Sunday, June 28, 2009

बाढी रोक्न बाँसको किला


महाभारा झापा, नदी कटान नियन्त्रण गर्न झापाको महाभाराका स्थानियावसीले खोलामा बासँ गाड्ने नयाँ विधि अपनाएका छन् । यो विधिबाट बाढीको पानीको बहाव कम गर्ने अभियान सफल भएको छ । एक दशक देखि स्थानिय कन्काईमाई र बनियानी नदीको बाढीबाट पीडित त्यहाँका बासिन्दाले महाभारा ४ स्थित बालुबाडी टोलको कटान रोक्न नदीमा तटबन्ध गरिएको छेउमै बाँसको किला गाडी बाहाव कम गर्ने उपाय लगाएका हुन् । बनियानी नदी नियन्त्रण उपभोक्ता समितीका सचिव लिला सुब्बाले बाढीको बहाव रोक्ने यो विधि प्रभावकारी बनेको बताए । उनले भने- यस अघि यस्तो प्रयोग भएको थिएन् । तर यसपटक तटबन्ध बाँधिएको बाँध मुन्तीर खोलमा बाँसका किला गाडेका हौं । सरकारले तटबन्ध निमार्ण गर्न दिएको बजेटको केही रकम खर्चगरी २ हजार ५ सय घना बाँस किनेर किला गाडिएको बताए । खोलामा बासँका किला गाडिएपछि बाँध भत्कने खतरा समेत घटेको छ- उनले भने । तार जालिको जत्तिको काम नगरेपनि वर्खामा अस्थाई नियन्त्रणका लागि भने राम्रो काम गर्ने रहेछ । बालुवाडी टोल नजिकै बनाइएको बाँधमा ४ हजारको हाराहारीमा किला गाडिएको निमार्ण समितीले जनाएको छ । महाभारा ५ को होक्लावाडी टोल हरेक वर्ष बर्षायाममा टापुमा परिणत हुने गरेको छ । स्थानिय डिल्लीराम लिम्बुले सरकारले अहिलेसम्म गरेका नदी नियन्त्रणका प्रयासहरु अपेक्षित रुपमा सफल बन्न नसक्दा स्थानियवासीले सास्ती खेप्न परेको गुनासो गरे । उनले भने-हरेक वर्ष आउने बाढीले गाउँ टापु बनाउँछ हामी ज्यान पातमा राखेर बस्न बाध्य छौं । यसपट जिल्ला विकास समिती झापा कोरोवारी र महाभारा गाविसले बालुवाडी टोलमा एक सय मिटर क्षेत्रमा बनियानी र कन्काईको बहाव फर्काउन पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । निमार्ण उपभोक्ता समितीका अध्यक्ष गोपी तामाङले भने- स्काभेटर लगाएर खोलो सोझ्याउने काम भएको छ । यस पटक बाँसको किला पनि गाडेका छौ कम क्षति हुने विश्वास छ । दक्षिणी पश्चिमी झापाको महाभारा र कोरोवारी गाविस हुन् । ती गाविसमा एक दशक यता सात सय परिवार बाढीकै कारण अन्यत्र बसाई सरेको महाभारा गाविसका पूर्वअध्यक्ष विजय अग्रवालले भने- अझै क्षति हुने क्रम नरोकिएकोले बाढी नियन्त्रणकालागि सरकारले चासो दिन आवश्यक छ । ती गाविसमा बाढीको जोखिम कम गर्न यस अघि गरिएका कतिपय प्रयास विफल बनेको उनले बताए ।

