Saturday, August 30, 2008

माओवादीले नै नयाँ नेपाल बनाउने

नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा कोचिला राज्य समिती इन्चार्ज हरिवोल गजुरेलले नयाँ नेपालको निमार्ण माओवादीको नेतृत्वमा सुरु भएको बताएका छन् ।
आज झापाको दमकमा पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको क्षेत्रिय भेलामा बोल्दे उनले माओवादीको नेतृत्वमा सरकार गठन भएपछि राष्ट्रिय अन्तराष्ट्रिय जगत आश र त्रास दुबैमा परेको दाबी गरे ।
उनले यथास्थितीवादीहरु माओवादीको नेतृत्वसँग तर्सिएको तर र्सवहाराहरु आशावादी बनेको बताए । उनले भने- नयाँ नेपाल बनाउने जिम्मा माओवादीको काँधमा आएको छ , त्यो जिम्मेवारी हामी कुनै पनि अवस्थामा पुरा गर्र्छौ ।
उनले संविधान लेखनमा बुद्धिजीवीहरुको भूमिका र सुझाव महत्वपर्ूण्ा हुने बताए । अशल संविधान बनाउन र त्यसको प्रभावकारीताको लागि बुद्धिजीवीको सुझाव अपरिहार्य छ ।
कार्यक्रममा बोल्दै माओवादी पार्टी झापा इन्चार्ज सन्देशले नयाँ नेपाल निमार्ण गर्ने कार्य सबै नेपालीको भएको बताए । उनले अहिले देखिएका केही राजनैतिक गतिरोधहरुलाई आधार बनाएर आफ्नो पार्टीको सफलता र असफलताको अड्कलवाजी गर्ने काम गलत भएको बताए ।
कार्यक्रममा अधिकारकर्मी डा केपी सुवेदी, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, प्राध्यापक उत्तम भट्टर्राई लगायतले बोलेका थिए ।


Friday, August 29, 2008

झापा जलमग्न

अवीरल वर्षापछि झापाको कन्काई, रतुवा, बनियानी र कमल खोलामा आएको बाढीले दक्षिण पश्चिमी झापाका दर्जनौ गाउँ जलमग्न भएका छन् ।
दक्षिणी झापाको शिवगंज, पाँचगाछी, कोरोवारी, महाभारा, महेशपुर, तोपगाछी, धरमपुर र दमक नगरपालिकका धेरै भागमा बाढीको पानी पसेको छ ।
कन्काई र कमलखोमा आएको बाढीका कारण बनेको भंगालोले महाभारा गाविसको वडा नं ५ को बाहिरी संर्म्पर्क विच्छेद भएको छ । पूर्व गाविस अध्यक्ष विजय अग्रवालका अनुसार महाभराको ४ नम्वर वडाको बालुवाडीमा बाढीको पानी पसेको छ । त्यो वडाबाट एक साता अघि बीस परिवार विस्थापित भएका थिए ।
शिवगंजको वडा नं ६ र ८ मा सातासीखोलाले कटान शुरु गरेको छ । त्याँ वडा नं ६ का तीस परिवार विस्थापनको खतरामा रहेको शिवगंज प्रहरीले जनाएको छ । धरमपुर र तोपगाछीमा कमल खोलको पानी पसेको स्थानियवासीले बताएका छन् ।
दमक नगरपालिकको वडा न १० मा रहेको दीपिनी खोलाको पानी सुकुम्वासी वस्तीमा पसेपछि दर्जनौ परिवार सुरक्षित स्थानमा सरेका छन् । खोलको पानीले वडानं १३ को सुकुम्वासी वस्तीपनि डुवाएको छ । रतुवा खोलाको पानी पस्दा वडा नं १९ को जहदा लगायत भाग जलमग्न बनेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले कतिपय बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिएको छ ।

Wednesday, August 27, 2008

गरिव सन्थालका करेसामा कहिले बन्ने पाईखाना................

