Saturday, July 23, 2011

आफ्नै पोसाकमा चिरिच्याट्ट

हिलो पटक कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४ डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र जातिय उत्सवमा पनि यो पोशाक लगाउँछिन् । भन्छिन पहिले त हाम्रा आमा हजुरआमाले मात्र लगाउनु हुन्थ्यो तर जातिय पहिचान नै हराउने भएपछि हामीजस्ता युवतीले पनि आफ्नै पोसाक रोज्न थालेका छौं ।

Saturday, July 16, 2011

दमकमा आधी बाटो हिंडेपछि


रेडियोटिभीमा देखिएका र सुनिएका उदय तथा मनिला सोताङले विहीवार साँझ झापाली स्रोतालाई प्रत्यक्ष गायनको रसपान गराए । रेडियोका स्पिकर र टिभीका स्क्रिनमा मात्र सुगम संगीतमा रमाएका दमकवासीले समिपकै स्टेजमा बसेर प्रत्यक्ष सुगम संगीतको स्वादमा झुम्ने पहिलो अवसर पाएका हुन् । स्थानिय सप्तरंगी एफएमले सुगम संगीतका यी हस्तीलाई सप्तरंगी संप्तक कार्यक्रमका लागि दमक निम्ताएको थियो । अघिल्लो महिनाबाट राष्ट्रिय कलाकारलाई झिकाएर प्रत्यक्ष गायनको कार्यक्रम रेडियोले गरेपछि गीत पारखीले मनोरंजन गर्ने अवसर पाएका हुन् ।

Monday, July 11, 2011

गुम भयो घुम, उघारियो छाता

बर्खामा र्गाउँघरमा घुम ओडेर मेलापात जाने चलन केही अघिसम्म पनि प्रचलनमा थियो । तर अहिले घुमको ठाउँ छाताले लिएको छ । मेलापात र हाटबजारमा समेत घुम ओड्ने चलन हराउँदो छ । बुडापाकाले मेलापात जाँदा घुम ओढ्ने चलन अहिले सम्झना मात्र बनेको छ । पाँचथरको वलने २ बाट दमक बसाइँसरेपछि घुम ओढेर मेलापात गएको दिन सम्झना मात्र भएको बताउँदै शेषकुमार निरौलाले भनेुअहिले ती दिन सम्झना मात्र भए यता आएपछि छाता नै सजिलो भयो ।
भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले पहाडमै छँदा सिकेको बताउँदै भनेुतराईमा भने चित्रामा प्लाष्टिक मोहेरेर बनाइँदो रहेछ ।

Friday, July 1, 2011

खेतीमा बुढापाका मात्रै


झापा महारानीझोडा ७ का मदन भन्डारी बसीखाने उमेरका भए । अखाँ पनि धमिलो भयो अचेल । चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ । उमेरले साठी नाघ्यो तर, मध्य बर्खामा बाह्रछोरा तेह्र नाति बुढाको धोक्रो काँधैं माथि भने झैं छ, बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो ।