Thursday, July 31, 2008

फेरि अवैध काठ बरामद

दमक/अवैध रुपमा लुकाई राखिएको अवस्थामा प्रहरीले चालिस किवी काठ बरामद गरेको छ ।
झापा दमक ६ का रमेश पौडेललको घरमा लुकाई राखिएको अवस्थाम गएराती ४८ हजार रुपैयाँ मूल्य बरावरको चिरान काठ इलाका प्रहरी कार्यालय दमकको गस्तीले बरामद गरेको हो ।
बरामद भएको काठ अजै जिल्ला वन कार्यालय झापा पठाइएको छ । दमकमा इलाम चुलाचुली क्षेत्रबाट तस्करी गरि ल्याइएको काठ पटक पटक प्रहरीले समाउने गरेपनि तस्करी नियन्त्रण भने हुन सकेको छैन् ।

ज्वरोले सिंगो टोल थलियो

महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्षमाई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।

होटलमा हुने यौन विकृति रोक्ने सहमती

दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिन भित्र र्सवपक्षिय समिती गठन गर्ने र समितीले अनुगमन गरि निष्कर्षनिकाल्ने निर्ण्र्ाासमेत गरेको छ ।
त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो । दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो

Tuesday, July 29, 2008

समायोजनको पर्खाइ


इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका माओवादी जनमुक्ती सेना शिविरमा आयोजना भईरहेको विशेष तालिममा सहभागि हुदैं । सेना समायोजनको प्रसंग चलिरहेका बेला माओवादी शिविरमा विशेष सैन्य तालिम-एफसीविसी) भई रहेको छ ।





काठ तस्कर समातिए

दमक/अबैध रुपमा काठ ओसार्ने दर्ुइ जना झापाको लखनपुर १ स्थित पाडाजु“गीबाट पक्राउ परेका छन् ।
गएराती दमक सिमावर्ती इलाम चुलाचुली स्थित सामुदायिक वनको काठ लुकाई छिपाई साइकलमा ल्याईरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका चुलाचुली ४ का बेनु श्रेष्ठ र काजी श्रेष्ठबाट ६ किवी चिरान काठ बरामद भएको जानकारी दिएको छ ।
चुलाचुली क्षेत्रबाट दैनिक ठूलो परिमाणमा अवैध रुपमा चिरान गरिएका काठ झापाको दमक तर्फल्याउने गरिएको छ ।

भत्केको सडक पुन निमार्ण्र् गर्न निर्देशन

दमक/निमार्ण्र्ााुरा भएको दर्ुइ महिना पुरा नहुदैं भत्कन शुरु भएको दुधे कुन्जीवारी सडकको ७ सय मिटर खण्ड पर्ुन निमार्ण्र्ाार्न जिल्ला विकास समिती ले निमार्ण्र्ाामितीलाई निर्देशन दिएको छ ।
त्यो सडक कालोपत्रे गरिएपनि ठाउ“ ठाउ“मा भत्केर खाल्डो परेको छ । योजना अधिकृत मोहन अधिकारीले सडक पर्ुन निमर्ण्र्ाार्न समितीलाई निर्देशन दिइएको जानकारी दिनु भयो ।
यसैबीच झापाको सुरुङगा अमरपथ सडक निमार्ण्र्ाा अनियमितता भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय झापाले बजेट रोक्का गर्न निर्देशन दिएको छ ।
कार्यालयले ग्रभेलिङको ४ लाख १५ हजार रुपैया“ तत्काल रोक्का गर्न जिल्ला विकास समितीलाई निर्देशन दिएको हो ।
२१ लाख रुपैया“मा १० किलोमिटर लम्वाईको उक्त सडक बनाउन निमार्ण्र्ाामितीलाई जिम्मा दिईएको थियो । तर निमर्ण्र्ाा क्रममा अनियमितता भएको जनगुनासो आएपछि प्रशासनले बजेट रोक्न निर्देशन दिइएको अधिकृत मणीराम न्योपानेले बताउनु भयो ।
तर निमार्ण्र्ाामितीले भने र्सार्वजनिक सुनुवाई गरि सडकको अवस्थ्ााको बारेमा औपचारिक रुपमा कुनै गुनासो नभएको भन्दै रकम रोक्का गर्नुको कारण लेखेर जिविसमा पत्र पठाएको छ ।

