Monday, February 1, 2010

जननेता मदन भण्डारीकी आमा भन्नुहुन्छ नेताले झगडा गरेको सुनेकी छु....

उमेरले चार विस दुई काट्न लाग्यो । आँखा कमजोर भएर दृष्य धमिलो हुन थालिसके । नजिकै बसेर नबोले बोलेका कुरा सुन्न समेत हम्मे हम्मे पर्छ । तर यो बुढेसकालमा पनि दैनिकी उही छ । बिहान पाँचै बजे उठ्यो नुहाई धुवाई सक्यो अनि लाग्यो पूजापाठमा । साढे पाँच बजे शुरु हुने पूजापाठ लगातार आठ बजेसम्म चल्छ । हातमा तुलसीको माला लिएर जपमा बसेपछि कसैसँग बोल्न नहुने ।

ठमठमी िहंडेरै बाहिर भित्र गर्ने उनको बानी अझै उस्तै छ । न लाठी चाहिन्छ न कसैको सहारा नै ।अचेल बाहिर भित्रको काम गर्न सक्तिन् । घुडाँ करकरी खान्छ । जोर्नी पनि दुख्छन् उनले भनिनूआँखा धमिलो भयो । छोरालाई चश्मा ल्याइदिन भन्दै छु । औषधि उतिसाह्रो लिन्न ।

परिवारले दिएको सहयोग र सदभावबाट पूर्णत सन्तुष्ट छिन् चन्द्रकला भण्डारी अर्थात स्वर्गीय जननेता मदन भण्डारीकी आमा । देशकालागि बलिदान दिएका माईलो छोरा मदनलाई सम्झाउदाँ भक्कानिएकी उनले भनिन् उ मेरो मात्र प्यारो होला भन्ठानेकी थिएँ तर सबैको पो प्यारो रहेछ । सबैले जननेता भन्छनू ।

Sunday, January 31, 2010

हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् ।

हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् । हाम्रो बलिदानको सम्मान हुनुपर्दछ । मंगलवार हातमा काखे नानी च्यापेर इलामको चुलाचुली शिविर छाड्न तयारी गर्दै गर्दा आयोग्य ठहर गरिएकी माओवादी लडाकु छायाँ सिग्देलले भनिनूहामी शिविर बाहेर बसेरपनि खबरदारी गरीरहने छौं । यो हाम्रो त्याग शान्ति स्थापनाकै लागि हो । ताप्लेजुङ फुङलिङ निवासी उनले काखको एक वर्षे छोराको लालनपालन गर्न र उस्को पढाईका लागि पनि आफूँ घर फिर्न लागेको बताईन् ।
उनका श्रीमान पनि माओवादी पार्टीको कार्यकर्ता हुन् । तीन वर्षसम्म चुलाचुली शिवर छाड्नु पर्दा भाभुव बनेकी उनले देशले अब शान्तिको बाटो समात्नु पर्ने सुझाव दिदैं भनिनूनेताहरुले अबपनि भुल गर्नु हुन्न । सबै मिलेर संविधान निमार्ण गर्नु पर्छ ।
झापा जलथल ६ निवासी जमिन हास्दापनि मंगलवार नै घर पुग्दैछन् । उनले भनेसायद आमा पर्खेर बस्नु भएको होला । म पहिले घर जान्छु । परिवारका सदस्यलाई भेट्छु । अनि त्यसपछि के गर्ने भनेर सल्लाह गर्ने छु । उनले शिविर र साथीभाईलाई चटक्कै छाड्नु पर्दा भने पीडा भईरहेको सुनाए । सँगै रहेका झापा बनियानी निवासी उनका साथी कृष्ण राजवंशीले भने सेनाको जीवन यस्तै हो कहिले भित्र कहिले बाहिर । तर देश र जनताका लागि हामी कहिल्यै पनि अयोग्य छैनौं । उनले अबको समय परिवारका लागि दिने बताए ।
मादीमुलखर्क संखुवासभाकी कामना दाहाललाई लिन उनकी आमा पुष्पा शिविर सम्म आएकी थिइन् । उनले भनिन छोरीलाई लिन यहाँसम्म आएकी हुँ । अब हाम्रा लागि समय दिने भनेकी छ । उस्ले अव फेरि नयाँ जीवन शुरु गर्ने छे । छोरी कामनाले पनि अब नयाँ जीवन शुरु गर्ने बताईन् ।
मंगलवार इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका चार सय छयहत्तर अयोग्य माओवादी लडाकु घर फिरेका हुन् ।
शान्ति सम्झौतामा उल्लेख भए अनुसार र संयुक्त राष्ट्र संघले तोकेको मापदण्ड पुरा नगरेका ती लडाकुलाई औपचारिक विदा गरिएको हो ।
चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरु मोरङको टाँडी तथा याङ्शिला र इलामको दानावारी शिविरका लडाकु घर फर्केको मुख्यालयले जनाएको छ ।
अनमिन प्रवक्ता मार्टिन लोगनले त्यो शिविरबाट घर फिर्ने तय भएका ८ सय ७५ मध्ये ४ सय ३ जना अनुपस्थित रहेको बताए । घर फिर्ने मध्ये एक सय १८ जना महिला लडाकु छन् ।
एक औपचारिक कार्यक्रम गरी ती जनसेनालाई विदा गरियो । कार्यक्रममा बोल्दै माओवादी जनसेनाका पूर्व डेपुटी कमाण्डर वर्षामान पुन अनन्तले जनसेनाले देश बदल्न गरेको बलिदानलाई पार्टीले कहिल्यै नभुल्ने बताउँदै उनीहरु शिविर बाहिर रहेपनि गणतन्त्रका लागि सँधै लागिपर्न सुझाव दिए । उनले शान्ति प्रकृयाका लागि जनसेनाको योगदानको कदर हुने दाबी गरे ।
कार्यक्रममा जनसेनाका डेपुटी कमाण्डर चन्द्रप्रकास खनाल बलदेवले मानिस कहिल्यै अयोग्य हुदैंन भन्दै समाजमा गएर नयाँ ढंगले काम गर्न घर फिरेका जनसेनालाई सुझाव दिए । जनसेनालाई घर फर्काउन चुलाचुली शिविरमा सत्रवटा बसको व्यबस्था गरिएको थियो ।
ती बसले उनीहरुलाई विर्तामोड इलाम इटहरी धनकुटा र विराटनगरसम्म छाड्ने छन् । कार्यक्रममा बोल्दै डिभिजनका कमाण्डर प्रतिक्षाले जनसेनाले आफ्नो भूमिका समाजमा बढाउने बताए । अव चुलाचुली र मातहतका सहायक शिविरमा एक हजार ९सय ३५ जनसेना बाँकी छन् ।



Thursday, January 21, 2010

आगलागि पीडित शरणार्थी रातभर कठ्याङ्गि्रए


मस्त निद्रामा थिएँ । आगो आगो भन्ोको सुनेर एकसोर कपडामै बच्चा च्यापेर उघँदै दुगरे । बाहिर निस्कदा त आफ्नै छाप्राको दलान दन्दनी बल्दै थियो ।ू झापाको दमक स्थित बेलडाँगी १ शिविरका भुटानी शरणार्थी बमवहादुर तामाङले बुधवार राती शिविरमा भएको आगलागिको घटना सुनाउँदै भने ूसबै जायजेथा खरानी भयो । एकसरो कपडा र ज्यान बाहेक केही बचाउन सकिएन् । खुला आकासमुनी कठ्याङ्ग्रीएर रात बितायौं ।
बिहिवार बिहान आगलागिले डढेर खरानी मात्र बाँकी रहेको आफ्नो छाप्राको भग्नावशेषमा डढेका गहना र पैसा भेटिने आशामा खरानी उधिन्दै गर्दा भेटिएकी सेक्टर ए ३ की गंगीमाया गुरुङले भनिन ूकेही निकाल्ने मौकै मिलेन । एकैछिनमा सबै मालसामान स्वाहा भयो । अहिले खरानीमा डढेका केही सिक्का र गहना चािहं भेटे । ू रातभर छिमेकीको आगँनमा रात बिताएकी उनले कठ्याङग्रीदो जाडोमा बालवच्चालाई भने समस्या भएको बताईन् । उनले भनिन ूकपडापनि छिमेकीसँगै मागेर लगायौं । भाँडा वर्तन केही बाँकी छैनन्् । ू उनले रातभरको जाडोमा सिउसिउ गर्दै बस्नु परेको पीडा सुनाईन् ।
आगलागिबाट पाठ्य पुस्तक समेत जलेपछि शरणार्थी विद्यार्थीहरुपनि समस्यामा परेका छन् । कक्षा नौका छात्र देवीचरण दर्जीले भने ूसबै किताब जले । अब कसरी पढ्नु होला । ू आफूँहरु घर जलेपछि रातभर चिसो चौरमा बसेको उनले बताए । शरणार्थी बालमन्चका संयोजक इन्द्र ति_िम्सनाका अनुसार एक सय भन्दा धेरै विद्यार्थीको पाठ्यपुस्तक आगलागिमा परि जलेका छन् । शिविर सचिव टिबी गुरुङले चिसो स्याँठमा बुधवारको रात बिताएका शरणार्थीलाई बिहिवारबाट स्थानिय विद्यालयमा बस्ने प्रबन्ध गरिएको बताए ।
राति पौने दश बजे बज सेक्टर ए-३ हट नम्बर ४ सय ७६ का लालमान लामगादेको आरनबाट उठेको आगोले सेक्टर ए-३ का अधिकांश घरमा क्षति पुगेको थियो । आगलागिबाट सत्ताईस वटा छाप्रा जलेर पूर्ण रुपमा नष्ट भएको र ३५ वटा थप क्षति हुन नदिन भत्काईएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलले बताए । उनले भनेूक्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ । ू शरणार्थीलाई बिहिवार बिहान जिल्ला दैवी प्रकोप उद्धार समितीका तर्फबाट २० कार्टुन चाउचाउ १५ बोरा चिउरा र ५० किलो दालमोठ उपलब्ध गराइएको छ । रेडक्रस र अन्य संस्थालेपनि लत्ताकपडा र खानेकुरा वितरण गरेका छन् ।