Saturday, June 27, 2009

रेडपाण्डा जोगाउन सीमामा नौलो प्रयोग

सन्दकपुर,इलाम चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा सर्वसाधारणलाई िहंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ । तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित िसंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ । तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै िहंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । वनक्षेत्रमा होहल्ला गरेको पाईए प्रहरीले समातेर तुरुङमा पनि िठंगुर्याउन सक्छन्-राष्ट्रिय निकुन्जको दक्षिणी कार्यालय गैरीवासका रेन्जर निमेष तामाङले भने-यी तीन महिना रेड पाण्डाको संसर्ग गर्ने समय भएकोले उनीहरुलाई डिस्टर्व नहोस भनेर यस्तो नियम लगाईएको हो । यो नियम जुन जुलाई र अगष्ट महिना भरका लागि हो । त्यसपछि खुल्ला हुन्छ । सन्दकपुर र आसपासको क्षेत्र बाह्रैकाल पर्यटकको घूइँचो भईरहने ठाउँ हो । भारतिय नेपाली र पश्चिमा पर्यटकको यहाँ सधैं जसो भींडभांड हुन्छ । तर वर्षको यी तीन महिनामा नै रेडपाण्डाले संसर्ग गरि गर्भाधान गर्ने समय भएकोले यस क्षेत्रमा पर्यटक र बाहियाहरुलाई आउन प्रतिबन्ध लगाउन परेको रेन्जर तामाङले स्पष्ट गरे । उनका अनुसार लजालु स्वभावको लोपोन्मुख विरालो प्रजातिको यो जनावर मानिसको चहलपहल देखे वा होहल्ला भए संसर्ग गर्दैन । उनले भने-अरु बेलापनि मानिसको नजिक आउन लजाउने भएकोले यो तीन महिनाको बि्रडिङ समयमा राज्य सरकारकै निर्देशन अनुसार पर्यटक आउन र घुम्न समेत प्रतिबन्ध गरिएको हो । गौरीवास रेन्जपोष्टका अनुसार िसंहलिला नेशनल पार्कमा ५२ वटा रेडपाण्डा पछिल्लो पटक गणना भएको थियो । भारत सरकारले यो संख्या बढाउन पार्क क्षेत्रमा कडाई गरेको हो । भारत तर्फ रॆडपाण्डाको संख्या बढाउन त्यहाँको सरकारले नयाँ नियम लगाएको भएपनी सीमा वारी नेपालमा भने केही अपेक्षित प्रयास हुन सकेको छैन् । जिल्ला विकास समिती इलामले रेडपाण्डाको अवस्था बुझ्नेसम्मको काम शुरु गरेको छ । योजना अधिकृत अग्नी अधिकारीले भने- हामीले रेडपाण्डा पाईने नेपाल तर्फका सामुदायिक वनका पदाधिकारीलाई रेडपाण्डा बचाउने अभियानमा सहभागि गराउन चेतना दिलाउने सम्मका काम गरिरहेका छौं । इलामका पर्यटन व्यवसायी धर्म गौतमले नेपाल तर्फको वन मािसंदा यताका रेडपाण्डापनि भारतकै जंगल तर्फ भाग्ने गरेको बताए । उनले भने-यताका रेडपाण्डा यतै रोक्ने हो भने सामुदायिक वनका पदाधिकारी र स्थानियवासी सचेत हुन आवश्यक छ ।

Thursday, June 18, 2009

म वेहोस भएपछि दिसा कोच्याएछन् ।

गाउँका दुई जना आइमाईलाई देउता चड्यो रे भन्ने खवर फैलिएपछि म पनि हेर्न गएँ । गाउँका चिने जानेका सबै तमासा हेर्दै थिए । म पनि एउटा कुनामा उभिएर उनीहरु काँपेको हेरिरहेकी थिएँ -अन्जीरा महतोले मंगलवार उनकै घर पुगेका पत्रकारहरुसँग भनिन त्यसपछि एक्कासी यहा छिए डायन ठोक भनेर पुस्ता शर्माले भनिन उनीहरु काँपेको हेरिरहेकाहरु मतिर खनिए सबैले पिट्न थाले म बेहोस भएपछि मुखमा दिसा कोचेछन् ।ू झापाको गौरीगन्जमा बोक्सीको आरोपमा यातना पाएर विक्षिप्त बनेकी ५० वर्षिया अन्जीराको ढाडमा निलडाम छन् । राम्ररी उठबस गर्न समेत अफ्ठेरो हुन्छ उनलाई । पिटाईको चोटका कारण उनी मुश्किलले उठेर मुढामा बस्छिन् । तर शरिर थेग्न भने अझै समस्या छ । ूदुखाईको कारण बाहिर फेर गर्न समेत गाह्रो भएको छ ूउनले भनिनूमैले कुनै गल्ती नगर्दापनि सारा गाउँले मिलेर मलाई चुटे । १५ दिन अघि स्थानिय राधा गिरीको मृत्युको कारण अन्जीरा भएको भन्दै गाउँले मरणासन्न हुने गरी कुटपिट गर्दै आईतवार राती दिसा खुवाएको उनले बताईन् । -तन्त्रमन्त्र गर्ने तैं होइन्स भन्दै मलाई कुटे तर मेरो केही दोष छैन् मलाई त्यस्तॊ केही आउँदैन् ।  सामान्य खेतीकिसानी गरेर जीवन धान्दै आएकी उनले संचारकर्मी समक्ष आफूँ निर्दोष भएको बताउँदै अनायसमा आफूँलाई शारिरीक र मानसिक यातना दिइएको गुनासो गरिन् । म निर्दोषलाई बोक्सी भन्नेहरुलाई कार्वाही हुनु पर्छ-अन्जीराले भनिन-कित म बोक्सी भएको प्रमाणीत गर्नु पर्छ । उनलाई रातभर डोरीले बाँधेर अपशब्द प्रयोग गर्दै लाठीले कुटपिट गरेको भन्ने जाहेरी परेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक मानबहादुर राईले बताए । उनले भने-घटनाका आरोपित १२ जनालाई पक्राउ गरि अनुषन्धान गरिरहेका छौं । छोरा शत्रुधनले आफ्नी बृद्ध आमालाई गरिएको दुरव्यवहारबाट आफूँहरु विक्षिप्त भएको बताए । उनले भने-यो बुढेसकालमा आमालाई यस्तो पीडा दिए । प्रहरीले कुलबहादुर चौधरी बल्लु चौधरी रामबहादुर गिरी पार्वती शर्मा पूस्ता शर्मा पुरन चौधरी राजकुमार शर्मा पुरन चौधरी रामआशिष शर्मा संजय कोच खतिम साह छिरिकलाल राजवंशी र जितु कोचलाई पक्राउ गरेको छ ।