शरणार्थी लैजान भुटानलाई दबाव दिन आग्रह

दमक/प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई भुटानी शरणार्थी समस्या समाधानमा भुटान सरकारलाई दबाव दिन आग्रह गरिएको छ ।
भुटान मानव अधिकार संगठनले आज कोईरालालाई अपिल पर्ठाई श्रीलंकामा हुने पन्ध्रौ र्सार्क सम्मेलनमा समस्या समाधानकालागि भुटानका प्रधानमन्त्रीको ध्यानाकर्षा गर्न आग्रह गरिएको हो ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा लामो समय देखि समस्या अल्झदा स्वदेश र्फकन इच्छुक शरणार्थीको मानव अधिकारको संरक्षण हुन नसकेको उल्लेख छ ।
शरणार्थीको तेस्रो मुलुक पर्ुनवास शुरु भईसकेको अवस्थ्ाामा स्वदेश फिर्ती पक्षधरको अधिकार रक्षाकालागि स्वदेश फिर्तीको ढोका खोलिनु पर्ने माग संगठनले गरेको छ ।

यौन धन्दा चलाउने संचालक र युवती पक्राउ

दमक/होटलमा महिला कामदार राखेर यौन धन्दा चलाउने दमक १० का दर्ुइ जना होटल संचालक सहित नौ जनालाई पहरीले समातेको छ ।
गएराती साढे दश बजे प्रहरीको गस्ती टोलीले स्थानिय पाथिभरा खाजा घरका संचालकद्धय रोशन श्रेष्ठ र नारायण श्रेष्ठ सहित उनीहरुलाई समातेको हो ।
पक्राउ पर्ने अन्यमा होटलका पा“च जना महिला कामदार र अन्य दर्ुइ युवा छन् ।
प्रहरी निरिक्षक गोविन्दराज काफ्लले होटलहरु आठ बजे सा“झ बन्द गर्नुपर्ने सहमती यस अघि प्रशासन र व्यवसायी बीच भएको बताउनु भयो । तर नियमको बर्खिलाप गरेकोले छापा मारिएको उहा“ले बताउनु भयो ।
प्रहरी होटलमा छापा मार्न जा“दा झगडा गरिरहेका ग्राहक भने उम्कन सफल भएको प्रहरीको भनाई छ । दमकका होटलहरुमा यौन धन्दा चलाइएको खवर र्सार्वजनिक भएपछि प्रहरीले निगारनी बढाएको हो ।

दमक संक्षेप

महिला लुटिइन
दमक
ः खुद्रा पैसा साट्न आएका दर्ुइ लुटेराले मंगलवार झपाको दमकमा महिलाको गहना लुटेका छन् ।
गौरीगन्ज ८ घर भएकी दिनादेवी र्राई बसपार्कमा आएपछि अपरिचित ती युवाले दिदी खुद्रा पैसा भए दिनुस भन्दै उनले लगाएको सिक्री थुतेर भागेका थिए ।
पीडितले तीस हजार मूल्य बरावरको एक तोला चार आना सुनको सिक्री ती लुटेराले थुतेर भागेको बताईन् ।
उनी धनकुटाबाट गौरीगन्ज र्फकदै गर्दा दमक बसपार्कमा गाडि पर्खिएर बसेको बेला घटना भएको थियो ।

चारजनालाई र्सार्वजनिक मुद्धा
दमक
झापा दमकका युवा रविन सेढार्“इलाई कट्टी पहार गरि र्घाईते बनाएको घटनामा संलग्न चारजनालाई र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा चलाइएको छ ।
तीन दिन अघि वडा नं १० का सेढार्“इलाई ती युवाले आपसी विवादमा कट्टी प्रहार गरेका थिए ।
अंकित भण्डारी, मनोज तामाङ, सोभित तामाङ र आशिष तामाङलाई मंगलवार मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैबीच श्रीमती सीतालाई खुकुरी प्रहार गर्नेे दमक १० का ओम दाहाललाई ज्यान मार्ने उद्योगको मुद्धा चलाइएको छ । तर दाहाललाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

