Thursday, September 8, 2011

आमाको भूमिका

आमाको भूमिका निर्वाह गर्न पुरुषका लागि चूनैति नै हो । तरयी बुवाहरु यो चुनौति मौलदै छन् । आमा बुझ्न त्यतिबेला मात्र सकिन्छ जतिबेला त्यो भूमिकाको बिषयमा थोरै भएपनि बुझ्ने कोसिस हुन् । आमाको माया धेरैले पाउँछन् । तर यो मायाबाट बन्चित हुनेले बुवाबाट पाउने मायालाई पनि आमाकै जत्तिकै मान्नु पर्ने हुनसक्छ ।

Saturday, July 23, 2011

आफ्नै पोसाकमा चिरिच्याट्ट

हिलो पटक कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४ डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र जातिय उत्सवमा पनि यो पोशाक लगाउँछिन् । भन्छिन पहिले त हाम्रा आमा हजुरआमाले मात्र लगाउनु हुन्थ्यो तर जातिय पहिचान नै हराउने भएपछि हामीजस्ता युवतीले पनि आफ्नै पोसाक रोज्न थालेका छौं ।

Saturday, July 16, 2011

दमकमा आधी बाटो हिंडेपछि


रेडियोटिभीमा देखिएका र सुनिएका उदय तथा मनिला सोताङले विहीवार साँझ झापाली स्रोतालाई प्रत्यक्ष गायनको रसपान गराए । रेडियोका स्पिकर र टिभीका स्क्रिनमा मात्र सुगम संगीतमा रमाएका दमकवासीले समिपकै स्टेजमा बसेर प्रत्यक्ष सुगम संगीतको स्वादमा झुम्ने पहिलो अवसर पाएका हुन् । स्थानिय सप्तरंगी एफएमले सुगम संगीतका यी हस्तीलाई सप्तरंगी संप्तक कार्यक्रमका लागि दमक निम्ताएको थियो । अघिल्लो महिनाबाट राष्ट्रिय कलाकारलाई झिकाएर प्रत्यक्ष गायनको कार्यक्रम रेडियोले गरेपछि गीत पारखीले मनोरंजन गर्ने अवसर पाएका हुन् ।

Monday, July 11, 2011

गुम भयो घुम, उघारियो छाता

बर्खामा र्गाउँघरमा घुम ओडेर मेलापात जाने चलन केही अघिसम्म पनि प्रचलनमा थियो । तर अहिले घुमको ठाउँ छाताले लिएको छ । मेलापात र हाटबजारमा समेत घुम ओड्ने चलन हराउँदो छ । बुडापाकाले मेलापात जाँदा घुम ओढ्ने चलन अहिले सम्झना मात्र बनेको छ । पाँचथरको वलने २ बाट दमक बसाइँसरेपछि घुम ओढेर मेलापात गएको दिन सम्झना मात्र भएको बताउँदै शेषकुमार निरौलाले भनेुअहिले ती दिन सम्झना मात्र भए यता आएपछि छाता नै सजिलो भयो ।
भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले पहाडमै छँदा सिकेको बताउँदै भनेुतराईमा भने चित्रामा प्लाष्टिक मोहेरेर बनाइँदो रहेछ ।

Friday, July 1, 2011

खेतीमा बुढापाका मात्रै


झापा महारानीझोडा ७ का मदन भन्डारी बसीखाने उमेरका भए । अखाँ पनि धमिलो भयो अचेल । चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ । उमेरले साठी नाघ्यो तर, मध्य बर्खामा बाह्रछोरा तेह्र नाति बुढाको धोक्रो काँधैं माथि भने झैं छ, बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो ।

Wednesday, June 29, 2011

उल्टो मन्त्र हान्ने झापाली गाउँ

झापाको शिवगंज र राजगढ गाविस राजमार्गबाट मुश्किलले २० किलोमटिर दक्षिणमा पर्छन् । विद्यालय स्वास्थय चौकी प्रहरी कार्यालय र टेलिफोनको पनि सहज पँहुच छ त्यहाँ । तर यी दुबै गाविस केही महिना अघि निकै चर्चामा रहे । शिवगंजमा बोक्साको आरोपमा मलमुत्र खुवाएर दुईजना राजवंशी धामीलाई गाउँ निकाला गरियो । त्यस्तै राजगढमा मन्त्र गरेर एकजना सन्थाल किसोरी हत्या गरेको आरोपमा परिवारलाई नै गाउँलेले कुटपिट गरे । तर दुवै घटनामा संलग्नलाई कार्बाही भएन अन्तत उनीहरुले मेलमिलाप नै गर्नुपर्यो ।

Tuesday, June 28, 2011

कर्मघरबाट बेहुली हुँदा......

जन्मघरमा लाडप्यार पाउने छोरीले कर्मघर गएपछि त्यही दर्जा र मायाममता नपाएका दृष्टान्त प्रशस्तै छन् हाम्रो समाजमा । बुहारीलाई सासुशसुराले छोरीकै दर्जा दिएको एकाध उदाहरण मात्र छन् । तर झापाको धरमपुर गाविसका उत्तमकुमार गौतमले बुहारीलाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । यसपछि शुरु भएको निर्मला कट्टेलगौतम को जीवनको दोस्रो अध्याय खुसीसाथ बितिरहेको छ । बेहुली भएर भित्रिएको कर्मघरबाटै दोस्रो विवाह भएपछि निरस भएको उनको जीवनमा बहार आएको छ ।

Friday, June 24, 2011

उदाहरणीय इटहरी, रमिते झापा


सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो ।

Monday, June 20, 2011

नाम किसानको रजाइँ…… अर्कैको ......

झापाका ट्याक्टर व्यवसायीले दमकमा अवैध कर तिर्नु परेको पीडा सुनाउन एउटा कार्यक्रम गरे । कार्यक्रममा रतुवा र मावा खोलबाट ढुंगाबालुवा झिक्दा जिविससहित एकदर्जन भन्दा धेरै गैरसकारी संगठनलाई जथाभावि पैसा अशुल्ने गरेको व्यवसायीले सुनाए । त्यो कार्यक्रममा ट्याक्टरका व्यवसायी सहभागि भएर पत्रकारलाई पीडा सुनाउँदै थिए तर कार्यक्रममा जस्का नाममा ट्याक्टर नेपाल भित्रन्छन् उनीहरुको उपस्थिति भने थिएनन् अर्थात तीनै किसान जस्को नाममा सरकारले सुविधा दिएको छ ।
राज्यले भारतबाट टयाक्टर ल्याउँदा किसानसँग कर लिदैंन । सतप्रतिशत कर छुट छ । ट्याक्टरलाई कृषियन्त्रको सूचिमा राखेको छ राज्यले तर यो यन्त्र कृषियन्त्रका रुपमा नएर ढुवानी यन्त्रमात्र भएको छ । मुठ्ठीभर व्यवसायीले यो सुविधा लिएर नेपाल भित्राएका ट्याक्टर ढुंगा बालुवा गिटी र तालपर्दा अवैध काठ ओसार्न पनि प्रयोग भएका छन् ।

Sunday, June 19, 2011

अब फेरी ब्लगर

मैले लामो समयदेखि ब्लग अपडेट गर्न सकेको थिइँन । तर, फेरि समय मिलाएर दैनिक झापाका खुराक पस्कने जमर्को गर्दै छु । मेरो ब्लग हेरेर कमेन्ट गर्नुहुने सबै साथीलाइ धन्यबाद दिदैं भविस्यमा पनि सहयोगको अपेक्षा गर्छु ।