झापा कोरोवारी १ तुलाचनका होप्ना मर्डी परिवार पक्की पाईखानामा दिशा पिसाव विर्सजन गर्छन् । उनको परिवारले दुइ वर्ष यता पाईखानामा दिशा पिसाव गर्न थालेका हुन् । तर उनी बाहेक सिंगो कोरोवारी गाविसमा पाइखानामा दिशा पिसाव गर्ने सन्थाल एकजना पनि छैनन् ।
तुलाचनको सन्थाल वस्तीमा रहेका ३५ घर सन्थाल मध्ये होप्ना र उनको परिवार मात्रै पाइखाना प्रयोग गर्छन । छिमेकी सुक्रु बेस्राले भने-पैसा नभएकोले कसैलेपनि पाईखाना राख्न सकेका छैनन् । साँझ विहान छाक टार्नै धौ धौ छ कसरी राख्ने । उनका तीन जना परिवारका सदस्य खुला चौर र खेतका कान्लामा साँझ विहान दिशा पिसाव गर्न जान्छन् । होप्नाले चाँही विदेशमा गई कमाई ल्याएको पैसाले पाईखाना बनाएका हुन् ।
भारत सिमावर्ती कारोवारीमा सबैभन्दा धेरै चार हजार सन्थालको बसोवास छ । तर कसैले पनि चर्पिमा दिशा पिसाव नगर्ने गरेको स्थानिय शिक्षक भोला खतिवडाले बताए । अरु ठाउँमा गरिवका नाममा सरकारी, गैह्रसरकारी र त्यस्तै संस्थाले सरसफाईका लागि कार्यक्रम चलाएका भएपनि कोरोवारीका सन्थाललाई लक्षित गरेर कसैलेपनि काम नगरेको उनले गुनासो गरे ।
कोरोवारी गाविसमा तुलाचन बाहेक सन्थालको बाहुल्यता रहेको लालमाटी र दासचौरीमा पनि पाईखानामा दिशापिसाव गर्ने चलन छैन् । त्यो टोलका बासिन्दापनि खेतकै कान्लामा दिशा गर्न दर्गुछन् । स्थानिय सरिता मुर्मुले भनिन-बनिवुतो गरेर जीवन चलाउनेले कसरी पाइखाना बनाउनु र र ? उनले धेरै सन्थालहरु ऐलानी जग्गामा बस्दै आएकोले पनि समस्या रहेको बताइन् । यो जातिमा अहिलेपनि आफ्ना परिवारका जेठा सदस्यले दिशा पिसाव गरेको एउटै स्थानमा सानाले गर्न हुन्न भन्ने मान्यता रहेको उनको कथन छ ।
सन्थाल समूदायमा खुला स्थानमा दिशा पिसाव गर्नाले उब्जन सक्ने रोगका विषयमा पनि चेतना छैन् । झापामा २६ हजार सन्थालको बसोवास रहेको सन्थालका लागि कार्यरत संस्थाको दाबी छ ।

Sunday, August 24, 2008

छोटकरी समाचार

सवारी दुर्घटनामा मृत्यु भएका चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपूर्ती दिनपर्ने माग गर्दै आजपनि दमकमा यातायात अवरुद्ध गरिएको छ ।
विहानै देखि सडकममा जम्मा भएका युवाले सडकमा यातायातका साधन चल्न दिएका छैनन् । पूव पश्चिम राजमार्गको दमक खण्डमा यातायात बन्दका कारण भारत तर्फसामान बोकेर हिंडेका सयौं मालवाहक ट्रक अलपत्र परेका छन् ।
निजी कारमा सवार थुलुङको असार ३० गते मोरङको दुलारीमा सडक दुर्घटनामा मृत्यु भएको थियो । धरानका हिरा उदासको बसले ठक्कर दिदा उहा“को मृत्यु भएको परीवारले बताउदैं आएका छन् । क्षतिपूर्तिको विषयमा आज मोरङको बेलवारीमा वार्ता भईरहेको आन्दोलन समितीका संयोजक लोकसागर सम्वाले बताउनु भयो ।


झापा र मोरङका ६ वटा शिविरका भुटानी शरणार्थीलाइ परिचय पत्र वितरण गर्ने कार्य संम्पन्न भएको छ ।
शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र गृहमन्त्रालयका पतिनिधिले दमकको बेलडा“गी १,२ र ३ तथा शानिश्रे,खुदुनावारी र टिमाई शिविरमा वितरण पुरा गरेका हुन् । पछिल्लो पटक टिमाईका ९ हजार ८ सय शरणार्थीलाई परिचय पत्र वितरण गरिएको वितरण टोलीका संर्म्पर्क अधिकृत बसन्तराज पुरीले बताउनु भयो ।
१६ वर्षमाथिका शरणार्थीलाई व्यक्तिगत परिचयका लागि पत्र वितरण गर्न थालिएको हो । सातै शिविरका ६० हजार बढी शरणार्थीले परिचय पत्र पाउने बताइएको छ ।