पाठ्य पुस्तक वितरण
दमक
ः उप्का नेपालले झापाको दमकका गरिव तथा दलित विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराएको छ ।
दमक १०, १२, १४ र १५ नम्वर वडाका एकचालिस जना कक्षा ६ र १० का विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको संस्थाका जीवन नेपालीले बताउनु भयो ।
संस्थाले बाल अधिकारकालागि काम गर्दै आएको छ ।

Third country resettlement of Bhutanese Refugee.


IOM Staff at Damak going out of his office on bycycle. IOM established its office last year at Damak for the process of third country resettlement of Bhutanese Refugee.
Officials said some two thousands refugee have been resettled in US and other core countries.Us said to resettled 60 thousands Bhutanese refugee within 2011.

PLA personal at chulachuli without salary

PLA personnel in the 1st division chulachuli Ilam have been devoid of their salaries for 11 months."As the government has not released funds, we are managing livelihood by taking loan," division sub commander Pawel said. "The division has taken a loan to purchase ration and clothes for PLA personnel."Though each PLA personnel is entitled to Rs 1,800 per month for ration, he said the money is not sufficient due to the soaring price of essentials. Around 3,000 PLA personnel live in the division and each soldier gets Rs 3,000 per months, pawel said.Meanwhile, some PLA personnel in the sub division tadi morang have been suffering from fever due to the consumption of dirty water, Pawel said. As drugs are in short supply in the division, the condition of children and mother PLA fighters is deteriorating. He said that there are some female PLA soldiers having children in the division HQ and its sub division.The division commander said that the condition of the cantonment has not been improved, even though around two years have passed since the PLA personnel begun to stay at chulachui 1st division.

Monday, July 28, 2008

सडकमा टायर बालेर विरोध


उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ लिएको विरोधमा आज झापाको दमकका विद्यार्थी विहानै देखि पर््रदशन गरेका छन् ।
स्थानिय क्याम्पसमोडमा जम्मा भएका विद्यार्थीले सडकमा टायर बालि अवरोध सृजना गरेका छन् । विद्यार्थीले यस क्षेत्रका सम्पर्ूण्ा नीजि तथा सरकारी क्याम्पसको पठन पाठन ठप्प बनाएका छन् ।
क्याम्पसमोडबाट निस्किएको विरोध जुलुस गणतन्त्र चौकमा विरोध सभामा परिणत भएको थियो ।
सभामा अखिल क्रान्तिकारीका झापा अध्यक्ष प्रविण मिश्र, सोही संगठनका दमक क्याम्पस इकाई अध्यक्ष नवराज सुबेदी, एमाले निकट अखिलका रमेश भट्टर्राई, किरा“त र्राई विद्यार्थी संघका शुशिल र्राईले बोल्नु भएको थियो ।
बक्ताले हिन्दीमा सपथ लिएर राष्ट्रियता माथि धावा बोल्ने उपराष्ट्रपतिले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरे ।
विद्यार्थीको आन्दोलनका कारण दमकको सम्पर्ूण्ा बजार पर्ूण्ा रुपमा बन्द छ भने र्सार्वजनिक यातायातका साधन चलेका छैनन् । आजै स्थानिय हिमालय उच्च माविका विद्यार्थीले पनि विरोध पर््रदशन गरेका छन् ।