Monday, January 18, 2010

करोडौं लगानीको खानेपानी आयोजना बन्द हुने अवस्थामा


झापाको तोपगाछीमा संचालित खानेपानीका दुईवटा आयोजना बन्द हुने अवस्थामा पुगेका छन् ।
त्यहाँ संचालित तीनवटा मध्ये दुईवटा आयोजनाहरु सरकारी सहयोगको अभावमा बन्द हुन लागेका हुन् ।

तोपगाछी गाविसको वडा नं ३ मा रहेको स्कीम नम्बर दुई र सोही गाविसको स्कीम नम्बर तीन खर्च समेत धान्न नसक्ने अवस्थामा पगेर बन्द हुन लागेको उपभोक्ताले बताएका छन् ।

त्यस विषयमा सरकारको ध्यानाकर्षण गर्दा समेत सुनुवाई नभएको उपभोक्ता समितीका अध्यक्ष बावुराम कोईरालाले बताए । उनले भने ूकरोडौं लगानी गरि निमार्ण गरिएका आयोजना बन्द हुन लागे भनेर सरकारलाई घच्घच्यायौं तर हाम्रो आवाजलाई ध्यान दिईएन् । ू उनले आयोजना बन्द भए तीनसय भन्दा धेरै परिवार शुद्ध पिउने पानीबाट बन्चीत हुने र करोडौं रुपैयाँको लगानी डुब्ने बताए ।
उपभोक्ता संख्या कम भएका कारण संकलन हुने महशुल भन्दा विजुलीबत्ती र प्रशासनिक खर्च बढी हुने गरेकोले आयोजनालाई निरन्तरता दिन अफ्ठ्यारो भएको उपभोक्ता समितीका सचिव बिष्णु निरौला बताउँछन् । उनले भने आयोजनाबाट बितरण हुने पानी पिउने तीन सय २० जना उपभोक्ताबाट मासिक सोह्र हजार रुपैयाँ संकलन हुन्छ । तर कर्मचारी र विद्युत खर्च तीस हजार पुग्छ । मासिक घाटा घटाएर उपभोक्ता संख्या बढाउनका लागि पाईपलाईन बिस्तार गर्ने योजना सहित रकम माग गरेपनि सरकारले चासो नदिएको उनले बताए । ूपाँचसय जति उपभोक्ता पुगे आयोजना नाफामा जान्छ ।
उपभोक्ताले भौतिक योजना तथा निमार्ण मन्त्रालयमा डेलिगेसन गई विद्युतको महशुल मिनाहा गर्न र आयोजनाको पाईपलाईन बिस्तारका लागि बजेट माग गरेको तर रकम निकासा हुन नसक्ने जवाफ पाएको आयोजनाका संस्थापक उपाध्यक्ष टिका अधिकारीले बताए । उनले भनेूमन्त्रालयबाट तत्काल पैसा उपलब्ध हुन नसक्ने जवाफ पाएपछि निरास भएर फर्कियौं । स्थानिय उपभोक्ता बुद्धिमान पौडेलले सरकारी सहयोग आएमात्र आफूँहरुले पानी पिउन पाउने बताए ।
स्कीम नम्बर तीनका अध्यक्ष लोकेन्द्र माङलाक लिम्बुले त्यो आयोजनापनि घाटामा चलिरहेकोले बन्द हुने अवस्थामा पुगेको बताए । उनले भनेूसरकारले सहयोग नगर्ने हो भने आयोजना बन्द हुन्छ । विद्युतले धेरै पटक लाईन काटिसकेको छ । तर हाम्रो अनुरोधले मात्र सुचारु छ ।
तोपछागीमा वि।सं २०५९ सालमा तीन करोड रुपैयाँको लागतमा ओभरहेट ट्याङ्की सहितका तीनवटा आयोजना निमार्ण भएका थिए । ती आयोजनाहरुमा उपभोक्ताको समेत श्रम र लागनी रहेको छ । दुबै आयोजनाबाट वडा नम्वर ३६ ८२ र ७ का बासिन्दाले खानेपानीको सुविधा पाउँदै आएका छन् ।