Thursday, June 4, 2009

छिमेकीलाई पशु उपहार

झापा शनिश्चरेकी हरिमाया चौहानका घरमा पशुचौपाय थिएनन् । उनलाई पशु पाल्ने रहर भने थियो । केही अघि छिमेकीले समूहबाट पाएको पशु चौपाया पाकाछन् रे भन्ने उनले सुनेकी थिईन् । तर गाउँमा यसपटक भएको एउटा कार्यक्रममा छिमेकीले बोलाएर उनका हातमा बख्राका पाठा हात लगाईदिए । उनले भनिन-समूहले गरेको कार्यक्रममा बोलाएर मलाई पाठा पो दिएर पठाए । सोही ठाउँकी तुलसा उप्रेती अहिले आफूँले गरेको मेहनत र जीवनमा आएको परिर्वतनको बारेमा अरुलाई सुनाउने गर्छिन । भन्छिन्- मलाई समूहले दिएको चौपाया हुर्काए र त्यसबाट जन्मेको सन्तान छिमेकीलाई दिएँ । शनिश्चरेकी यी महिलाले समूह मार्फत तीन वर्ष अघि पाएको चौपायाका सन्तान भने छिमेककी आफूँ जस्तै महिलालाई दिएकी हुन् । शनिश्चरेमा यसपटक दिदी समूहले बहिनी समूहलाई गाईका बाच्छा भैंसीका पाडा र बोका पाठा दिएका हुन् । तीन वर्ष अघि उनीहरुले माउ सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपाल नामको एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा पाएकी थिइन् । संस्थाका प्रतिनिधिले उतिवेलै समूहका सदस्यलाई आफूँले पाएको वस्तुभाउबाट हुने आम्दानी बचाएर छिमेकका अन्य सदस्यलाई दिनुपर्ने कबोल गराएका थिए । यस्तो कार्यक्रम नेपालका विभिन्न ३८ वटा जिल्लामा संचालनमा रहेको संस्थाले जनाएको छ । महिला संसक्तिकरण र गरिवी निवारणका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको संस्थाले दाबी गरेको छ । महिलाहरुको लागि पशु उपहार कार्यक्रम ग्रामीण भेगमा सकारात्मक प्रभाव परेको बताउँदै शनिश्चरेको जलेश्वर स्वाबलम्वन समाजका अध्यक्ष प्रल्हाद सापकोटाले भने-यो कार्यक्रमले पशुपालन प्रति ग्रामीण महिलाहरुको आकर्षण बढ्नुका साथै उनीहरु निकै उत्साहित पनि देखिएका छन् । अन्य कार्यक्रम भन्दा पृथक ढंगले अढि ल्याइएकोले पनि कार्यक्रम प्रभावकारी बनेको उनको दाबी छ । हेफरको साझेदार झापा खुदुनावारी स्थित अभियान नेपाल नामक संस्थाका अध्यक्ष प्रेम गिरीले झापामा संचालित कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउँदै भने-छरछिमेकमा सहयोग गर्नु पर्छ भन्ने भावनाको पनि विकास भएको छ । उनी भन्छन्- आयमुलक कामलाई बेवास्ता गर्ने महिलाहरु पनि पशुपालन गरेर धेरथोर आम्दानी गर्न थालेका छन् ।