाएर स्थानियवासिन्दालाई स्वामित्व हस्तान्तरण गर्न सरकारले गत वर्षचुलाचुली क्षेत्रको अव्यवस्थित बसोवास समस्या समाधान समिती गठन गरेको थियो । तर समितीको समयावधि गत साउन महिनामै सकिएको छ । टोली प्रमुख र्राई भन्छन्- तर म्याद थप भए नभएको केही जानकारी नहुदाँ काम गर्न अफ्ठेरो भएको छ ।
टोलीका अनुसार चुलाचुलीमा असी प्रतिशत भन्दा धेरै जग्गा सट्टभर्नामा गएर पनि चुलाचुलीमा भोगचलन गर्नेहरुको छ । तर कति कित्ता जग्गामा यस्तो समस्या छ भन्ने जानकारी छैन् । त्यहाँको १ सय ५२ कित्ता जग्गाको मात्र लगत कट्टा हुनुले अझ धेरै समस्या भएको अनुमान गर्न सकिने र्राई बताउँछन् । उनका अनुसार ती जग्गाको लगत कट्टा गर्नु पर्ूव सूचना गरि दोहोर भोगचलन गर्नेलाई हकदाबी गर्न आग्रह गर्दा कुनै पनि निवेदन परेका थिएनन् ।
यस अघि समस्या समाधान गर्न गठित दर्ुइ दर्जन आयोगले चुलाचुलीका जग्गा विवाद सुझाउन सकेका थिएनन् । स्थानिय बासिन्दालाई यस पटक पनि जग्गामा आफ्नो स्वामित्व पाईएला भन्ने भर छैन् । वडा नं ५ का मनहाङ शेरचनले भने-यस अघिपनि धेरै वटा आयोग बने, नापजाँच गरे तर हामीलाई जग्गा धनीपर्ुजा दिएनन् । खै यसपटकको पनि त्यस्तै त होला नी ।
चुलाचुलीका बासिन्दाले सरकारलाई बुझाउन पर्ने तिरो बुझाउदैनन् । त्यहाँ जग्गाको किनवेच समेत ठप्प छ । घरायसी राजिनामाको आधारमा मात्र जग्गाको स्वामित्व एक बाट अर्कोमा सार्ने गरिन्छ । चुलाचुलीमा वि.स. २०२३ सालबाट बसोवास शुरु भएको स्थानियवासीको भनाई छ ।



Saturday, September 20, 2008

भ्रष्टाचारका कारण बाध कटान

सालमा कोशी बाँध निर्माणका बेला काम गरेका नेपाली मजदुरहरुले बाँध फुटेको ठीक एक महिनापछि बाँध निर्माणका क्रममा तत्कालीन ठेकेदार र इन्जिनियरहरुले अनियमितता गरी कमजोर निर्माण गरेकाले भत्किएको बताएका छन् ।
तत्कालीन ठेकेदारहरुले इन्जिनियरस"ग मिलेर बाँध निर्माणमा कमसल सामग्री प्रयोग गर्नुका साथै तोकिएका सामग्रीहरुको उचित प्रयोग नगरेको र व्यापक भ्रष्टाचार गरेका कारण बाँध कमजोर भएको बाँध निर्माणमा खटिएका सुनसरीको प्रकाशपुरका पदम सापकोटाले बताएका छन् । भारतीय ठेकेदार र इन्जिनियरहरुको टोलीले थोरै सामान ल्याएर धेरै देखाउने र गुणस्तरहीन सामान प्रयोग गरेकाले बाँध भत्किएको सापकोटाले बताए । उनका अनुसार बाँध निर्माणमा भ्रष्टाचार भयो भनेर आवाज उठाउँदा ठेकेदार र इन्जिनियरले छजना मजदुरलाई चरम् यातना पनि दिएका थिए । तत्कालीन भारतीय ठेकेदार गोपालप्रसादले सो बाँध मर्मतको जिम्मेवारी पाएका थिए ।
माटो र तार जालीमा बालुवामात्र लगाएर उनीहरुले ढुङ्गा लगाएको प्रतिवेदन पेश गरेको सापकोटाले बताए । कोशीले हाल भत्काएको बाँधको आधाभन्दा धेरै गहिराइमा रहेको भागमा बालुवामात्र रहेको छ । कोशी ब्यारेज उत्तर राजबास सम्मका स्पर मर्मत गर्दा मजदुरको रेखदेख गर्ने जिम्मा पाएका प्रकाशपुरकै दुर्गाबहादुर विष्टले तीन वर्षेखि स्पर मर्मत नै नगरेको बताए । उनका अनुसार सो क्षेत्रमा वर्षोनी स्परहरुको मर्मतका लागि भारत सरकारले काम गर्नुपर्ने भए पनि तीन वर्षता स्परको मर्मत नगरिएको बताए । स्पर निर्माण गर्न इन्जिनियर आउने र कामै नगरी काम भएको रिपोर्ट दिने गरेको उनले बताए । एउटा जालीमा ढुङ्गा हालेर १० वटा जालीमा ढुङ्गा हालेको रिपोर्ट बनाई पैसा खाने गरेको समेत आफूले पाएको उनले दावी गरेका छन् । कामै नगरी मजदुरलाई पैसा दिएको भन्दै कतिपय भौचरमा आफूलाई हस्ताक्षरसमेत गर्न लगाएको तर आफूले नमानेको उनले बताए ।
स्पर निर्माणमा आवश्यक पर्ने तार, जाली र ढुङ्गा सरकारले पठाए पनि प्रयोग नगरी इन्जिनियरहरुले ढुङ्गा स्थानीय ठेकेदारलाइ बेच्ने, तारजाली भने नदीमा बगाउने गरेकोसमेत मजदुर विष्टले बताए । भू-आर्जन कार्यलयअर्न्तर्गत कर्मचारीका रुपमा सप्तकोशी नदीको बाँध र स्पर मर्मतमा काम गरेका सुनसरीको मधुवनका खुशीलाल चौधरीले भारतीय इन्जिनियर तथा ठेकेदारसँगको मिलेमतोमा व्यापक भ्रष्टाचार गरी गुणस्तरहीन बाँध निर्माण गरेकैले बाँध भत्किएको बताएका छन् ।

Monday, September 15, 2008

गार्मेन्ट उद्योगमा पुनःजागरण

प्रकाश घिमिरे
नेपाली औद्योगिक उत्पादनलाई अमेरकिामा भन्साररहित-कोटारहितको सुविधा सुनिश्चित गर्न मुख्य-सचिव भोजराज घिमिरेको नेतृत्वमा गएको सरकारी टोली हालै फर्किएको छ । टोलीले अमेरकिी सिनेटर, त्यहा“का वाणिज्य विभागका अधिकारीहरू एवम् केही निजी क्षेत्रका प्रतिनिधिस“ग भेटी आफ्नो पहललाई सघाउन अनुरोध गर्‍यो । आवश्यक परे द्विपक्षीय व्यापार सम्झौतासमेत गर्ने मनस्थिति बनाएको नेपाली टोलीले अमेरकिास्थित नेपाली दूतावासमा एक वाणिज्य अधिकारी राख्ने निष्कर्षमेत निकालेको छ ।अमेरकिाले नेपाललाई उपलब्ध गराएको जेनेरालाइज्ड सिस्टम अफ प्रिफेरेन्स -जीएसपी) सुविधामा कार्पेट र हस्तकलाजस्ता केही महत्त्वपर्ूण्ा क्षेत्रलाई समेटिए पनि बढी सरोकारको क्षेत्र पस्मिना र तयारी पोसाक -गार्मेन्ट) परेका छैनन् । भ्रमण टोलीको मूल उद्देश्य नै गार्मेन्टलाई जीएसपीमा पार्नु रहेको देखिन्छ । विश्व व्यापारबाट सिर्जना हुने लाभमा अल्प-विकसित देशको समेत हिस्सेदारी स्थापित गर्न सन् १९६८ मा अन्टाडले प्रयास थालेको थियो । उसले सबै विकसित देशलाई जीएसपी अपनाई त्यसमार्फ अल्प-विकसित देशका औद्योगिक उत्पादनलाई आफ्ना देशमा सहज पहु“च दिन भनेको थियो । सन् २००५ मा भएको विश्व व्यापार सङ्गठनको मन्त्रीस्तरीय बैठकले उक्त निर्देशनलाई संस्थागत गर्दै सन् २००८ सम्ममा आफ्नो भन्सार दरबन्दीमा कम्तीमा ९७ प्रतिशत वस्तुमा भन्साररहितको सुविधा अल्प-विकसित देशलाई उपलब्ध गराउन विकसित देशलाई निर्देशन पनि दिएको थियोे । तर, दोहा चरणको वार्तालाई सफल बनाउन पछिल्लो चरणमा गरएिको प्रयत्न पनि असफल भएपछि नेपाललगायतका अल्पविकसित देशले त्यस्तो सुविधा पाउने सम्भावना तत्कालका लागि टरेको छ । त्यसै कारण नेपालले अमेरकिी बजारमा आफ्ना औद्योगिक वस्तु पर््रवर्द्धन गर्नर् आवश्यक परे दर्ुइपक्षीय व्यापार सम्झौतासमेत गर्ने फास्ट ट्रयाकको रणनीति लिन पुगेको छ । गार्मेन्टकै लागि अमेरकिास“ग व्यापार सम्झौता गर्ने होे । नेपाल यसको आपर्ूर्ति पक्षको सुधार र केही अन्य राजनीतिक विषयमा अहिले नै स्पष्ट हुनर्ुपर्दछ । विभिन्न समयमा भएका अध्ययनले यसको सुधारका लागि विभिन्न सुझावहरू दिएका छन् । खासगरी 'ट्राउजर' र र्'र्सट'जस्ता परम्परागत वस्तु मात्र उत्पादन गरेको नेपाली उद्योगले विश्व बजारमा भइरहने फेसन परविर्तन अनुरूपका वस्तु उत्पादन क्षमता, अन्तर्रर्ााट्रय बजारको फेरबदलबारे जानकारी गराउने संस्थागत संरचना, लामो डेलिभरी समयावधि, उच्च यातायात तथा पारवहन लागत, अस्पष्ट श्रम नीति, श्रम सङ्गठनका दल निर्देशित गैरव्यावसायिक कार्य आदिलाई अझै सम्बोधन गर्न सकेको छैन । ख्याल गर्नुपर्ने के हो भने चिनिया“ उत्पादनभन्दा नेपाली उत्पादन झन्डै दर्ुइ गुणा मह“गो छ । नेपाली उत्पादनको लागतको २० प्रतिशत रकम यातायात र पारवहनका लागि मात्र खर्च हुन्छ । कुल यातायात खर्चको ७०-८० प्रतिशत रकम भारतको कोलकाता बन्दरगाहसम्म पुर्‍याउनका लागि नै चाहिन्छ । त्यसैले अमेरकिाले नेपाली उत्पादनमाथि लाग्ने औसत १८ प्रतिशतको भन्सार शुल्कलाई छूट गर्दैमा गार्मेन्ट उद्योगमा पुनःजागरण नै आउ“छ भन्न सकिन्न । व्यापार वार्ताका क्रममा नेपाली उत्पादनमाथि गैरभन्सार अवरोधका र्सतहरू पनि आउन सक्छन्, जसको अनुमान अहिले नै गर्नु र तिनको समाधानको उपाय सुल्झाउनु जरुरी हुन्छ । द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता गर्ने वार्ताहरूमा अमेरकिाले आनुवंशिक स्रोतमा पेटेन्ट अधिकारको प्रबन्ध गर्न साझेदार देशसमक्ष र्सत राख्ने गरेको छ । आनुवंशिक स्रोत र त्यसस“ग सम्बधित परम्परागत ज्ञानमा पेटेन्ट अधिकारको प्रावधान नेपाली जनताको हितमा छैन भनेर यहा“को कृषिजन्य तथा अन्य बिरुवाका जात तथा तीस“ग सम्बन्धित परम्पराको ज्ञानको संरक्षण, पहु“च, लाभको बा“डफा“ट आदिका विषयमा व्यवस्था गर्न नेपालले दर्ुइवटा ऐनको मस्यौदा तयार पारेको छ । त्यसैले ती मस्यौदालाई कार्यान्वयन नगरी वार्तामा भाग लि“दा अमेरकिी इच्छा अनुरूप मस्यौदाको परमिार्जन गर्ने दबाब आउन सक्छ । त्यस्तै नेपालले वार्ता गर्नुअघि उत्पत्तिको नियमसम्बन्धी विषयमा पनि स्पष्ट धारणा बनाउनर्ुपर्छ । नेपालका गार्मेन्ट व्यापारीहरूले मन पराएको अप्रिmकन ग्रोथ एन्ड अपरच्युनिटी एक्टले समेत भन्साररहितको सुविधा पाउने देशले आफ्नो उत्पादनमा प्रयोग हुने फेब्रिक वा यार्न सो सुविधा पाउने देशमा वा अमेरकिामा नै उत्पादन भएको हुनुपर्ने अथवा तोकिएको कोटाभित्र रहनुपर्ने उल्लेख छ । आफ्नो उत्पादनमा चानचुन ३० प्रतिशत मात्र मूल्य अभिवृद्धि गर्न सकेको र धेरैजसो फेब्रिक र अन्य कच्चा पदार्थ भारतबाट आयात गररिहेको परििस्थतिमा वासिङ्टनमा बस्ने नेपाली वाणिज्य अधिकारीले के भन्ने र के गर्ने भन्ने विषय प्रस्ट छैन । नेपालमा अमेरकिाको राजनीतिक चासो छ भन्ने कुरालाई पनि वार्ताकारहरूले भुल्नु हुन्न । सन् २००१ मा अमेरकिी सिनेटमा पुगेको सौविध्यतापर्ूण्ा व्यापारसम्बन्धी एउटा कानुनलाई पास हुन नदिन नेपालको जलस्रोतमा लगानी गरेको पान्डा इनर्जीले ठूलो लबी गरेको थियो । वार्ताका क्रममा नेपालमा भएका तिब्बती शरणार्थीको विषयमा नेपालको नीतिलाई प्रभाव पार्ने गरी कुनै खास र्सत आउन सक्नेमा पनि नेपाल चनाखो रहनर्ुपर्छ । प्रतिस्पर्धी देशका व्यापारीहरूले बाल श्रमिकको मुद्दालाई पनि नल्याउलान् भन्न सकिन्न ।नेपाली गार्मेन्टका लागि युरोपेली मुलुक तथा क्यानडाको बजारमा उपलब्ध भएकोे भन्साररहित-कोटारहितको सुविधा राम्ररी उपयोग भएकै छैन । भारत पनि एउटा महत्त्वपर्ूण्ा बजार हुने देखि“दैछ । अमेरकिा मिसनस“गै उल्लिखित बजारलाई पनि यथेष्ठ उपयोग गर्न सकेमा नेपाली गार्मेन्टको 'एक बजार निर्भरता' कम हुनजान्छ र गैरआर्थिक र्सतहरू कम हुन सक्छन् । यी सबै सम्भावनाहरूको विश्लेषण नगरी द्विपक्षीय सम्झौतामा जा“दा नेपाली गार्मेन्टले अमेरकिी बजार त पाउला तर समष्टिगत रूपमा नेपाली अर्थतन्त्र चाहि“ लाभान्वित नहुन पनि सक्छ ।कुनैबेला कुल निर्यातमा झन्डै २९ प्रतिशत र एक लाख मानिसलाई रोजगार दिएको यो क्षेत्रलाई पुनःजीवन दिन कूटनीतिक स्तरमा भएको यसपटकको पहल आफै“मा प्रशंसनीय छ । तर, निष्कर्षा पुग्नुपहिले प्रशस्त गृहकार्यको जरुरी देखिन्छ । गार्मेन्ट क्षेत्रलाई दिएको महत्त्वजस्तै यसले नर्वेमा मह, पाकिस्तानमा अलै“ची र चिया, युरोपमा कफी, अरबमा फलफूलको जुस तथा भारतमा तरकारी, अदुवा र अन्य कृषि उत्पादनको निर्यातमा उच्चस्तरीय कूटनीतिक पहल गर्नसके पक्कै पनि अन्तरमि योजनामा लेखेजस्तै नेपालको वैदेशिक व्यापार दिगो हुने र वैदेशिक व्यापारद्वारा गरबिी निवारणमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

