Sunday, August 16, 2009

हामीलाई घर फर्काउ

स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुर्नवासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् ।
सातवटै शिविरमा भईरहेकेा घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् ।
शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजार भन्दा धेरै शरणार्थीले सहभागिता जनाएका छन् । तीनै शरणार्थीको प्रतिनिधत्व गर्दै नेतृत्व गरिरहेका ४१ जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरि अमेरिका अष्ट्रेलिया डेनमार्क नेदरल्याण्ड न्युजिल्याण्ड र नर्वेका नेपाल स्थित राजदुतावासलाई अपिल पठाइएको हो ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती संयुक्त समितीका सह संयोजक सन्तवीर घलेले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेका देशहरुले स्वदेश फिर्तीको लागि वातावरण बनाउनु पर्ने आफूँहरुको माग रहेको बताए । उनले भने- जसरी हाम्रा मान्छेलाई तेस्रो मुलुक लगिदैं छ हामीलाई पनि त्यसरी नै भुटान फर्काउन पर्यो । उनले सोमवार कुरियर मार्फत शरणार्थीको अपिल ती देशका राजदुतलाई पठाइएको बताए ।
अपिलमा पुर्नवासले मात्र शरणार्थी समस्याको दीर्घकालिन समाधान नहुने उल्लेख गर्दै शरणार्थी उच्चायोग नेपाल र भारतले समेत भुटानलाई अफ्ना नागरिक फर्काउन दबाव दिन आग्रह गरिएको छ । शरणार्थीलाई न्याय शान्तिपूर्ण ससम्मान र सुरक्षित तवरले भुटान फर्काउन अपिलमा माग गरिएको छ ।
गत वैसाख महिनामा शिविरमा शुरु भएको अभियान सातवटै शिविरमा अहिले पनि चलिरहेको छ । घर फिर्तीका लागि इच्छुक शरणार्थीले फाराम भर्ने काम अहिले पनि जारी छ- अभियानका संयोजक हर्कजंग सुब्ब्ााले भने ।
सन् १९९० को दशकमा आफ्नो मुलुकबाट लखेटिएर नेपाल आएका शरणार्थीले यस अघि पटक पटक गरेको स्वेच्छिक स्वदेश फिर्तीको अभियान निष्फल भएका थिए । पुर्नवास शुरु भएपछि १६ हजार भन्दा धेरै शरणार्थी तेस्रो मुलुक पुगिसेका छन् ।