सप्तकोशीका बाढी पीडितको राहतका लागि झापाको दमकमा राहत संकलनको कार्यलाई तिव्रता दिइएको छ ।
स्थानिय गन्तब्य थिएटरले सडक विभिन्न स्थानमा सडक नाटक गरि राहत जुटाएर सहयोग संकलनको कार्य अघि बढाएको छ ।
क्लाकारहरुले आजबाट समावेशी नाटक प्रदर्शनी गर्ने संस्थाका उपाध्यक्ष इन्द्र सुब्बाले बताउनु भयो । यसै गरि नेपाल औषधि व्यवसायी संघले , दमक नगरपालिका, अखिल क्रान्तिकारी, मोडल कलेजले पनि राहत संकलनलाई तिव्रता दिइ रहेका छन् ।
संकलित सहयोग कोशी गएर पीडितलाई दिइने ती संस्थाहरुले जनाएका छन् ।



Friday, August 22, 2008

३ महिनादखि भारतको क्लिनिकमा बन्धक

भूटानी शरणर्थी शिविर बेलडाँगीकी एक महिला उपचार गरेको खर्च तिर्न नसक्दा ३ महिनादखि क्लिनिकमा नै बन्धक बनेर बस्न बाध्य भएकी छन् ।
बेलडाँगी २ निवासी तुलमाया गुरुङ भारतको सिलिगुडी स्थित डा.चाङको क्लिनिकमा यसरी बन्धक बनेकी हुन । उपचार गर्दा भएको खर्च २ लाख रुपैया तिर्न नसकेपछि त्यहीँ बस्नु परेको आफन्त महेन्द्र गुरुङले जानकारी दिएका छन् ।
घरायसी बिवादका कारण आफ्नै श्रीमानले चिरपटले टाउकोमा प्रहार गरि गम्भिर घाइते बनाएपछि तत्काल उपचारको लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो । तर आम्दा अस्पतालमा उपचार सम्भब नहुने भएपछि उक्त अस्पतालले डा. चाङकहाँ लैजान रिफर गरेको थियो ।
यसरी बन्धक भएर बस्नु परेपछि उनका आफन्तले युएनएचसीआर लगायत अन्य संघ संस्थाहरुमा समेत सहयोगको माग गर्दा पनि कसैले केही नदिएपछि अहिले टाउकोमा लागेको चोट निको भए पनि तुलमाया मानसिक रुपमा असन्तुलित अवस्थामा नै दिन बिताइ रहेकी छिन् । यता कुटपिट गरेको आरोपमा श्रीमानलाई भने कारवाइका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