Sunday, September 14, 2008

शरणार्थीको भुटान नै र्फकने इच्छा
दमक : भुटानी शरणर्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफूँहरुको घर र्फकने वातावरण तत्काल खुला गर्न माग गरेका छन् ।
प्रवासमा रहेको भुटानी दलहरुको साझा मोर्चा नेशनल फण्ट फर डेमोक्रेसीको एक प्रतिनिधमण्डलले काठमाण्डौमा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाई यस्तो माग गरेको हो ।
मोर्चाका अध्यक्ष बलराम पौडेललको नेतृत्वमा तीनदिन अघि राजधानी पुगेको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गर्न नपाएपछि आइतवार माओवादी नेता सिपी गजुरेल मार्फ ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा स्वदेश फिर्तीको ढोका खुला गरिनुपर्ने, समस्या समाधानका लागि भारत, भुटान र नेपालको त्रिपक्षिय वार्ता गरिनुपर्ने, शरणाथर्ाी सम्वन्धि उच्च स्तरिय र्सवपक्षिय आयोग गठन गर्नुपर्ने, भुटानी शरणार्थीलाई राजनीतिक शरणार्थीका रुपमा नेपालमा शरण दिनुपर्ने लगायत माग उल्लेख छन् ।
भारत भ्रमणका बेला शरणार्थी समस्या समाधानमा उस्को भूमिकाका लागि आग्रह गर्न पत्र मार्फ प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको पौडेलले बताए ।
शरणार्थीले स्वदेश फिर्तीको प्रकृयाका लागि नेपाल, भारत र भुटानको त्रिपक्षीय वार्ता थाल्नु पर्ने माग गर्दै आएका छन् । शरणार्थीको तेस्रो मुलुक पुर्नवास शूरु भएयता स्वदेश फिर्तीका आन्दोलन ओझेलमा परेका छन् ।

लिम्बुवानको सरकारसँग माग
दमक : संघीय लिम्बुवान राज्य परिषदले आदिवासी सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धी १६९ तत्काल लागू गर्न सरकारसँग माग गरेको छ ।
जल , जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार सुनिश्चित गर्नु पर्ने माग उस्ले अघि सारेको हो ।
लिम्बुवान राज्य दाबी गरिएका अरुण नदी पर्ूवका नौ वटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा र तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मार्फ आइतवार सरकारलाई ज्ञापन पत्र पर्ठाई अभिसन्धीको कार्यान्वयनका ध्यानाकर्षा गरिएको छ ।
परिषदका महासचिव मिसेकहाङले गत वर्षसेप्टेम्वर १४ तारिखकै दिन अन्तरिम संासदले अभिसन्धी बहुमतले अनुमोदन गरेकोले त्यस्को व्यवाहारिक कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिएको बताए ।

गाँजा ल्याउने शरणार्थी समातिए
दमक : लागू पदार्थ ओसार पसारमा संलग्न तीन जना भुटानी शरणार्थी झापाको दमकबाट समातिएका छन् ।
इलाका प्रहरी कार्यालय दमकको गस्ती टोलीले शनिवार राती ११ बजे बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर २ बाट डम्बर मगर, दावा तामाङ र राजु मगरलाई समातेको हो ।
उनीहरुबाट केही परिमाणमा गाजाँ बरामद भएको प्रहरीले जनाएको छ । यस अघिपनि लागू औषध प्रयोग गरेको आरोपमा त्यही शिविरबाट तीन जना पक्राउ परेका थिए ।




Saturday, September 13, 2008

कर तिर्ने वातावरण सरकारले नै बनाउने हो............

सरकारले साना तथा खुद्रा व्यापारीले दैनिक खरिद बिक्री खाता राख्नु पर्ने बाध्यकारी नियम लगाएको भएपनि मेची अन्चलमा यो प्रभावकारी बन्न सकेको छैन् ।
आर्थिक वर्ष२०६४/६५ देखि नै सरकारले साना व्यवसायीले वस्तु तथा सेवाको दैनिक खरिद र बिक्रीको मूल्य खाता राख्नु पर्ने नियम ऐन मार्फ ल्याएको थियो । तर आन्तरिक राजश्व कार्यालय र व्यापारीहरुका प्रतिनिधिमुलक संस्थाको आपसी समन्वयको अभावमा एक आर्थिक वर्षबितिसक्दापनि मेचीका चारवटै जिल्लामा यो नियम व्यवहारमा लागू हुन सकेको छैन् ।
आन्तरिक राजश्व कार्यालय झापाका कर अधिकृत केशव ओली व्यापारीले दैनिक खरिद बिक्री खाता नराखेको जान्दा जान्दै पनि कार्वाही अघि बढाउन सक्ने अवस्था नरहेको स्वीकार गर्छन । उनले भने- व्यापारीले झण्झटीलो प्रकृया भन्दै गुनसो गरि खाता राखेका छैनन् । उनीहरुलाई राख्ने तरिका लगायत विषयमा हामीले पनि जानकारी गर्न र उत्प्रेरित गर्न सकेका छैनौं ।
खाता नराखेकोले जरिवाना बुझाउन आउने झापा, इलाम, ताप्लेजुङ र पाँचथरका साना व्यापारीको भींड आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा दैनिक बढ्दो छ । जरिवाना बुझाउन आएका झापा काकरभिट्टका व्यवसायी लक्ष्मी गौतमले आफूलाई यस्तो नियमको बारेमा थाहा नभएको बताउँदै भने-विनासिक्तीमा जरिवाना बुझाउन पर्यो । नयाँ प्रावधानको विषयमा जानकारी भएको भए जरिवाना तिर्न पर्ने थिएन् ।
पाँचथरको रविका भुपेन्द्रप्रसाद मण्डलले भने-नियमको विषयमा पहिल्यै भनेको भए, खाता राख्ने थिए । तर थाहा नभएर जरिवाना तिर्न पर्यो । उनले रविबाट मोटो रकम खर्चेर झापा सदरमुकाम चन्द्रगढीसम्म धाउन परेको गुनासो गरे । उनी जस्तै टाढाटाढाबाट बास बस्ने गरि नै जरिवाना बुझाउने सबैको गुनासो एउटै छ । वाणिज्य संघ र राजश्व कार्यालयले वास्ता नगरेकोले समस्या भएको हो ।
मूल्य अभिवृद्धिकर ऐनको दफा १६-क) मा कर लाग्ने वस्तु वा सेवाको कारोवार गर्ने दर्ता नभएका व्यवसायीले प्रत्येक आर्थिक वर्षोलागि आफैंले प्रमाणित गरि दैनिक खरिद बिक्री खाता राख्नुपर्ने प्रावधान छ । यसैगरि सोही ऐनको दफा १६-३) मा नियम उलंघन गरे प्रत्येक पटक एक हजार रुपैयाँसम्म जरिवाना लिने व्यवस्था छ ।
दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तिर्थराज बस्नेतले व्यवसायीका प्रतिनिधिमुलक संगठन र सरकारी निकायको समन्वयमा कमजोरी रहेको बताउदैं आगामी दिनमा सुधारको प्रयास गरिने बताए । उनले भने-आउँदो बजेट भाषण पछि कस्तो प्रावधान आउने हो भन्ने प्रतिक्षामा छौं । त्यसकै आधारमा व्यवसायीलाई खाता राख्ने विषयमा चेतना दिने तयारी गरिरहेका छौं ।
यता आन्तरिक राजश्व कार्यालयका कर अधिकृत ओलीले भने कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीको अभाव भएकोलेसमस्या भएको दाबी गरे । उनकाअनुसार कार्यालयमा दरबन्दीका ६ कर अधिकृत मध्ये २ जना मात्रै कार्यरत छन् । ४ नायव सुब्बा मध्ये दर्ुइ जनाको सिट खाली छ एक जना बढुवा भएर गएका छन् । कर्मचारीको अभावमा व्यवसायीलाई कर तिर्ने विषयमा चेतना दिलाउन समेत नसकिएको उनको दाबी छ । पहाडी जिल्लामा विवरण संकलन गर्ने कार्य कर्मचारीकै अभावमा हुन नसकेको उनले बताए ।
झापा आन्तरिक राजश्व कार्यालयमा १४ हजार करदाताले राजश्व बुझाउने गरेका छन् । ताप्लेजुङ, पाँचथर र इलामका करदाता पनि चन्द्रगढी नै आउन पर्ने बाध्यता छ ।



Friday, September 12, 2008

शरणार्थीका पक्षमा निर्णायक वार्ता

उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले भूटानसँग शरणार्थी मामिलामा निर्णायक वार्ता गर्ने बताएका छन् ।

केही साता अघि भारतको राजधानी नयाँ दिल्लीमा भूटानी नेताहरुसँगको छलफलमा उपप्रधान मन्त्री यादवले त्यस्तो भनाई राखेका हुन् ।
विमस्टेकको उपक्षेत्रीय बैठकमा भाग लिन पुगेका यादवले भूटानी विदेश मन्त्रीसँग त्यस्तो भनाइ राखेका थिए । यादवसँग भेटेर फर्किएर भुटानी नेता एस वी सुव्वाले यादवलाई उदृत गर्दै भने - तर भूटानले शरणार्थी मुद्दालाई पन्छाएर नेपाल-भूटानबिचको मित्रता मजवुत बनाउन वार्ता गरौं भन्ने प्रस्ताव पो ल्याएको रहेछ ।

भूटानी शरणार्थी समस्या समाधानका लागि यस अघि १५ पटक असफल वार्ता भए । ती वार्तामा भूटान गैर जिम्मेवार र पूर्वाग्रहका साथ प्रस्तुत हुने गरेका कारण समस्याले निकास नपाएको शरणार्थीको बुझाई छ । सन् २००३ मा खुदुनाबारी शिविरमा भुटानी टोली र शरणार्थी विच असहज स्थिति उत्पन्न भएपछि नेपाल भूटानबीचको वार्ता स्थगित रहँदै आएको छ ।

