Monday, December 28, 2009

इच्छा शक्ति भए जे संभव छ






ूआमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।ू यहि भनाईलाई आत्मसात गर्दै अघि बढीरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागिपनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्धपि उनले जन्मदेखिनै बाहिरी चक्ष्ाले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।

निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि।सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्योकी जीवन भोगाइका क्रममा निर्मलाले समयलाईपनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनलेपनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठनआईओएम मा कार्यरत निर्मलाको संघर्ष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।

दृष्टिविहिन भएर जीउन कति कठिन रहेछ त्यो पनि नेपाली परिवेशमा छोरीहरुलाई । पाइला पाईलामा समस्याका डंगुर पन्छाउनु पर्ने बाध्यता । अनि विकट गाउँमा एकजना गरिब किसानको घरमा जन्मदाँ भोग्नु परेको विवशता । यस्तै यस्तै नेपाली परिवेशमा निर्मलाले आफ्नो बालापन बिताईन् । ूहामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन् । दृष्टिविहिनतालाई पूर्वजन्मको पाप हो भन्ने मान्यता अझै हाम्रो समाजमा विद्यमान छ ू निर्मलाले भनिन् ूसडक घर विद्यालय सरकारी कार्यालय सार्वजनिक यातायात सबै स्थानमा हामी अवहेलनाको सिकार हुनुपर्छ । राज्यको नीतिपनि ठिक छैन् ।ू

यो दुई दशकको दौरानमा निर्मलाले गुल्मीको दरबारस्थान र अमेरिकाको कोलोराडो सम्मको जीवन भोगाईको वास्तविकता बुझेकी छन् । ूउनीहरु भन्दा हामी सयौं वर्षपछि छौं । त्यो अवस्थामा पुग्न धेरै मेहनत गर्नु पर्छ ।ू निर्मला भन्छिनूसबैका लागि शिक्षा भनेपनि राज्यले नारा मात्र दिएको छ । अरु केही छैन् । अझ आपांग र दृष्टिविहिनका लागि राज्य उदासिन छ ।ू

दमकको भृकुटी चौकमा डेरा गरि बस्दै आएकी निर्मलाले अमेरिकाको कोलोराडो स्टेट युनिर्भसिटीबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक गरेकी छिन् । उनको २६ महिने अमेरिकी पढाइको क्रममा छात्रवृतिमा पढ्न गएका मध्ये अब्बल दशमा परेकी थिईन् । पार्टनरसिप फर अन्डरग्रेजुएटको सहयोगमा उनले त्यहाँ पढ्न पाएको बतईन् । यस अघिका अध्ययनको चाँजोपाँजो नेप्लीज युथ अपरच्युनिटी नाम गरेको संस्थाले मिलाई दिएको थियो । ६ वर्षको उमेरबाट मात्र पढ्न शुरु गरेकी उनले भनिन-दृष्टिबिहिनहरुलाई पढ्न अझ कठिन छ । सहयोगी राखेर पढ्नु पर्छ । कतिपय अवस्थामा त मैले दुई घण्टा बसमा यात्रा गरि सहयोगी राखेर पनि पढेकी छु । सुनेर सम्झनु पर्ने बाध्याता हुन्छ । सरकारले बे्रललिपीलाई स्वीकृति नदिएको कारणलेपनि प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउनबाट आफू बन्चीत रहेकोमा उनको दुखेसो छ ।

अहिले दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा संस्कृतिक अभिमुखीकरण प्रशिक्षिकाको रुपमा भुटानी शरणार्थीलाई प्रशिक्षण दिईरहेकी निर्मला आफ्नो कामबाट सन्तुष्ट छिन् । ूमैले नेपाल र अमेरिकामा भोगेको कुरालाई नै शरणार्थीलाई सिकाउने गरेकी छु । कतिपयले अमेरिका पुगेरपनि दिदी तपाईले सिकाएको कुरा यहाँ आई काम लाग्यो भनेर फोन गर्दा आनन्द आउँछ । ू उनले भनिन ।

निर्मला फुस्रदमा रिर्पोट बनाउन र पढ्नमा व्यस्त हुन्छिन् । उनले गुल्मीमा आफूँजस्तै दृष्टिविहिन तेह्र जना बालवालिकालाई पढ्ने सहयोग जुटाउने काम गर्छिन । भन्छिन- दृष्टिविहिनता के हो भन्ने मैले जति बुझेकी छु अरुहरुले बुझेका छैनन् । त्यसैले ती बालवालिकाहरुलाई आफूँले कमाएको केही पैसा र अन्य संस्थासँग सहयोग मागेर पठाउने गरेकी छु । एकदुई जनाले यसै वर्ष कक्षा १० पुरा गर्दैछन् । यहाँको काम सकिएपछि म त्यस्तै बालवालिकालाई सहयोग गर्न चाहन्छु ।

ग्रीसमा भएको प्यारा ओलम्पीकमा पहिलो नेपाली दृष्टिविहिन खेलाडिको रुपमा उनले सर्टपुट खेलमा सहभागिता जनाएकी थिइनूतर मैले हारें । जीवनमा सैं जीत हुदैंन तर समय पर्खन र संघर्ष गर्न छाड्नु हुन्न । ू उनले भनिन् । निर्मला सेतो छडी बोकेर िहंड्नेहरुका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँछिन् । सदासयाता मात्र नभएर दृष्टिविहिनहरुलाई सहयोग र हौसला आवश्यक रहेको उनको जोड छ ।ूविचरो होइन योग्यताको कदर हुनुपर्यो ।ू सगरमाथा रेडियोमा समानताका स्वर नाम गरेको कार्यक्रम चलाएदेखिनै उनले दृष्टिविहिन र अपांगहरुको पक्षमा काम गर्न शुरु गरेकी थिइन् । भन्छिन्-म सकुन्जेल मेहनत गर्छु । अहिले डिग्री गर्न बाहिर जाने सोचाई पनि छैन् ।

उनले जीवन भोगाईका क्रममा धेरै तिता मिठा अनुभव संगालेकी छन् । एक पटक तत्कालिन राज्यमन्त्री शसी श्रेष्ठले एउटा कार्यक्रममा तपाईहरु आँखा नभएको भनेर सम्बोधन गरेपछि उनले मन्त्री ज्यूलाई यथार्थ बताउने सोचाईले प्रहरीको वाकीटकीबाट कार्यक्रम स्थलबाट बाहिरीन लागेका मन्त्रीलाई हामीहरु आँखा भएका तर नदेख्ने चािहं हौं भनेर भनेको र पछि स्टाफ कलेजमा भएको अर्को कार्यक्रममा तीनै मन्त्रीले दृष्टिविहिन भनेर सम्बोधन गरेको घटना उनले सम्झीहरने एउटा घटना भएको बताईन् ।

निर्मला आफ्नो कमाईबाट परिवारको गर्जो समेत टार्छिन । आमालाई भर्खरै मात्र सोलार प्लानल र ग्यास चूल्हो पठाईदिएको बताउँदै भनिन- अब हिजोकाजस्ता दुखका दिन छैनन् । निर्मलाकी दिदी नेपालकै पहिलो स्नातकोत्तर गर्ने दृष्टिविहिन भएर पनि काठमाण्डौंमा प्राथमिक तहको विद्यालयमा शिक्षिका भएर काम गर्न बाध्य भएको सुनाउँदै उनी भन्छिन्- दृष्टिविहिनहरु पनी सक्षम छन् । तर उनीहरुको मूल्याँकन पनि त्यस्तै गरी हुनुपर्यो ।

आफूँ र आफ्नो सोचाईसँग मन मिल्ने पुरुष आए विवाह गर्न आफूँ तयार रहेको बताउँदै निर्मला भन्छिन्- मलाई मन पराउने धेरै थिए । त्यतिबेला विवाहको उमेरपनि भएको थिएन् । अब विस्तारै गर्नु पर्छ । यो एउटा प्रकृया हो समय आएपछि आँफै भईहाल्छ ।




Saturday, October 24, 2009

जनसेनालाई समायोजनको चटारो





संयुक्त राष्ट्र सघीय शान्ति मिसन अनमिनको म्याद थप्न सरकारलाई दबाव दिन सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्रका राजदुतले माओवादी जनसेनाको शिविर भ्रमण गरेका छन् । अनमिनको म्याद आउँदो जनवरी २३ मा सकिदैं छ ।
शुक्रवार अनमिनकी नेपाल प्रमुख करिन ल्यानग्रेन सहित राष्ट्र संघको सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्र अमेरिका चिन फ्रान्स रसिया र बेलायतका नेपाल स्थित राजदुतले इलामको चुलाचुली स्थित जनसेनाको प्रथम डिभिजन मुख्यालय भ्रमण गरेका हुन् । कुटनीतिज्ञको टोलीमा जापानी राजदुत Patsuo Mizeune पनि सहभागि थिए ।

