Monday, February 1, 2010

जननेता मदन भण्डारीकी आमा भन्नुहुन्छ नेताले झगडा गरेको सुनेकी छु....

उमेरले चार विस दुई काट्न लाग्यो । आँखा कमजोर भएर दृष्य धमिलो हुन थालिसके । नजिकै बसेर नबोले बोलेका कुरा सुन्न समेत हम्मे हम्मे पर्छ । तर यो बुढेसकालमा पनि दैनिकी उही छ । बिहान पाँचै बजे उठ्यो नुहाई धुवाई सक्यो अनि लाग्यो पूजापाठमा । साढे पाँच बजे शुरु हुने पूजापाठ लगातार आठ बजेसम्म चल्छ । हातमा तुलसीको माला लिएर जपमा बसेपछि कसैसँग बोल्न नहुने ।

ठमठमी िहंडेरै बाहिर भित्र गर्ने उनको बानी अझै उस्तै छ । न लाठी चाहिन्छ न कसैको सहारा नै ।अचेल बाहिर भित्रको काम गर्न सक्तिन् । घुडाँ करकरी खान्छ । जोर्नी पनि दुख्छन् उनले भनिनूआँखा धमिलो भयो । छोरालाई चश्मा ल्याइदिन भन्दै छु । औषधि उतिसाह्रो लिन्न ।

परिवारले दिएको सहयोग र सदभावबाट पूर्णत सन्तुष्ट छिन् चन्द्रकला भण्डारी अर्थात स्वर्गीय जननेता मदन भण्डारीकी आमा । देशकालागि बलिदान दिएका माईलो छोरा मदनलाई सम्झाउदाँ भक्कानिएकी उनले भनिन् उ मेरो मात्र प्यारो होला भन्ठानेकी थिएँ तर सबैको पो प्यारो रहेछ । सबैले जननेता भन्छनू ।