Wednesday, January 6, 2010

एउटा पुस्तकालय जस्तो पुस्तकालय



झापाको गौरीगन्जमा पचपन्न वर्ष अघि निमिर्त पुस्तकालय समस्यामा परेको छ ।

तत्कालिन राज त्रिभुवनले वि।सं २०११ सालमा उद्घाटन गरेको उक्त पुस्ताकालय आर्थिक र पुस्तक अभावका कारण बन्द हुने अवस्थमा पुगेको हो ।

पुस्तकालय संचालन समितीका अध्यक्ष नविनकुमार जोसीले विद्यमान समस्याका कारण पुस्तकालय नै बन्द गर्नु पर्ने अवस्था आउन लागेको बताए । उनले भने- अरु केही समय यस्तै समस्या भईरहे पुस्तकाल बन्द गर्नुको विकल्प छैन् ।

पुस्तकालयको नाममा दाताले दिएको चार बिघा जमिन भएपनि त्यस्को आम्दानी नआउने गर्नाले थप समस्या भएको बताउँदै उनले भने- ठेकदारले आम्दानी नदिएका छैनन् । दिदाँ पनि पुरानै कुत नियम अनुसार दिन्छन् । अर्थ अभावमा पुस्तकालयमा पुस्तक थप्ने काम हुन नसकेको उनले बताए ।

पुराना भई च्यातिएका पुस्तकले भरिएका र्याक देखाउँदै पुस्तकालयका कर्मचारी नवराज घिमिरेले भने अब त धमिरा र किराले खाएका पुस्तक मात्र बाँकी छन् । नयाँ थप्ने काम भएको छैन् ।

उनका अनुसार पुस्तकालयमा नेपाली हिन्दी बंगाली साहित्यका पुराना किताव बाहेक क्याम्पसमा स्तरका केही किताव छन् । ती पनि सध्धे हालतमा भने छैनन् । स्थानिय विद्यार्थी रजत घिमिरेले भने- खॊजेका पुस्तक भेटिदैंन त्यही भएरपनि पढ्न जानेहरु कम हुन्छन् । आफूँ नियमित पत्रिका पढ्नका लागि मात्र पुस्तकालय जाने गरेको उनले बताए ।

पुस्तकालयको सदस्य बन्नु पर्ने अनिवार्य नियम लगाएको भएपनि केही वर्ष यता तीस जना भन्दा धेरै सदस्य भएका छैनन् । उनीहरुबाट प्रवेश शुल्क पच्चीस रुपैयाँ र मासिक पाँच रुपैयाँ लिने गरिएको छ । पहिले २ सय भन्दा धेरै सदस्य हुने गरेको बताउँदै अध्यक्ष जोसीले भने- पढ्नेहरुबाट समेत उठ्ने शुल्कले सहयोग पुग्दथ्यो तर अहिले त त्यो क्रमपनि घटेको छ । दाताबाट पुस्तक उपलब्ध हुन सके पुस्तकालयको रौनक फर्किने थियो कि ।



Monday, December 28, 2009

इच्छा शक्ति भए जे संभव छ






ूआमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।ू यहि भनाईलाई आत्मसात गर्दै अघि बढीरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागिपनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्धपि उनले जन्मदेखिनै बाहिरी चक्ष्ाले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।

निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि।सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्योकी जीवन भोगाइका क्रममा निर्मलाले समयलाईपनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनलेपनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठनआईओएम मा कार्यरत निर्मलाको संघर्ष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।

दृष्टिविहिन भएर जीउन कति कठिन रहेछ त्यो पनि नेपाली परिवेशमा छोरीहरुलाई । पाइला पाईलामा समस्याका डंगुर पन्छाउनु पर्ने बाध्यता । अनि विकट गाउँमा एकजना गरिब किसानको घरमा जन्मदाँ भोग्नु परेको विवशता । यस्तै यस्तै नेपाली परिवेशमा निर्मलाले आफ्नो बालापन बिताईन् । ूहामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन् । दृष्टिविहिनतालाई पूर्वजन्मको पाप हो भन्ने मान्यता अझै हाम्रो समाजमा विद्यमान छ ू निर्मलाले भनिन् ूसडक घर विद्यालय सरकारी कार्यालय सार्वजनिक यातायात सबै स्थानमा हामी अवहेलनाको सिकार हुनुपर्छ । राज्यको नीतिपनि ठिक छैन् ।ू

यो दुई दशकको दौरानमा निर्मलाले गुल्मीको दरबारस्थान र अमेरिकाको कोलोराडो सम्मको जीवन भोगाईको वास्तविकता बुझेकी छन् । ूउनीहरु भन्दा हामी सयौं वर्षपछि छौं । त्यो अवस्थामा पुग्न धेरै मेहनत गर्नु पर्छ ।ू निर्मला भन्छिनूसबैका लागि शिक्षा भनेपनि राज्यले नारा मात्र दिएको छ । अरु केही छैन् । अझ आपांग र दृष्टिविहिनका लागि राज्य उदासिन छ ।ू

दमकको भृकुटी चौकमा डेरा गरि बस्दै आएकी निर्मलाले अमेरिकाको कोलोराडो स्टेट युनिर्भसिटीबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक गरेकी छिन् । उनको २६ महिने अमेरिकी पढाइको क्रममा छात्रवृतिमा पढ्न गएका मध्ये अब्बल दशमा परेकी थिईन् । पार्टनरसिप फर अन्डरग्रेजुएटको सहयोगमा उनले त्यहाँ पढ्न पाएको बतईन् । यस अघिका अध्ययनको चाँजोपाँजो नेप्लीज युथ अपरच्युनिटी नाम गरेको संस्थाले मिलाई दिएको थियो । ६ वर्षको उमेरबाट मात्र पढ्न शुरु गरेकी उनले भनिन-दृष्टिबिहिनहरुलाई पढ्न अझ कठिन छ । सहयोगी राखेर पढ्नु पर्छ । कतिपय अवस्थामा त मैले दुई घण्टा बसमा यात्रा गरि सहयोगी राखेर पनि पढेकी छु । सुनेर सम्झनु पर्ने बाध्याता हुन्छ । सरकारले बे्रललिपीलाई स्वीकृति नदिएको कारणलेपनि प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउनबाट आफू बन्चीत रहेकोमा उनको दुखेसो छ ।

अहिले दमकको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा संस्कृतिक अभिमुखीकरण प्रशिक्षिकाको रुपमा भुटानी शरणार्थीलाई प्रशिक्षण दिईरहेकी निर्मला आफ्नो कामबाट सन्तुष्ट छिन् । ूमैले नेपाल र अमेरिकामा भोगेको कुरालाई नै शरणार्थीलाई सिकाउने गरेकी छु । कतिपयले अमेरिका पुगेरपनि दिदी तपाईले सिकाएको कुरा यहाँ आई काम लाग्यो भनेर फोन गर्दा आनन्द आउँछ । ू उनले भनिन ।

निर्मला फुस्रदमा रिर्पोट बनाउन र पढ्नमा व्यस्त हुन्छिन् । उनले गुल्मीमा आफूँजस्तै दृष्टिविहिन तेह्र जना बालवालिकालाई पढ्ने सहयोग जुटाउने काम गर्छिन । भन्छिन- दृष्टिविहिनता के हो भन्ने मैले जति बुझेकी छु अरुहरुले बुझेका छैनन् । त्यसैले ती बालवालिकाहरुलाई आफूँले कमाएको केही पैसा र अन्य संस्थासँग सहयोग मागेर पठाउने गरेकी छु । एकदुई जनाले यसै वर्ष कक्षा १० पुरा गर्दैछन् । यहाँको काम सकिएपछि म त्यस्तै बालवालिकालाई सहयोग गर्न चाहन्छु ।