Friday, October 9, 2009

घर फिर्ने भुटानीको कार्यक्रमपनि उपेक्षित



विगत केही समय यता स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीका कार्यक्रमहरु समेत उपेक्षित हुन थालेका छन् ।
उनीहरुले आफ्ना समस्या र माग राख्न आयोजना गर्ने कार्यक्रममा न्युन उपस्थिती हुने क्रम त थियो नै तर शुक्रवार भने शुरु हुन लागेको कार्यक्रम समेत स्थगन गर्नु पर्यो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीले दमकमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला समक्ष आफ्ना माग राख्न अन्र्तकि्रया कार्यक्रम आयोजना गरेको थियो । तर कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएका झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालनै अनुपस्थित भएपछि स्वदेश फिर्ती पक्षधरको कार्यक्रम नै स्थगन हुन पुग्यो ।
सहभागिताका लागि समितीका संयोजक डा भम्पा राई आँफैलें टेलिफोन गरि अतिथीहरुलाई डाकेका थिए । तर प्रजिअ मात्र नभएर अरु धेरै अतिथी नआउने भएपछि कार्यक्रम हुनै सकेन् । प्रमुख जिल्ला अधिकारीले बन्दको कारण देखाउँदै आउन नसक्ने जनाउ दिएका थिए । ूतर यस अघिका धेरै कार्यक्रममा पनि यस्तै समस्या भएको थियो ू डां राईले भनेूपुर्नवास शुरु भए यता हाम्रा कुरा सुन्न छाडिएको छ । हाम्रो आन्दोलन निस्तेजप्राय भएको छ । ू
स्वदेश फिर्ती समितीले यस अघि स्वेच्छिक स्वदेश फिर्ती अभियान चलाउने देखि अन्र्तराष्ट्रिय स्तरमा स्वदेश फिर्तीका लागि लविङ गर्ने काम गर्दै आएको थियो । तर केही समय यता समितीलाई कार्यालय संचालन गर्न समेत हम्मे हम्मे पर्न थालेको छ । डा राईले भने - स्वदेश फिर्तीको माग राख्दै हामीले नेपाल सरकारको ध्यानकर्षण गर्न कार्यक्रम गरेका थियौं । तर जिल्लाका प्रमुख प्रशासक नै नआएपछि हामीले गर्ने कार्यक्रमको अर्थ नै रहेन् । उनले हिजोआज स्वदेश फिर्ती पक्षधरले गर्ने कार्यक्रमहरु संचालन गर्न समेत हम्मे हम्मे हुने गरेको सुनाए ।
प्रमुख जिल्ला अधिकारीले दमक स्थित इलाका प्रशासन कार्यालयका प्रमुख गणेश अधिकारीलाइ प्रतिनिधि तोकेर कार्यक्रममा पठाएका थिए । अन्तत केही सिप नचलेपछि शरणार्थीका तर्फबाट दिन लागिएको ज्ञापन पत्र उनैलाई हस्तान्तरण गरियो । ज्ञापन पत्र बुझेर अधिकारीले संक्षिप्त प्रतिकृया दिदैं भने- मैले गर्ने केही होईन तपाईहरुको यो पत्र चाँडै नेपाल सरकारको सम्बन्धित निकायमा पठाई सहयोग गर्ने छु ।
बेलडाँगी शिविर सचिव टिबी गुरुङले भने- हामीले धेरै पटक नेपाल सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र पठाउने र अधिकारीहरु भेट्ने गरेका छौं तर स्वदेश फिर्न चाहनेका लागि नेपाल सरकारले केही पनि प्रतिकृया दिएको छैन । उनले तेस्रो मुलुक तर्फ गएका भुटानीको जस्तै आफूँहरुले पनि घर फिर्न पाउनु पर्ने र त्यस्का लागि नेपाल सरकारले भुटानलाइ दबाव दिनु पर्ने बताए । शरणार्थीले बझाएको ज्ञापन पत्रमा भने तेस्रो मुलुक पुर्नवासको प्रचार अत्याधिक भएकोले अव त्यस्लाई रोक्न आग्रह गर्दै स्वदेश फिर्तीका लागि समेत पहल गर्न माग गरिएको छ ।




Tuesday, October 6, 2009

अबैध करको आतंक


इलामबाट झापा तर्फ ढुंगा निकासी गर्दा व्यवसायीले एउटै शिर्षकमा आठ पटकसम्म कर बुझाउनु पर्ने बाध्यता छ ।

इलामको चुलाचुलीबाट झापाको दमकसम्म ढुंगा निकासी गर्दा यसरी अवैध कर तिर्न उनीहरु बाध्य भएका हुन् । समस्याको विषयमा प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत नियन्त्रणको प्रयास नभएको व्यवसायीले गुनासो गरेका छन् ।

इलामपट्टीबाट रतुवा र मावा खोलाबाट ढुंगा उठाउँदा ठेकेदार र अन्य आधा दर्जन भन्दा धेरै संघ संगठनले मनखुसी पटके कर भन्दै पैसा अशुल्ने गरेको झापा कन्काई माई ट्याक्टर संघका अध्यक्ष बद्रीप्रसाद खनालले बताए ।

ूजिल्ला विकास समिती सहित आठवटा संघसंस्थालाई पैसा दिनु पर्छू उनले भने ूयस विषयमा प्रशासनलाई जानकारी पनि गरायौं तर नियन्त्रण गर्ने आश्वासन पायौं । अरु केही भएन् ।ू

नयाँ आर्थिक बर्ष शुरु भएयता जिल्ला विकास समितीका ठेकेदारले तोकिएको भन्दा धेरै पैसा लिईरहेको व्यवसायीले दाबी गरेका छन् । त्यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीलाई ज्ञापन पत्र दिएरै भदौ दोस्रो साता व्यवसायीले ध्यानाकर्षण गरेका थिए ।

ूस्थानिय विकास अधिकारीले एक हप्ता भित्रै समस्या समाधान गरिदिने आश्वासन दिएका थिए तर अहिलेसम्म केही भएनू दमक ३ का ट्याक्टर व्यवसायी भागवत दुलालले भने - ूसंघमा आबद्ध ८४ र झापामा संचालनमा रहेका चारसय ट्याक्टरका धनी र त्यसमा आवद्ध व्यवसायी अबैध करको मारबाट पीडित छन् ।ू

सामूदायिक वन सडक उपभोक्ता समिती राजनीतिक दल र व्यवसायीका संगठनका नाममा पैसा दिदाँदिदाँ आफूहरु हैरान भएको बताउँदै दुलालले भने-ूपटके कर कै शिर्षकमा एकै दिन आठपटकसम्म विस देखि पचास रुपैयाँ विभिन्न संगठनलाई बुझाउनु पर्छ ।ू हरेक पटक स्थानिय जुँगेटार र खइँकेबाट भन्ने ठाउँबाट ढुंगा उठाउँदा पैसा दिनु परेको बताउँदै ती स्थानबाट एउटा ट्याक्टरले दैनिक चार पटकसम्म ढुंगा ओसार्ने गरेको र हरेक पटक पैसा दिनुपर्ने अवस्था रहेको बताए ।

ूजिल्ला विकास समिती इलामका ठेकेदारले पटके बापत ५० रुपैयाँ कर लिनुपर्ने हो तर दुई सय रुपैयाँ लिन्छनू कर तिरेको रसिद देखाउँदै अध्यक्ष खनालले भने- ूमैले आफ्नै मे १ त ९६० नम्वरको ट्याक्टरबाट ढुंगा निकासी गर्दा जिविस बाहेक अन्य संगठनलाई आठ पटकसम्म कर पैसा दिनु पर्यो । ू उनले नियन्त्रण गर्न प्रशासनले चासो नदेखाए ढुवानी बन्द गरी आन्दोलन थाल्ने तय भएको बताए ।

त्यस विषयमा जिल्ला विकास समिती इलामका योजना अधिकृत अग्नीप्रसाद अधिकारीले भने-ूएक जिल्लाबाट अर्को तर्फ ढुंगा निकासी गर्दा स्थानिय स्वायत्त शासन ऐनमा उल्लेख भए अुनसार नै हाम्रा ठेकेदारले कर लिएका छन् । नियम विपरित गरेका छैनन् । बाहिरी जिल्ला तर्फ लग्दा टेक्टरको ट्रलीको लम्बाई चौडाई हेरेर प्रति क्युफिट दुई रुपैयाँ लिनुपर्ने नियम छ । यसरी गणना गर्दा एउटा ट्याक्टरले कम्तीमा एक सय ८० रुपैयाँसम्म तिर्नु पर्छ । ू विवाद सुल्झाउन र ठेकेदारलाई नियम स्पष्ट गर्न जविसले दुबै पक्षलाई डाकेर छलफल गराईदिने पनि योजना अधिकृत अधिकारीले बताए ।

