Monday, December 28, 2009

इच्छा शक्ति भए जे संभव छ






ूआमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।ू यहि भनाईलाई आत्मसात गर्दै अघि बढीरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागिपनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्धपि उनले जन्मदेखिनै बाहिरी चक्ष्ाले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।

निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि।सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्योकी जीवन भोगाइका क्रममा निर्मलाले समयलाईपनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनलेपनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठनआईओएम मा कार्यरत निर्मलाको संघर्ष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।

दृष्टिविहिन भएर जीउन कति कठिन रहेछ त्यो पनि नेपाली परिवेशमा छोरीहरुलाई । पाइला पाईलामा समस्याका डंगुर पन्छाउनु पर्ने बाध्यता । अनि विकट गाउँमा एकजना गरिब किसानको घरमा जन्मदाँ भोग्नु परेको विवशता । यस्तै यस्तै नेपाली परिवेशमा निर्मलाले आफ्नो बालापन बिताईन् । ूहामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन् । दृष्टिविहिनतालाई पूर्वजन्मको पाप हो भन्ने मान्यता अझै हाम्रो समाजमा विद्यमान छ ू निर्मलाले भनिन् ूसडक घर विद्यालय सरकारी कार्यालय सार्वजनिक यातायात सबै स्थानमा हामी अवहेलनाको सिकार हुनुपर्छ । राज्यको नीतिपनि ठिक छैन् ।ू

यो दुई दशकको दौरानमा निर्मलाले गुल्मीको दरबारस्थान र अमेरिकाको कोलोराडो सम्मको जीवन भोगाईको वास्तविकता बुझेकी छन् । ूउनीहरु भन्दा हामी सयौं वर्षपछि छौं । त्यो अवस्थामा पुग्न धेरै मेहनत गर्नु पर्छ ।ू निर्मला भन्छिनूसबैका लागि शिक्षा भनेपनि राज्यले नारा मात्र दिएको छ । अरु केही छैन् । अझ आपांग र दृष्टिविहिनका लागि राज्य उदासिन छ ।ू

दमकको भृकुटी चौकमा डेरा गरि बस्दै आएकी निर्मलाले अमेरिकाको कोलोराडो स्टेट युनिर्भसिटीबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक गरेकी छिन् । उनको २६ महिने अमेरिकी पढाइको क्रममा छात्रवृतिमा पढ्न गएका मध्ये अब्बल दशमा परेकी थिईन् । पार्टनरसिप फर अन्डरग्रेजुएटको सहयोगमा उनले त्यहाँ पढ्न पाएको बतईन् । यस अघिका अध्ययनको चाँजोपाँजो नेप्लीज युथ अपरच्युनिटी नाम गरेको संस्थाले मिलाई दिएको थियो । ६ वर्षको उमेरबाट मात्र पढ्न शुरु गरेकी उनले भनिन-दृष्टिबिहिनहरुलाई पढ्न अझ कठिन छ । सहयोगी राखेर पढ्नु पर्छ । कतिपय अवस्थामा त मैले दुई घण्टा बसमा यात्रा गरि सहयोगी राखेर पनि पढेकी छु । सुनेर सम्झनु पर्ने बाध्याता हुन्छ । सरकारले बे्रललिपीलाई स्वीकृति नदिएको कारणलेपनि प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउनबाट आफू बन्चीत रहेकोमा उनको दुखेसो छ ।

अहिले दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा संस्कृतिक अभिमुखीकरण प्रशिक्षिकाको रुपमा भुटानी शरणार्थीलाई प्रशिक्षण दिईरहेकी निर्मला आफ्नो कामबाट सन्तुष्ट छिन् । ूमैले नेपाल र अमेरिकामा भोगेको कुरालाई नै शरणार्थीलाई सिकाउने गरेकी छु । कतिपयले अमेरिका पुगेरपनि दिदी तपाईले सिकाएको कुरा यहाँ आई काम लाग्यो भनेर फोन गर्दा आनन्द आउँछ । ू उनले भनिन ।