स्वदेश फिर्तामा चार पक्षीय वार्ता आवश्यक
स-सम्मान स्वदेश फिर्तिका लागि संर्घष गरिरहेका भूटानी शरणार्थी नेताहरुले चार पक्षीय वार्ताले मात्रै समस्या सुल्झने बताएका छन् ।

नेपाल भूटानबीच सम्पन्न १५ चरणको वार्ताबाट कुनै निकास ननिस्किएको बताउँदै शरणार्थी नेताहरुले चार पक्षीय वार्ताको माग अघि सारेका हुन् ।

झापाको विर्तामोडमा मंगलबार झापाली राजनीतिकर्मीहरु सँगको अन्तरकृयामा बोल्दै भूटानी शरणार्थी नेताहरुले द्विपक्षीय वार्ताबाट समस्या लम्व्याउन भूटान सरकार लागि परेको बताए । भूटान फर्किने वातावरण मिलाइदिन उनीहरुले नेपाल सरकारसँग माग पनि गरेका छन् ।

कार्याक्रममा भूटानी नेता डा. भम्पा र्राई, वलराम पौडेल, नारद अधिकारी, छविलाल खरेल लगायत सहभागि थिए भने झापाली राजनीतिकर्मी माओवादीका जिल्ला इञ्चार्ज झलक दर्लामी, जनमोर्चाका ज्योतिसिंह दर्लामी, एमालेका वद्री भट्टर्राई लगायत उपस्थित थिए ।

शरणार्थीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण
भुटान मानव अधिकार संगठनले भुटानी शरणार्थीको समस्या समाधान गर्न भारतको संलग्नताका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपिल पर्ठाई संगठनले शरणार्थीको स्वदेश फिर्ती भारतको सहभागिता विना असंम्भव रहेको दाबी गरेको छ ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा अमेरिका लगायतका मुलुकमा शरणार्थीको पुनर्वास शुरु भएपनि स्वदेश र्फकन चाहनेको आत्मसम्मानको रक्षा गर्दै उनीहरुलाई भुटान फर्काइनु पर्ने माग गरिएको छ । यस्का लागि भारत, नेपाल र भुटानको त्रिपक्षिय वार्ता हुनुपर्ने अपिलमा उल्लेख छ ।
हालसम्म करिव चार हजार भुटानी शरणार्थी पुर्नवासको लागि तेस्रो मुलुक गएका छन् ।


Tuesday, September 9, 2008

मेचीमा औषधि सकियो

दमक झापा सहित मेची अन्चलका चारवटै जिल्लामा अति आवश्यक औषधि पाउन छाडिएको छ ।
कोशी कटानका कारण लामो समय देखि ढुवानी हुन नसक्दा मेची अन्चलको ताप्लेजुङ, पाँचथर र इलाममा औषधि को अभाव शुरु भएको हो ।
दमकका औषधि व्यवसायी आरबी थापाले टिटानस र रेविज रोगको भ्याक्सिन पाउन छाडिएको बताए । कतिपय औषधि पशलमा सिरिन्जको मौज्दात समेत सकिएको छ ।
अन्चलमा औषधि वितरण गर्ने झापाको दमक, विर्तामोड र भद्रपुरमा रहेका थोक बिक्रेतासँग रहेको औषधिको मौज्दातमा कमी आएकोले समस्या भएको बताइएको छ । अझै एक सातासम्म औषधि नआए थप समस्या हुने व्यवसायले चेतावनी दिएका छन् । झापाका तीन दर्जन जति थोक बिक्रेताले अन्चलमा औषधि विरतण गर्छन ।
नेपाल औषधि व्यवसायी संघ मेचीका महासचिव र्सूय कोइरालाले बीरगन्जबाट चारवटा कण्टेनगरमा भारतको बाटो भएर पूर्वी नेपालका लागि औषधि ल्याउन पहल भइरहेको बताए ।
पूर्वी नेपालमा विरगन्ज, काठमाण्डौ र भारतबाट ल्याइने औषधिले माग परिपुर्ती हुन्छ । कोइरालाले एक दुइ दिन भित्रै आवश्यक औषधि झापा भित्राउने तयारी भइरहेको बताए ।

मकाउमा चार झापाली अलपत्र
दमक ः रोजगारीको सिलसिलामा मकाउ पुगेका झापाका आठ जना नेपाली एक साता देखि अलपत्र परेका छन् ।
दमक १० का नविन घिमिरे र नरहरी विष्ट सहितका युवा अलपत्र परेको घिमिरेले टेलिफोन गरि आफन्तलाई बताएका छन् ।
दमकका स्थानिय एजेण्ट गोवा भट्टर्राईले मकाउ पर्ुयाएर भागेपछि उनीहरु अलपत्र परेको बताइएको छ । अलपत्र युवाले आफूँहरुलाई स्वदेश फर्काउन पहल गर्न परिवारलाई आग्रह गरेका छन् । ती युवाले भट्टर्राईलाई जनही चार लाख रुपैयाँ बुझाएर एक साता अघि मकाउ गएका थिए ।

रक्सी पिउने समातिए
दमक ः प्रतिबन्घित समयमा मादक पदार्थ सेवन गर्ने चारजना युवालाई दमक प्रहरीले समातेको छ ।
गएराती १० बजे गस्तीमा रहेको प्रहरीको टोलीले दमक १० का होटल व्यवसायी नरबहादुर गुरुङ सहित दमक ६ का मनेाज चापागाई, दमक १५ का विक्रम तामाङ र भारत नक्सलवाडीका वेदबहादुर तामाङलाई समातेको प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताए ।
स्थानिय प्रशासनले राती नौ बजे पछि झापाका प्रमुख सहरी क्षेत्रमा क्षेत्रमा होटल संचालन गर्न र मादक पदार्थ विक्री वितरणमा रोक लगाएको छ ।

कार्यकर्ता छुटाउन चन्दा लिएको स्वीकार
दमक ः आफ्ना पक्राउ परेका कार्यकर्तालाई छुटाउन चाहिने रकम जुटाउनको लागि चन्दा र कर उठाउनु परेको संघीय लिम्बुवान राज्य परिषदका एक केन्द्रीय नेताले खुलासा गरेका छन् ।
मन्चमा आवद्ध परिषदका केन्द्रीय कोषाध्यक्ष तथा अर्थ सचिव ज्ञानुहाङ इङवुङले त्यस्तो खुलासा गरेका हुन् ।
विभिन्न मुद्धामा थुनामा रहेका कार्यकर्ता छुटाउन, निमार्ण्र्ाायवसायी संघको कार्यालयमा भएको तोडफोडको क्षति तिर्न र दर्ुघटनामा भएको क्षति पुरा गर्न आफ्ना कार्यकर्ताले चन्दा र कर संकलन गर्नु परेको उनले दाबी गरे ।
जल, जमिन र जंगलमा आफ्नो अधिकार रहेकोले कर उठाउन पाउनु आफू“हरुको अधिकार भएकोले कर उठाइएको उनले बताए ।
कर उठाएको र अन्य कुटपिटको मुद्धामा जिल्ला प्रहरी कार्यालयले लिम्बुवानका केही कार्यकर्तालाई मुद्धा चलाएको छ ।
यसैबीच दमक उद्योग बाणिज्य संघले स्थानीय उद्यमी ब्याबसायीहरुस“ग जबर्जस्ती चन्दा माग नगर्न सम्बन्धित पक्षस“ग आग्रह गरेको छ ।
लिम्बुवान कार्यकर्ताहरुले दमकका ब्यावसायीस“ग लाखौ रकम चन्दा मागेको र्सार्बजनिक भएपछि सोमवार बसेको संघले बैठकले त्यस्तो आग्रह गरेको हो । ब्यावसायीहरुस“ग सहयोग र चन्दाबापत ठुलो रकम मागेको बारेमा बैठकमा छलफल भएको र सम्बन्धि पक्षको ध्यान आकर्षा गराएको संघका अध्यक्ष सुदिपराज पन्तले जानकारी दिए ।

Friday, September 5, 2008

कस्कस्लाई तिर्ने कर...........?

झापा र मोरङका खोलाबाट गिट्टी तथा बालुवा निकासी गर्दा व्यवसायीहरु दोहोरो कर तिर्न बाध्य छन् ।
झापाको दमक स्थित रतुवा खोलामा जिल्ला विकास समिती इलाम र झापाका ठेक्दारले व्यवसायीसँग दुइ पटकसम्म कर लिने गरेका छन् । उनीहरुले संघीय लिम्बुवान राज्य परिषद सहित अरु संगठनलाई पनि करका नाममा पैसा दिनपर्ने बाध्यता छ ।
व्यवसायी राजन संग्रौलाका अनुसार खोलामा बालुवा र गिट्टी लिन जाने ट्रक तथा ट्रेक्टरसँग दुबै जिविसका ठेक्दारले कर लिने गरेका छन् । उनका अनुसार इलाम जिविसका ठेक्दारले प्रति ट्रेक्टर ६० र झापाका ठेक्दारले एक सय २० रुपैयाँसम्म लिने गरेका छन् ।
"केही पर इलामका ठेक्दारलाई कर बुझाएपछि दमक प्रवेश गर्ने नाकामा झापाका ठेक्दारले पनि लिन्छन्"-उनले भने । जिविस बाहेक बाटबाटै रसिद लिएर बस्ने संघीय लिम्बुवान राज्य परिषदका ,स्थानिय हंसेदुम्से र कन्चनजंघा सामुदायिक वनका प्रतिनिधिलाई पनि कर तिर्न परेको झापा कन्काई ट्रेक्टर संघका अध्यक्ष बद्री खनालले बताए । न्युनतम विस रुपैयाँ नदिए सम्म बालुवा गिट्टी ल्याउ नै दिदैंनन् -उनले भने । रतुवा खोलमा दैनिक जाने डेढसय ट्रेक्टर र ट्रकबाट यसरी विभिन्न संगठनको नाममा पैसा अशुल्ने गरिएको उनले बताएका छन् ।
संघका अनुसार मोरङको मावा र सुनझोडा खोलामा संघीय लिम्बुवान राज्य परिषद र संघीय धिमाल स्वायत्त प्रदेशका नाममा पैसा लिने गरिएको छ । ती खोलाहरुमा संगठनको विल लिएर केही युवाले पैसा अशुल्ने गरेका छन् ।
अध्यक्ष खनालले यस विषयमा झापाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा गलत तवरले कर उठाउनेलाई कार्वाही गर्ने आश्वासन पाएको बताए । सोही विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजेन्द्र श्रेष्ठले अवैधानिक तवरले कानुन विपरित कर उठाउने स्थानमा प्रहरी परिचालन गरि तत्कालै रोक्ने जानकारी दिदैं भने-कानुन विपरित कसैले काम गर्न पाउँदैन । अवैध रुपमा कर संगठनका कार्यकर्तालाई कानुन बमोजिम कार्वाही हुन्छ ।
उनले दुबै जिविसले कर उठाएर व्यवसायीलाई मार परेको विषयमा सम्बन्धित निकायसँग पनि छलफल गरिने बताए ।




Thursday, September 4, 2008

छोटकरी समाचार

गैरकानुनी रुपमा कर अशुल्दै गर्दा पक्राउ परेका संघीय लिम्बुवान राज्य परिषदका दुइ जना कार्यकर्तालाई जिल्ला अदालत झापामा मुद्धा चलाइएको छ ।
सतासीधाम गाविसको दोमुखामा परिषदको बिल लिएर ट्रेक्टर र मालबाहक ट्रकसँग निकासी कर लिदैं गर्दा तीन दिन अघि सातासीधाम ८ का पारस लिम्बु र मदन लिम्बुलाई झिलझिले प्रहरीले समातेको थियो ।
दुबैलाई चन्दा ऐन अर्न्तगत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको दमक १३ स्थित ऐलानी जग्गाको धनीपूर्जा वितरणको कार्यमा आर्थिक अनियमितता भए नभएको जानकारी लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ नं नापी गोश्वाराका प्रमुख विष्णु न्यौपानेलाई बयानका लागि काठमाण्डौ झिकाएको छ ।
त्यहाँको सात सय कित्ता जग्गाको लालपूर्जा वितरणको प्रकृयासँगै केही राजनीतिक दलका कार्यकर्ताले अवैध रुपमा पैसा अशुलेको गुनासो आएपछि अख्तियारले नापी कार्यालयबाट कागजात जफत गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत मणीराम न्यौपानले यस अघि वितरित एक सय ७ कित्ता जग्गा धनीपूर्जाको विषयमा जानकारी लिन गोश्वारा प्रमुख न्यौपानलेलाई काठमाण्डौ झिकाइएको बताउनु भयो ।
धनीपुर्जा पाउने सुकुम्वासीहरु सँग रकम अशुल गरिएको खुलासा भएपछि र्सवपक्षिय बैठकले राजश्व मात्र लिएर काम गर्ने निर्णय गरेको थियो । विवाद पछि धनीपूर्जा वितरणको कार्य अवरुद्ध छ ।