Wednesday, August 20, 2008

माओवादी शिविरमा लालसेना समायोजनको तयारी

संविधान सभा निर्वाचन अघिसम्म नेपाल कम्युनिष्ट पार्टी माओवादीका जनमुक्ती सेनाहरु फुर्सदमा थिए । शिविरहरुमा उनीहरुको दैनकी सामान्य रुपमा बित्ने गरेको थियो । शिविर भित्रैका भौतिक पुर्वाधार निमार्णका लागि सामान्य श्रम गर्नु, सेण्ट्री बस्नु, आफ्ना इकाईका साथी भाइसँग “इनडोर गेम” क्याराम बोर्ड, चेस, लुँडो, बाघचाल खेल्नु, पालो प्रथामा आफैं खाना बनाएर खानु बाहेक माओवादी सेनाले खासै केही गर्ने गरेका थिएनन् । तर आफ्नै पार्टी नेतृत्वमा सरकार बनेपछि शिविरको रौनक नै भिन्न बनेको छ ।
शिविरका माओवादी सेनाले संविधान सभा निर्वाचनमा पार्टीको विजय र नयाँ सरकार गठनसँगै सन्तुष्टिको श्वास फेर्न थालेका छन् । निर्वाचन अघिसम्म भविष्यप्रति चिन्तित उनीहरुलाई पार्टीको विजयले निश्चिन्त बनाई दिएको छ । राष्ट्रिय सेनामा समायोजन हुनका लागि विगतमा पनि तयार रहेका जनसेना अहिले त्यही कार्यकालागि तयारीमा जुटेका छन् । जनसेनाका सबै मुख्यालय तथा मातहतका सहायक शिविरहरुमा सेना समायोजनको तयारी तिव्रताका साथ भईरहेको छ ।
झापाको केर्खाबाट डेढ किलोमिटर उत्तर इलामको चुलाचुली १ स्थित कमलझोडाको कमलखोला फाँटमा रहेको जनसेनाको प्रथम डिभिजन मुख्यालय र मातहतका तीनवटा सहायक शिविरहरु मोरङको टाँडी र याङशिला तथा इलामको दानावारीमा सेना समायोजनमा शारिरीक र मानसिक रुपमा दक्ष बन्न एक महिनादेखि विशेष सैन्य तालिम भईरहेको छ । मुख्यालयको कार्यालय बिग्रेडका साथै रत्न सकुन्त, विप्लव सृजन र छिन्ताङ सुखानी बिग्रेड पहिलो डिभिजन अर्न्तगत पर्छन ।
यस अघि शिविरमा सामान्य कवाज, परेड र खेलकुद मात्र हुने गरेको थियो । यद्यपि शिविरभित्र फुर्सद मिल्दा नजिकका गाउँमा गई माओवादीका सेना गाउँलेका काम गर्न समेत पछि पर्दैन थिए । बाटोघाटो, पुलपुलेसा बनाउन र स्वास्थ्य शिविर चलाउन उनीहरु शिविर बाहिर निस्कन्थे । तर एक महिना यता भने उनीहरु आफ्नैलागि व्यस्त बनेका हुन् ।
माओवादीकै भनाईमा आफूँलाई व्यसायिक सेना बनाउने कार्यको पहिलो चरण अर्न्तगत क्षमता अभिवृद्धि गर्नकालागि तालिम शुरु गरिएको हो । चुलाचुली मुख्यालका सहकमाण्डर पावेलले लाल सेनालाई व्यवसायिक सेनामा रुपान्तरण गर्नकालागि विशेष सैन्य तालिम एफसी विसी शुरु गरिएको बताए । उनका अनुसार व्यवसायिक सेनालाई चाहिने आधारभुत देखि सबै किसीमको क्षमता अभिबृछ यो तालिमबाट मिल्छ । भन्छन्-यस्लाई विशष सैन्य तालिम भनिन्छ । शारिरीक र मानसिक दुबै रुपमा सेनालाईलाई दह्रो बनाउन तालिम महत्वपर्ण छ । लडाँइ लड्दा र जनतासँग घुलमिल हुन जाँदा अपनाउन पर्ने रणनीति दुबै विषयम ज्ञान दिने गरिएको उनले बताए ।
शिविर स्थापना हुदाँ र त्यपछिका केही समयसम्म पनि जनसेनाको दैनिकी उत्ति साह्रो कडा थिएन् । तर हिजोआज शिविरको अनुशासनमा कर्डाई गरिएको छ । जनसेनाहरु विहान ६ घण्टा र साँझ ३ घण्टा शारिरकी व्यायाम गर्छन । यहि अवधिमा उनीहरुले सैद्धान्तिक र व्यवहारिक सैन्य ज्ञानपनि लिन पर्छ ।
जनसेनाले ४ बजेबाट आफनो दैनिकी आरम्भ गर्नुपर्छ । ओच्छ्यान छाडेपछि उनीहरु नित्यकर्म पट्टी लाग्छन् । दिशा पिसा गरेर दौडकालागि तयार रहनु पर्छ । ५ बजे शुरु हुने दौड ६ बजेसम्म चल्छ । शिविर भित्रै र बाहिर बुट बज्जार्दै गरिने दौड लगत्तै ८ बजेसम्म पिटी परेड हुन्छ । ८ बजेदेखि १० बजेसम्मको कक्षा जनसेनाकोलागि केही परिवर्तित हो । यस अविधिमा पार्टको हेडक्वार्टरमा प्रशिक्षित सैन्य कमाण्डरहरुले हतियार चलाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन्छन् । यहि समयमा युद्धकलाका कक्षापनि हुने गरेका छन् । यसलाइ एफसीविसी-फिल्डा क्राफ्ट र ब्याटल क्राफ्ट) नाम दिइएको छ ।
चुलाचुली मुख्यालय र मातहतका तीन शिविरमा चार देखि पाँच जना विशेष प्रशिक्षकले यो तामिल दिदैं आएका छन् । चुलाचुली मुख्यालयका एकजना जनसेनाले बन्दुक पड्काउने, मार हान्ने, मर्मत गर्ने, विष्फोटक विच्छाउने, लडाँइमा दुष्मनबाट छलिने, दुष्मनलाई प्रहार गर्ने, विष्फोटक निष्कृय पार्ने,जनतासँग मिलेर काम गर्ने, उनीहरुको मन जित्ने तौर तरिका, दैविक विपत्तीमा सहयोग गर्दा अपनाउन पर्ने सावधानी आदि सबै विषयको ज्ञान आफँूहरुले पाईरहेको बताए । उनले भने-यो कक्षा भने हाम्रा लागि नौलो हो । युद्धकालमा दुष्मनका गौडा हान्ने र लडाँइमा बच्ने तरिकाको विषयमा मात्र प्रशिक्षण दिने गरिएको थियो ।
विहान १० बजेको युद्धकला कक्षापछि जनसेनाको बिहानको दैनिकी पुरा हुन्छ । ११ बजेसम्म खाना खाएर कोही शिविरको छाप्रोमा झकाउँछन् । पत्रिका पढ्नेहरु लाईब्रेरीतर्फ लाग्छन् । गीत सुन्ने र टेलिभिजन हेर्नेहरु भने कार्यालय र छाप्रा भित्र पस्छन् । त्यसो त शिविरमा जनसेनाकालागि सामान्य स्तरका सबै सुविधा उपलब्ध छ ।
सह कमाण्डर पावेलको भनाईमा जनयुद्धका बेला, क्याण्टोनमेण्टको बर्साई क्रममा र समाजोनका लागि गरिएका सबै सैन्य तालिमको प्रकृति समान मानिन्छन् । अहिले जनमुक्ती सेनाले व्यवसायिक सेनाले गर्ने फिल्ड क्राफ्ट र ब्याटल क्राफ्ट नामका तालिम मात्र गरेका हुन् । पावेल भन्छन्-हामीले युद्धका बेलापनि तालिम दिने क्रमलाई निरन्तरता दिएकै हो ।
चुलाचुली डिभिजन मुख्यालयका सैन्य सचिव नरेश भन्छन्-सैन्य व्यवसायिकताकालागि आवश्यक पर्ने सबै पूर्वाधार तयार हुदैंछन् । संविधान सभा निर्वाचनमा माओवादीको जितले जनसेनामा थप उत्साह थपिएको बताउँदै उनले भने-माओवादीको जितले सेना समायोजनका लागि सकारात्मक ढोका खोलि दिएको छ । हाम्रा सेना अन्तराष्ट्रिय सेनामा हुनपर्ने गुणको विकास गर्न लागिपरेका छन् । अहिले सम्मको माओवादीको जितले नेपाली सेना र जनसेनाको समायोजन चाँडै हुनेमा विश्वास बढ्दै गएको उनको दाबी छ । उनले समायोजनाका लागि शारिरीक र मानसिक तयारी गर्न जनसेनाले कुनै कसर बाँकी छाडेका छैनन् । भन्छन्-हिजो युद्धकालको जस्तै मेहनत गरिरहेका छन् हाम्रा लाल सेनाले ।

