म माछाका भुरा उत्पादन गर्छु। यो पेसामा लागेको १७ वर्ष भइसक्यो। २०५४ सालतिरको कुरा हो, माछा पाल्ने किसानले मोरङमै भुरा पाउँदैनथे। खरिद गर्न निकै टाढासम्म जानुपर्दथ्यो। माछाको भुराको दाम भन्दा यातायात र अन्य खर्च बढी हुन आउँथ्यो। किसानका समस्या पनि निकै थियो। यतै सहज रूपमा भुरा पाए कस्तो हुने थियो भन्ने मलाई लाग्थ्यो।
विराटनगर ः मोरङमा दुई करोड रुपैयाँ भन्दा माथिको लगानीमा माछा पालन सुरु गरिएको छ ।
व्यवसायिक रुपमा सञ्चालित फार्मबाट उत्पादित माछाले भारतीय आयात प्रतिस्थापनमा बल पुग्ने अपेक्षा किसानको छ । ठूला लगानीका माछापालनमा युवाको लगानी अधिक छ ।
मोरङको शनिश्चरे ९ मा दुई करोड रुपैयाँको लगानीमा साढे तीन बिघा क्षेत्रफलको पोखरीसहित बहुउद्देश्यीय माछा फार्म सुरु भएको छ । यहाँ काठमाण्डौंका तीनजना युवाले लगानी गरेका हुन् । मासिक चालिस हजार केजी मासु उत्पादन गर्ने उद्देश्यसहित माछा फार्म सुरु गरिएको लगानीकर्तामध्येका एक बिष्णु चौलागाईंले जानकारी दिएका छन् । उनले भने,‘बंगुर र कुखुरापालन पनि सँगसँगै गरिरहेका छौं ।’ माछा फार्ममा काठमाण्डौकै नवराज लामिछाने र सुरेश गिरीले पनि लगानी गरेका छन् ।
विराटनगर :
विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन्
श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम
नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने
बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान
उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्,
'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै
उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र
विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक
भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ
फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने
तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै
सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा
कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक
बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री,
राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार,
गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।
विराटनगर :
अहिलेको हाइटेक दुँनियामा युवापुस्ता जतिबेला पनि मोबाइलमा झुम्छिन्।
मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही
मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ।
विराटनगरकी एक युवतीको जीवनमा मोबाइल
अभिशाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको
वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै
नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको चाँदनी
चौकस्थित वेश्यालयमा बेचिएकी उनी दिल्लीमै काम गर्ने एकजना नेपाली युवकले
उद्धार गरिदिएपछि विक्षिप्त अवस्थामा असार १ गते घर फिरेकी छिन्।
मोबाइलमा आएको 'ब्लफ कल' रिसिभ गरेर
सम्बन्ध बढाउँदा ती युवती वेश्यालयमा बेचिन पुगिन्। संखुवासभा स्थायी घरभई
विराटनगर १६ बस्ने २१ वर्षीया सविना भण्डारी (नाम परिवर्तित) वेश्यालयमा
बेचिएपछि पाँच महिनासम्म 'यौनकर्मी' बन्नु पर्यो। नेपाल प्रहरीले सीमासम्म
पुगेर ती युवतीलाई उद्धार गरी विराटनगर ल्याएको हो।