झापाको लखनपुरका बासिन्दाले रतुवा नदीको कटान र बाढी प्राभावित क्षेत्रमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय समक्ष आग्रह गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं ७ का सभासद विश्वद्धिप लिङ्देन सहितको एक प्रतिनिधि मण्डलले आज प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालालाई भेटी कटान नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेको हो ।
टोलीले रतुवा खोलाको कटानबाट दमक र लखनपुरका बासिन्दा बढी मारमा परेको प्रजिअ कोइराललाई जानकारी गराएका थिए ।
यसैबीच दुधे महाभारा कुन्जीवारी सडकमा कमल खोलाले गर्ने कटान रोक्ने कार्यमा पहल गर्न बलराम थपलियाको संयोजकत्वमा नदी नियन्ण समिती गठन भएको छ ।


दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा घरेलु रक्सीको किनवेच नियन्त्रण गर्न प्रहरीले निगरानी बढाउन शुरु गरेको छ ।
शिविरहरुमा रक्सी खाई होहल्ला हुने र अपराधका घटना बढेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी निरिक्षक गोविन्दराज काफ्लले शिविरमा रक्सीको किनवेच पूर्णतः प्रतिबन्धित भएकोले कडाइ गरिएको बताउनु भयो ।
यस अघि दमककमा तीनवटै शरणार्थी शिविवरबाट पटक पटक गरी प्रहरीले दुइ हजार लिटर घरेलु रक्सी बरामद गरि नष्ट गरेको थियो । बाहिरी बजारमा उत्पादन हुने घरेलु रक्सी शिविरमा लगि बिक्री वितरण हुने गरेको पाइएको छ ।


Saturday, August 30, 2008

माओवादीले नै नयाँ नेपाल बनाउने

नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा कोचिला राज्य समिती इन्चार्ज हरिवोल गजुरेलले नयाँ नेपालको निमार्ण माओवादीको नेतृत्वमा सुरु भएको बताएका छन् ।
आज झापाको दमकमा पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको क्षेत्रिय भेलामा बोल्दे उनले माओवादीको नेतृत्वमा सरकार गठन भएपछि राष्ट्रिय अन्तराष्ट्रिय जगत आश र त्रास दुबैमा परेको दाबी गरे ।
उनले यथास्थितीवादीहरु माओवादीको नेतृत्वसँग तर्सिएको तर र्सवहाराहरु आशावादी बनेको बताए । उनले भने- नयाँ नेपाल बनाउने जिम्मा माओवादीको काँधमा आएको छ , त्यो जिम्मेवारी हामी कुनै पनि अवस्थामा पुरा गर्र्छौ ।
उनले संविधान लेखनमा बुद्धिजीवीहरुको भूमिका र सुझाव महत्वपर्ूण्ा हुने बताए । अशल संविधान बनाउन र त्यसको प्रभावकारीताको लागि बुद्धिजीवीको सुझाव अपरिहार्य छ ।
कार्यक्रममा बोल्दै माओवादी पार्टी झापा इन्चार्ज सन्देशले नयाँ नेपाल निमार्ण गर्ने कार्य सबै नेपालीको भएको बताए । उनले अहिले देखिएका केही राजनैतिक गतिरोधहरुलाई आधार बनाएर आफ्नो पार्टीको सफलता र असफलताको अड्कलवाजी गर्ने काम गलत भएको बताए ।
कार्यक्रममा अधिकारकर्मी डा केपी सुवेदी, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, प्राध्यापक उत्तम भट्टर्राई लगायतले बोलेका थिए ।


Friday, August 29, 2008

झापा जलमग्न

अवीरल वर्षापछि झापाको कन्काई, रतुवा, बनियानी र कमल खोलामा आएको बाढीले दक्षिण पश्चिमी झापाका दर्जनौ गाउँ जलमग्न भएका छन् ।
दक्षिणी झापाको शिवगंज, पाँचगाछी, कोरोवारी, महाभारा, महेशपुर, तोपगाछी, धरमपुर र दमक नगरपालिकका धेरै भागमा बाढीको पानी पसेको छ ।
कन्काई र कमलखोमा आएको बाढीका कारण बनेको भंगालोले महाभारा गाविसको वडा नं ५ को बाहिरी संर्म्पर्क विच्छेद भएको छ । पूर्व गाविस अध्यक्ष विजय अग्रवालका अनुसार महाभराको ४ नम्वर वडाको बालुवाडीमा बाढीको पानी पसेको छ । त्यो वडाबाट एक साता अघि बीस परिवार विस्थापित भएका थिए ।
शिवगंजको वडा नं ६ र ८ मा सातासीखोलाले कटान शुरु गरेको छ । त्याँ वडा नं ६ का तीस परिवार विस्थापनको खतरामा रहेको शिवगंज प्रहरीले जनाएको छ । धरमपुर र तोपगाछीमा कमल खोलको पानी पसेको स्थानियवासीले बताएका छन् ।
दमक नगरपालिकको वडा न १० मा रहेको दीपिनी खोलाको पानी सुकुम्वासी वस्तीमा पसेपछि दर्जनौ परिवार सुरक्षित स्थानमा सरेका छन् । खोलको पानीले वडानं १३ को सुकुम्वासी वस्तीपनि डुवाएको छ । रतुवा खोलाको पानी पस्दा वडा नं १९ को जहदा लगायत भाग जलमग्न बनेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले कतिपय बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिएको छ ।

Wednesday, August 27, 2008

गरिव सन्थालका करेसामा कहिले बन्ने पाईखाना................

झापा कोरोवारी १ तुलाचनका होप्ना मर्डी परिवार पक्की पाईखानामा दिशा पिसाव विर्सजन गर्छन् । उनको परिवारले दुइ वर्ष यता पाईखानामा दिशा पिसाव गर्न थालेका हुन् । तर उनी बाहेक सिंगो कोरोवारी गाविसमा पाइखानामा दिशा पिसाव गर्ने सन्थाल एकजना पनि छैनन् ।
तुलाचनको सन्थाल वस्तीमा रहेका ३५ घर सन्थाल मध्ये होप्ना र उनको परिवार मात्रै पाइखाना प्रयोग गर्छन । छिमेकी सुक्रु बेस्राले भने-पैसा नभएकोले कसैलेपनि पाईखाना राख्न सकेका छैनन् । साँझ विहान छाक टार्नै धौ धौ छ कसरी राख्ने । उनका तीन जना परिवारका सदस्य खुला चौर र खेतका कान्लामा साँझ विहान दिशा पिसाव गर्न जान्छन् । होप्नाले चाँही विदेशमा गई कमाई ल्याएको पैसाले पाईखाना बनाएका हुन् ।
भारत सिमावर्ती कारोवारीमा सबैभन्दा धेरै चार हजार सन्थालको बसोवास छ । तर कसैले पनि चर्पिमा दिशा पिसाव नगर्ने गरेको स्थानिय शिक्षक भोला खतिवडाले बताए । अरु ठाउँमा गरिवका नाममा सरकारी, गैह्रसरकारी र त्यस्तै संस्थाले सरसफाईका लागि कार्यक्रम चलाएका भएपनि कोरोवारीका सन्थाललाई लक्षित गरेर कसैलेपनि काम नगरेको उनले गुनासो गरे ।
कोरोवारी गाविसमा तुलाचन बाहेक सन्थालको बाहुल्यता रहेको लालमाटी र दासचौरीमा पनि पाईखानामा दिशापिसाव गर्ने चलन छैन् । त्यो टोलका बासिन्दापनि खेतकै कान्लामा दिशा गर्न दर्गुछन् । स्थानिय सरिता मुर्मुले भनिन-बनिवुतो गरेर जीवन चलाउनेले कसरी पाइखाना बनाउनु र र ? उनले धेरै सन्थालहरु ऐलानी जग्गामा बस्दै आएकोले पनि समस्या रहेको बताइन् । यो जातिमा अहिलेपनि आफ्ना परिवारका जेठा सदस्यले दिशा पिसाव गरेको एउटै स्थानमा सानाले गर्न हुन्न भन्ने मान्यता रहेको उनको कथन छ ।
सन्थाल समूदायमा खुला स्थानमा दिशा पिसाव गर्नाले उब्जन सक्ने रोगका विषयमा पनि चेतना छैन् । झापामा २६ हजार सन्थालको बसोवास रहेको सन्थालका लागि कार्यरत संस्थाको दाबी छ ।

Sunday, August 24, 2008

छोटकरी समाचार

सवारी दुर्घटनामा मृत्यु भएका चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपूर्ती दिनपर्ने माग गर्दै आजपनि दमकमा यातायात अवरुद्ध गरिएको छ ।
विहानै देखि सडकममा जम्मा भएका युवाले सडकमा यातायातका साधन चल्न दिएका छैनन् । पूव पश्चिम राजमार्गको दमक खण्डमा यातायात बन्दका कारण भारत तर्फसामान बोकेर हिंडेका सयौं मालवाहक ट्रक अलपत्र परेका छन् ।
निजी कारमा सवार थुलुङको असार ३० गते मोरङको दुलारीमा सडक दुर्घटनामा मृत्यु भएको थियो । धरानका हिरा उदासको बसले ठक्कर दिदा उहा“को मृत्यु भएको परीवारले बताउदैं आएका छन् । क्षतिपूर्तिको विषयमा आज मोरङको बेलवारीमा वार्ता भईरहेको आन्दोलन समितीका संयोजक लोकसागर सम्वाले बताउनु भयो ।


झापा र मोरङका ६ वटा शिविरका भुटानी शरणार्थीलाइ परिचय पत्र वितरण गर्ने कार्य संम्पन्न भएको छ ।
शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र गृहमन्त्रालयका पतिनिधिले दमकको बेलडा“गी १,२ र ३ तथा शानिश्रे,खुदुनावारी र टिमाई शिविरमा वितरण पुरा गरेका हुन् । पछिल्लो पटक टिमाईका ९ हजार ८ सय शरणार्थीलाई परिचय पत्र वितरण गरिएको वितरण टोलीका संर्म्पर्क अधिकृत बसन्तराज पुरीले बताउनु भयो ।
१६ वर्षमाथिका शरणार्थीलाई व्यक्तिगत परिचयका लागि पत्र वितरण गर्न थालिएको हो । सातै शिविरका ६० हजार बढी शरणार्थीले परिचय पत्र पाउने बताइएको छ ।


सप्तकोशीका बाढी पीडितको राहतका लागि झापाको दमकमा राहत संकलनको कार्यलाई तिव्रता दिइएको छ ।
स्थानिय गन्तब्य थिएटरले सडक विभिन्न स्थानमा सडक नाटक गरि राहत जुटाएर सहयोग संकलनको कार्य अघि बढाएको छ ।
क्लाकारहरुले आजबाट समावेशी नाटक प्रदर्शनी गर्ने संस्थाका उपाध्यक्ष इन्द्र सुब्बाले बताउनु भयो । यसै गरि नेपाल औषधि व्यवसायी संघले , दमक नगरपालिका, अखिल क्रान्तिकारी, मोडल कलेजले पनि राहत संकलनलाई तिव्रता दिइ रहेका छन् ।
संकलित सहयोग कोशी गएर पीडितलाई दिइने ती संस्थाहरुले जनाएका छन् ।



Friday, August 22, 2008

३ महिनादखि भारतको क्लिनिकमा बन्धक

भूटानी शरणर्थी शिविर बेलडाँगीकी एक महिला उपचार गरेको खर्च तिर्न नसक्दा ३ महिनादखि क्लिनिकमा नै बन्धक बनेर बस्न बाध्य भएकी छन् ।
बेलडाँगी २ निवासी तुलमाया गुरुङ भारतको सिलिगुडी स्थित डा.चाङको क्लिनिकमा यसरी बन्धक बनेकी हुन । उपचार गर्दा भएको खर्च २ लाख रुपैया तिर्न नसकेपछि त्यहीँ बस्नु परेको आफन्त महेन्द्र गुरुङले जानकारी दिएका छन् ।
घरायसी बिवादका कारण आफ्नै श्रीमानले चिरपटले टाउकोमा प्रहार गरि गम्भिर घाइते बनाएपछि तत्काल उपचारको लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो । तर आम्दा अस्पतालमा उपचार सम्भब नहुने भएपछि उक्त अस्पतालले डा. चाङकहाँ लैजान रिफर गरेको थियो ।
यसरी बन्धक भएर बस्नु परेपछि उनका आफन्तले युएनएचसीआर लगायत अन्य संघ संस्थाहरुमा समेत सहयोगको माग गर्दा पनि कसैले केही नदिएपछि अहिले टाउकोमा लागेको चोट निको भए पनि तुलमाया मानसिक रुपमा असन्तुलित अवस्थामा नै दिन बिताइ रहेकी छिन् । यता कुटपिट गरेको आरोपमा श्रीमानलाई भने कारवाइका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