रतुवा र मावा खोलाबाट ढुंगा निकासी गर्दा चुलाचुलीको अपाङ्ग संघ देवीधारा सामूदायिक वन रानीधारा सामूदायिक वन हम्सेदुम्से सामूदायिक वन बुकुवा सामूदायिक वन दमक रवि चिसोपानी सडक निमार्ण उपभोक्ता समिती दमक रवि चिसोपानी मर्मत समिती र पल्लो किराँत लिम्बुवान राष्ट्रिय मंचको नाममा रसिद काटी २० देखि ५० रुपैयाँसम्म पैसा लिने गरेको अर्का व्यवसायी दमक ३ का राजेश संग्रौलाले बताए । तीन महिना अघिसम्म संघीय लिम्बुवान राज्य परिषदले पनि पैसा अशुल्ने गरेको थियो । तर त्यो संगठनले अहिले भने पैसा लिन छाडेको छ ।

Tuesday, September 8, 2009

बिस हजार भुटानी शरणार्थी तेस्रो मुलुक तर्फ



शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्रसंघीय अच्चयोग यूएनएचसीआर र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएम ले विस हजार भन्दा धेरै भुटानी शरणार्थी अमेरिका सहित विभिन्न सात मुलुकमा पुर्नवास गराईएको मङ्गलबार घाषणा गरेका हुन् ।
नोभेम्बर २००७ मा पुनर्बास शुरु भएदेखि हालसम्मसंयुक्त राज्य अमेरिकाले सबभन्दा बढी १७ ६सय १२ शरणार्थीहरु पुनर्बास गरेको छ । जसमध्ये धेरैजसो टेक्सास न्यू ओर्क जर्जिया एरिजोना पेन्सलभेनिया र क्यालिफोर्नियामा पुनर्बास भएका छन् ।
अस्ट्रेलिया क्यानडा नर्वै न्यूजिल्याण्ड डेनमार्क र द नेदरल्याण्डका लागि प्रस्थान गर्नेको संख्या क्रमश ः ८ सय ४६ ६ सय ७४ २ सय ९९ २ सय ९४ १ सय ७२ र १ सय २२ रहेको छ ।
ुशरणार्थीहरुलाई नयाँ देशमा नयाँ जीवन शुरु गर्न उदारतापूर्वक मौका प्रदान गरेकोमा हामी पुनर्बास मुलुकहरुप्रति आभारी छौंु नेपालस्थित यूएनएचसीआरकी कामय मुकायम प्रतिनिधि डायन गुडम्यानले भनिन ।
ुहामी समान रुपमा नेपाल सरकारलाई पनि धन्यवाद ज्ञापन गछौं जसको सहयोग विना पुनर्बासको यो कार्यक्रम सफल हुन सक्ने थिएनु उनँलॆ बताईन् ।
दिगो समाधानका बारेमा शरणार्थीहरुले स्वतन्त्र र सू-सूचित निर्णय लिन सकून भनी यूएनएचसीआर निरन्तर सुनिश्चित गर्दछ । यसका लागि शरणार्थीहरुलाई पुनर्बास र दिगो समाधानका अरु पक्षमा शिविरहरुमा सूचनामूलक सत्रहरु लक्षित समूह छलफलहरु तथा व्यक्तिगत परामर्शहरुबाट विस्तृत र पारदर्शी सूचनाहरु उपलब्ध गराइन्छ । सूचनामूलक सत्रहरुमा सूचनामूलक सामग्रीहरुको वितरण र पुनर्बास भइसकेका शरणार्थीहरुबाट प्राप्त हुने प्रतिकि्रयाहरु पनि समाविष्ट छ उनले शरणार्थीलाई आग्रह गर्दै भनेकी छन् ।
आइओमले नेपालबाट शरणार्थीहरुको प्रस्थान यात्रा सहजीकरणका लागि यूएनएचसीआर र पुनर्बास देशहरुसँग मिलेर काम गर्दै आएको छ । आइओएमको गतिविधिहरुमा पुनर्बास दॆशहरुका लागि शरणार्थीहरुको ुकेसुहरु तयार पार्नु जसमा खासगरी संयुक्त राज्य अमेरिका र स्वास्थ्य जाँच सांस्कृतिक अभिमुखीकरण तथा यात्राको व्यवस्थापन गर्नु पर्दछन ।
ुप्रत्येक महिना दुई हजार शरणार्थीहरुको प्रस्थान यात्रालाई सहजीकरण गर्न आइओएमले भौतिक संरचना स्थापना गर्नुका साथै
दक्ष जनशक्ति तयार गरेको छ । यस वर्षको अन्त्यसम्ममा २५ हजारभन्दा बढी शरणार्थीहरु पुनर्बासका लागि नेपालबाट प्रस्थान गर्ने हाम्रो अपेक्षा छ ु आइओएमकॊे नेपालस्थित मिसन प्रमुख सरत दासले भने ।


हाल पूर्वी नेपालस्थित सातवटा शरणार्थी शिविरहरुमा ९१ हजार भूटानबाट आएका शरणार्थीहरु बसिरहेका छन । ती मध्ये कतिपय गत १८ वर्षभन्दा लामो सयदेखि निर्वासित जीवन विताइरहेका छन् । अहिलेसम्म ७८ हजारभन्दा बढी शरणार्थीहरुले पुनर्बासका लागि इच्छा व्यक्त गरिसकेका छन् ।
यसका साथै अन्तर्राष्ट्रिय समुदाय र यूएनएचसीआरले भूटान फर्किन चाहने शरणार्थीहरुका लागि स्वेच्छिक स्वेदश फिर्तिेका लागि वकालत गर्ने क्रमलाई पनि निरन्तरता दिइन आयोग र आईओएमले मंगलवार प्रकासित गरेको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेछ छ

Wednesday, September 2, 2009

सम्पूर्ण जीवन खेलकुदका लागि


ओरालो लागिरहेको नेपाली खेलकुदको विकास गर्न पुरा जीवन बिताएका लोकप्रसाद ओली५१ ले कहिल्यै कसैका सामु झुक्न परेन् । राष्ट्रका नाममा किशोर युवा र व्यस्क अवस्थापनि समर्पण गरेर यहि क्षेत्रमा पहिचान बनाउन सफल भएका छन् उनी । एथलेटिक्सको प्रसंग आउना साथ गर्वित भएर खेलाडिहरुले उनको नाम उच्चारण गर्छन । खेलकुदबाटै उनले आफूँ र आफ्नो जीवनलाई चिन्ने मौका पाए । खेल र जीवन पर्याय झैं भयो उनलाई । अनुभवले खारिदैं जाँदा भर्खरै अन्तराष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण पुरा गरेर अन्तराष्ट्रिय स्तरको प्रशिक्षक बनेका छन् उनी ।
नेपाली खेलकुदमा सुनौलो भविष्य खोज्दै झापाको रंगशालमा चक्कर लगाउँदा ओठ मास्तिर जुँगाका रेखी मात्रै बस्दै थिए उनका ।ूिवंसं २०३० साल तिरैबाट हो खेलकुदमा लागेको तर २०३४ सालपछि भने प्रतियोगितामा भाग लिने अवसर पाएँ ू उनले भनेूउतिबेला अहिले जस्तो थिएन् । साधन स्रोतको सम्पूर्ण रुपमा अभाव हुन्थ्यो सबै आफ्नै मेहनतको बलमा गनुपर्दथ्यो ू । यो अवधिमा उनले धेरै प्रतियोगितामा भाग लिए तीनको सफलताको फेहरिस्त लामै छ ।