बेलबारी (मोरङ) : बिहानै उठ्यो। काँधमा हलोजुवा भि:यो, लाग्यो खेततिर। पहिलो प्रहर खेत जोत्यो। मध्याह्न १ बजे घर फि:यो। ३ नबज्दै फेरि लाग्यो आली लगाउन। साँझ ५ बजे घर आयो। खाना बनायो। छोरी र सासूलाई खानपिन गरायो। पल्टियो ओछ्यानमा।
असार लागेसँगै मोरङ बेलबारी ३ खोरियाबस्तीकी टंकमाया मगरको दिनचर्या यस्तै छ। गाउँभरिको खेत जोताइको चटारो छ उनलाई। धान रोप्ने खेत हिल्याउन किसान तँछाडमँछाड गरिरहेका छन्। टंकमायाले भनिन्, 'अन्यत्र पुरुष खटिए पनि यहाँ भने महिलाले जोत्छन्। गाउँमा हलो जोत्ने पुरुष नै छैनन्।'
पुरुष रोजगारीका लागि विदेश गएपछि खोरियाबस्तीमा हलो जोत्ने काम महिलाले गरेका हुन्। टंकमायाका पति पनि विदेशमै छन्। 'एक दिन जोतेको ६ सय रुपैयाँ लिन्छु', टंकमायाले भनिन्, 'मलाई पतिले नै हलो जोत्न सिकाउनुभएको हो। जोतेर आएको आम्दानीबाट तीन छोरीको पढाइ र घरखर्च जुटेको छ।'
महिलाले हलो जोत्दा अनिकाल र अनिष्ट हुन्छ भन्नेहरू अचेल टंकमायालाई नै बोलाउँछन्। गाउँमा आपत् नै परेकाले जोत्न थालेको बताउँदै उनले भनिन्, 'अरू दुई महिलालाई पनि जोत्न सिकाइदिएकी छु। उनीहरू प्नि असारमा खटिएका छन्।' टंकमायाको समेत गरेर खोरियाबस्तीमा जम्मा तीन हल गोरु मात्र छन्। ती सबै महिलाले जोत्छन्।
विराटनगर : जिल्ला अदालत मोरङले जबरजस्ती हाडनाता करणी सम्बन्धी एउटा मुद्दाको फैसला चौबीस दिनमै गरेको छ। जिल्ला अदालतमा दर्ता भएर एक महिनाभन्दा कम समयमा किनारा लागेको यो नै पहिलो मुद्दा भएको अदालतले जनाएको छ।
जबरजस्ती करणीका मुद्दाहरू नियमित प्रक्रियामा सुनुवाइ गर्दा अन्तिम फैसला हुन कम्तीमा एक वर्ष लाग्छ। तर, मोरङ लेटाङका ३१ वर्षीय लिम्बु थरका पुरुषले ११ वर्षीया चार महिनाकी आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको मुद्दाको फैसला निरन्तर बहस चलाएर छोटो समयमा गरिएको जिल्ला न्यायाधीश ऋषिराम निरौलाले जानकारी दिएका छन्। 'गम्भीर प्रकृतिका यस्ता मुद्दामा निरन्तर बहस गरी सकेसम्म चाँडै न्याय दिइन्छ,'निरौलाले भने,'मोरङमा पहिलो पटक निरन्तर बहस प्रक्रियाबाट छोटो समयमा फैसला भएको यो नै पहिलो मुद्दा हो।'
अदालतले मुद्दाको फैसला ढिलो गर्छ भन्ने सेवाग्राहीमा रहेको बुझाई र हतोत्साहलाई कम गर्न यो फैसला उदाहरण भएको न्यायाधिश निरौलाले बताए। निरौलाले भने,' तर, निरन्तर बहस गरेर यसरी मुद्दाको फैसला गर्न अदालतको मौजुदा जनशक्ति थोरै भएको छ।'
मोरङ
:ठूलो
संख्यामा युवा रोजगारीकालागि
विदेश पलायन भइरहेका बेला विराटनगरका एक युवा भने अस्ट्रेलियाकोस्थायी बसाइ
अनुमति (पीआर) त्यागेर कृषि फार्म सञ्चालनमा रमाएका छन्। ६वर्षसम्म
अस्ट्रेलिया बसेका विराटनगर १५ निवासी सृजन प्याकुरेलले मोरङकोटंकीसिनवारीमा
कृषि फार्म सञ्चालन गरिरहेका छन्। सोह्र बिघा जग्गा भाडामालिएर सुरु
गरेको फार्ममा माछापोखरी,
हाँस, कुखुरा, बाख्रा र गाई
पालिएकाछन्।
आफूले सञ्चालन गरेको कृषि फार्ममा रहेको माछापोखरी
देखाउँदै सृजन प्याकुरेल
उनले यो कार्य गत साउनमा सुरु गरेका हुन्। उनको पोखरीबाट
उत्पादन भएकामाछाको
बिक्रीसमेत सुरु भइसकेको छ। प्याकुरेलले भने, 'आफ्नै देशमा केहीगरौं भनेर
फर्किएको हुँ। फेरि कृषि क्षेत्र भन्नासाथ नपढेकाहरूले मात्रगर्ने भन्ने
मानसिकता भएकोले पनि त्यसलाई चुनौती दिन कृषि रोजेको हुँ।'
प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएका थिए।
उनले सन्२००८
मा त्यहाँको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्यान्ड सिड्नी सेन्टरबाटप्रोफेसनल
एकाउन्टिङमा स्नातकोत्तर पूरा गरे। विवाह पनि उतै गरे।