निर्मला फुस्रदमा रिर्पोट बनाउन र पढ्नमा व्यस्त हुन्छिन् । उनले गुल्मीमा आफूँजस्तै दृष्टिविहिन तेह्र जना बालवालिकालाई पढ्ने सहयोग जुटाउने काम गर्छिन । भन्छिन- दृष्टिविहिनता के हो भन्ने मैले जति बुझेकी छु अरुहरुले बुझेका छैनन् । त्यसैले ती बालवालिकाहरुलाई आफूँले कमाएको केही पैसा र अन्य संस्थासँग सहयोग मागेर पठाउने गरेकी छु । एकदुई जनाले यसै वर्ष कक्षा १० पुरा गर्दैछन् । यहाँको काम सकिएपछि म त्यस्तै बालवालिकालाई सहयोग गर्न चाहन्छु ।

ग्रीसमा भएको प्यारा ओलम्पीकमा पहिलो नेपाली दृष्टिविहिन खेलाडिको रुपमा उनले सर्टपुट खेलमा सहभागिता जनाएकी थिइनूतर मैले हारें । जीवनमा सैं जीत हुदैंन तर समय पर्खन र संघर्ष गर्न छाड्नु हुन्न । ू उनले भनिन् । निर्मला सेतो छडी बोकेर िहंड्नेहरुका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँछिन् । सदासयाता मात्र नभएर दृष्टिविहिनहरुलाई सहयोग र हौसला आवश्यक रहेको उनको जोड छ ।ूविचरो होइन योग्यताको कदर हुनुपर्यो ।ू सगरमाथा रेडियोमा समानताका स्वर नाम गरेको कार्यक्रम चलाएदेखिनै उनले दृष्टिविहिन र अपांगहरुको पक्षमा काम गर्न शुरु गरेकी थिइन् । भन्छिन्-म सकुन्जेल मेहनत गर्छु । अहिले डिग्री गर्न बाहिर जाने सोचाई पनि छैन् ।

उनले जीवन भोगाईका क्रममा धेरै तिता मिठा अनुभव संगालेकी छन् । एक पटक तत्कालिन राज्यमन्त्री शसी श्रेष्ठले एउटा कार्यक्रममा तपाईहरु आँखा नभएको भनेर सम्बोधन गरेपछि उनले मन्त्री ज्यूलाई यथार्थ बताउने सोचाईले प्रहरीको वाकीटकीबाट कार्यक्रम स्थलबाट बाहिरीन लागेका मन्त्रीलाई हामीहरु आँखा भएका तर नदेख्ने चािहं हौं भनेर भनेको र पछि स्टाफ कलेजमा भएको अर्को कार्यक्रममा तीनै मन्त्रीले दृष्टिविहिन भनेर सम्बोधन गरेको घटना उनले सम्झीहरने एउटा घटना भएको बताईन् ।

निर्मला आफ्नो कमाईबाट परिवारको गर्जो समेत टार्छिन । आमालाई भर्खरै मात्र सोलार प्लानल र ग्यास चूल्हो पठाईदिएको बताउँदै भनिन- अब हिजोकाजस्ता दुखका दिन छैनन् । निर्मलाकी दिदी नेपालकै पहिलो स्नातकोत्तर गर्ने दृष्टिविहिन भएर पनि काठमाण्डौंमा प्राथमिक तहको विद्यालयमा शिक्षिका भएर काम गर्न बाध्य भएको सुनाउँदै उनी भन्छिन्- दृष्टिविहिनहरु पनी सक्षम छन् । तर उनीहरुको मूल्याँकन पनि त्यस्तै गरी हुनुपर्यो ।

आफूँ र आफ्नो सोचाईसँग मन मिल्ने पुरुष आए विवाह गर्न आफूँ तयार रहेको बताउँदै निर्मला भन्छिन्- मलाई मन पराउने धेरै थिए । त्यतिबेला विवाहको उमेरपनि भएको थिएन् । अब विस्तारै गर्नु पर्छ । यो एउटा प्रकृया हो समय आएपछि आँफै भईहाल्छ ।