Wednesday, August 20, 2008

माओवादी शिविरमा लालसेना समायोजनको तयारी

संविधान सभा निर्वाचन अघिसम्म नेपाल कम्युनिष्ट पार्टी माओवादीका जनमुक्ती सेनाहरु फुर्सदमा थिए । शिविरहरुमा उनीहरुको दैनकी सामान्य रुपमा बित्ने गरेको थियो । शिविर भित्रैका भौतिक पुर्वाधार निमार्णका लागि सामान्य श्रम गर्नु, सेण्ट्री बस्नु, आफ्ना इकाईका साथी भाइसँग “इनडोर गेम” क्याराम बोर्ड, चेस, लुँडो, बाघचाल खेल्नु, पालो प्रथामा आफैं खाना बनाएर खानु बाहेक माओवादी सेनाले खासै केही गर्ने गरेका थिएनन् । तर आफ्नै पार्टी नेतृत्वमा सरकार बनेपछि शिविरको रौनक नै भिन्न बनेको छ ।
शिविरका माओवादी सेनाले संविधान सभा निर्वाचनमा पार्टीको विजय र नयाँ सरकार गठनसँगै सन्तुष्टिको श्वास फेर्न थालेका छन् । निर्वाचन अघिसम्म भविष्यप्रति चिन्तित उनीहरुलाई पार्टीको विजयले निश्चिन्त बनाई दिएको छ । राष्ट्रिय सेनामा समायोजन हुनका लागि विगतमा पनि तयार रहेका जनसेना अहिले त्यही कार्यकालागि तयारीमा जुटेका छन् । जनसेनाका सबै मुख्यालय तथा मातहतका सहायक शिविरहरुमा सेना समायोजनको तयारी तिव्रताका साथ भईरहेको छ ।
झापाको केर्खाबाट डेढ किलोमिटर उत्तर इलामको चुलाचुली १ स्थित कमलझोडाको कमलखोला फाँटमा रहेको जनसेनाको प्रथम डिभिजन मुख्यालय र मातहतका तीनवटा सहायक शिविरहरु मोरङको टाँडी र याङशिला तथा इलामको दानावारीमा सेना समायोजनमा शारिरीक र मानसिक रुपमा दक्ष बन्न एक महिनादेखि विशेष सैन्य तालिम भईरहेको छ । मुख्यालयको कार्यालय बिग्रेडका साथै रत्न सकुन्त, विप्लव सृजन र छिन्ताङ सुखानी बिग्रेड पहिलो डिभिजन अर्न्तगत पर्छन ।
यस अघि शिविरमा सामान्य कवाज, परेड र खेलकुद मात्र हुने गरेको थियो । यद्यपि शिविरभित्र फुर्सद मिल्दा नजिकका गाउँमा गई माओवादीका सेना गाउँलेका काम गर्न समेत पछि पर्दैन थिए । बाटोघाटो, पुलपुलेसा बनाउन र स्वास्थ्य शिविर चलाउन उनीहरु शिविर बाहिर निस्कन्थे । तर एक महिना यता भने उनीहरु आफ्नैलागि व्यस्त बनेका हुन् ।
माओवादीकै भनाईमा आफूँलाई व्यसायिक सेना बनाउने कार्यको पहिलो चरण अर्न्तगत क्षमता अभिवृद्धि गर्नकालागि तालिम शुरु गरिएको हो । चुलाचुली मुख्यालका सहकमाण्डर पावेलले लाल सेनालाई व्यवसायिक सेनामा रुपान्तरण गर्नकालागि विशेष सैन्य तालिम एफसी विसी शुरु गरिएको बताए । उनका अनुसार व्यवसायिक सेनालाई चाहिने आधारभुत देखि सबै किसीमको क्षमता अभिबृछ यो तालिमबाट मिल्छ । भन्छन्-यस्लाई विशष सैन्य तालिम भनिन्छ । शारिरीक र मानसिक दुबै रुपमा सेनालाईलाई दह्रो बनाउन तालिम महत्वपर्ण छ । लडाँइ लड्दा र जनतासँग घुलमिल हुन जाँदा अपनाउन पर्ने रणनीति दुबै विषयम ज्ञान दिने गरिएको उनले बताए ।
शिविर स्थापना हुदाँ र त्यपछिका केही समयसम्म पनि जनसेनाको दैनिकी उत्ति साह्रो कडा थिएन् । तर हिजोआज शिविरको अनुशासनमा कर्डाई गरिएको छ । जनसेनाहरु विहान ६ घण्टा र साँझ ३ घण्टा शारिरकी व्यायाम गर्छन । यहि अवधिमा उनीहरुले सैद्धान्तिक र व्यवहारिक सैन्य ज्ञानपनि लिन पर्छ ।
जनसेनाले ४ बजेबाट आफनो दैनिकी आरम्भ गर्नुपर्छ । ओच्छ्यान छाडेपछि उनीहरु नित्यकर्म पट्टी लाग्छन् । दिशा पिसा गरेर दौडकालागि तयार रहनु पर्छ । ५ बजे शुरु हुने दौड ६ बजेसम्म चल्छ । शिविर भित्रै र बाहिर बुट बज्जार्दै गरिने दौड लगत्तै ८ बजेसम्म पिटी परेड हुन्छ । ८ बजेदेखि १० बजेसम्मको कक्षा जनसेनाकोलागि केही परिवर्तित हो । यस अविधिमा पार्टको हेडक्वार्टरमा प्रशिक्षित सैन्य कमाण्डरहरुले हतियार चलाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन्छन् । यहि समयमा युद्धकलाका कक्षापनि हुने गरेका छन् । यसलाइ एफसीविसी-फिल्डा क्राफ्ट र ब्याटल क्राफ्ट) नाम दिइएको छ ।
चुलाचुली मुख्यालय र मातहतका तीन शिविरमा चार देखि पाँच जना विशेष प्रशिक्षकले यो तामिल दिदैं आएका छन् । चुलाचुली मुख्यालयका एकजना जनसेनाले बन्दुक पड्काउने, मार हान्ने, मर्मत गर्ने, विष्फोटक विच्छाउने, लडाँइमा दुष्मनबाट छलिने, दुष्मनलाई प्रहार गर्ने, विष्फोटक निष्कृय पार्ने,जनतासँग मिलेर काम गर्ने, उनीहरुको मन जित्ने तौर तरिका, दैविक विपत्तीमा सहयोग गर्दा अपनाउन पर्ने सावधानी आदि सबै विषयको ज्ञान आफँूहरुले पाईरहेको बताए । उनले भने-यो कक्षा भने हाम्रा लागि नौलो हो । युद्धकालमा दुष्मनका गौडा हान्ने र लडाँइमा बच्ने तरिकाको विषयमा मात्र प्रशिक्षण दिने गरिएको थियो ।
विहान १० बजेको युद्धकला कक्षापछि जनसेनाको बिहानको दैनिकी पुरा हुन्छ । ११ बजेसम्म खाना खाएर कोही शिविरको छाप्रोमा झकाउँछन् । पत्रिका पढ्नेहरु लाईब्रेरीतर्फ लाग्छन् । गीत सुन्ने र टेलिभिजन हेर्नेहरु भने कार्यालय र छाप्रा भित्र पस्छन् । त्यसो त शिविरमा जनसेनाकालागि सामान्य स्तरका सबै सुविधा उपलब्ध छ ।
सह कमाण्डर पावेलको भनाईमा जनयुद्धका बेला, क्याण्टोनमेण्टको बर्साई क्रममा र समाजोनका लागि गरिएका सबै सैन्य तालिमको प्रकृति समान मानिन्छन् । अहिले जनमुक्ती सेनाले व्यवसायिक सेनाले गर्ने फिल्ड क्राफ्ट र ब्याटल क्राफ्ट नामका तालिम मात्र गरेका हुन् । पावेल भन्छन्-हामीले युद्धका बेलापनि तालिम दिने क्रमलाई निरन्तरता दिएकै हो ।
चुलाचुली डिभिजन मुख्यालयका सैन्य सचिव नरेश भन्छन्-सैन्य व्यवसायिकताकालागि आवश्यक पर्ने सबै पूर्वाधार तयार हुदैंछन् । संविधान सभा निर्वाचनमा माओवादीको जितले जनसेनामा थप उत्साह थपिएको बताउँदै उनले भने-माओवादीको जितले सेना समायोजनका लागि सकारात्मक ढोका खोलि दिएको छ । हाम्रा सेना अन्तराष्ट्रिय सेनामा हुनपर्ने गुणको विकास गर्न लागिपरेका छन् । अहिले सम्मको माओवादीको जितले नेपाली सेना र जनसेनाको समायोजन चाँडै हुनेमा विश्वास बढ्दै गएको उनको दाबी छ । उनले समायोजनाका लागि शारिरीक र मानसिक तयारी गर्न जनसेनाले कुनै कसर बाँकी छाडेका छैनन् । भन्छन्-हिजो युद्धकालको जस्तै मेहनत गरिरहेका छन् हाम्रा लाल सेनाले ।

तालिमका लागि हामीसँग शिविरहरुमै सबै पूर्वाधार भएकोले पनि सहज भएको छ -उनले भने ।उनका अनुसार जनमुक्ती सेनाले अहिले तालिममा ध्यान केन्द्रीत गरेकोले जनपक्षिय कामबाट भने अलग्गै बस्नुपर्ने अवस्था अएको छ । पावेलले भने-अहिले सबैको ध्यान तालिममा केन्द्ति भएको छ । उनीहरुले शिविर रहेको आसपासको क्षेत्रमा चलाउने स्वास्थ्य शिविर, विकास निमार्ण कार्यलाई हाल थाँति राखिएको पावेल बताउँछन् ।
दिउँसोको विश्रामपछि जनसेनाले अपरान्ह ४ बजे खाजा चिया सकाएर फेरि कक्षामा निस्कनु पर्छ । ६ घण्टा लगाएर विहानी समयामा जनसेनाले सिकेका शारिरीक व्यायाम र सैद्धान्तीक ज्ञानको परिक्षण ३ घण्टामा हुन्छ । यो परिक्षण दैनिक चल्ने क्रियाकलापमा पर्दछ । आर्थात साँझ ७ बजेसम्म शैन्य कक्षामा सिकेका कुरा कमाण्डरले सोधे अनुसार जवाफ दिनुपर्छ ।साथीभाईले पनि कक्षामा सवाल जवाफ गर्छन । विशेष गरि कक्षामा लडाँइ, मार्च पास, सलामी गर्ने तौर तरिका देखि लिएर हतियारका विभिन्न भागको नामसम्म सोध्ने गरिएको दानावारी सहायक शिविरका एक जनसेना बताउँछन् । उनका अनुसार प्रशिक्षकले शैन्य सम्बन्धि हाजीर जवाफ पनि हुने गरेको छ ।
यस्ता कक्षा चलाउन चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरुमा हलकै व्यवस्था गरिएको छ । ती हलहरुमा समूहमा बसेर जनसेनाले कक्षा लिनु पर्दछ ।
माओवादी जनसेनाको समायोजनको लागि शिविरहरुमा शैन्य कक्षा चलिरहँदा चुलाचुली र मातहतका सबै जनसेनाको स्वास्थ्य परिक्षण गर्ने कार्यपनि संम्पन्न भएको छ । जेठ पहिलो साता सहायक शिविरबाट ट्रका राखेर ल्याइएका जनसेनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जर्मन सहयोग नियोग जिटीजेड र सुष्मा कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानको सहयोगमा एक हप्तासम्म चुलाचुलीमा शिविर नै चलाएर जनसेनाको स्वास्थ्य परिक्षण गरिएको हो । यद्धपि मुख्यालयले भने नियमित स्वास्थ्य जाँच भन्ने गरेको भएपनि शिविरमा युद्धका बेला र्घाईते भएका कतिपय जनसेनाको शल्यकृया समेत भएको थियो ।
मुख्यालयले आफूँ मातहतका सहायक शिविरमा समेत गरि एक सय जना जनसेनाको शरिरबाट अहिले पनि गोली झिक्न बाँकी रहेको जनाउँदै आएको छ ।
प्रथम डिभिजन मुख्यालय र मातहतका सहयाक शिविरमा तीन हजार दुइ सय २१ जनमुक्ती सेनाको दर्ता छ ।