स्वीट्जरल्याण्ड भन्दा सुन्दर हाम्रो ठाउँ

कुमार लुइँटेल
विश्व संरक्षण संघले झापा, मोरङ, सुनसरी, तेह्रथुम र धनकुटाका राष्ट्रिय दैनिकसँग आबद्ध पत्रकारहरुलाई गुराँसको राजधानीको उपमा पाएको तीनजुरे मिल्के जलजले क्षेत्रमा समाचार संकलनकालागि लग्यो । झापाको प्रतिनिधित्व गर्दै मैले
त्यो टोलीमा सहभागि हुने मौका पाएको थिए । तर्राईको उदेकलाग्दो र प्रचण्ड तापलाई विर्सदै हामी धरानबाट उकालो लाग्दै जाँदा चिसोको अनुभुति भईरहेको थियो । भेडेटार पुगेपछि कतिपय साथीले टिर्सट माथि स्वेटर र ज्याकेट खप्टन पर्यो । पातला टि र्सट मात्र बोकेर हिड्नु भएका विश्व संरक्षण संघका प्रतिनिधि दीपेन्द्र जोशीले अनायसै भन्नुभयो-बशन्तपुर पुगेर ज्याकेट नकिनी हुन्न जस्तो छ ।
प्रकृतिको दृष्य क्यामेरामा कैद गर्न लालायित देखिने तर्राईका पत्रकार उकालो लाग्दै जँादा अन्योलमा परिरहेका थिए । हरेक दृष्यले उनीहरुको मन छोइरहेको थियो । कान्तिपुर सम्बद्ध फोटो पत्रकार भीम घिमीरेले अनायसै भन्नुभयो-पहाडका साथीले धेरै तस्वीर खिच्न र छपाउन भ्याएका रहेन छन् । अर्का फोटो पत्रकार मिङमा चोक्टु शर्ेपालाई पनि रमाईला दृष्य आफ्नो क्यामेरामा कै
। भ्याई नभ्याइ भएको थियो । ती दृष्यहरु साँच्चैनै लोभ लाग्दा थिए । एकै छिनमा बादलले पहाडलाई घर्ेर्ने, घरि तुआँलो आउने , कुनै बेला पानी परिहाल्ला जस्तो हुने फेरि र्टर्ने, आदि आदि । मिङमा सडक छेउमा फूलेका रंगीविरंगी फूल देखि रुखमा पलाएका झ्याउको पनि तस्वीर लिई रहनु भएको थियो । नागवेली सडकमा यात्रा गर्दा गर्दा थकित बनेका मिङमाले बशन्तपुर पुगेर लामो स्वास फर्ैर्दै भन्नुभयो-स्वीजरल्याण्ड भन्दा कम सुन्दर छैन् हाम्रो देश । सडक यातायात मात्र पुगेपनि धेरै विकास हुने थियो । धेरै पर्यटक आउने थिए ।
हामी हिले हुदैं बशन्तपुर पुगिन्जेल बाटामा दर्के झरी परेकोले जाडोको कुनै सिमा थिएन, केही घण्टासम्म पसीना पुच्छै हिंडेका पत्रकारहरुले बशन्तपुर पुगेर चिया पशलमा अगेनोमा आगेा ताप्नुको अर्को विकल्प थिएन् । हामी करिव ५ घण्टाको यात्रापछि बशन्तपुर पुगेका थियौं । तेह्रथुमको यो बजार व्यापारिक दृष्टिले महत्वपर्ूण्ा मानिन्छ । संखुवासभाको सदरमुकाम खाँदवारी पुग्नकालागि बाटो बनाउने काम भईरहेको छ । तर पानी परेपछि गाडी गुड्ने बाटो हो की धान रोप्न ठिक्क पारेको खेतको गह्रा थाहै नहुने । यात्रुवसका यात्रु एउटा भारतिय टेलिभिजन च्यानलमा आउने फेविकलको विज्ञापन झुण्डीए जस्तै गरि यात्रा गर्न बाध्य दृखिन्थेृ ।
बशन्तपुरबाट मात्र हाम्रो मुख्य यात्रा शुरु हुदैं थियो । हाम्रो पहिलो दिनको गन्तव्य संखुवासभाको चौकी बजार थियो । त्यहाँ पुग्न हामीले ढकमक्क गुराँस फुलेको वन छिचोल्दै अघि बढ्नु पर्ने थियो । पाँचपोखरीसम्म जिप चल्ने गरि बाटो बनेको स्थानियले भन्दै थिए । तर बाटोको गतिको कल्पना गर्न नै नसकिने । चिप्लीएर लडिएंं.............. कुनै अनुमान गर्न सकिन्न । मैले गाडी बाटै गुराँसको बोट देखें । चैत बैशाखमा जस्तो नभएपनि गुराँस देखेपछि कसैले चित्त थाम्न सकेनन् । गाडीबाट ओर्लिएका सबै पत्रकार आफ्नो क्यामेर क्लीक क्लीक पार्नमै व्यस्त देखिन्थे । त्यही बेलो विश्व संरक्षण संघ धरानका फिल्ड सुपरभाईजर मिन दाहालले भन्नुभयो-कुमार भाई, यहाँका युवाले रक क्लाइम्बीङका लागि चट्टानमा संभावना खोजेको ठाउँ यहि हो । करिव तीन सय मिटर माथिसम्म ठुला ठुला चट्टान र पहरा देखिन्थ्यो त्यहाँ । मिन जीले भन्नुभयो-तर सरकारले खासै चासो दिएको छैन् । त्यो ठाउँ तेह्रथुम र संखुवासभाको सीमाना नजिकैको गिद्धेभीर बाट ओरै पर्छ ।
