Thursday, July 31, 2008

फेरि अवैध काठ बरामद

दमक/अवैध रुपमा लुकाई राखिएको अवस्थामा प्रहरीले चालिस किवी काठ बरामद गरेको छ ।
झापा दमक ६ का रमेश पौडेललको घरमा लुकाई राखिएको अवस्थाम गएराती ४८ हजार रुपैयाँ मूल्य बरावरको चिरान काठ इलाका प्रहरी कार्यालय दमकको गस्तीले बरामद गरेको हो ।
बरामद भएको काठ अजै जिल्ला वन कार्यालय झापा पठाइएको छ । दमकमा इलाम चुलाचुली क्षेत्रबाट तस्करी गरि ल्याइएको काठ पटक पटक प्रहरीले समाउने गरेपनि तस्करी नियन्त्रण भने हुन सकेको छैन् ।

ज्वरोले सिंगो टोल थलियो

महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्षमाई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।

होटलमा हुने यौन विकृति रोक्ने सहमती

दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिन भित्र र्सवपक्षिय समिती गठन गर्ने र समितीले अनुगमन गरि निष्कर्षनिकाल्ने निर्ण्र्ाासमेत गरेको छ ।
त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो । दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो

Tuesday, July 29, 2008

समायोजनको पर्खाइ


इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका माओवादी जनमुक्ती सेना शिविरमा आयोजना भईरहेको विशेष तालिममा सहभागि हुदैं । सेना समायोजनको प्रसंग चलिरहेका बेला माओवादी शिविरमा विशेष सैन्य तालिम-एफसीविसी) भई रहेको छ ।





काठ तस्कर समातिए

दमक/अबैध रुपमा काठ ओसार्ने दर्ुइ जना झापाको लखनपुर १ स्थित पाडाजु“गीबाट पक्राउ परेका छन् ।
गएराती दमक सिमावर्ती इलाम चुलाचुली स्थित सामुदायिक वनको काठ लुकाई छिपाई साइकलमा ल्याईरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका चुलाचुली ४ का बेनु श्रेष्ठ र काजी श्रेष्ठबाट ६ किवी चिरान काठ बरामद भएको जानकारी दिएको छ ।
चुलाचुली क्षेत्रबाट दैनिक ठूलो परिमाणमा अवैध रुपमा चिरान गरिएका काठ झापाको दमक तर्फल्याउने गरिएको छ ।

भत्केको सडक पुन निमार्ण्र् गर्न निर्देशन

दमक/निमार्ण्र्ााुरा भएको दर्ुइ महिना पुरा नहुदैं भत्कन शुरु भएको दुधे कुन्जीवारी सडकको ७ सय मिटर खण्ड पर्ुन निमार्ण्र्ाार्न जिल्ला विकास समिती ले निमार्ण्र्ाामितीलाई निर्देशन दिएको छ ।
त्यो सडक कालोपत्रे गरिएपनि ठाउ“ ठाउ“मा भत्केर खाल्डो परेको छ । योजना अधिकृत मोहन अधिकारीले सडक पर्ुन निमर्ण्र्ाार्न समितीलाई निर्देशन दिइएको जानकारी दिनु भयो ।
यसैबीच झापाको सुरुङगा अमरपथ सडक निमार्ण्र्ाा अनियमितता भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय झापाले बजेट रोक्का गर्न निर्देशन दिएको छ ।
कार्यालयले ग्रभेलिङको ४ लाख १५ हजार रुपैया“ तत्काल रोक्का गर्न जिल्ला विकास समितीलाई निर्देशन दिएको हो ।
२१ लाख रुपैया“मा १० किलोमिटर लम्वाईको उक्त सडक बनाउन निमार्ण्र्ाामितीलाई जिम्मा दिईएको थियो । तर निमर्ण्र्ाा क्रममा अनियमितता भएको जनगुनासो आएपछि प्रशासनले बजेट रोक्न निर्देशन दिइएको अधिकृत मणीराम न्योपानेले बताउनु भयो ।
तर निमार्ण्र्ाामितीले भने र्सार्वजनिक सुनुवाई गरि सडकको अवस्थ्ााको बारेमा औपचारिक रुपमा कुनै गुनासो नभएको भन्दै रकम रोक्का गर्नुको कारण लेखेर जिविसमा पत्र पठाएको छ ।

शरणार्थी लैजान भुटानलाई दबाव दिन आग्रह

दमक/प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई भुटानी शरणार्थी समस्या समाधानमा भुटान सरकारलाई दबाव दिन आग्रह गरिएको छ ।
भुटान मानव अधिकार संगठनले आज कोईरालालाई अपिल पर्ठाई श्रीलंकामा हुने पन्ध्रौ र्सार्क सम्मेलनमा समस्या समाधानकालागि भुटानका प्रधानमन्त्रीको ध्यानाकर्षा गर्न आग्रह गरिएको हो ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा लामो समय देखि समस्या अल्झदा स्वदेश र्फकन इच्छुक शरणार्थीको मानव अधिकारको संरक्षण हुन नसकेको उल्लेख छ ।
शरणार्थीको तेस्रो मुलुक पर्ुनवास शुरु भईसकेको अवस्थ्ाामा स्वदेश फिर्ती पक्षधरको अधिकार रक्षाकालागि स्वदेश फिर्तीको ढोका खोलिनु पर्ने माग संगठनले गरेको छ ।