Saturday, October 24, 2009

जनसेनालाई समायोजनको चटारो





संयुक्त राष्ट्र सघीय शान्ति मिसन अनमिनको म्याद थप्न सरकारलाई दबाव दिन सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्रका राजदुतले माओवादी जनसेनाको शिविर भ्रमण गरेका छन् । अनमिनको म्याद आउँदो जनवरी २३ मा सकिदैं छ ।
शुक्रवार अनमिनकी नेपाल प्रमुख करिन ल्यानग्रेन सहित राष्ट्र संघको सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्र अमेरिका चिन फ्रान्स रसिया र बेलायतका नेपाल स्थित राजदुतले इलामको चुलाचुली स्थित जनसेनाको प्रथम डिभिजन मुख्यालय भ्रमण गरेका हुन् । कुटनीतिज्ञको टोलीमा जापानी राजदुत Patsuo Mizeune पनि सहभागि थिए ।

Friday, October 9, 2009

घर फिर्ने भुटानीको कार्यक्रमपनि उपेक्षित



विगत केही समय यता स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीका कार्यक्रमहरु समेत उपेक्षित हुन थालेका छन् ।
उनीहरुले आफ्ना समस्या र माग राख्न आयोजना गर्ने कार्यक्रममा न्युन उपस्थिती हुने क्रम त थियो नै तर शुक्रवार भने शुरु हुन लागेको कार्यक्रम समेत स्थगन गर्नु पर्यो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीले दमकमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला समक्ष आफ्ना माग राख्न अन्र्तकि्रया कार्यक्रम आयोजना गरेको थियो । तर कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएका झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालनै अनुपस्थित भएपछि स्वदेश फिर्ती पक्षधरको कार्यक्रम नै स्थगन हुन पुग्यो ।
सहभागिताका लागि समितीका संयोजक डा भम्पा राई आँफैलें टेलिफोन गरि अतिथीहरुलाई डाकेका थिए । तर प्रजिअ मात्र नभएर अरु धेरै अतिथी नआउने भएपछि कार्यक्रम हुनै सकेन् । प्रमुख जिल्ला अधिकारीले बन्दको कारण देखाउँदै आउन नसक्ने जनाउ दिएका थिए । ूतर यस अघिका धेरै कार्यक्रममा पनि यस्तै समस्या भएको थियो ू डां राईले भनेूपुर्नवास शुरु भए यता हाम्रा कुरा सुन्न छाडिएको छ । हाम्रो आन्दोलन निस्तेजप्राय भएको छ । ू
स्वदेश फिर्ती समितीले यस अघि स्वेच्छिक स्वदेश फिर्ती अभियान चलाउने देखि अन्र्तराष्ट्रिय स्तरमा स्वदेश फिर्तीका लागि लविङ गर्ने काम गर्दै आएको थियो । तर केही समय यता समितीलाई कार्यालय संचालन गर्न समेत हम्मे हम्मे पर्न थालेको छ । डा राईले भने - स्वदेश फिर्तीको माग राख्दै हामीले नेपाल सरकारको ध्यानकर्षण गर्न कार्यक्रम गरेका थियौं । तर जिल्लाका प्रमुख प्रशासक नै नआएपछि हामीले गर्ने कार्यक्रमको अर्थ नै रहेन् । उनले हिजोआज स्वदेश फिर्ती पक्षधरले गर्ने कार्यक्रमहरु संचालन गर्न समेत हम्मे हम्मे हुने गरेको सुनाए ।
प्रमुख जिल्ला अधिकारीले दमक स्थित इलाका प्रशासन कार्यालयका प्रमुख गणेश अधिकारीलाइ प्रतिनिधि तोकेर कार्यक्रममा पठाएका थिए । अन्तत केही सिप नचलेपछि शरणार्थीका तर्फबाट दिन लागिएको ज्ञापन पत्र उनैलाई हस्तान्तरण गरियो । ज्ञापन पत्र बुझेर अधिकारीले संक्षिप्त प्रतिकृया दिदैं भने- मैले गर्ने केही होईन तपाईहरुको यो पत्र चाँडै नेपाल सरकारको सम्बन्धित निकायमा पठाई सहयोग गर्ने छु ।
बेलडाँगी शिविर सचिव टिबी गुरुङले भने- हामीले धेरै पटक नेपाल सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र पठाउने र अधिकारीहरु भेट्ने गरेका छौं तर स्वदेश फिर्न चाहनेका लागि नेपाल सरकारले केही पनि प्रतिकृया दिएको छैन । उनले तेस्रो मुलुक तर्फ गएका भुटानीको जस्तै आफूँहरुले पनि घर फिर्न पाउनु पर्ने र त्यस्का लागि नेपाल सरकारले भुटानलाइ दबाव दिनु पर्ने बताए । शरणार्थीले बझाएको ज्ञापन पत्रमा भने तेस्रो मुलुक पुर्नवासको प्रचार अत्याधिक भएकोले अव त्यस्लाई रोक्न आग्रह गर्दै स्वदेश फिर्तीका लागि समेत पहल गर्न माग गरिएको छ ।