मलाई हामी हिडेंको बाटो अन्नपर्ूण्ा हिमालको पहिलो बेस क्याम्प पुग्ने ट्रेकिङ रुट हो भन्दा पत्यार नै लागेको थिएन् । तर मिन सरले पहिले चल्तीमा रहेको रुट द्धन्द सुरु भएपछि सुनसान भएको भन्ने सुन्दा भने दु ख लागेर आयो । लर्के ताँत भएर विदेशी पर्यटक हिड्ने त्यो रुट अहिले सुनासान प्राय छ । एकाध आन्तरिक पर्यटकको समूह भने हिड्दा रहेछन् हिजो आज । माओवादीले कर मागेर हैरान पारेका थिए रे कुइरेहरुलाई ।
हामीले तीनजुरे डाँडामा रहेको सानो पाथिभरा मन्दीरको दर्शन गर्न भ्यायौं । त्यहाँबाट मकालु र अन्नपर्ूण्ा लगायत आठ हजार मिटर उचाईका धेरै हिमाल देख्न मिल्ने रहे छ । त्यो डाँडाबाट ताप्लेजुङको ठूलो पाथिभरा मन्दीर रहेको डाँडा प्रष्ट देखिन्थ्यो । पुजारी बलवहादुर खड्काले मन्दीर परिसरमा मंसीर देखि पाँच महिना हिउँ पर्ने बताउनु भयो । त्यो स्थान दर्ुइ हजार ९ सय २५ मिटरको उचाईमा रहेको छ । चिसो सहन नसकी मरेका मन्दीरका परेवा फ्याल्न पुजारीले भ्याउनु भएको रहेन छ । त्यही डाँडामा माओवादीले बम हानेर क्षत्रि्रस्त बनाएको नेपाल टेलिभिजनको टावर पनि देखियो जुन मर्मत सम्हारको प्रतिक्षामा रहेछ । हामी हुस्सुबाट पानी संकलन गर्ने यन्त्र हर्ेर्दै तल पाँचपोखरी बजार तर्फलाग्यौ त्यहाँबाट हाम्रो पैदल यात्रा चौकीका लागि थियो । चौकी पुग्न दर्ुइ घण्टा पैदल हिड्न पर्यो । साहै्र अफठेरो गरि पहरा समाउँदै साँझमा चौकी पुगेर खाना खाई हामी भोलिको यात्राका लागि सुत्यौं ।
जताततै गुराँसको वन देखिने दृष्यले मन लोभ्याएपनि त्यसको विनासले भने मन नै कुँडीने । दाउराको विकल्प नभएको भन्दै गाउँलेले वर्षौसम्मकालागि दाउराको जोहो गर्न गुराँस काटेर चाँङ लगाएका रहेछन् । संरक्षणकालागि भएका प्रयास बारे बुझदै हाम्रो दोस्रो दिनको यात्रा संखुवासभाको नुनढाकी गाविस स्थित गुफापोखरीको लागि शुरु भयो । हामी रमाईला र हरिया खर्कमा चरेका भेंडा, घोडा र चौरी चरेको हेदर्ैं वनमा कराउने चराको गीत हर्ेर्दै त्यता लाग्यौ । तेह्रथुमको मोराहाङमा मजदुरहरु बाटो खन्दै थिए । साँघुरो गोरेटोमा लहरा समाउँदै हामी अघि बडिरहेका थियौं । उकालोमा हिड्न नजान्ने विराटनगरका पत्रकार कमल रिमाललाई साथी विनोद घिमीरेले घिर्सर्ाा हुनुहुन्थ्यो । उहाँलाई कास लागेर हैरानी भएको थियो ।
हामी प्रकृतिको छटा हर्ेर्दै लामपोखरी पुग्यौ । जनता र विश्व संरक्षण संघले साझेदारी रुपमा पोखरीको संरक्षण गरेका रहेछन् । हामी ५ घण्टाको हिडाँइ पछि मात्र गुफापोखरी पुग्यौं । डाँडा माथि दुइ हजार ९ सय मिटर उचाइमा लमतन्न सुतेको पोखरी र वरिपरीको दृष्यले एक पटक आफूँले आफैंलाई विर्साउँदो रहे छ । साथीहरु भन्दै थिए-हाम्रो देशको सुन्दरता खोज्नेले यता आए हुने रहेछ । कुइरो लागेकोले पोखरीमा पर्ने विभिन्न हिमालको प्रतिछायाँ हर्ेनबाट भने हामी चुक्यौं । त्यही रुट भएर ताप्लेजुङको अन्नपर्ुण्ा संरक्षण क्षेत्र ,तमोरमा र्याप्टीङको लागि देउरालीपनि पुगिने स्थानिय शिक्षक पासाङ शर्ेपाले बताउनु भयो । तर अहिले पहिलेको जस्तो छैन, पर्यटक आउँदैनन् ।