तालिमका लागि हामीसँग शिविरहरुमै सबै पूर्वाधार भएकोले पनि सहज भएको छ -उनले भने ।उनका अनुसार जनमुक्ती सेनाले अहिले तालिममा ध्यान केन्द्रीत गरेकोले जनपक्षिय कामबाट भने अलग्गै बस्नुपर्ने अवस्था अएको छ । पावेलले भने-अहिले सबैको ध्यान तालिममा केन्द्ति भएको छ । उनीहरुले शिविर रहेको आसपासको क्षेत्रमा चलाउने स्वास्थ्य शिविर, विकास निमार्ण कार्यलाई हाल थाँति राखिएको पावेल बताउँछन् ।
दिउँसोको विश्रामपछि जनसेनाले अपरान्ह ४ बजे खाजा चिया सकाएर फेरि कक्षामा निस्कनु पर्छ । ६ घण्टा लगाएर विहानी समयामा जनसेनाले सिकेका शारिरीक व्यायाम र सैद्धान्तीक ज्ञानको परिक्षण ३ घण्टामा हुन्छ । यो परिक्षण दैनिक चल्ने क्रियाकलापमा पर्दछ । आर्थात साँझ ७ बजेसम्म शैन्य कक्षामा सिकेका कुरा कमाण्डरले सोधे अनुसार जवाफ दिनुपर्छ ।साथीभाईले पनि कक्षामा सवाल जवाफ गर्छन । विशेष गरि कक्षामा लडाँइ, मार्च पास, सलामी गर्ने तौर तरिका देखि लिएर हतियारका विभिन्न भागको नामसम्म सोध्ने गरिएको दानावारी सहायक शिविरका एक जनसेना बताउँछन् । उनका अनुसार प्रशिक्षकले शैन्य सम्बन्धि हाजीर जवाफ पनि हुने गरेको छ ।
यस्ता कक्षा चलाउन चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरुमा हलकै व्यवस्था गरिएको छ । ती हलहरुमा समूहमा बसेर जनसेनाले कक्षा लिनु पर्दछ ।
माओवादी जनसेनाको समायोजनको लागि शिविरहरुमा शैन्य कक्षा चलिरहँदा चुलाचुली र मातहतका सबै जनसेनाको स्वास्थ्य परिक्षण गर्ने कार्यपनि संम्पन्न भएको छ । जेठ पहिलो साता सहायक शिविरबाट ट्रका राखेर ल्याइएका जनसेनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जर्मन सहयोग नियोग जिटीजेड र सुष्मा कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानको सहयोगमा एक हप्तासम्म चुलाचुलीमा शिविर नै चलाएर जनसेनाको स्वास्थ्य परिक्षण गरिएको हो । यद्धपि मुख्यालयले भने नियमित स्वास्थ्य जाँच भन्ने गरेको भएपनि शिविरमा युद्धका बेला र्घाईते भएका कतिपय जनसेनाको शल्यकृया समेत भएको थियो ।
मुख्यालयले आफूँ मातहतका सहायक शिविरमा समेत गरि एक सय जना जनसेनाको शरिरबाट अहिले पनि गोली झिक्न बाँकी रहेको जनाउँदै आएको छ ।
प्रथम डिभिजन मुख्यालय र मातहतका सहयाक शिविरमा तीन हजार दुइ सय २१ जनमुक्ती सेनाको दर्ता छ ।