Tuesday, October 6, 2009

अबैध करको आतंक


इलामबाट झापा तर्फ ढुंगा निकासी गर्दा व्यवसायीले एउटै शिर्षकमा आठ पटकसम्म कर बुझाउनु पर्ने बाध्यता छ ।

इलामको चुलाचुलीबाट झापाको दमकसम्म ढुंगा निकासी गर्दा यसरी अवैध कर तिर्न उनीहरु बाध्य भएका हुन् । समस्याको विषयमा प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत नियन्त्रणको प्रयास नभएको व्यवसायीले गुनासो गरेका छन् ।

इलामपट्टीबाट रतुवा र मावा खोलाबाट ढुंगा उठाउँदा ठेकेदार र अन्य आधा दर्जन भन्दा धेरै संघ संगठनले मनखुसी पटके कर भन्दै पैसा अशुल्ने गरेको झापा कन्काई माई ट्याक्टर संघका अध्यक्ष बद्रीप्रसाद खनालले बताए ।

ूजिल्ला विकास समिती सहित आठवटा संघसंस्थालाई पैसा दिनु पर्छू उनले भने ूयस विषयमा प्रशासनलाई जानकारी पनि गरायौं तर नियन्त्रण गर्ने आश्वासन पायौं । अरु केही भएन् ।ू

नयाँ आर्थिक बर्ष शुरु भएयता जिल्ला विकास समितीका ठेकेदारले तोकिएको भन्दा धेरै पैसा लिईरहेको व्यवसायीले दाबी गरेका छन् । त्यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीलाई ज्ञापन पत्र दिएरै भदौ दोस्रो साता व्यवसायीले ध्यानाकर्षण गरेका थिए ।

ूस्थानिय विकास अधिकारीले एक हप्ता भित्रै समस्या समाधान गरिदिने आश्वासन दिएका थिए तर अहिलेसम्म केही भएनू दमक ३ का ट्याक्टर व्यवसायी भागवत दुलालले भने - ूसंघमा आबद्ध ८४ र झापामा संचालनमा रहेका चारसय ट्याक्टरका धनी र त्यसमा आवद्ध व्यवसायी अबैध करको मारबाट पीडित छन् ।ू

सामूदायिक वन सडक उपभोक्ता समिती राजनीतिक दल र व्यवसायीका संगठनका नाममा पैसा दिदाँदिदाँ आफूहरु हैरान भएको बताउँदै दुलालले भने-ूपटके कर कै शिर्षकमा एकै दिन आठपटकसम्म विस देखि पचास रुपैयाँ विभिन्न संगठनलाई बुझाउनु पर्छ ।ू हरेक पटक स्थानिय जुँगेटार र खइँकेबाट भन्ने ठाउँबाट ढुंगा उठाउँदा पैसा दिनु परेको बताउँदै ती स्थानबाट एउटा ट्याक्टरले दैनिक चार पटकसम्म ढुंगा ओसार्ने गरेको र हरेक पटक पैसा दिनुपर्ने अवस्था रहेको बताए ।

ूजिल्ला विकास समिती इलामका ठेकेदारले पटके बापत ५० रुपैयाँ कर लिनुपर्ने हो तर दुई सय रुपैयाँ लिन्छनू कर तिरेको रसिद देखाउँदै अध्यक्ष खनालले भने- ूमैले आफ्नै मे १ त ९६० नम्वरको ट्याक्टरबाट ढुंगा निकासी गर्दा जिविस बाहेक अन्य संगठनलाई आठ पटकसम्म कर पैसा दिनु पर्यो । ू उनले नियन्त्रण गर्न प्रशासनले चासो नदेखाए ढुवानी बन्द गरी आन्दोलन थाल्ने तय भएको बताए ।