त्यसताकाका कुशल एथलेटिक्स खेलाडि लोकप्रसाद दुई सय मिटर पन्ध्र सय मिटर र पाँच हजार मिटर दौड अनि टि्रपल जम्पका महारथी थिए । उमेरले नेटो काट्दै गएको छ तर यहि क्षेत्रको विकासलागि अहिलेपनि तम्सीरहेका छन उनी । कुशल प्रशिक्षकको श्रेणीमा पर्ने लोकप्रसादले कति खेलाडि उत्पादन गरे भन्ने तथ्याँक छैन् । भन्छन् ूमेहनतकै कारण मैले इन्डोनेसियाको राजधानी जाकार्तामा थर्ड लेभल कोस्र पुरा गर्ने अवसर पाएँ । यो कोस्र पुरा गरेपछि विश्वका कुनैपनि राष्ट्रमा प्रशिक्षक भएर काम गर्न पाइन्छ ू । त्यो प्रशिक्षण आयोजक इण्डोनेसिया सहित श्रीलंका मलेसिया िसंगापुर बु्रनाई मालदीभ्स फिलिपिन्स इरान पाकिस्तान र बर्माका गरि कुल १४ जना प्रशिक्षक सहभागि थिए । ती मध्ये उनी सहित दश जनाले सफलता पूर्वक कोस्र पुरा गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदमा प्रशिक्षक भएको १६ वर्ष बितिसकेको छ । तर उनी राजधानी भास्सिनु पर्छ भन्ने मान्यता विपरित झापामै डटिरहेका छन् । अव विदेश जाने त नेपालको खेलकुद विकास चाकरी र चाप्लुसीले गर्दा पनि पछि परेको जवाफ दिदैं उनले भने- ठाउँ विशेषले धेरै नै महत्व राख्छ । तर मन भए जहाँ बसेर पनि गर्न सकिन्छ । उनले साधन स्रोतको हिसावले ठूला ठाउँहरु भने उपयुक्त हुन सक्ने बताए ।
यो १६ वर्षे अवधिमा झापा बाहिर एक पटक मात्र उनको संखुवासभामा सरुवा भएको थियो । तर खाँदवारी पुगेर लगत्तै झापाकोलागि रमाना पत्र बुझे उनले । अहिलेपनि झापाको चन्द्रगढीमा उनी खेल र खेलकुदको विकासका लागि चिन्तन गरिरहेका भेटिन्छन् ।


पुष्पराज ओझा सुशिलनरिसंह राणा जितेन्द्र चौधरी ओषनारायण चौधरी टीका सेढाईप नारायण यादव जस्ता चर्चित एथलेटिक्स खेलाडिका समकालिन हुन लोकप्रसाद । तर खेलाडि लिएर दिल्ली भन्दा टाढा नपुगेका उनले प्रथम र्ाजा भालेन्द्र िसंह च्याम्पीयसनसिप एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाउका उनले एउटा रजत पदक लिएर आएका थिए । सो प्रतियोगिताको पन्ध्र सय मिटर दौडमा नेपाली धावक गोपबहादुर अधिकारीले जितेका थिए पदक । वि सं २०५० सालमा तृतिय श्रेणीको प्रशिक्षकको नियुक्री पत्र बुझेका उनी २०४१ सालदेखि नै मेची अन्चलमा स्वंसेवी प्रशिक्षकको रुपमा चर्चित थिए । भन्छन- राखेपमा जागिर पाउनु भन्दा अघि देखिनै मैले प्रशिक्षण गर्न शुरु गरेको थिए । जागिरे प्रवृतिका कारणपनि नेपाली खेलकुद अहिले उक्सन नसकेको ५१ वर्षिय यी हस्तीको अनुभव छ । खेलकुदलाई बिकेन्द्रीत गर्न नसके अझै धेरै वर्ष यस्को विकासमा अवरोध आईरहने बताउँदै उनी भन्छन्- केन्द्रमुखी प्रवृतिको अन्त्य आवश्यक भईसक्यो । केन्द्रको पेलाई अन्त्य नभए यस क्षेत्रमा लाग्नेहरुको भविष्य के हुने भन्ने अन्योल नै छ - उनले भने ।
आफूँसगैका समकालिनहरुले आधा विश्व घुमेर लिनसम्मको फाईदा लिए । तर उनको बढुवा समेत नहुदाँ उनलाई दुख्नसम्म चित्त दुखेको छ । ूखेलमै जीवन अर्पित गरे हिजो जहाँ थिए आज त्यही छ । भोलि पनि तयस्तै होकी भन्ने चिन्ता लाग्छ ू। िवं सं २०४२ देखि ४५ को अवधिलाई नेपाली एथलेटिक्सको स्वर्णकाल भन्न रुचाउने लोकप्रसाद आफूँले उत्पादन गरेका खेलाडिको सफलतालाई आफ्नै ठानेर गर्भित छन् ।
डम्वर कुवँर मेनुका राउ भीष्म चुडाँल पुण्य सिग्देल कुमार श्रेष्ठ ज्ञानकुमारी श्रेष्ठ नर्वदा विष्ट गोपाल यादव सीता मैनाली सीता संग्रौलारोहित भट्टराई देवीमाया पनेरु बुधकुमारी घिमिेर ज्ञानप्रसाद चौलागाई ती एथलेटिक्स खेलाडिको नाम हो जस्ले ओलीको मेहनतलाई सार्थक रुप दिए । भन्छन्- जे भएपनि मैले उनीहरुको चर्चा र सफलताबाट सन्तुष्टि पाएको छु । झापामा १३ देखि १५ वर्ष उमेर समूहका बालवालिकाका लागि एथलेटिक्स एकेडेमी खोल्ने इच्छा बोकेका उनी भन्छन्- इच्छा छ तर साधन स्रोत कसरी जुटाउने थाहा छैन्

Sunday, August 16, 2009

हामीलाई घर फर्काउ

स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुर्नवासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् ।
सातवटै शिविरमा भईरहेकेा घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् ।
शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजार भन्दा धेरै शरणार्थीले सहभागिता जनाएका छन् । तीनै शरणार्थीको प्रतिनिधत्व गर्दै नेतृत्व गरिरहेका ४१ जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरि अमेरिका अष्ट्रेलिया डेनमार्क नेदरल्याण्ड न्युजिल्याण्ड र नर्वेका नेपाल स्थित राजदुतावासलाई अपिल पठाइएको हो ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती संयुक्त समितीका सह संयोजक सन्तवीर घलेले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेका देशहरुले स्वदेश फिर्तीको लागि वातावरण बनाउनु पर्ने आफूँहरुको माग रहेको बताए । उनले भने- जसरी हाम्रा मान्छेलाई तेस्रो मुलुक लगिदैं छ हामीलाई पनि त्यसरी नै भुटान फर्काउन पर्यो । उनले सोमवार कुरियर मार्फत शरणार्थीको अपिल ती देशका राजदुतलाई पठाइएको बताए ।
अपिलमा पुर्नवासले मात्र शरणार्थी समस्याको दीर्घकालिन समाधान नहुने उल्लेख गर्दै शरणार्थी उच्चायोग नेपाल र भारतले समेत भुटानलाई अफ्ना नागरिक फर्काउन दबाव दिन आग्रह गरिएको छ । शरणार्थीलाई न्याय शान्तिपूर्ण ससम्मान र सुरक्षित तवरले भुटान फर्काउन अपिलमा माग गरिएको छ ।
गत वैसाख महिनामा शिविरमा शुरु भएको अभियान सातवटै शिविरमा अहिले पनि चलिरहेको छ । घर फिर्तीका लागि इच्छुक शरणार्थीले फाराम भर्ने काम अहिले पनि जारी छ- अभियानका संयोजक हर्कजंग सुब्ब्ााले भने ।
सन् १९९० को दशकमा आफ्नो मुलुकबाट लखेटिएर नेपाल आएका शरणार्थीले यस अघि पटक पटक गरेको स्वेच्छिक स्वदेश फिर्तीको अभियान निष्फल भएका थिए । पुर्नवास शुरु भएपछि १६ हजार भन्दा धेरै शरणार्थी तेस्रो मुलुक पुगिसेका छन् ।