Tuesday, August 19, 2008

ज्ञानेन्द्रको कम्पनीले कर तिर्न अटेर गर्यो

दमक झापाको दमक स्थित हिमालय गुडरिकले नगरपालिकालाई बुझाउन अटेर गरेको छ ।
गुडरिकले एकिकृत संम्पती कर बापत दमक नगरपालिकालाई सत्र लाख रुपैयाँ बुझाउन बाँकी छ ।
रकम बुझाउन आग्रह गर्दा बेवास्ता गरेको बताउँदै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले भन्नुभयो-पाँच पटक त नगरपाकिलाले वार्ता नै चलाई सक्यो । कयौं पटक चिठी पठायौं तर बास्तै गरेनन् ।
उहाँका अनुसार उस्ले साउन पहिलो साता भित्रमा नगरपालिकामा कर बुझाउने भन्ने आश्वासन दिएको थियो । तर अहिले माथिको निर्देशन आएपछि मात्र रकम बुझाउने भनेर कर्मचारीले बताएको खतिवडाले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो- अब माथि कस्लाई भन्नु पर्ने हो हामीलाई पनि समस्या भएको छ ।
वि.स. २०६२ सालमा सरकारले एकीकृत संम्पती कर लागू गरेपछि कमानलाई करको दायरा ल्याउने नगरपरिषदले निर्णय गरेको थियो ।
कमानले एकिकृत संम्पती करमात्र बाषिर्क ३ लाख ६० हजार बुझाउन पर्छ । तर वर्षोनी नबुझाएकोले जरिवाना समेत बढ्दा तिनुपर्ने रकम अधिक भएको छ ।
नगरपालिकाका अुनसार कमानले संम्पती मूल्याँकनको विषयमा चित्त दुखाएर कर बुझाउन नआएको हो । ५ सय ७६ बिघाहा क्षेत्रफलमा फैलिएको चिया बगान, मिनी दरवार र अन्य भौतिक संरचनाको मूल्याँकन नगरपालिकाको नगरपरिषदको निर्णय २० करोड गरिदिएको छ । तर कमानले भने १६ करोड मात्र हुनुपर्ने अडान राखेको थियो ।
पूर्व राजा महेन्द्रले आफ्ना भाई हिमालयको नाममा सो चिया बगान २०१८ सालमा स्थापना गरेका थिए । पूर्व राजशाहीको सम्पतीको रुपमा नगरपालिकामा रहेको भएपनि त्यसभित्र रहेको भवनहरुको नक्सा पास समेत गरिएको छैन ।
बगान क्षेत्रमा र्सवसाधारणले प्रवेश गर्न पाउँदैनन् । गणतन्त्र स्थापना अघि त्यहाँ रहेको दरवारमा पूर्व राजा ज्ञानेन्द्र तथा अन्य सदस्यहरु विश्राम गर्न आउने परम्परा थियो ।
कमानका जिएम बि गुरुङले आवश्यक छलफल पछि आफूँहरु कर तिर्न तयार रहेको बताउनु भयो । उहाँले त्यस विषयमा आफ्नो केन्द्रीय कार्यालयलाई पनि भनिसकेको जानकारी दिनु भएको छ ।

लालपूर्जा भोलि देखि
दमक झापाको दमक १३ मा अबरुद्ध जग्गाको लालपूर्जा वितरण कार्य पुन सुचारु हुने भएको छ ।
मंगलवार दमकमा बसेको दलका प्रतिनिधि र कर्मचारीको र्सवपक्षिय छलफलले बुधवारदेखि लालपूर्जा वितरण थाल्ने निर्ण्र्ाागरेको हो ।
केही भूमाफियाहरुले स्थानियवासीलाई लालपूर्जा दिने भन्दै रकम उठाएको र्सार्वजनिक भएपछि अख्तियारले २ नम्वर नापी कार्यालयबाट कागजात जफत गरको थियो । कागजात जफतपछि वितरण कार्य अबरुद्ध बनेको थियो ।
मंगलवार भएको छलफलले वितरण सुचारु गर्ने सहित सात बुदा“मा सहमती जुटाएको छ । अख्तियारले जफत गरेका कागजात फिर्ता गर्न जिल्ला प्रशासनमा पहल गर्ने, विरतणका क्रममा समस्या आए राजनीतिक दलको सम्यन्त्रले सुल्झाउने, कानुनी प्रकृया पर्ुयाउने सिलसिलामा विवादित विषयमा दलले नै मिलाउने, कर्मचारीलाई काम गर्न सहयोग गर्ने र १३ नम्वर वडा पछि अन्य वडामा कानुनी रुपमा लालपूर्जा वितरण थाल्नेपनि सहमती भएको छ ।
लालपूर्जा वितरण प्रकृयामा कसैले व्यवधान गरे पक्राउ गरि सुरक्षाकर्मीलाई जिम्मा लगाउने र सरकारी राजश्वमा मात्र लिएर पारदर्शी ढंगले काम गर्ने विषयमा सहमती भएपछि बुधवार देखी नापी टोलीले काम गर्ने ७ नम्वर नापीका प्रमुख विष्णु न्यौपानेले बताउनु भयो । लालपूर्जा वितरण पछि मालपोतलाई तत्कालै श्रेस्ता बुझाईने उहा“ले जनाउनु भयो ।

दमकमा तीन घण्टा चक्का जाम
दमक
सडक दर्ुघटनामा मृत्यु भएका चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपर्ूर्ती उलब्ध गराउन पर्ने माग गर्दै मंगलवार झापा दमकमा तीन घण्टा सडक जाम गरिएको छ ।
गत असार ३० गते मोरङको दुलारीमा को १ ख १८७७ नम्वरको यात्रु बसले ठक्कर दिदा“ निजी कारमा यात्रारत दमकका चिकित्सक थुलुङको घटना स्थलमै मृत्यु भएको थियो ।
उनको मृत्यु भएको लामो समयपछि वस मालिक धरानका हिरा उदासले चासो नदिएको भन्दै दमकमा र्सवपक्षिय बैठकले किरा“त र्राई यायोख्खाका झापा अध्यक्ष सन्तकुमार बान्तवाको संयोजकत्वमा संर्घष्ा समिती गठन गरेको थियो ।
समिती मातहतका युवाले मंगलवार पर्ूव पश्चिम राजमार्गको दमक खण्डमा मध्यान्न १२ देखि अपरान्ह ३ बजेसम्म सडकमा यातायात बन्द गराए । माग पुरा नभए बुधवारबाट यातायात बन्दलाई निरन्तरता दिईने आन्दोलन समितीका संयोजक लोकसागर साम्बाले बताउनु भयो ।









Thursday, August 14, 2008

सागसब्जी छोइनसक्नु भयो

दमक/ लगातारको बन्दले झापामा सागसब्जीको मूल्य पचास प्रतिशत भन्दा धेरैले बढेको छ । कतिपय पुर्वी सहरमा सहरमा उपभोग्य वस्तुको समेत अभाव शुरु भएको छ ।

यातायातका साधन चल्न छाडेर ढुवानी हुन नसक्दा अति उपभोग्य वस्तुको मूल्य बढेको व्यवसायीले बताएका छन् ।

झापामा पाच दिन यता धनकुटा र धरानबाट सब्जी ढुवानी हुन नसकेको व्यवासीले बताएका छन् - पसलमा सब्जी छैन्, यस्तै हो भने भोलिदेखि आलु र प्याज पनि नपाउने अवस्था छ दमकका एकजना पशलेले भने ।

केही समय अघिसम्म प्रतिकेजी २० रुपैयाँमा विक्री हुने बन्दाकोबी रु ५०, रु ३० को खुर्सानी १ सय , २० को प्याज ३२, १० को आलु १५ र रु ८ को पर्वल १६ रुपैया“ प्रतिकेजी भएको छ । अन्य सब्जीको मूल्य पनि दोब्वर भएको छ ।

दमकमा छिमेकी गाविसबाट भित्रने साग सब्जीपनि आउन छाडेको व्यवसायीले बताएका छन् । यहा“ गौरादह, सतासीधाम, धरमपुर, लखनपुर , गौरीगन्ज , महारानीझोडा लगायत गाविसबाट सब्जी आउने गरेको बताउ“दै अर्का व्यवसायी भन्छन्- बजारमा टमाटर पाउन छाड्यो । अरु वस्तुको मौज्जात पनि छैन् ।

ग्यासको अभाव भएको एकसाता नै भइसक्यो। पेट्रोल विभिन्न पशलहरुमा दुइ सय रुपैया प्रतिलिटर बिक्री भई रहेको छ । यहाँ बिक्री हुने पेट्रोल भारतीय बजार सिलीगुडी र पानीटंकीबाट ल्याउने गरिएको छ । बजारमा ग्यासको समेत हाहाकार छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थी नविन अधिकारीले ग्यास सकिएर ट्याङको रित्तिएको एकसाता वित्न लाग्दापनि नपाएको बताए ।

पाच दिन देखिको बन्दका कारण भुटानी शरणार्थीलाई सहयोग गरिरहेका संस्थाले प्रहरी सुरक्षामा उपभोग्य वस्तु दमक भित्राएका छन् । यसैबीच जारी बन्दलाई चालक परिचालक संघ दमकले र्समर्थन गर्दै व्यवासीको माग प्रति सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । विज्ञप्ती प्रकासित गरि संघले त्यस्तो माग अघि सारेका छन् ।

अन्धकार न.पा.

दमक/ नगरपालिका क्षेत्रमा रहेर पनि झापाको दमक १६ स्थित टुकुरे झोडाका बासिन्दा रातमा टुकी बाल्न बाध्य छन् ।

त्यहाँ विद्युत विस्तारका लागि नगरपालिका र विद्युत प्राधिकरण लाई आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानिय झरुराज ढकालले बताउनु भयो ।

त्यो टोलका २७ परिवार विद्युत विस्तार नभएकोले समस्यामा रहेको उहा“ले बताउनु भयो । विद्युतले आगामी वर्षो योजनामा मात्रै त्यहाँ विद्युत विस्तार गरिदिने आश्वासन दिएको बताइएको छ ।

बढ्यो ज्वरो

दमक/ झापाको दमक, सिमावर्ती गाविस र इलामको चुलाचुली क्षेत्रमा ज्वरोका रोगीहरुको बढेका छन् ।

गर्मी सँगै ती क्षेत्रमा अन्य रोग भन्दा तुलनात्मक रुपमा ज्वरोका रोगी बढेका हुन् । चुलाचुलीको माओवादी डिभिजन मुख्यालय र मातहतका शिविरमा पनि ज्वरोका रोगी बढेको मुख्यालयले जनाएको छ ।

आम्दा अस्पतालका चिकित्सक डम्बर दासले अन्य रोगीको तुलनामा ज्वारोका रोगीको संख्या अलि बढी भएपनि प्रकोपको रुपमा भाइरल भिवर भने नफैलिएको बताउनु भयो ।
शरणार्थीको दर्ता शुरु दमक/ छुटेका भुटानी शरणार्थीको रजिष्ट्रेसन कार्य आउँदो भदौ २ गतेबाट शुरु हुने भएको छ । भुटानबाट नेपाल आएका र शरणार्थी मान्यता नपाएका एक हजार ५ सय जनाले रजिष्ट्रेसन कार्यका लागि निवेदन दिएका छन् । गृह मन्त्रालयका अधिकारी बशन्तराज पुरीले उनीहरुले रजिष्ट्रन पछि मात्र शरणार्थीको मान्यता पाउने छन् । अहिले झापा र मोरङका शिविरमा एक लाख ५ हजार शरणार्थी बस्दै आएका छन् ।
शरणार्थीको दर्ता शुरु
दमक/ छुटेका भुटानी शरणार्थीको रजिष्ट्रेसन कार्य आउँदो भदौ २ गतेबाट शुरु हुने भएको छ । भुटानबाट नेपाल आएका र शरणार्थी मान्यता नपाएका एक हजार ५ सय जनाले रजिष्ट्रेसन कार्यका लागि निवेदन दिएका छन् । गृह मन्त्रालयका अधिकारी बशन्तराज पुरीले उनीहरुले रजिष्ट्रन पछि मात्र शरणार्थीको मान्यता पाउने छन् । अहिले झापा र मोरङका शिविरमा एक लाख ५ हजार शरणार्थी बस्दै आएका छन् ।

लेप्चाको अभियान

इलाम र झापामा अल्पसंख्यामा रहेका लेप्चा समूदायले आफ्नो जातिय उत्थानका लागि आफैं अभियान चलाउन सुरु गरेका छन् । पहिले शिक्ष त्यसपछि रोजगारी अभियान नाम दिएर उनीहरुले जातिय हितका लागि यस्तो अभियान चलाएका हुन् । प्रस्तुत छ यस विषयमा तयार पारिएको एक रिपोर्ट । सुन्नको लागि यहाँ राइट क्लिक गरि सेभ टार्गेट गर्नुहोस् ।

कुमार

Monday, August 11, 2008

धन्दावाल समातेर धन्दा रोकिए पो ...............