ग्रीसमा भएको प्यारा ओलम्पीकमा पहिलो नेपाली दृष्टिविहिन खेलाडिको रुपमा उनले सर्टपुट खेलमा सहभागिता जनाएकी थिइनूतर मैले हारें । जीवनमा सैं जीत हुदैंन तर समय पर्खन र संघर्ष गर्न छाड्नु हुन्न । ू उनले भनिन् । निर्मला सेतो छडी बोकेर िहंड्नेहरुका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँछिन् । सदासयाता मात्र नभएर दृष्टिविहिनहरुलाई सहयोग र हौसला आवश्यक रहेको उनको जोड छ ।ूविचरो होइन योग्यताको कदर हुनुपर्यो ।ू सगरमाथा रेडियोमा समानताका स्वर नाम गरेको कार्यक्रम चलाएदेखिनै उनले दृष्टिविहिन र अपांगहरुको पक्षमा काम गर्न शुरु गरेकी थिइन् । भन्छिन्-म सकुन्जेल मेहनत गर्छु । अहिले डिग्री गर्न बाहिर जाने सोचाई पनि छैन् ।

उनले जीवन भोगाईका क्रममा धेरै तिता मिठा अनुभव संगालेकी छन् । एक पटक तत्कालिन राज्यमन्त्री शसी श्रेष्ठले एउटा कार्यक्रममा तपाईहरु आँखा नभएको भनेर सम्बोधन गरेपछि उनले मन्त्री ज्यूलाई यथार्थ बताउने सोचाईले प्रहरीको वाकीटकीबाट कार्यक्रम स्थलबाट बाहिरीन लागेका मन्त्रीलाई हामीहरु आँखा भएका तर नदेख्ने चािहं हौं भनेर भनेको र पछि स्टाफ कलेजमा भएको अर्को कार्यक्रममा तीनै मन्त्रीले दृष्टिविहिन भनेर सम्बोधन गरेको घटना उनले सम्झीहरने एउटा घटना भएको बताईन् ।

निर्मला आफ्नो कमाईबाट परिवारको गर्जो समेत टार्छिन । आमालाई भर्खरै मात्र सोलार प्लानल र ग्यास चूल्हो पठाईदिएको बताउँदै भनिन- अब हिजोकाजस्ता दुखका दिन छैनन् । निर्मलाकी दिदी नेपालकै पहिलो स्नातकोत्तर गर्ने दृष्टिविहिन भएर पनि काठमाण्डौंमा प्राथमिक तहको विद्यालयमा शिक्षिका भएर काम गर्न बाध्य भएको सुनाउँदै उनी भन्छिन्- दृष्टिविहिनहरु पनी सक्षम छन् । तर उनीहरुको मूल्याँकन पनि त्यस्तै गरी हुनुपर्यो ।

आफूँ र आफ्नो सोचाईसँग मन मिल्ने पुरुष आए विवाह गर्न आफूँ तयार रहेको बताउँदै निर्मला भन्छिन्- मलाई मन पराउने धेरै थिए । त्यतिबेला विवाहको उमेरपनि भएको थिएन् । अब विस्तारै गर्नु पर्छ । यो एउटा प्रकृया हो समय आएपछि आँफै भईहाल्छ ।




Saturday, October 24, 2009

जनसेनालाई समायोजनको चटारो





संयुक्त राष्ट्र सघीय शान्ति मिसन अनमिनको म्याद थप्न सरकारलाई दबाव दिन सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्रका राजदुतले माओवादी जनसेनाको शिविर भ्रमण गरेका छन् । अनमिनको म्याद आउँदो जनवरी २३ मा सकिदैं छ ।
शुक्रवार अनमिनकी नेपाल प्रमुख करिन ल्यानग्रेन सहित राष्ट्र संघको सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्र अमेरिका चिन फ्रान्स रसिया र बेलायतका नेपाल स्थित राजदुतले इलामको चुलाचुली स्थित जनसेनाको प्रथम डिभिजन मुख्यालय भ्रमण गरेका हुन् । कुटनीतिज्ञको टोलीमा जापानी राजदुत Patsuo Mizeune पनि सहभागि थिए ।