Tuesday, August 19, 2008

ज्ञानेन्द्रको कम्पनीले कर तिर्न अटेर गर्यो

दमक झापाको दमक स्थित हिमालय गुडरिकले नगरपालिकालाई बुझाउन अटेर गरेको छ ।
गुडरिकले एकिकृत संम्पती कर बापत दमक नगरपालिकालाई सत्र लाख रुपैयाँ बुझाउन बाँकी छ ।
रकम बुझाउन आग्रह गर्दा बेवास्ता गरेको बताउँदै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले भन्नुभयो-पाँच पटक त नगरपाकिलाले वार्ता नै चलाई सक्यो । कयौं पटक चिठी पठायौं तर बास्तै गरेनन् ।
उहाँका अनुसार उस्ले साउन पहिलो साता भित्रमा नगरपालिकामा कर बुझाउने भन्ने आश्वासन दिएको थियो । तर अहिले माथिको निर्देशन आएपछि मात्र रकम बुझाउने भनेर कर्मचारीले बताएको खतिवडाले जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो- अब माथि कस्लाई भन्नु पर्ने हो हामीलाई पनि समस्या भएको छ ।
वि.स. २०६२ सालमा सरकारले एकीकृत संम्पती कर लागू गरेपछि कमानलाई करको दायरा ल्याउने नगरपरिषदले निर्णय गरेको थियो ।
कमानले एकिकृत संम्पती करमात्र बाषिर्क ३ लाख ६० हजार बुझाउन पर्छ । तर वर्षोनी नबुझाएकोले जरिवाना समेत बढ्दा तिनुपर्ने रकम अधिक भएको छ ।
नगरपालिकाका अुनसार कमानले संम्पती मूल्याँकनको विषयमा चित्त दुखाएर कर बुझाउन नआएको हो । ५ सय ७६ बिघाहा क्षेत्रफलमा फैलिएको चिया बगान, मिनी दरवार र अन्य भौतिक संरचनाको मूल्याँकन नगरपालिकाको नगरपरिषदको निर्णय २० करोड गरिदिएको छ । तर कमानले भने १६ करोड मात्र हुनुपर्ने अडान राखेको थियो ।
पूर्व राजा महेन्द्रले आफ्ना भाई हिमालयको नाममा सो चिया बगान २०१८ सालमा स्थापना गरेका थिए । पूर्व राजशाहीको सम्पतीको रुपमा नगरपालिकामा रहेको भएपनि त्यसभित्र रहेको भवनहरुको नक्सा पास समेत गरिएको छैन ।
बगान क्षेत्रमा र्सवसाधारणले प्रवेश गर्न पाउँदैनन् । गणतन्त्र स्थापना अघि त्यहाँ रहेको दरवारमा पूर्व राजा ज्ञानेन्द्र तथा अन्य सदस्यहरु विश्राम गर्न आउने परम्परा थियो ।
कमानका जिएम बि गुरुङले आवश्यक छलफल पछि आफूँहरु कर तिर्न तयार रहेको बताउनु भयो । उहाँले त्यस विषयमा आफ्नो केन्द्रीय कार्यालयलाई पनि भनिसकेको जानकारी दिनु भएको छ ।