पूर्वका प्रमुख सहरी क्षेत्रका होटलमा युवतीहरु राखेर अवैध यौनधन्दा चलाउनु सामान्य मानिन्छ । इटहरी, धरान, विर्तामोड त यो धन्दाका लागि गनिएकै सहर थिए । तर केही समययता दमकमा पनि यो व्यवसायले फष्टाउने अवसर पाएको छ ।

दमकका होटल र रेष्टुराहरुमा प्रशस्तै युवतीले गैह्रकानुनी रुपमा धन्दामा सहभागिता जनाएका छन् । केही अघि एउटा होटल यस्तै धन्दा चलाएको पुष्टी भएपछि बन्द नै भयो । आज अर्को होटलबाट युवती सहित संचालिका पक्राउ परेपछि युवतीहरु राखेर अवैध यौन धन्दा सञ्चालन हुने गरेको पुष्टी नै भएको हो । तर पक्राउ र प्रहरीको निगरानी र छापा मार्ने क्रमसँगै युवतीले होटल फेर्ने दृष्टान्तसँग प्रहरी पनि अनभिज्ञ छैन् ।

आज समातिएकामा दमक १२ स्थित बसपार्कको श्रद्धा होटलकी सञ्चालिका ममता शिवाकोटीको, होटलमा कार्यरत ४ युवती र २ युवा छन् ।

झापा धरमपुर ६ का अमर रसाइलीकी १२ वर्षीया छोरी गत साउन २१ गतेदेखि घरबाट हराएको र उनी श्रद्धा होटलमा राखिएको थाहा पाएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।उजुरीका आधारमा प्रहरीले होटलमा निरिक्षण गर्ने क्रममा अवैध यौन धन्दा सञ्चालन गराउने गरेको खुल्न आएपछि उनीहरु लाई पक्राउ गरिएको हो । तर रसाइलीकी छोरी कहाँ छिन भन्ने केही थाहा छैन् ।

अमरले छोरी अपहरणमा परेको सुनाई रहँदा म पनि अरु संचारकर्मी सँगै थिए । उनले हामीलाई पनि छोरी हराएको मनिलो स्वरमा सुनाई रहेका थिए । केही दिन पहिले यस्तै घटना भएको थियो इलाका प्रहरी कार्यालयमा । एउटी १५ वषिर्या युवती धन्दामा लागेपछि आमा चाँहिले छुर्टाई दिन भन्दै छोरी लिएर प्रहरीकोमा गएकी थिइन् । होटल संचालकलाई पनि प्रहरी कार्यालयमा बोलाई छलफल भएको थियो तर के सहमती भयो कुन्नी ती सानी, पातली नानी मैले फेरि साविककै होटललमा देखेको थिएँ ।

जे जसरी र जुन बहानामा भएपनि दमका यौन व्यवसाय फष्टाएको छ । प्रहरीले एकातिर छापा मारेर युवती पक्राउ गरि दुइ दिन खोरमा राखेर छाड्छ होटल परिर्वतन गर्छन अनि धन्दा सुरु भईहाल्छ । प्रहरीले अनुगमन समिती बनाउन साता अघि गरेको सहमतीपनि कार्यान्वय हुन सकेन ।

आज एकाध महिला गएर धन्दा चलाउने शिवाकोटीलाई कार्वाही गर भन्दै प्रहरी कार्यालय घेरे, ढुंगा पनि हाने तर वार्ता गर्ने भनेर साँझमा भिंड आफैं र्साईड लाग्यो ।

आज खाजा खान दमक १३ अर्को एक झुपडपट्टीमा २ साता अघि दमक १० स्थित पाथिभरा खाजा घरमा अवैध यौन धन्दा गर्ने गरेका दुइ जना युवती देखेपछि थाहा भयो यो धन्दालाई लाइसेन्स दिए फरक पर्दैन अब ।

शरणार्थी अपिल
भूटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कट्टेल समूहले सोमबार एक विज्ञप्ति जारी भुटानी शरणार्थीको तेस्रो मुलुक पुर्नवास कार्यक्रम रोक्न आग्रह गरेको छ ।

मोर्चाका कार्यबहाक अध्यक्ष डिआर कट्टेलद्धारा जारी विज्ञप्तिमा पुनर्वास कार्यमा संलग्न राष्ट्रहरुलाई तत्काल पुर्नवास गतिविधी रोक्न आग्रह गरिएको छ ।

शरणार्थी समस्या समाधानका लागि नेपाल भुटान बीच वार्ताको प्रसंग अघि बढेको अवस्थामा वार्ता नहुन्जेल सम्मका लागि पर्नवास कार्य रोकिनु पर्ने माग गर्दै पुर्नवासमा सघाउदै आएको आइओएम मार्फ अपिल गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भूटानी शरणार्थीको दिर्घकालीन समस्या समाधानका लागि स्वदेश फिर्तीको विकल्प नभएको उल्लेख गर्दै स्वदेश फिर्तीको पहलका लागि सबै पक्ष जुट्नु पर्ने जनाइएको छ ।


Sunday, August 10, 2008

धरमपुरमा बालिका अपहरित
दमक/
पा“च दिन देखि बेपत्ता भएकी आफ्नी १२ वषिर्या छोरी रोशनी रर्साईलीको खोजीमा सहयोग गरिदिन परिवारले संचारकर्मी समक्ष आग्रह गरेको छ ।
बुवा अम्बर बहादुरले आज दमकका स्थानिय संचारकर्मीलाई भेट गरि छोरी खोज्न सहयोग गरिदिन आग्रह गरेका हुन् ।
गत साउन २१ गते धरमपुर गाविस ६ स्थित घरमा पुगेका दर्ुइ जना अपरिचत युवतीहरुले रोशनीलाई साथै लिएर गएको गाउ“लेले देखेेको पीडित अम्बरले बताएका छन् ।
यसै गरि झापाको दमक स्थित बेलडा“गी शरणार्थी शिविर नजकिै आज भएको सडक दुर्घटनामा परि एकजना बालिका घाइते भएकी छन् ।
त्यहा“ को १ च ५८८ नम्वरको जीपको ठक्करबाट दमक ३ बस्ने सात वषिर्या बालिका संकिता ढकाल र्घाईते भएकी हुन् ।
र्घाईते ढकालको स्थानिय आम्दा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


लिम्बुवानको वार्ता प्रस्ताव
दमक/लिम्बुवान भोलेन्टिर्यर्सले झापाको विर्तामोड स्थित निमार्ण व्यवसायी संघको कार्यालयमा गरेको तोडफोडको घटनामा विषयमा वार्ता गर्न तयार रहेको जनाएको छ ।
आज संगठनका उपसंयोजक तेन्धङ्हाङले विज्ञप्ती प्रकासित गरि अस्ती संघको कार्यालयमा भएको घटनाको विषयमा सम्बन्धित पक्षस“ग वार्ताका लागि आफ्नो संगठन तयार रहेको जनाएका हुन् ।
विज्ञप्तीमा २४ घण्टा भित्र वार्ता गरि समस्या समाधान गर्न भनिएको छ । विज्ञप्तीमा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई माग गर्दै तेन्देङहाङले लिम्बुवान भुमीमा रहेका घोटाला संस्थाहरुलाई सही बाटोमा ल्याउन लिम्बुवान भोलेन्टिर्यर्सहरु तयार रहेको उल्लेख छ ।
कबोल गरेको चन्दा नदिको भन्दै लिम्बुवानका कार्यकर्ताले निमार्ण व्यवसायीको कार्यालयमा तोडफोड गरेका थिए ।

विद्यार्थी ठगिए
एजेण्ट भागेपछि सिंगापुर पढ्न जान तयारी गर्दै गरेका झापा दमकका दुइ जना विद्यार्थी ठगिएका छन् ।
दमक १० का गंगाराम खतिवडा र १३ का ढकेन्द्र भट्टर्राई स“ग दर्ुइ लाख पचास हजार रुपैया लिएर झापा तोपगाछीका प्रकास र्राई र दुरेन लिम्बु भागेपछि उनीहरुले ठगिएको हुन् ।
दमकमा वैदेसिक अध्ययनको लागि कन्सलटेन्सी खोलेका दुबै जना केही समय यता फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय दमकमा उजुरी गरि पैसा फिर्ता गर्राईदिन प्रहरीलाई गुहारेका छन् ।

काश्मिरमा नेपालीको बिजोग
भारतको कश्मिरमा बर्डफ्लु फैलिएको हल्ल्ाा चलेपछि त्यहा“ रोजगारीका लागि गएका नेपालहरुको विजोग भएको छ ।
कतिपय श्रमिकलाई स्थानिय प्रहरीले घरबाट बाहिर समेत निस्कन नदिएपछि उनीहरु समस्यामा परेको पीडितले बताएका छन् ।
झापा महाभारा ४ का आमाशु कोचले आज परिवारका सदस्यलाई टेलिफोन गरी आफू“हरु पा“च दिन देखी एउटै कोठामा थुनिएर बस्न बाध्य भएको बताएका छन् ।
सोही गाउ“का मनोज गोश्वामीले पनि परिवारलाई काश्मिरमा नेपाली जस्तै अन्य कामदार बन्दी जस्तो घरमा थुनिएर बसिरहेको टेलिफोनमा बताएको छिमेकी कृष्ण पोडेलले बताउनु भयो ।

दमक १६ मा विजुली बल्यो
झापाको दमक १६ स्थित शान्ति टोलमा विद्युत विस्तार गर्ने कार्य संम्पन्न भएको छ ।
समूदाय , नगरपालिका र विद्युत कार्यालय दमकको संयुक्त लगानीमा त्यहा“ विद्युत विस्तार भएको टोल विकास संगठनकी अध्यक्ष बेदमाया ढुंगेलले बताउनु भयो ।
तीन लाख रुपैया“को लागतमा विद्युत पोल गाड्ने, तार टा“गने र विद्युत छाड्ने कार्य भएपछि टोलका ४० परिवार लाभान्वित बनेका छन् ।

संयुक्त लगानीमा योजना
झापाको दमक नगरपालिका क्ष्ँेत्रमा चालु आर्थिक वर्षा जगेडा कोष र उपभोक्ताको साझेदारी प्रयासमा ६ वटा योजना पुरा हुने भएको छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार तीन करोड रुपैया“ बजेट रहेका ती योजनामा उपभोक्ताको एक करोड दश लाख रुपैया“ खर्च हुने छ । नगरपालिकाले १५ लाख रुपैया“ उपलब्ध गराउने कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताउनु भयो ।
यसरी साझेदारी रुपमा पुरा हुने योजनामा शहिद स्मृती वन, ट्राफिक मार्ग, सेतुमारी सडक ढल, ल्याण्डफिल साइट र रत्न सामुदायिक भवन रहेका छन् ।



Saturday, August 9, 2008

अग्राधिकार माग्दै झापामा आदिवासी जनजातिको भेला

दमक , २५ साउन ः झापा, मोरङ र सुनसरीका आदिवासी जनजातिले भव्य रुपमा १४ औं विश्व आदिवासी दिवस मनाएका छन् । तीनवटै जिल्लाबाट शनिवार झापाको दमकमा भेला भएका उनीहरुले संघीय गणतन्त्रात्मक नेपालमा जनजाति र आदिवासीको अग्राधिकारको व्यवस्था कानुनी रुपमै संस्थागत गर्न माग माग गरेका छन् ।दमकमा निस्कीएको जानजातिको संस्कृति र्याली पछि अयोजित कार्यक्रममा बोल्दै माओवादीका सभासद विश्वद्धिप लिङ्देनले जातिय स्वायत्तता विनाको अवको गणतन्त्र र्सार्थक नहुने बताए । उनले पिछडिएका जातिले समान रुपमा राज्य संचालनको तहमा पुग्ने अवसर नपाउन्जेल नया“ नेपाल निमार्ण्र्ाासंभव हुने दाबी गरे । कार्यक्रममा बोल्दै एमालेका सभासद दीपक कार्कीले आफ्ना नागरिकको अधिकार संरक्षण र संस्थागत गर्ने जिम्मा राज्यको हो भने । उनले कुनैपनि वर्ग र समुदायलाई अधिकारबाट बन्चीत गराएर देश विकास संभव नहुने चर्चा गरे । कार्यक्रममा बोल्दै संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले इतिहास देखि नै पिछडीएका जनजाती र आदिवासीहरुको अधिकार प्राप्तीको लडार्“इ अहिलेपनि जारी रहेको बताए । उनले आदिवासी जनजातिको अधिकार संस्थागत गर्नुपर्नेमा जोड दिए । पूवान्चल तर्राई आदिवासी जनजाति संघ संस्थाको एलायन्सले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष कुन्जीविहारी ताजपुरिया, धिकाल जाति विकास संस्थाका अध्यक्ष रामबहादुर धिमाल, दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा लगायतले र्सवहारा वर्गको उत्थान विना नया“ नेपाल निमार्ण्र्ाार्ने कार्य अधुरो रहने बताए । कार्यक्रममा भाग लिन झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट धिमाल, गनगाई, मेचे, राजवंशी, थारु, र्राई, मगर, गुरुङ , लिम्बु लगायत जाती प्रतिनिधिहरु दमक आएका थिए । कार्यक्रममा जातिय संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो ।

लिम्बुवानका नेता जिल्ला प्रहरी लगिए
दमक , २५ साउन ः निमार्ण व्यवसायी संघको विर्तामोड कार्यालयमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका लिम्बुवान भोलेन्टिर्यर्सका क्षेत्रिय संयोजक सम्सेर लिम्बुलाई अनुषन्धानका जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
दमक प्रहरीको हिरासतमा रहेका उनलाई गए राती नै जिल्ला पठाइएको हो । उनी र उनको समूहले संघको कार्यालय तोडफोडमा जान प्रयोग गरेको मे १ ख ७४२ नम्वरको जिप भने धनीलाइ फिर्ता दिइएको छ ।
हिजो टेक्सी व्यवसायीले दमकमा चक्का जाम गरी विरोध गरेपछि प्रहरीले फिर्ता दिएको हो । चन्दा दिने विषयमा कुरो नमिलेपछि लिम्बुवान कार्यकर्ताले निमार्ण व्यवसायीको कार्यालयमा आक्रमण गरि तोडफोड गरेका थिए ।