त्यो स्थानको नाम मात्र पनि प्रकृतिमा रमाउनेका लागि काफी छ तर सरकारले भने ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो । तीनजुरे मिल्मे जलजलेमा विभिन्न २३ गाविसका ४७ सामुदायिक वन गुराँस संरक्षणमा सकृय छन् । तर पनि सोचे जस्तो विनास रोकिएको छैन् । २८ प्रजातिका गुराँस पाईने स्थान संरक्षण गर्न सरकारले संरक्षण क्षेत्रको घोषणा गर्नुपर्ने एक मात्र माग स्थानियले गर्दै आएका छन् ।
यात्राका क्रममा भएका अन्य प्रसंग लेख्दा लामो हुने लागेर यति मात्र लेखें बाँकी तस्वीर हेरेर कल्पनामा डुब्न अनुरोध छ ।

Sunday, July 27, 2008

Damak News

कट्टी हान्ने चार पक्राउ
/झापाको दमक १० का युवा रविन सेढा“इलाई कट्टी प्रहार गरि घाइते बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती धारिलो हतियार सहित दमक १४ का सोमित तामाङ, मनोज तामाङ,आशिष तामाङ र अंकित भण्डारीलाई इलाका प्रहरी कार्यालको गस्ती टोलीले पक्राउ गरेको हो ।
आपसी विवादमा ती युवाले सेढा“इलाई कट्टी प्रहार गरेका थिए । शरिरको विभिन्न भागमा चोट लागेका उनलाई थप उपचारकालागि धरान पठाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