Saturday, August 15, 2009

आफ्नो संविधान आफ्नै लागि

चन्दन मॆचे नयाँ संविधानको विषयमा अभियान चलाएर हििडंरहेका अभियन्ता हुन् । संविधान सभाको निर्वाचनपछि अल्पसंख्यक मेचेहरुलाई संविधान र जातिय अधिकारको विषयमा उनले चेतना दिलाउन शुरु गरे । यो अवधिसम्म उनले संविधानमा जातिय अधिकारका सवालका लागि देशभरी भएका कार्यक्रममा आफ्नो समूदायको प्रतिनिधित्व गरेका छन् । ती कार्यक्रमहरुमा उपल्ला जातिका मानिसलाई मेचे को वास्तविक अवस्थित बुझाउन उनी सफल भए । ूके गर्न अहिले नै हो गर्ने नत्र पहिलेका शासकले जस्तै ठग्लान भन्ने पीर छ । ू उनले भने ूयस पटक आफ्नो संविधान आफ्नै लागि बनाउन पूर्वका नौ जाति एउटै नारा लिएर अघि बढिरहेका छौं । ू मेचे समाज शिवियारी आफत नामक जातिय संगठनसँग आवद्ध उनले संविधान सभाको विषयगत समितमा मेचेहरुले नमुना संविधान नै सुझावका रुपमा पठाएको जानकारी दिए । मेचेहरुले सभामुख र ६ सय १ जना सभासदको हातहातमा सुझाव पत्र बुझाएका छन् । हालै संविधान सभाले बनाएका पाँचवटा मस्यौदाको विषयमा समेत छलफल शुरु गरिएको बताउँदै उनले भने- संविधान निमार्ण प्रकृयाका हरेक कि्रयाकलापलाई हामीले गम्भीर भएर मूल्यांकन र अवलोकन गरिरहेका छौं । ती मस्यौदामा अपुग भएका विषयहरुमा संविधान सभालाई सुझाव दिने तयारी शुरु भईसकेको उनले बताए ।
थारु समूदायमा पुरुष भन्दा महिलाहरु ज्यादै लजालु र सामाजिक कार्यक्रमहरुमा कम सहभागि हुन्छन् । तर गंगादेवी चौधरी थारुहरुको अधिकार संविधानमै संस्थागत गर्न लागि परेकी छन् । उनले भनिन- ूहामी पिछडिएर बस्न बाध्य छौं भन्छौं तर आफ्ना कुरा अरुलाई बुझाउन नसक्दा नै समस्या भएको हो । अब अधिकार लिन चुप लागेर बस्न हुन्न । नयाँ संविधानमा हामी आफैंले आफ्ना माग संवोधन हुने गरी बनाउने हो । ू
संविधानमा जातिय अधिकार सुनिश्चित गराउन बनेको आदिवासी जनजातिहरुको एलान्यसमा संलग्न थारु कल्याणकारी सभाकी गंगादेवी अबको संविधानले एकात्मकता पूर्णत छाड्नेमा ढुक्क छिन् । यहि कुरा बुझाउन उनी झापा र मोरङका गाउँ गाउँमा चौधरी र अन्य जातिलाई संविधानको विषयमा बुझाउन र पढाउन लागि परेकी हुन् ।
झापा मोरङ र सुनसरीका नौ वटा जाति एउटै मोर्चामा गोलबन्द भएर सर्वपक्षिय संविधानका लागि राज्यलाई दबाव र सुझाव दिने अभियानमा लागेका हुन् । गनगाई राजवंशी धिमाल तराइमुल माझी ताजपुरिया सन्थाल र उराउ जाति यस अभियानमा संलग्न छन् । नेपाल आदिवासी सन्थाल उत्थान संघ मोरङका अध्यक्ष ताला टुडुले भने-ूहाम्रो समूदाय एक्लैले के गर्न सक्छ र तर सामूहिक प्रयासले आफ्नो अधिकार पाईन्छ भनेर नै मोर्चामा संलग्न भएका हौं । हामीले आफ्नै मान्छेलाई चेतनासम्म दिने र अधिकार बुझाउने काम भने गरेका छौं । यी आदिवासी र जनजातिको आवाजलाई संगठित गर्ने काम चािहं पूर्वान्चल तराई आदिवास जनजाति संघसंस्थाको एलायन्सले गरेको हो । संस्थाले यी जातिका माग सम्बन्धित ठाउँमा पुर्याउन आर्थिक र प्राविधक सहयोग गरिरहेको छ । कार्यक्रम संयोजक प्रेम लिम्बुले भने-ूकुनै जातिलाई अर्कोले पछि पार्ने काम गरिनु हुन्न । सबैको जातिय पहिचान समान हुनुपर्छ भनेर नै हामीले अभियान चलाएका हौं । ू उनका अनुसार यी जातिले राज्य पुर्नसंरचना गरिदाँ राज्यको नामाकरणका विषयमा एकमत जुटाउन समेत कसरत शुरु गरेका छन् ।
गनगाई कल्याण परिषदका गोपाल गणेश भन्छन्- अब आफ्नो संविधान आफैं बनाउन सुझाव दिन र अधिकार स्थापित गर्न आदिवासी जनजातिपनि सक्षम बनेका छन् । तीन वटै जिल्लामा राजवंशी १ लाख गनगाई ३५ हजार धिमाल ३५ हजार तराईमुल माझी १५ हजार मेचे ५ हजार ताजपुरिया २० हजार सन्थाल ४६ हजार उराउ ४० हजार र थारु १ लाख ५० हजारको संख्यामा बसोवास गर्दै आएका छन् ।

Saturday, July 25, 2009

धिमाल युवतीको सपना


सुमित्रा धिमाल स्टाफ नस्र बन्न चाहन्छिन् । अल्पसंख्यक उनको समूदायबाट नसर्िङ पढ्नेहरु छैनन् । नस्र बनेर आफ्नो समूदायको सेवामा लाग्ने उद्धेश्य बोकेकी सुमित्रा जस्ता धेरै कम धिमाल युवतीहरुले प्रवेशिका परिक्षा उत्तीर्ण गरेका छन् । तर उनी जस्ता उत्तीर्ण गर्नेहरुले पनि उच्च शिक्षा पढ्न सक्ने अवस्था छैन् ।
आफ्नो उदेश्यलाई चरितार्थ गर्न सुमित्राले विद्यालयमा मेहनत गरेकैले यसपटक प्रवेशिका परिक्षा प्रथम श्रेणीमा ६२ दशमलब १२ प्रतिशत अंक ल्याई उत्तीर्ण भईन् । उनको उद्धेश्य पुरा गर्ने पहिलो ढोका भने सहजै पार भने भएको होइन । घरको आर्थिक अवस्था कमजोर रहँदा रहँदैपनि आमाले पेटानी धिमालहरुको परम्परागत पोशाक बुनेर बेचेको पैसाले बचाएर मलाई विद्यालय पठाउनु भएको हो-उनले भनिन-जसो तसो विद्यालयको पढाई त सकियो । तर अब के गर्ने केही थाहा छैन् ।
झापाको दमकमा अल्पसंख्यक समूदायबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण हुने उनी एक मात्र धिमाल हुन् । दमक ९ स्थित अडियामलको धिमाल वस्तीमा उनको बालापन शुरु भएको हो । किसोरावस्था पनि त्यही कट्दै छ । तर पढेर ठुलो मानिस भई समूदायको सेवा गर्ने उनको इच्छा पुरा हुन्छ वा हुदैंन त्यस्को हेक्का स्वंम उनलाई छैन । भन्छिन्- पढ्ने सोचेरमात्र के गर्नु घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । घरबाट केही सहयोग हुन सक्दैन । दुई छाक टार्न समेत समस्या छ ।
दमकको हिमालय उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण भएपछि टोलमा सबैले सुमित्रालाई स्याबास्सी दिए । कतिले त अझै पढेर ठूलो मानिस बन्नु पर्छ भने । उनले भनिन् - मलाई यस्ता प्रशंसाले कुनै असर गरिरहेको छैन । अबको पढाई के गर्ने यहि पिर मात्र छ । आमाको कमाईले त दुई छाक टार्दै ठिक्क छ । यस्तै भए नस्र हुने र समूदायको सेवा गर्ने मेरो सपना अधुरै रहने भयो ।
श्रम गरेर परिवार चलाउने उनको बुवाको कमाई पनि त्यति राम्रो छैन । कहिले काँही राम्रो काम परे कमाई हुन्छ नत्र दुई छाक टार्ने पैसा जुटाउन समेत अफ्ठेरो हुन्छ । सुमित्रा भन्छिन्-एक बहिनी र एक जना भाई विद्यालयमा पढ्दै छन् । त्यो खर्च जुटाउन आमाले पेटानी बुन्नुहुन्छ । मैले पनि सघाउने गरेकी छु । हरेक साता बिक्री गर्न मोरङको बेलवारी जान्छौ । तर पेटानी बुनेको र गाउँमा श्रम गरेको पैसाले दुई छाक खाना खाँदै ठिक्क छ ।
घुम्न र साथीभाई बनाउन रुचाउने सुमित्रा घुमफिरको क्रममा सुनसरीको धरानसम्म पुगेकी छन् । उनलाई पोखरा घुम्न जाने ठूलो इच्छा छ । मैले पोखरा तस्वीरमा मात्र देखेकी छु । राम्रो पढ्न सके भने त्यहाँ एक पटक जसरी भएपनि पुग्छु नै । आफ्नो समूदायका महिलाहरु अहिलेपनि पिछडिएको अवस्थामा रहेको बताउँदै भनिन- अहिलेपनि धेरै जना पढ्नका लागि विद्यालय आउँदैनन् । आउनेहरुपनि बीचमैमा पढाई छाडेर विवाह गर्छन ।
सुमित्राका शिक्षक दोर्ण श्रेष्ठले उनमा पढ्ने दक्षता र क्षमता रहेको बताउँदै भने-सही अवसर पाउने हो भने उस्ले गर्न सक्छे ।
धिमाल जाति विकास केन्द्रकका अनुसार अल्पसंख्यामा झापा र मोरङमा विस हजार धिमालहरु बस्दै आएका छन् । उनीहरुको जीवन निर्वाह गर्ने माध्यम खेती किसानी नै भएपनि धेरैको आर्थिक अवस्था अति नै कमजोर छ ।