भुटानसँग वार्ता गर्न शरणार्थीको आग्रह
दमक , २५ साउन भुटान मानव अधिकार संगठनले शरणार्थीको स्वदेश फिर्तीका लागि भुटान सरकारस“ग वार्ताको पलह थाल्न नेपालका प्रधानमन्त्री गिरिजाप्रासद कोईराला समक्ष आग्रह गरेको छ ।
संगनठले शनिवार प्रधानमन्त्री कोइरालालाई अपिल पर्ठाई त्यस्तो आग्रह गरेको हो । संगठनका अध्यक्ष एसबी सुब्बाले पठाएको अपिलमा मा पन्ध्रौ र्सार्क सम्मेलनका क्रममा भुटानका प्रधानमन्त्रीस“ग भएको वार्ता बमोजिम तत्काल वार्ता थाल्न भुटानलाई आग्रह गर्न अपिलमा माग गरिएको छ ।
अपिलमा शिविरमा रहेका तर स्वदेश र्फकन इच्छुकहरुका लागि स्वदेश फिर्तीको प्रकृयाका लागि नेपाल भुटानको उच्चस्तरिय वार्ता शुरु गर्न भनिएको छ । अपिलमा शिविरको बर्साई झन भन्दा झन कठिन मोडमा पुगेकोपनि उल्लेख छ ।
श्रीलंकामा भएको र्सार्क सम्मेलनमा नेपाल र भुटानका प्रधानमन्त्रीबीच शरणार्थी समस्या समाधानको बाटो खोज्ने विषयमा अबरुद्ध वार्ता सुचारु गर्ने विषयमा कुराकानी भएको थियो । भुटानले आफ“पनि वार्ताका लागि सकारात्मक भएको जनाएको थियो ।
शरणार्थी समस्या सुल्झाउने विषयमा नेपाल र भुटानबीचको वार्ता लामो समय देखि अबरुद्ध छ ।









Friday, August 8, 2008

Let's privatise medical science

by prakash Ghimire
The investment on medical science by government of Nepal is worthless not only for country but also for society and its tax payers. We see the most unethical professionals in Nepal are the Doctors. If you find anyone who is seeking for the study of medical science and probably going to NAME or SACHDEVAA seems very patriotic. S/he talks about country's situation, curses political leaders and gives lectures on patriotism and humanity. S/he argues that s/he is ready to work anywhere in Nepal (probably even in Rukum, Rolpa) if s/he is provided opportunity to study in medical science. S/he talks about fair system of merits and opposes the system of capitalist society where a student only from rich family can learn in medical science. When s/he passes in entrance examination, s/he starts to change his/her tuning. S/he ignores the examination of Nepal medical council and starts to study for US MLA. He closes the eyes on the news about the dying people in remote Nepal (probably the districts that s/he was committed to serve before his study) due to lack of doctor's care and throws on the announcement about PR in US, Aus or Canada. S/he again starts to curse Nepali society and its pay roll system and say that to work in Nepal means to undervalue his education. Now s/he forgets his initial objectives and humanity. We couldn't find any try from youth doctors to change our society from conventional to new one that s/he wishes. Thanks goes only to Drs Aruna Upreti, Arun Sayami and very few others who are continuously compensating their tax payers who had invested to their study and serving their motherland. So what does the investment in medical science mean to a tax payer— a poor Nepali people? It is "Hatti aayo hattai aayo fussaa" or Kagalai belpakyo harsa na bismaat". I don't mean that the view points of current doctors are incorrect. Yes, it his individual liberty to choose profession and place where s/he likes to stay. Any one is free to decide about own's future. But I mean that government investment is not necessary more in this field. If a doctor financed by government of Nepal serves to the people of Canada or US it doesn’t make sense to poor Nepali. Better, let's privatize all medical education in Nepal. So the only who are able to invest can study. And so no moral and ethical HANGS remain to 'would be' doctors. pls send to doctors you know

छोटकरी समाचार

लिम्बुवानद्धार घर कब्जा
लिम्बुवान भोलेन्टियर्सले झापाको दमकमा दुइ वटा घर कब्जा गरेका दाबी गरेका छन् । यो संगठन सघीय लिम्बुवान राज्य परिषद सँग आबद्ध छ ।
दमक १० स्थित एक तले घर र दमक १ बस्ने उर्मिला योङहाङको घर कब्जा गरेको संगठनका उपसंयोजक तेन्दोङले बताए ।
ती घर नेपाल बैक र बाणिज्य बैकको लिलामीमा परेका सरकारी संम्पती हुन् ।

जनजातिको माग पुरा गर्न आग्रह
आदिवासी जनजातिको अग्राधिकार संवैधानिक रुपमा संस्थागत गरिनुपर्ने आज झापाको दमकमा आयोजना गरिएको कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
आदिवासी जनजाती पत्रकार संघले आयोजना गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ र वर्तमान अवस्था विषयक छलफलमा बोल्दै वक्ताले जनजातिको अग्राधिकारको ग्यारेण्टी कानुनी रुपमा अब बन्ने संविधानमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोलदै संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले विगतमा जनजाति माथि भएको दमनको क्षतिपूर्ति स्वरुप उनीहरुको अधिकारको संवैधानिक व्यवस्था हुनुपर्ने बताए ।
उहाँले जल, जंगल र जमिनमा जनजाति आदिवासीको अधिकार सुनिश्चित गर्ने काम राज्यको हो भने ।
कार्यक्रममा किराँत याक्थुम चुम्लुङका केन्द्रीय सदस्य धिरेन लावती, तराई आदिवासी जनजातिहरुको एलायन्सका अध्यक्ष कुन्जीविहारी ताजपुरिया, आदिवासी जनजाति पत्रकार संघका झापा उपाध्यक्ष बिष्णु सुब्बा र अधिवक्ता मकवान सुब्बाले पनि बोलेका थिए ।

सहमति कार्यान्वयन भएन
झापाको दमकमा संचालित होटल तथा रेष्टुरामा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न समिति गठन गरि काम थाल्न गरेको सहमति कार्यान्वयन हुन सकेको छैन् ।
साता अघि इलाका प्रहरी दमकमा भएको सर्वपक्षिय छलफलले एक समिति गठन गरि तत्कालै काम थाल्ने सहमती गरेको थियो । तर काम शुरु हुन नसकेको बताउँदै प्रहरी निरिक्षक गोविन्दराज काफ्लले यस विषयमा पुन छलफल चलाईने बताए ।
दमकका होटल र रेष्टुरामा यौन व्यापार हुने गरेको जनगुनासो आएपछि प्रशासनले र्सतकता बढाएको थियो । यस क्रममा केही होटलमा छापा समेत मारिएको थियो ।







Thursday, August 7, 2008

झापा बन्द खुल्यो

तीन दिन देखी जारी झापा बन्द आजैबाट खुला गर्ने सहमती भएको छ । दमकमा केहीबेर अघि संम्पन्न र्सवपक्षिय छलफल पछि बन्द खुला गर्ने सहमती भएको हो । छलफलमा सहभागी नेपाल रेडक्रस उपशाखा दमकका अध्यक्ष मानबहादुर बुढाथोकीले बन्द खुला गर्न र पक्राउ परेका सुकुम्वासीलाई छाड्ने सहमती भएको जानकारी दिनु भयो ।

झापा बन्द खुलाउन वार्ता हुदैं

झापाको दमकमा भईरहेको र्सवपक्षिय छलफलमा बन्द खुलाउने विषयमा सहमती हुन सकेको छैन् ।
अहिले अपरान्ह शुरु भएको छलफलमा कांग्रेस, एमाले, माओवादी सहित प्रहरी र अधिकारकर्मीका प्रतिनिधि सहभागि छन् ।
छलफलमा गौरादहमा माओवादी र्समथित कांग्रेसका क्षेत्रिय सभापति सियाराम राजवंशीलाई कुटपिट गरिएको विषयमा खेद प्रस्ताव पारित गर्न पर्ने माग राखिएपछि वार्ता अघि बढ्न सकेको छैन् ।
र् र्सवपक्षिय छलफलको मध्यस्तता गरिरहेको नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य डा. केपी सुवेदीले वार्ता प्रतिनिधिमुलक बनाएर अघि बढाउन प्रस्ताव गरिएको बताउनु भयो ।
एकजना सहभागिले आजको वार्तामा बन्द बजार र यातायात खुलाउने विषयमा सहमति जुटेपनि पक्राउ कार्यकर्ताको विषयमा भने के हुने भन्ने निश्चित नरहेको जानकारी दिएका छन् ।



Wednesday, August 6, 2008

अहिले


पुनर्स्थापना पछि अमेरिकामा शरणार्थीको एउटा परिवार र उनीहरु बस्न त्यहाँको सरकारले दिएको घर ।


पहिले


झापाको दमक स्थित बेलडाँगी शिविरमा आफ्नो छाप्रो नजिकै उभिएका शरणार्थीहरु ।



बन्दले झापामा जनजीवन प्रभावित

दमक : झापाको पश्चिमी ग्रामीण भेगमा पा“च दिन देखि जारी यातायात बन्दका कारण जनजीवन कष्टकर बनेको छ ।
जिल्लाको दमक हुदैं गौरादह, गौरीगन्ज, बैगुन्धुरा लगायत ग्रामीण भेगसम्म चल्ने यातायातका साधान शनिवारबाट ठप्प छन् ।
गौरादहमा सुकुम्वासी र स्थानिय राजनीतिक दलका कार्यकर्ताको विवादका कारण त्यस क्षेत्रमा यातायातका साधन बन्दगराइएको हो .
दर्जनको संख्यामा चल्ने जीप र त्यतीकै संख्याका मिनी बसहरु गौरादह गौरीगन्ज सडकमा नगुडेको यातायात व्यवसायीले बताएका छन् । त्यस क्षेत्रमा विद्यलाय तथा कलेजहरुपनि बन्द छन् ।
काग्रेंसका स्थानिय नेता सियाराम राजंवशी र सुकुम्वासीको विवादले राजनीतिक रुप लिएपछि गौरादहको यातायात बन्दलाई बुधवारबाट आम हड्ताल बनाइएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेको अखिल नेपाल सुकुम्वासी संघले पक्राउ कार्यकर्तालाई नछाडिन्जेल आम हड्ताललाई निरन्तरता दिइने जनाएको छ ।
जिल्ला अध्यक्ष कविराज गौतमले बुधवारबाट आम हड्ताल शुरु गरिएको बताए ।
कांग्रेसका स्थानिय नेता सियाराम राजवंशीलाई दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका गौरादह ३ का गोपाल मिझार, सावित्रा मिझार, कलुवा ताजपुरिया र मिक्नी धिमाललाई र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताएका छन् ।
यसैबीच बन्दका कारण बुधवारपनि झापाको ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । झापाको दमकमा यातायात, बजार र शिक्षण संस्था पूर्ण रुपमा ठप्प छन् । बन्दकर्ताले ठाउँ ठाउँमा सडकमा अवरोध गरेका छन् ।
दमकको रतुवा पुलमा बन्दकर्ताले मोटरर्साईकलका चाबी थुतेपछि सयौं संख्यामा मोटरर्साईकल चालक अलपत्र परेका छन् । बन्दकर्ताले विर्तामोड लगायत स्थानमा पनि नारवाजी र जुलुस गरेका छन् ।
यसैबीच दुइ दिन देखिको झापा बन्दका कारण दमकमा लाग्ने साप्ताहिक पशु बजार प्रभावित बनेको छ ।
बजारमा बस्तु भाउको किनवेच घटेको व्यवसायीले बताएका छन् । कतिपय व्यापारीहरुले बस्तु भाउ बजारसम्म ल्याइएपनि किनवेच भने हुन नसकेको गुनासो गरेका छन् ।
भारत दरभंगाबाट बस्तु किनवेच गर्न आएका प्रकास यादवले आज अपेक्षित रुपमा कारोवार हुन नसकेको बताए ।
उनी जस्तै तोपगाछीका व्यापारी नन्दुराम लिम्बुले पनि बस्तुको किनवेच आज ठप्प प्राय रहेको जानकारी दिएका छन् ।
पूर्वान्चलकै ठूलो मानिने दमकको पशुबजार यस वर्ष ५० लाख रुपैया“मा नगरापालिकाले ठेक्का लगाएको हो ।




Saturday, August 2, 2008

पाँचथरको पौवाभन्ज्याङमा आफूँ जत्तिकै भारी घास बोकेर घर फर्कदै गरेका बालक विद्यालय जाने उमेरका यी बालक आर्थिक अवस्था कमजोर भएकोले घाँस दाउरामै व्यस्त रहने गरेका छन्

तस्वीर कुमार लुइटेल