चक्का जाम
दमक/उपराष्ट्रपति परमानन्द झाको राजिनामा माग गर्दै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीले आज महेन्द्रराजमार्गमा डेढ घण्टा चक्का जाम गरेका छन् ।
दमकको इट्टाभट्टा चौकमा जम्मा भएका विद्यार्थीले सवहिान साढे नौ बजेसम्म यातायातका साधन चल्न दिएनन् ।
विद्यार्थीेले चर्का नारावाजी गर्दै झाले राजिनामा नदिउन्जेल आन्दोलन जारी राखिने चेतावनी दिए ।
विद्यार्थीको पर््रदशन र चक्का जामका कारण त्यहा“ ठूलो संख्यामा यातायातका साधन लामा लागेका थिए ।



दरवन्दीका प्रहरी कार्यालयमा छैनन्
दमक/दरबन्दी अनुसार पदपर्ूर्ती नभएपछि झापाको शिवगंजमा प्रहरीलाई काम गर्न समस्या भएको छ ।
त्यहा“ स्थित इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरी दरबन्दीको छ ।तर जिल्ला प्रहरी कार्यालयले ९ जना प्रहरीलाई खटाए पछि ठूलो कार्याक्ष्ँेत्रमा प्रहरीलाई काम गर्न समस्या भएको हो ।
कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक रहनु पर्ने व्यवस्था भएपनि विगत तीन महिना देखि बहालमा रहेका प्रमुख राजेन्द्र चुडा“ल कार्यालय आएका छैनन् । उनलाई जिल्लाले अन्य काममा खटाएपछि कार्यालय अर्सइको नेतृत्वमा चलिरहेको प्रहरी स्रोतले बताएको छ ।
अर्सइ बलभद्र आर्चायले पा“चगाछी, महाभारा र शिवंगज गाविसको सुरक्षा अवस्था त्यहा“बाट हर्ेर्ने गरिएको बताउनु हुन्छ । कार्यालयको सवारी साधानपनि केही समय पहिले जिल्लाले नै लगेको थियो ।

ठाउ“ ठाउ“मा पुत्ला दहन

दमक १३, साउन ः उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएको विरोधमा आइतवार पश्चिम झापामा सडकमा यातायात पर्ूण्ा रुपमा ठप्प पारिएको छ ।
जिल्लाको दक्षिणी गाविसहरुमा पनि उपराष्ट्रपति पुत्ला दहन गरिएको छ । शिवगंजमा युवाले विहान १० देखि एक घण्टा बजार बन्द गराएका छन् ।
सुरुङा, दर्ुगापुर, माइधार, धरमपुर र दमकमा सडकमा टायर बाली यातायातका साधन चल्न दिइएको छैन् ।
माईधारमा विहान नौ बजे देखि अलपत्र परेका बोलबमका तर्ीथ यात्री लाई तीन घण्टापछि गन्तब्य तर्फजान दिइएको थियो ।
सडकमा लाठी मुङग्री लिएर बसेका युवाले उपराष्ट्रपति झाको राजिनामा माग गर्दै चर्का नारावाजी गरेका छन् ।

व्यवसायीले यातायात बन्द गरे

सडकको नाजुक अवस्थाका कारण दुधे महाभारा कुन्जीवारी सडक खण्डमा व्यवसायीले यातायात सेवा बन्द गराएका छन् ।
मेची बस व्यवसायी संघको निर्ण्र्ााा तीन दिन देखि यातायात सेवा बन्द गरिएको हो ।
त्यो रुटमा मेची यातायात संघस“ग आबद्ध ६ वटा ठूला बस चल्ने गरेकोमा तीन देखि बन्द गरिएको संघका अध्यक्ष पूण्य ढकालले बताए ।
वषर्ामा सडकमा परेका खाल्डा खुल्डीका कारण दर्ुघटना हुन सक्ने खतरा बढेपछि यातायातका साधन नचलाइएको उनले बताएका छन् ।
शिवगन्जसम्म साना र हलुका जिपहरु भने पातलो गरि चलिरहेका छन् । त्यस उता भने यातायात नचलेको अध्यक्ष ढकालले बताए ।