Sunday, June 28, 2009

बाढी रोक्न बाँसको किला


महाभारा झापा, नदी कटान नियन्त्रण गर्न झापाको महाभाराका स्थानियावसीले खोलामा बासँ गाड्ने नयाँ विधि अपनाएका छन् । यो विधिबाट बाढीको पानीको बहाव कम गर्ने अभियान सफल भएको छ । एक दशक देखि स्थानिय कन्काईमाई र बनियानी नदीको बाढीबाट पीडित त्यहाँका बासिन्दाले महाभारा ४ स्थित बालुबाडी टोलको कटान रोक्न नदीमा तटबन्ध गरिएको छेउमै बाँसको किला गाडी बाहाव कम गर्ने उपाय लगाएका हुन् । बनियानी नदी नियन्त्रण उपभोक्ता समितीका सचिव लिला सुब्बाले बाढीको बहाव रोक्ने यो विधि प्रभावकारी बनेको बताए । उनले भने- यस अघि यस्तो प्रयोग भएको थिएन् । तर यसपटक तटबन्ध बाँधिएको बाँध मुन्तीर खोलमा बाँसका किला गाडेका हौं । सरकारले तटबन्ध निमार्ण गर्न दिएको बजेटको केही रकम खर्चगरी २ हजार ५ सय घना बाँस किनेर किला गाडिएको बताए । खोलामा बासँका किला गाडिएपछि बाँध भत्कने खतरा समेत घटेको छ- उनले भने । तार जालिको जत्तिको काम नगरेपनि वर्खामा अस्थाई नियन्त्रणका लागि भने राम्रो काम गर्ने रहेछ । बालुवाडी टोल नजिकै बनाइएको बाँधमा ४ हजारको हाराहारीमा किला गाडिएको निमार्ण समितीले जनाएको छ । महाभारा ५ को होक्लावाडी टोल हरेक वर्ष बर्षायाममा टापुमा परिणत हुने गरेको छ । स्थानिय डिल्लीराम लिम्बुले सरकारले अहिलेसम्म गरेका नदी नियन्त्रणका प्रयासहरु अपेक्षित रुपमा सफल बन्न नसक्दा स्थानियवासीले सास्ती खेप्न परेको गुनासो गरे । उनले भने-हरेक वर्ष आउने बाढीले गाउँ टापु बनाउँछ हामी ज्यान पातमा राखेर बस्न बाध्य छौं । यसपट जिल्ला विकास समिती झापा कोरोवारी र महाभारा गाविसले बालुवाडी टोलमा एक सय मिटर क्षेत्रमा बनियानी र कन्काईको बहाव फर्काउन पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । निमार्ण उपभोक्ता समितीका अध्यक्ष गोपी तामाङले भने- स्काभेटर लगाएर खोलो सोझ्याउने काम भएको छ । यस पटक बाँसको किला पनि गाडेका छौ कम क्षति हुने विश्वास छ । दक्षिणी पश्चिमी झापाको महाभारा र कोरोवारी गाविस हुन् । ती गाविसमा एक दशक यता सात सय परिवार बाढीकै कारण अन्यत्र बसाई सरेको महाभारा गाविसका पूर्वअध्यक्ष विजय अग्रवालले भने- अझै क्षति हुने क्रम नरोकिएकोले बाढी नियन्त्रणकालागि सरकारले चासो दिन आवश्यक छ । ती गाविसमा बाढीको जोखिम कम गर्न यस अघि गरिएका कतिपय प्रयास विफल बनेको उनले बताए ।

Saturday, June 27, 2009

रेडपाण्डा जोगाउन सीमामा नौलो प्रयोग

सन्दकपुर,इलाम चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा सर्वसाधारणलाई िहंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ । तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित िसंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ । तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै िहंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । वनक्षेत्रमा होहल्ला गरेको पाईए प्रहरीले समातेर तुरुङमा पनि िठंगुर्याउन सक्छन्-राष्ट्रिय निकुन्जको दक्षिणी कार्यालय गैरीवासका रेन्जर निमेष तामाङले भने-यी तीन महिना रेड पाण्डाको संसर्ग गर्ने समय भएकोले उनीहरुलाई डिस्टर्व नहोस भनेर यस्तो नियम लगाईएको हो । यो नियम जुन जुलाई र अगष्ट महिना भरका लागि हो । त्यसपछि खुल्ला हुन्छ । सन्दकपुर र आसपासको क्षेत्र बाह्रैकाल पर्यटकको घूइँचो भईरहने ठाउँ हो । भारतिय नेपाली र पश्चिमा पर्यटकको यहाँ सधैं जसो भींडभांड हुन्छ । तर वर्षको यी तीन महिनामा नै रेडपाण्डाले संसर्ग गरि गर्भाधान गर्ने समय भएकोले यस क्षेत्रमा पर्यटक र बाहियाहरुलाई आउन प्रतिबन्ध लगाउन परेको रेन्जर तामाङले स्पष्ट गरे । उनका अनुसार लजालु स्वभावको लोपोन्मुख विरालो प्रजातिको यो जनावर मानिसको चहलपहल देखे वा होहल्ला भए संसर्ग गर्दैन । उनले भने-अरु बेलापनि मानिसको नजिक आउन लजाउने भएकोले यो तीन महिनाको बि्रडिङ समयमा राज्य सरकारकै निर्देशन अनुसार पर्यटक आउन र घुम्न समेत प्रतिबन्ध गरिएको हो । गौरीवास रेन्जपोष्टका अनुसार िसंहलिला नेशनल पार्कमा ५२ वटा रेडपाण्डा पछिल्लो पटक गणना भएको थियो । भारत सरकारले यो संख्या बढाउन पार्क क्षेत्रमा कडाई गरेको हो । भारत तर्फ रॆडपाण्डाको संख्या बढाउन त्यहाँको सरकारले नयाँ नियम लगाएको भएपनी सीमा वारी नेपालमा भने केही अपेक्षित प्रयास हुन सकेको छैन् । जिल्ला विकास समिती इलामले रेडपाण्डाको अवस्था बुझ्नेसम्मको काम शुरु गरेको छ । योजना अधिकृत अग्नी अधिकारीले भने- हामीले रेडपाण्डा पाईने नेपाल तर्फका सामुदायिक वनका पदाधिकारीलाई रेडपाण्डा बचाउने अभियानमा सहभागि गराउन चेतना दिलाउने सम्मका काम गरिरहेका छौं । इलामका पर्यटन व्यवसायी धर्म गौतमले नेपाल तर्फको वन मािसंदा यताका रेडपाण्डापनि भारतकै जंगल तर्फ भाग्ने गरेको बताए । उनले भने-यताका रेडपाण्डा यतै रोक्ने हो भने सामुदायिक वनका पदाधिकारी र स्थानियवासी सचेत हुन आवश्यक छ ।