त्यस विषयमा जिल्ला विकास समिती इलामका योजना अधिकृत अग्नीप्रसाद अधिकारीले भने-ूएक जिल्लाबाट अर्को तर्फ ढुंगा निकासी गर्दा स्थानिय स्वायत्त शासन ऐनमा उल्लेख भए अुनसार नै हाम्रा ठेकेदारले कर लिएका छन् । नियम विपरित गरेका छैनन् । बाहिरी जिल्ला तर्फ लग्दा टेक्टरको ट्रलीको लम्बाई चौडाई हेरेर प्रति क्युफिट दुई रुपैयाँ लिनुपर्ने नियम छ । यसरी गणना गर्दा एउटा ट्याक्टरले कम्तीमा एक सय ८० रुपैयाँसम्म तिर्नु पर्छ । ू विवाद सुल्झाउन र ठेकेदारलाई नियम स्पष्ट गर्न जविसले दुबै पक्षलाई डाकेर छलफल गराईदिने पनि योजना अधिकृत अधिकारीले बताए ।

रतुवा र मावा खोलाबाट ढुंगा निकासी गर्दा चुलाचुलीको अपाङ्ग संघ देवीधारा सामूदायिक वन रानीधारा सामूदायिक वन हम्सेदुम्से सामूदायिक वन बुकुवा सामूदायिक वन दमक रवि चिसोपानी सडक निमार्ण उपभोक्ता समिती दमक रवि चिसोपानी मर्मत समिती र पल्लो किराँत लिम्बुवान राष्ट्रिय मंचको नाममा रसिद काटी २० देखि ५० रुपैयाँसम्म पैसा लिने गरेको अर्का व्यवसायी दमक ३ का राजेश संग्रौलाले बताए । तीन महिना अघिसम्म संघीय लिम्बुवान राज्य परिषदले पनि पैसा अशुल्ने गरेको थियो । तर त्यो संगठनले अहिले भने पैसा लिन छाडेको छ ।

Tuesday, September 8, 2009

बिस हजार भुटानी शरणार्थी तेस्रो मुलुक तर्फ



शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्रसंघीय अच्चयोग यूएनएचसीआर र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएम ले विस हजार भन्दा धेरै भुटानी शरणार्थी अमेरिका सहित विभिन्न सात मुलुकमा पुर्नवास गराईएको मङ्गलबार घाषणा गरेका हुन् ।
नोभेम्बर २००७ मा पुनर्बास शुरु भएदेखि हालसम्मसंयुक्त राज्य अमेरिकाले सबभन्दा बढी १७ ६सय १२ शरणार्थीहरु पुनर्बास गरेको छ । जसमध्ये धेरैजसो टेक्सास न्यू ओर्क जर्जिया एरिजोना पेन्सलभेनिया र क्यालिफोर्नियामा पुनर्बास भएका छन् ।
अस्ट्रेलिया क्यानडा नर्वै न्यूजिल्याण्ड डेनमार्क र द नेदरल्याण्डका लागि प्रस्थान गर्नेको संख्या क्रमश ः ८ सय ४६ ६ सय ७४ २ सय ९९ २ सय ९४ १ सय ७२ र १ सय २२ रहेको छ ।
ुशरणार्थीहरुलाई नयाँ देशमा नयाँ जीवन शुरु गर्न उदारतापूर्वक मौका प्रदान गरेकोमा हामी पुनर्बास मुलुकहरुप्रति आभारी छौंु नेपालस्थित यूएनएचसीआरकी कामय मुकायम प्रतिनिधि डायन गुडम्यानले भनिन ।
ुहामी समान रुपमा नेपाल सरकारलाई पनि धन्यवाद ज्ञापन गछौं जसको सहयोग विना पुनर्बासको यो कार्यक्रम सफल हुन सक्ने थिएनु उनँलॆ बताईन् ।
दिगो समाधानका बारेमा शरणार्थीहरुले स्वतन्त्र र सू-सूचित निर्णय लिन सकून भनी यूएनएचसीआर निरन्तर सुनिश्चित गर्दछ । यसका लागि शरणार्थीहरुलाई पुनर्बास र दिगो समाधानका अरु पक्षमा शिविरहरुमा सूचनामूलक सत्रहरु लक्षित समूह छलफलहरु तथा व्यक्तिगत परामर्शहरुबाट विस्तृत र पारदर्शी सूचनाहरु उपलब्ध गराइन्छ । सूचनामूलक सत्रहरुमा सूचनामूलक सामग्रीहरुको वितरण र पुनर्बास भइसकेका शरणार्थीहरुबाट प्राप्त हुने प्रतिकि्रयाहरु पनि समाविष्ट छ उनले शरणार्थीलाई आग्रह गर्दै भनेकी छन् ।
आइओमले नेपालबाट शरणार्थीहरुको प्रस्थान यात्रा सहजीकरणका लागि यूएनएचसीआर र पुनर्बास देशहरुसँग मिलेर काम गर्दै आएको छ । आइओएमको गतिविधिहरुमा पुनर्बास दॆशहरुका लागि शरणार्थीहरुको ुकेसुहरु तयार पार्नु जसमा खासगरी संयुक्त राज्य अमेरिका र स्वास्थ्य जाँच सांस्कृतिक अभिमुखीकरण तथा यात्राको व्यवस्थापन गर्नु पर्दछन ।
ुप्रत्येक महिना दुई हजार शरणार्थीहरुको प्रस्थान यात्रालाई सहजीकरण गर्न आइओएमले भौतिक संरचना स्थापना गर्नुका साथै
दक्ष जनशक्ति तयार गरेको छ । यस वर्षको अन्त्यसम्ममा २५ हजारभन्दा बढी शरणार्थीहरु पुनर्बासका लागि नेपालबाट प्रस्थान गर्ने हाम्रो अपेक्षा छ ु आइओएमकॊे नेपालस्थित मिसन प्रमुख सरत दासले भने ।