सडक बनेको डेढ महिनामै भत्कियो

कुमार लुइटेल
डेढ महिना अघि कालोपत्रे गरिएको झापाको दुधे महाभारा कुन्जीवारी सडक खण्ड भत्कन शुरु भएको छ ।
सडकका कतिपय भागमा खाल्डा खुल्डी पर्न थालेपछि स्थानिय उपभोक्ता आर्श्चयमा परेका छन् ।
झापाको दुधेबाट महाभाराको कु्न्जीवारीसम्मको कूल २२ किलोमिटर मध्ये चन्द्रडा“गी नजिकै सात सय मिटर जिल्ला विकास समितीको बजेटमा कालोपत्रे गरिएको हो ।
गत बैशाख महिनाबाट शुरु भई जेठ अन्त्यमा निमार्ण्र्ाांम्पन्न भएको उपभोक्ता समितीका सचिव राकेशकुमार साहले बताए । उनले भने-समितीस“ग परामर्श नगरि केही मानिसले मनोमालिन्य ढंगले काम गरेकोले सडक गुणस्तरहिन बनेको हो ।
उनले समितीका अन्य पदाधिकारीस“ग छलफल नै नगरी समितीका सदस्य भित्रैबाट शिवंगजका ठेकेदारद्धय छवि लर्ुइटेल र गंगानन्द झालार्इर्र्सडक बनाउने ठेक्का दिइएको बताए । टेण्डर मार्फ गराउन पर्ने काम भित्रीया सहमतीमा भयो-उनको आरोप छ ।
जिल्ला विकास समिती झापाको पन्ध्र लाख रुपैया“को लागतमा निमार्ण्र्ााम्पन्न भएको उक्त सडक कमसल भएको आक्रोस पोख्दै शिवगंज वाणिज्य संघका सचिव लक्ष्मी यादवले भने-निमार्ण्र्ाा हेलचेक्राई भएको सडक भत्कनुले नै प्रमाणित गरि दिएको छ । ठेक्दारको गैह्रजिम्मेवारी पनका कारण सडक गुणस्तरहिन बनेको आरोप उनले लगाएका छन् ।
उनका अनुसार स्थानिय चन्द्रडा“गी खण्डमा नया“ बनेको सडक कतिपय स्थानमा धस्सीएको छ भने तीन स्थानमा खाल्डा परेको छ । दुधेबाट यस अघि निमार्ण्र्ााएको ५ किलोमिटर दक्षिण नया“ निमर्ण्र्ााएको सात सय मिटर खण्ड भत्कन शुरु भएको यादवले जानकारी दिएका छन् ।
यता ठेक्दार झाले भने सडक गुणस्तरिय रुपमै निमार्ण्र्ाारिएको बताए । उनले भने-हामीले बजेटले भ्याएसम्म सडक राम्रै बनाएका हौं । तर कतिपय भागमा भने सडक चर्किएको मात्र हो भत्किएको छैन् ।
यसैबीच पर्ूवान्चल सडक डिभिजन कार्यालय नं २ दमकले सोही सडक खण्डका खाल्डा खुल्डी पर्ुनकालागि गरेको काम समेत राम्रो नभएको स्थानियवासीले गुनासो गरेका छन् । स्थानियवासीले सडकले भने जति गिटी सडकमा नहालिएको आरोप लगाएका छन् ।
शिवगंजका स्थानिय टंक सिटोलाले सडकमा गिटीको साटो बालुवा हालिएकोले पुरे पनि पुन खाल्डा परेको बताए । उनले भन-सडकले भनेजति गिटी हालिएको छैन् ।
सडक कार्यालयका इन्जीनयर लोकबहादुर कार्कीले उक्त सडक खण्डको विभिन्न भागमा सानो ७४ ट्रक र ठूलो ८१ ट्रक गिटी हालिएको दाबी गरे । उनले भने-कुल २२ किलोमिटर लम्बाई मध्ये साढे १६ किमी खण्डमा खाल्डा पर्ुर्ने काम भएको छ । तर उपभोक्ताले भने १९ ट्रक गिटी नगिराइएको दाबी गर्दै आएका छन् । खाल्डा पर्ुन सडकले ८ लाख ५० हजार रुपैया“ खर्च भएको इन्जीनयर कार्कीले बताए ।