Thursday, June 18, 2009

म वेहोस भएपछि दिसा कोच्याएछन् ।

गाउँका दुई जना आइमाईलाई देउता चड्यो रे भन्ने खवर फैलिएपछि म पनि हेर्न गएँ । गाउँका चिने जानेका सबै तमासा हेर्दै थिए । म पनि एउटा कुनामा उभिएर उनीहरु काँपेको हेरिरहेकी थिएँ -अन्जीरा महतोले मंगलवार उनकै घर पुगेका पत्रकारहरुसँग भनिन त्यसपछि एक्कासी यहा छिए डायन ठोक भनेर पुस्ता शर्माले भनिन उनीहरु काँपेको हेरिरहेकाहरु मतिर खनिए सबैले पिट्न थाले म बेहोस भएपछि मुखमा दिसा कोचेछन् ।ू झापाको गौरीगन्जमा बोक्सीको आरोपमा यातना पाएर विक्षिप्त बनेकी ५० वर्षिया अन्जीराको ढाडमा निलडाम छन् । राम्ररी उठबस गर्न समेत अफ्ठेरो हुन्छ उनलाई । पिटाईको चोटका कारण उनी मुश्किलले उठेर मुढामा बस्छिन् । तर शरिर थेग्न भने अझै समस्या छ । ूदुखाईको कारण बाहिर फेर गर्न समेत गाह्रो भएको छ ूउनले भनिनूमैले कुनै गल्ती नगर्दापनि सारा गाउँले मिलेर मलाई चुटे । १५ दिन अघि स्थानिय राधा गिरीको मृत्युको कारण अन्जीरा भएको भन्दै गाउँले मरणासन्न हुने गरी कुटपिट गर्दै आईतवार राती दिसा खुवाएको उनले बताईन् । -तन्त्रमन्त्र गर्ने तैं होइन्स भन्दै मलाई कुटे तर मेरो केही दोष छैन् मलाई त्यस्तॊ केही आउँदैन् ।  सामान्य खेतीकिसानी गरेर जीवन धान्दै आएकी उनले संचारकर्मी समक्ष आफूँ निर्दोष भएको बताउँदै अनायसमा आफूँलाई शारिरीक र मानसिक यातना दिइएको गुनासो गरिन् । म निर्दोषलाई बोक्सी भन्नेहरुलाई कार्वाही हुनु पर्छ-अन्जीराले भनिन-कित म बोक्सी भएको प्रमाणीत गर्नु पर्छ । उनलाई रातभर डोरीले बाँधेर अपशब्द प्रयोग गर्दै लाठीले कुटपिट गरेको भन्ने जाहेरी परेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक मानबहादुर राईले बताए । उनले भने-घटनाका आरोपित १२ जनालाई पक्राउ गरि अनुषन्धान गरिरहेका छौं । छोरा शत्रुधनले आफ्नी बृद्ध आमालाई गरिएको दुरव्यवहारबाट आफूँहरु विक्षिप्त भएको बताए । उनले भने-यो बुढेसकालमा आमालाई यस्तो पीडा दिए । प्रहरीले कुलबहादुर चौधरी बल्लु चौधरी रामबहादुर गिरी पार्वती शर्मा पूस्ता शर्मा पुरन चौधरी राजकुमार शर्मा पुरन चौधरी रामआशिष शर्मा संजय कोच खतिम साह छिरिकलाल राजवंशी र जितु कोचलाई पक्राउ गरेको छ ।

Thursday, June 4, 2009

छिमेकीलाई पशु उपहार

झापा शनिश्चरेकी हरिमाया चौहानका घरमा पशुचौपाय थिएनन् । उनलाई पशु पाल्ने रहर भने थियो । केही अघि छिमेकीले समूहबाट पाएको पशु चौपाया पाकाछन् रे भन्ने उनले सुनेकी थिईन् । तर गाउँमा यसपटक भएको एउटा कार्यक्रममा छिमेकीले बोलाएर उनका हातमा बख्राका पाठा हात लगाईदिए । उनले भनिन-समूहले गरेको कार्यक्रममा बोलाएर मलाई पाठा पो दिएर पठाए । सोही ठाउँकी तुलसा उप्रेती अहिले आफूँले गरेको मेहनत र जीवनमा आएको परिर्वतनको बारेमा अरुलाई सुनाउने गर्छिन । भन्छिन्- मलाई समूहले दिएको चौपाया हुर्काए र त्यसबाट जन्मेको सन्तान छिमेकीलाई दिएँ । शनिश्चरेकी यी महिलाले समूह मार्फत तीन वर्ष अघि पाएको चौपायाका सन्तान भने छिमेककी आफूँ जस्तै महिलालाई दिएकी हुन् । शनिश्चरेमा यसपटक दिदी समूहले बहिनी समूहलाई गाईका बाच्छा भैंसीका पाडा र बोका पाठा दिएका हुन् । तीन वर्ष अघि उनीहरुले माउ सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपाल नामको एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा पाएकी थिइन् । संस्थाका प्रतिनिधिले उतिवेलै समूहका सदस्यलाई आफूँले पाएको वस्तुभाउबाट हुने आम्दानी बचाएर छिमेकका अन्य सदस्यलाई दिनुपर्ने कबोल गराएका थिए । यस्तो कार्यक्रम नेपालका विभिन्न ३८ वटा जिल्लामा संचालनमा रहेको संस्थाले जनाएको छ । महिला संसक्तिकरण र गरिवी निवारणका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको संस्थाले दाबी गरेको छ । महिलाहरुको लागि पशु उपहार कार्यक्रम ग्रामीण भेगमा सकारात्मक प्रभाव परेको बताउँदै शनिश्चरेको जलेश्वर स्वाबलम्वन समाजका अध्यक्ष प्रल्हाद सापकोटाले भने-यो कार्यक्रमले पशुपालन प्रति ग्रामीण महिलाहरुको आकर्षण बढ्नुका साथै उनीहरु निकै उत्साहित पनि देखिएका छन् । अन्य कार्यक्रम भन्दा पृथक ढंगले अढि ल्याइएकोले पनि कार्यक्रम प्रभावकारी बनेको उनको दाबी छ । हेफरको साझेदार झापा खुदुनावारी स्थित अभियान नेपाल नामक संस्थाका अध्यक्ष प्रेम गिरीले झापामा संचालित कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउँदै भने-छरछिमेकमा सहयोग गर्नु पर्छ भन्ने भावनाको पनि विकास भएको छ । उनी भन्छन्- आयमुलक कामलाई बेवास्ता गर्ने महिलाहरु पनि पशुपालन गरेर धेरथोर आम्दानी गर्न थालेका छन् ।

Wednesday, May 27, 2009

भुटान फर्कन फाराम भर्दै शरणार्थी

दमक घर फर्कन चाहने भुटानी शरणार्थीले झापा र मोरङका सातै शिविरमा फाराम भर्ने अभियान चलाएका छन् । आफ्ना मान्छेहरुको तेस्रो मुलुक पुर्नवास भए झैं आफूँहरुलाई पनि भुटान लगिनु पर्ने माग राख्दै केही गैह्रराजनीतिक संगठनले झापा र मोरङका सातै शिविरमा यस्तो अभियान चलाएका हुन् । बाईस दिन अघि यस्तो अभियान चलाईएपछि हालसम्म सातै शिविरका ९ सय १६ परिवारका करिव ८ हजार भुटानी शरणार्थीले फाराम भरेका छन् । चारवटा भुटानी संगठनहरु भुटान मानव अधिकार सगठनह्युरोब ज्येष्ठ नागरिक समाज भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषद र भुटान गार्खा राष्ट्रिय मुक्ती मोर्चाको संयुक्त पहलमा अभियान शुरु भएको हो । यस्तो अभियान चलाईपछि घर फिर्न चाहने भुटानी शिविरमा फारम भर्न भींड लाग्न थालेको छ । बेलडाँगी शिविरमा फाराम भर्न आएका दिलमान मगरले अरुहरुलाई तेस्रो मुलुक लगिए जसरी नै स्वदेश फर्काउनु पर्ने माग राखेर फाराम भराउन शुरु गरिएकोले आफूले पनि परिवार सहित सबैको नाम लेखाएको बताए । उनले भने-यस पटक फाराम भराएरै युएनएचसआर र अरुलाई पनि दिने भनेकाले फाराम भरेको हुँ । यस पटक भुटान फर्काउँछन् भन्ने लागेको छ । अभियानको नेतृत्व गरिरहेको ज्येष्ठ नागरिक समाजका संयोजक हर्कजंग सुब्बाले भने-४० देखि ५० हजार जनाले फाराम भर्ने हाम्रो अपेक्षा छ । भरिएका फाराम शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग नेपाल भारत भुटान सरकार अन्तराष्ट्रिय कुटनीतिक नियोग र अन्तराष्ट्रिय मानव अधिकारवादी संगठनलाई पनि दिन्छौ । उनले तेस्रो मुलुक पुर्नवासमा शरणार्थीलाई आफ्नो देशमा बस्न इजाजत दिएका कोअर ग्रुपका अमेरिका सहित सातवटा मुलुकलाई पनि शरणार्थीले भरेका फाराम बुझाईने बताए । फाराम भर्ने कार्य आउँदो दुई महिनासम्म चल्ने छ । भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषदका उपाध्यक्ष डिल्लीराम घोरसाईले फाराममा भुटानमा रहँदाका सबै विवरण प्रस्तुत गरिएको छ । बस्दै आएको स्थान भुटानी भएको प्रमाणीक आधार स्पष्ट हुने कागजातको विवरण परिवारको अवस्था आदि उल्लेख गरिएको बताए । उनले भने-तेस्रो मुलुक पुर्नवास गरिए झै भुटान जान चाहनेलाई भुटान फर्काउन अन्तराष्ट्रि पक्षले काम थाल्न आग्रह गर्न अभियान चलाएका हौं । एक वर्ष अघि पुर्नवास शुरु भएपछि सातै शिविरबाट हालसम्म १४ हजार भन्दा बढी शरणार्थीहरु तेस्र्रो मुलुक पुनस्र्थापना भइसकेका छन् । पुर्नवासपछि मृतप्राय रहेको स्वदेश फिर्तीको मागलाई यो कार्यक्रमले थप उर्जा दिने भुटान पिपुल्स पार्टीका प्रवक्ता गोपाल गुरुङले बताए । सनव् १९९६ को अपिल मुझमेण्ट दर त्यसपछि दर्जनौ पटक चालिएका स्वदेश फिर्तीका स्वेच्छीक अभिायनमा भारतले पटक पटक मेची पुलमा गरेको अवरोधका कारण शरणार्थीको स्वदेश फिर्ती कार्यक्रम नै प्रभावित बनेको थियो । ती अभिायनमा संलग्न दर्जनौ नेता समेत पुर्नवास शुरु भएसगै तेस्रो मुलुक पुगीसकेका छन् ।