हाल पूर्वी नेपालस्थित सातवटा शरणार्थी शिविरहरुमा ९१ हजार भूटानबाट आएका शरणार्थीहरु बसिरहेका छन । ती मध्ये कतिपय गत १८ वर्षभन्दा लामो सयदेखि निर्वासित जीवन विताइरहेका छन् । अहिलेसम्म ७८ हजारभन्दा बढी शरणार्थीहरुले पुनर्बासका लागि इच्छा व्यक्त गरिसकेका छन् ।
यसका साथै अन्तर्राष्ट्रिय समुदाय र यूएनएचसीआरले भूटान फर्किन चाहने शरणार्थीहरुका लागि स्वेच्छिक स्वेदश फिर्तिेका लागि वकालत गर्ने क्रमलाई पनि निरन्तरता दिइन आयोग र आईओएमले मंगलवार प्रकासित गरेको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेछ छ

Wednesday, September 2, 2009

सम्पूर्ण जीवन खेलकुदका लागि


ओरालो लागिरहेको नेपाली खेलकुदको विकास गर्न पुरा जीवन बिताएका लोकप्रसाद ओली५१ ले कहिल्यै कसैका सामु झुक्न परेन् । राष्ट्रका नाममा किशोर युवा र व्यस्क अवस्थापनि समर्पण गरेर यहि क्षेत्रमा पहिचान बनाउन सफल भएका छन् उनी । एथलेटिक्सको प्रसंग आउना साथ गर्वित भएर खेलाडिहरुले उनको नाम उच्चारण गर्छन । खेलकुदबाटै उनले आफूँ र आफ्नो जीवनलाई चिन्ने मौका पाए । खेल र जीवन पर्याय झैं भयो उनलाई । अनुभवले खारिदैं जाँदा भर्खरै अन्तराष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण पुरा गरेर अन्तराष्ट्रिय स्तरको प्रशिक्षक बनेका छन् उनी ।
नेपाली खेलकुदमा सुनौलो भविष्य खोज्दै झापाको रंगशालमा चक्कर लगाउँदा ओठ मास्तिर जुँगाका रेखी मात्रै बस्दै थिए उनका ।ूिवंसं २०३० साल तिरैबाट हो खेलकुदमा लागेको तर २०३४ सालपछि भने प्रतियोगितामा भाग लिने अवसर पाएँ ू उनले भनेूउतिबेला अहिले जस्तो थिएन् । साधन स्रोतको सम्पूर्ण रुपमा अभाव हुन्थ्यो सबै आफ्नै मेहनतको बलमा गनुपर्दथ्यो ू । यो अवधिमा उनले धेरै प्रतियोगितामा भाग लिए तीनको सफलताको फेहरिस्त लामै छ ।



