Wednesday, June 29, 2011
उल्टो मन्त्र हान्ने झापाली गाउँ
Tuesday, June 28, 2011
कर्मघरबाट बेहुली हुँदा......
जन्मघरमा लाडप्यार पाउने छोरीले कर्मघर गएपछि त्यही दर्जा र मायाममता नपाएका दृष्टान्त प्रशस्तै छन् हाम्रो समाजमा । बुहारीलाई सासुशसुराले छोरीकै दर्जा दिएको एकाध उदाहरण मात्र छन् । तर झापाको धरमपुर गाविसका उत्तमकुमार गौतमले बुहारीलाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । यसपछि शुरु भएको निर्मला कट्टेलगौतम को जीवनको दोस्रो अध्याय खुसीसाथ बितिरहेको छ । बेहुली भएर भित्रिएको कर्मघरबाटै दोस्रो विवाह भएपछि निरस भएको उनको जीवनमा बहार आएको छ ।
Friday, June 24, 2011
उदाहरणीय इटहरी, रमिते झापा
सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो ।
Monday, June 20, 2011
नाम किसानको रजाइँ…… अर्कैको ......
झापाका ट्याक्टर व्यवसायीले दमकमा अवैध कर तिर्नु परेको पीडा सुनाउन एउटा कार्यक्रम गरे । कार्यक्रममा रतुवा र मावा खोलबाट ढुंगाबालुवा झिक्दा जिविससहित एकदर्जन भन्दा धेरै गैरसकारी संगठनलाई जथाभावि पैसा अशुल्ने गरेको व्यवसायीले सुनाए । त्यो कार्यक्रममा ट्याक्टरका व्यवसायी सहभागि भएर पत्रकारलाई पीडा सुनाउँदै थिए तर कार्यक्रममा जस्का नाममा ट्याक्टर नेपाल भित्रन्छन् उनीहरुको उपस्थिति भने थिएनन् अर्थात तीनै किसान जस्को नाममा सरकारले सुविधा दिएको छ । Sunday, June 19, 2011
अब फेरी ब्लगर
मैले लामो समयदेखि ब्लग अपडेट गर्न सकेको थिइँन । तर, फेरि समय मिलाएर दैनिक झापाका खुराक पस्कने जमर्को गर्दै छु । मेरो ब्लग हेरेर कमेन्ट गर्नुहुने सबै साथीलाइ धन्यबाद दिदैं भविस्यमा पनि सहयोगको अपेक्षा गर्छु ।
Monday, February 1, 2010
जननेता मदन भण्डारीकी आमा भन्नुहुन्छ नेताले झगडा गरेको सुनेकी छु....
उमेरले चार विस दुई काट्न लाग्यो । आँखा कमजोर भएर दृष्य धमिलो हुन थालिसके । नजिकै बसेर नबोले बोलेका कुरा सुन्न समेत हम्मे हम्मे पर्छ । तर यो बुढेसकालमा पनि दैनिकी उही छ । बिहान पाँचै बजे उठ्यो नुहाई धुवाई सक्यो अनि लाग्यो पूजापाठमा । साढे पाँच बजे शुरु हुने पूजापाठ लगातार आठ बजेसम्म चल्छ । हातमा तुलसीको माला लिएर जपमा बसेपछि कसैसँग बोल्न नहुने ।
ठमठमी िहंडेरै बाहिर भित्र गर्ने उनको बानी अझै उस्तै छ । न लाठी चाहिन्छ न कसैको सहारा नै ।अचेल बाहिर भित्रको काम गर्न सक्तिन् । घुडाँ करकरी खान्छ । जोर्नी पनि दुख्छन् उनले भनिनूआँखा धमिलो भयो । छोरालाई चश्मा ल्याइदिन भन्दै छु । औषधि उतिसाह्रो लिन्न ।
परिवारले दिएको सहयोग र सदभावबाट पूर्णत सन्तुष्ट छिन् चन्द्रकला भण्डारी अर्थात स्वर्गीय जननेता मदन भण्डारीकी आमा । देशकालागि बलिदान दिएका माईलो छोरा मदनलाई सम्झाउदाँ भक्कानिएकी उनले भनिन् उ मेरो मात्र प्यारो होला भन्ठानेकी थिएँ तर सबैको पो प्यारो रहेछ । सबैले जननेता भन्छनू ।
Sunday, January 31, 2010
हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् ।
हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् । हाम्रो बलिदानको सम्मान हुनुपर्दछ । मंगलवार हातमा काखे नानी च्यापेर इलामको चुलाचुली शिविर छाड्न तयारी गर्दै गर्दा आयोग्य ठहर गरिएकी माओवादी लडाकु छायाँ सिग्देलले भनिनूहामी शिविर बाहेर बसेरपनि खबरदारी गरीरहने छौं । यो हाम्रो त्याग शान्ति स्थापनाकै लागि हो । ताप्लेजुङ फुङलिङ निवासी उनले काखको एक वर्षे छोराको लालनपालन गर्न र उस्को पढाईका लागि पनि आफूँ घर फिर्न लागेको बताईन् ।
उनका श्रीमान पनि माओवादी पार्टीको कार्यकर्ता हुन् । तीन वर्षसम्म चुलाचुली शिवर छाड्नु पर्दा भाभुव बनेकी उनले देशले अब शान्तिको बाटो समात्नु पर्ने सुझाव दिदैं भनिनूनेताहरुले अबपनि भुल गर्नु हुन्न । सबै मिलेर संविधान निमार्ण गर्नु पर्छ ।
झापा जलथल ६ निवासी जमिन हास्दापनि मंगलवार नै घर पुग्दैछन् । उनले भनेसायद आमा पर्खेर बस्नु भएको होला । म पहिले घर जान्छु । परिवारका सदस्यलाई भेट्छु । अनि त्यसपछि के गर्ने भनेर सल्लाह गर्ने छु । उनले शिविर र साथीभाईलाई चटक्कै छाड्नु पर्दा भने पीडा भईरहेको सुनाए । सँगै रहेका झापा बनियानी निवासी उनका साथी कृष्ण राजवंशीले भने सेनाको जीवन यस्तै हो कहिले भित्र कहिले बाहिर । तर देश र जनताका लागि हामी कहिल्यै पनि अयोग्य छैनौं । उनले अबको समय परिवारका लागि दिने बताए ।
मादीमुलखर्क संखुवासभाकी कामना दाहाललाई लिन उनकी आमा पुष्पा शिविर सम्म आएकी थिइन् । उनले भनिन छोरीलाई लिन यहाँसम्म आएकी हुँ । अब हाम्रा लागि समय दिने भनेकी छ । उस्ले अव फेरि नयाँ जीवन शुरु गर्ने छे । छोरी कामनाले पनि अब नयाँ जीवन शुरु गर्ने बताईन् ।
मंगलवार इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका चार सय छयहत्तर अयोग्य माओवादी लडाकु घर फिरेका हुन् ।
शान्ति सम्झौतामा उल्लेख भए अनुसार र संयुक्त राष्ट्र संघले तोकेको मापदण्ड पुरा नगरेका ती लडाकुलाई औपचारिक विदा गरिएको हो ।
चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरु मोरङको टाँडी तथा याङ्शिला र इलामको दानावारी शिविरका लडाकु घर फर्केको मुख्यालयले जनाएको छ ।
अनमिन प्रवक्ता मार्टिन लोगनले त्यो शिविरबाट घर फिर्ने तय भएका ८ सय ७५ मध्ये ४ सय ३ जना अनुपस्थित रहेको बताए । घर फिर्ने मध्ये एक सय १८ जना महिला लडाकु छन् ।
एक औपचारिक कार्यक्रम गरी ती जनसेनालाई विदा गरियो । कार्यक्रममा बोल्दै माओवादी जनसेनाका पूर्व डेपुटी कमाण्डर वर्षामान पुन अनन्तले जनसेनाले देश बदल्न गरेको बलिदानलाई पार्टीले कहिल्यै नभुल्ने बताउँदै उनीहरु शिविर बाहिर रहेपनि गणतन्त्रका लागि सँधै लागिपर्न सुझाव दिए । उनले शान्ति प्रकृयाका लागि जनसेनाको योगदानको कदर हुने दाबी गरे ।
कार्यक्रममा जनसेनाका डेपुटी कमाण्डर चन्द्रप्रकास खनाल बलदेवले मानिस कहिल्यै अयोग्य हुदैंन भन्दै समाजमा गएर नयाँ ढंगले काम गर्न घर फिरेका जनसेनालाई सुझाव दिए । जनसेनालाई घर फर्काउन चुलाचुली शिविरमा सत्रवटा बसको व्यबस्था गरिएको थियो ।
ती बसले उनीहरुलाई विर्तामोड इलाम इटहरी धनकुटा र विराटनगरसम्म छाड्ने छन् । कार्यक्रममा बोल्दै डिभिजनका कमाण्डर प्रतिक्षाले जनसेनाले आफ्नो भूमिका समाजमा बढाउने बताए । अव चुलाचुली र मातहतका सहायक शिविरमा एक हजार ९सय ३५ जनसेना बाँकी छन् ।
Subscribe to:
Posts (Atom)