Saturday, May 23, 2009

जेठानीका सन्तान पाउन देउरानी गर्भवती

प्रमिला गर्भवती छिन् । अघिका चारजना सन्तान हुर्किसेका छन् । ३२ वर्ष उकालो लागेकी उनलाई सन्तानको इच्छापनि छैन् । तर यसपटक भने उनले आफ्नालागि नभएर जेठानीकालागि गर्भ बोक्नु परेको छ । भन्छिन-विवाह भएको धेरै वर्ष वित्यो । दिदीका सन्तान भएनन् । परिवारकै सहमतीमा नयाँ सन्तान पाएर दिदीलाई दिन यो जोखिम मोल्दै छु । परिवारको निर्णयलाई उनका श्रीमानलेपनि स्वीकार गरेका छन् । प्रमीलाले भनिन-उहाँलेपनि निर्णय मानेर सन्तान जन्माएर दिदीलाई दिन सहमत हुनु भयो । मेरै श्रीमानको सात महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको छ । झापा गौरादहको सन्थाल वस्तीकी यी महिलाले अबको तीन महिनापछि नवजात शिशु जन्माएर सालनाल सहित आफ्नी जेठानीलाई दिनेछिन् । छोरा वा छोरी जे भएपनि त्यस्को सम्पूर्ण भरणपोषणको जिम्मा जेठानीले नै बोक्नु पर्ने छ । जन्मने सन्तानले आमा भनेर जेठानीलाई नै बोलाउने छन् । सन्तान कस्ले जन्माएको हो भनेर परिवारले ती सन्तानलाई जीवन भर सुनाउने छैनन् । यो गोप्यता भंग गर्ने टोलका जोकोहीपनि सजायको भागिदार हुने चलन सन्थाल टोलमा लगाइएको छ । सोही टोलकी अनिताले भनिन-गाउँमा यसरी देउरानीले जन्माएर जेठानीलाई दिएका सन्तान धेरै छन् । तर यो गोप्यता भंग गर्न नहुने चलन भएका कारण कसैलेपनि कस्को सन्तान हो सुनाउँदैनन् । उनका अनुसार गौरादहको सन्थाल टोलमा देउरानीले जन्माएका र जेठानीले हुर्काएका दर्जनौ सन्थाल युवायुवतीहरु छन् । यसरी जिम्मा लगाईका सन्तानको विषयमा गाउँ टोलमा कुराकानी नै गर्न हुन्न भन्ने नियम रहेकॊ उनले सुनाईन् । सन्थाल जातिमा हार्डनाता भित्र कसैका सन्तान नजन्मिए आफन्तले जन्माएर दिने चलन अहिलेपनि विद्यमान छ । विभिन्न कारणले सन्तान जन्माउन नसक्ने दाजु वा भाईलाईपनि देउरानी अथवा जेठानीले सन्तान जन्माएर दिने गरिन्छ- स्थानिय संथाल युवा क्लवका अध्यक्ष लखिराम सन्थालले भने-अरु जातिमा जस्तो हाम्रोमा देउरानी जेठानीबीचको सम्बन्ध चिसो हुदैंन । उनीहरु सधैं मिलेर नै बस्दछ्न । पूर्वी नेपालको झापा मोरङ र सुनसरीमा बसोवास गर्दै आएका सन्थालहरुको संख्या पछिल्लो जनगणनाको अभिलेख अनुसार ४६ हजार छ । सन्थाल जाति विकास केन्द्रका महासचिव लक्ष्मण सोरेन भन्छन्-बदिलंदो परिवेशमा हाम्रो समूदायका कतिपय चलन बचाउनै मुश्किल भई सक्यो । यस्ता संस्कृति बचाउन राज्यले समेत चासो दिन जरुरी छ ।

Thursday, January 1, 2009

मौरीले ल्यायो पैसैपैसा

झापा सतासीधामकी धनमाया थापा अन्य गृहिणी जस्तै बाल वच्चालाई खाना बनाउने, खुवाउने र विद्यालय पठाउने काम गर्छिन् । वस्तु भाउको ख्याल गर्नु र घर गृहस्थी चलाउनु पनि दैनिकी भित्रै पर्छ । गाउँको बसाइँ छ मेलापात पनि नगरी धरै छैन् । बचेको समय छरछिमेक र आफन्तलाई पनि दिनै पर्यो ।
यी र यस्तै घरका खुद्रे काममा दिन बिताउने उनी आयआर्जनको काममा नलाग्दा समय बर्वाद भएर बित्दै थियो । काम गरेपनि त्यो कामको दाम भने मिल्दैन थियो । लर्याङ लुरुङ गर्यो दिन काट्यो यस्तै थियो दिनचर्या । तर यस्तो अवस्था धेरै समय रहेन । हिजो आजको उनको व्यस्तता बुझ्ने जो कोही इर्ष्याले जिव्रो टोक्छन् । उनले भनिन-चुलोको मात्र काम गर्नु पर्ने, निस्सासिए जस्तै भएको थियो । तर अहिले सबै काम गर्न भ्याइ नभ्याई हुन्छ ।
घरधन्दामा मात्रै सिमित उनी आफैं आय आर्जन गरि धेरथोर कमाउन सक्ने भएकी छन् । भन्नेले उनलाई राम्रो मात्र भन्न थालेका छन् । धनमया भन्छिन्- मेरो अहिलेको दैनिकी फेरिएको छ । चुल्हो चौकोसँगै पैसा कमाई हुने काम पनि गर्न सक्ने भएँ ।
सतासीधाम ७ दुधे की देवी दहाल पनि हिजो आज सरसापटमा भर पर्दिनन् । जे चाहिए पनि आफ्नै कमाईबाट पुगेकै छ । उनले भनिन-समूह मिलेर ५८ घर परिवारका महिलाले मौरी पालन व्यवसाय थालेका थियौं । राम्रै पो हुदैं छ ।
उनको समूहले पालेको २२ घार मौरीले यस वर्ष १ हजार ८ सय ५० केजी मह उत्पादन गरेको छ । जसमध्ये प्रति केजी ४ सयका दरले १ हजार ३ सय ५० केजी बिक्री भइसकेको छ । उत्पादन भएको महको परिमाण लागत र मेहनतका आधारमा नाफा बाँडफाँड गर्न पनि पुगेको उनीहरु बताउँछन् ।
गाउँका दश वटा समूहले १ सय २० घार मौरी पालेका र आफ्नो खर्च कटाएर मासिक १० हजार सम्म कमाई हुने गरेको देवी बताउँछिन् ।
स्थानिय सतासी महिला कृषि सहकारी संस्थाले व्यवसाय संचालनका लागि सहयोग गरेपछि नै महिलाले यस्तो उपलब्धि पाएका हुन् । संस्थाको पहलमा उनीहरुले मौरी पालनलाई व्यवस्थित र व्यवसायिक बनाउन सतासी मौरी पालन महिला समुह गठन गरेको संस्थाले जनाएको छ ।
एक्लैले भन्दा समूहले व्यवसाय गर्दा सफलता मिल्ने गरेको ती महिलाको अनुभव छ । सतासीधाममा मौरी पालन र मैनबती उत्पादनमा महिला सकृयता बढाउन नेपाल ग्रामीण पूनर्निर्माण संस्था (आरआरएन) ले पटक पटक गरी ३ लाख २० हजार आर्थिक सहयोग सहयोग गरेको संस्थाका झापा संयोजक बसन्तलक्ष्मी उदास बताउछिन् । उनले भनिन- महिलाहरु आत्मनिर्भर बनाउन सक्षम भएका छौं ।