त्यसताकाका कुशल एथलेटिक्स खेलाडि लोकप्रसाद दुई सय मिटर पन्ध्र सय मिटर र पाँच हजार मिटर दौड अनि टि्रपल जम्पका महारथी थिए । उमेरले नेटो काट्दै गएको छ तर यहि क्षेत्रको विकासलागि अहिलेपनि तम्सीरहेका छन उनी । कुशल प्रशिक्षकको श्रेणीमा पर्ने लोकप्रसादले कति खेलाडि उत्पादन गरे भन्ने तथ्याँक छैन् । भन्छन् ूमेहनतकै कारण मैले इन्डोनेसियाको राजधानी जाकार्तामा थर्ड लेभल कोस्र पुरा गर्ने अवसर पाएँ । यो कोस्र पुरा गरेपछि विश्वका कुनैपनि राष्ट्रमा प्रशिक्षक भएर काम गर्न पाइन्छ ू । त्यो प्रशिक्षण आयोजक इण्डोनेसिया सहित श्रीलंका मलेसिया िसंगापुर बु्रनाई मालदीभ्स फिलिपिन्स इरान पाकिस्तान र बर्माका गरि कुल १४ जना प्रशिक्षक सहभागि थिए । ती मध्ये उनी सहित दश जनाले सफलता पूर्वक कोस्र पुरा गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदमा प्रशिक्षक भएको १६ वर्ष बितिसकेको छ । तर उनी राजधानी भास्सिनु पर्छ भन्ने मान्यता विपरित झापामै डटिरहेका छन् । अव विदेश जाने त नेपालको खेलकुद विकास चाकरी र चाप्लुसीले गर्दा पनि पछि परेको जवाफ दिदैं उनले भने- ठाउँ विशेषले धेरै नै महत्व राख्छ । तर मन भए जहाँ बसेर पनि गर्न सकिन्छ । उनले साधन स्रोतको हिसावले ठूला ठाउँहरु भने उपयुक्त हुन सक्ने बताए ।
यो १६ वर्षे अवधिमा झापा बाहिर एक पटक मात्र उनको संखुवासभामा सरुवा भएको थियो । तर खाँदवारी पुगेर लगत्तै झापाकोलागि रमाना पत्र बुझे उनले । अहिलेपनि झापाको चन्द्रगढीमा उनी खेल र खेलकुदको विकासका लागि चिन्तन गरिरहेका भेटिन्छन् ।