लालपूर्जा भोलि देखि
दमक झापाको दमक १३ मा अबरुद्ध जग्गाको लालपूर्जा वितरण कार्य पुन सुचारु हुने भएको छ ।
मंगलवार दमकमा बसेको दलका प्रतिनिधि र कर्मचारीको र्सवपक्षिय छलफलले बुधवारदेखि लालपूर्जा वितरण थाल्ने निर्ण्र्ाागरेको हो ।
केही भूमाफियाहरुले स्थानियवासीलाई लालपूर्जा दिने भन्दै रकम उठाएको र्सार्वजनिक भएपछि अख्तियारले २ नम्वर नापी कार्यालयबाट कागजात जफत गरको थियो । कागजात जफतपछि वितरण कार्य अबरुद्ध बनेको थियो ।
मंगलवार भएको छलफलले वितरण सुचारु गर्ने सहित सात बुदा“मा सहमती जुटाएको छ । अख्तियारले जफत गरेका कागजात फिर्ता गर्न जिल्ला प्रशासनमा पहल गर्ने, विरतणका क्रममा समस्या आए राजनीतिक दलको सम्यन्त्रले सुल्झाउने, कानुनी प्रकृया पर्ुयाउने सिलसिलामा विवादित विषयमा दलले नै मिलाउने, कर्मचारीलाई काम गर्न सहयोग गर्ने र १३ नम्वर वडा पछि अन्य वडामा कानुनी रुपमा लालपूर्जा वितरण थाल्नेपनि सहमती भएको छ ।
लालपूर्जा वितरण प्रकृयामा कसैले व्यवधान गरे पक्राउ गरि सुरक्षाकर्मीलाई जिम्मा लगाउने र सरकारी राजश्वमा मात्र लिएर पारदर्शी ढंगले काम गर्ने विषयमा सहमती भएपछि बुधवार देखी नापी टोलीले काम गर्ने ७ नम्वर नापीका प्रमुख विष्णु न्यौपानेले बताउनु भयो । लालपूर्जा वितरण पछि मालपोतलाई तत्कालै श्रेस्ता बुझाईने उहा“ले जनाउनु भयो ।

दमकमा तीन घण्टा चक्का जाम
दमक
सडक दर्ुघटनामा मृत्यु भएका चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपर्ूर्ती उलब्ध गराउन पर्ने माग गर्दै मंगलवार झापा दमकमा तीन घण्टा सडक जाम गरिएको छ ।
गत असार ३० गते मोरङको दुलारीमा को १ ख १८७७ नम्वरको यात्रु बसले ठक्कर दिदा“ निजी कारमा यात्रारत दमकका चिकित्सक थुलुङको घटना स्थलमै मृत्यु भएको थियो ।
उनको मृत्यु भएको लामो समयपछि वस मालिक धरानका हिरा उदासले चासो नदिएको भन्दै दमकमा र्सवपक्षिय बैठकले किरा“त र्राई यायोख्खाका झापा अध्यक्ष सन्तकुमार बान्तवाको संयोजकत्वमा संर्घष्ा समिती गठन गरेको थियो ।
समिती मातहतका युवाले मंगलवार पर्ूव पश्चिम राजमार्गको दमक खण्डमा मध्यान्न १२ देखि अपरान्ह ३ बजेसम्म सडकमा यातायात बन्द गराए । माग पुरा नभए बुधवारबाट यातायात बन्दलाई निरन्तरता दिईने आन्दोलन समितीका संयोजक लोकसागर साम्बाले बताउनु भयो ।