पुष्पराज ओझा सुशिलनरिसंह राणा जितेन्द्र चौधरी ओषनारायण चौधरी टीका सेढाईप नारायण यादव जस्ता चर्चित एथलेटिक्स खेलाडिका समकालिन हुन लोकप्रसाद । तर खेलाडि लिएर दिल्ली भन्दा टाढा नपुगेका उनले प्रथम र्ाजा भालेन्द्र िसंह च्याम्पीयसनसिप एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाउका उनले एउटा रजत पदक लिएर आएका थिए । सो प्रतियोगिताको पन्ध्र सय मिटर दौडमा नेपाली धावक गोपबहादुर अधिकारीले जितेका थिए पदक । वि सं २०५० सालमा तृतिय श्रेणीको प्रशिक्षकको नियुक्री पत्र बुझेका उनी २०४१ सालदेखि नै मेची अन्चलमा स्वंसेवी प्रशिक्षकको रुपमा चर्चित थिए । भन्छन- राखेपमा जागिर पाउनु भन्दा अघि देखिनै मैले प्रशिक्षण गर्न शुरु गरेको थिए । जागिरे प्रवृतिका कारणपनि नेपाली खेलकुद अहिले उक्सन नसकेको ५१ वर्षिय यी हस्तीको अनुभव छ । खेलकुदलाई बिकेन्द्रीत गर्न नसके अझै धेरै वर्ष यस्को विकासमा अवरोध आईरहने बताउँदै उनी भन्छन्- केन्द्रमुखी प्रवृतिको अन्त्य आवश्यक भईसक्यो । केन्द्रको पेलाई अन्त्य नभए यस क्षेत्रमा लाग्नेहरुको भविष्य के हुने भन्ने अन्योल नै छ - उनले भने ।
आफूँसगैका समकालिनहरुले आधा विश्व घुमेर लिनसम्मको फाईदा लिए । तर उनको बढुवा समेत नहुदाँ उनलाई दुख्नसम्म चित्त दुखेको छ । ूखेलमै जीवन अर्पित गरे हिजो जहाँ थिए आज त्यही छ । भोलि पनि तयस्तै होकी भन्ने चिन्ता लाग्छ ू। िवं सं २०४२ देखि ४५ को अवधिलाई नेपाली एथलेटिक्सको स्वर्णकाल भन्न रुचाउने लोकप्रसाद आफूँले उत्पादन गरेका खेलाडिको सफलतालाई आफ्नै ठानेर गर्भित छन् ।
डम्वर कुवँर मेनुका राउ भीष्म चुडाँल पुण्य सिग्देल कुमार श्रेष्ठ ज्ञानकुमारी श्रेष्ठ नर्वदा विष्ट गोपाल यादव सीता मैनाली सीता संग्रौलारोहित भट्टराई देवीमाया पनेरु बुधकुमारी घिमिेर ज्ञानप्रसाद चौलागाई ती एथलेटिक्स खेलाडिको नाम हो जस्ले ओलीको मेहनतलाई सार्थक रुप दिए । भन्छन्- जे भएपनि मैले उनीहरुको चर्चा र सफलताबाट सन्तुष्टि पाएको छु । झापामा १३ देखि १५ वर्ष उमेर समूहका बालवालिकाका लागि एथलेटिक्स एकेडेमी खोल्ने इच्छा बोकेका उनी भन्छन्- इच्छा छ तर साधन स्रोत कसरी जुटाउने थाहा छैन्

Sunday, August 16, 2009

हामीलाई घर फर्काउ

स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुर्नवासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् ।
सातवटै शिविरमा भईरहेकेा घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् ।
शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजार भन्दा धेरै शरणार्थीले सहभागिता जनाएका छन् । तीनै शरणार्थीको प्रतिनिधत्व गर्दै नेतृत्व गरिरहेका ४१ जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरि अमेरिका अष्ट्रेलिया डेनमार्क नेदरल्याण्ड न्युजिल्याण्ड र नर्वेका नेपाल स्थित राजदुतावासलाई अपिल पठाइएको हो ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती संयुक्त समितीका सह संयोजक सन्तवीर घलेले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेका देशहरुले स्वदेश फिर्तीको लागि वातावरण बनाउनु पर्ने आफूँहरुको माग रहेको बताए । उनले भने- जसरी हाम्रा मान्छेलाई तेस्रो मुलुक लगिदैं छ हामीलाई पनि त्यसरी नै भुटान फर्काउन पर्यो । उनले सोमवार कुरियर मार्फत शरणार्थीको अपिल ती देशका राजदुतलाई पठाइएको बताए ।
अपिलमा पुर्नवासले मात्र शरणार्थी समस्याको दीर्घकालिन समाधान नहुने उल्लेख गर्दै शरणार्थी उच्चायोग नेपाल र भारतले समेत भुटानलाई अफ्ना नागरिक फर्काउन दबाव दिन आग्रह गरिएको छ । शरणार्थीलाई न्याय शान्तिपूर्ण ससम्मान र सुरक्षित तवरले भुटान फर्काउन अपिलमा माग गरिएको छ ।
गत वैसाख महिनामा शिविरमा शुरु भएको अभियान सातवटै शिविरमा अहिले पनि चलिरहेको छ । घर फिर्तीका लागि इच्छुक शरणार्थीले फाराम भर्ने काम अहिले पनि जारी छ- अभियानका संयोजक हर्कजंग सुब्ब्ााले भने ।
सन् १९९० को दशकमा आफ्नो मुलुकबाट लखेटिएर नेपाल आएका शरणार्थीले यस अघि पटक पटक गरेको स्वेच्छिक स्वदेश फिर्तीको अभियान निष्फल भएका थिए । पुर्नवास शुरु भएपछि १६ हजार भन्दा धेरै शरणार्थी तेस्रो मुलुक पुगिसेका छन् ।