Saturday, August 15, 2009

आफ्नो संविधान आफ्नै लागि

चन्दन मॆचे नयाँ संविधानको विषयमा अभियान चलाएर हििडंरहेका अभियन्ता हुन् । संविधान सभाको निर्वाचनपछि अल्पसंख्यक मेचेहरुलाई संविधान र जातिय अधिकारको विषयमा उनले चेतना दिलाउन शुरु गरे । यो अवधिसम्म उनले संविधानमा जातिय अधिकारका सवालका लागि देशभरी भएका कार्यक्रममा आफ्नो समूदायको प्रतिनिधित्व गरेका छन् । ती कार्यक्रमहरुमा उपल्ला जातिका मानिसलाई मेचे को वास्तविक अवस्थित बुझाउन उनी सफल भए । ूके गर्न अहिले नै हो गर्ने नत्र पहिलेका शासकले जस्तै ठग्लान भन्ने पीर छ । ू उनले भने ूयस पटक आफ्नो संविधान आफ्नै लागि बनाउन पूर्वका नौ जाति एउटै नारा लिएर अघि बढिरहेका छौं । ू मेचे समाज शिवियारी आफत नामक जातिय संगठनसँग आवद्ध उनले संविधान सभाको विषयगत समितमा मेचेहरुले नमुना संविधान नै सुझावका रुपमा पठाएको जानकारी दिए । मेचेहरुले सभामुख र ६ सय १ जना सभासदको हातहातमा सुझाव पत्र बुझाएका छन् । हालै संविधान सभाले बनाएका पाँचवटा मस्यौदाको विषयमा समेत छलफल शुरु गरिएको बताउँदै उनले भने- संविधान निमार्ण प्रकृयाका हरेक कि्रयाकलापलाई हामीले गम्भीर भएर मूल्यांकन र अवलोकन गरिरहेका छौं । ती मस्यौदामा अपुग भएका विषयहरुमा संविधान सभालाई सुझाव दिने तयारी शुरु भईसकेको उनले बताए ।
थारु समूदायमा पुरुष भन्दा महिलाहरु ज्यादै लजालु र सामाजिक कार्यक्रमहरुमा कम सहभागि हुन्छन् । तर गंगादेवी चौधरी थारुहरुको अधिकार संविधानमै संस्थागत गर्न लागि परेकी छन् । उनले भनिन- ूहामी पिछडिएर बस्न बाध्य छौं भन्छौं तर आफ्ना कुरा अरुलाई बुझाउन नसक्दा नै समस्या भएको हो । अब अधिकार लिन चुप लागेर बस्न हुन्न । नयाँ संविधानमा हामी आफैंले आफ्ना माग संवोधन हुने गरी बनाउने हो । ू
संविधानमा जातिय अधिकार सुनिश्चित गराउन बनेको आदिवासी जनजातिहरुको एलान्यसमा संलग्न थारु कल्याणकारी सभाकी गंगादेवी अबको संविधानले एकात्मकता पूर्णत छाड्नेमा ढुक्क छिन् । यहि कुरा बुझाउन उनी झापा र मोरङका गाउँ गाउँमा चौधरी र अन्य जातिलाई संविधानको विषयमा बुझाउन र पढाउन लागि परेकी हुन् ।
झापा मोरङ र सुनसरीका नौ वटा जाति एउटै मोर्चामा गोलबन्द भएर सर्वपक्षिय संविधानका लागि राज्यलाई दबाव र सुझाव दिने अभियानमा लागेका हुन् । गनगाई राजवंशी धिमाल तराइमुल माझी ताजपुरिया सन्थाल र उराउ जाति यस अभियानमा संलग्न छन् । नेपाल आदिवासी सन्थाल उत्थान संघ मोरङका अध्यक्ष ताला टुडुले भने-ूहाम्रो समूदाय एक्लैले के गर्न सक्छ र तर सामूहिक प्रयासले आफ्नो अधिकार पाईन्छ भनेर नै मोर्चामा संलग्न भएका हौं । हामीले आफ्नै मान्छेलाई चेतनासम्म दिने र अधिकार बुझाउने काम भने गरेका छौं । यी आदिवासी र जनजातिको आवाजलाई संगठित गर्ने काम चािहं पूर्वान्चल तराई आदिवास जनजाति संघसंस्थाको एलायन्सले गरेको हो । संस्थाले यी जातिका माग सम्बन्धित ठाउँमा पुर्याउन आर्थिक र प्राविधक सहयोग गरिरहेको छ । कार्यक्रम संयोजक प्रेम लिम्बुले भने-ूकुनै जातिलाई अर्कोले पछि पार्ने काम गरिनु हुन्न । सबैको जातिय पहिचान समान हुनुपर्छ भनेर नै हामीले अभियान चलाएका हौं । ू उनका अनुसार यी जातिले राज्य पुर्नसंरचना गरिदाँ राज्यको नामाकरणका विषयमा एकमत जुटाउन समेत कसरत शुरु गरेका छन् ।
गनगाई कल्याण परिषदका गोपाल गणेश भन्छन्- अब आफ्नो संविधान आफैं बनाउन सुझाव दिन र अधिकार स्थापित गर्न आदिवासी जनजातिपनि सक्षम बनेका छन् । तीन वटै जिल्लामा राजवंशी १ लाख गनगाई ३५ हजार धिमाल ३५ हजार तराईमुल माझी १५ हजार मेचे ५ हजार ताजपुरिया २० हजार सन्थाल ४६ हजार उराउ ४० हजार र थारु १ लाख ५० हजारको संख्यामा बसोवास गर्दै आएका छन् ।

Saturday, July 25, 2009

धिमाल युवतीको सपना


सुमित्रा धिमाल स्टाफ नस्र बन्न चाहन्छिन् । अल्पसंख्यक उनको समूदायबाट नसर्िङ पढ्नेहरु छैनन् । नस्र बनेर आफ्नो समूदायको सेवामा लाग्ने उद्धेश्य बोकेकी सुमित्रा जस्ता धेरै कम धिमाल युवतीहरुले प्रवेशिका परिक्षा उत्तीर्ण गरेका छन् । तर उनी जस्ता उत्तीर्ण गर्नेहरुले पनि उच्च शिक्षा पढ्न सक्ने अवस्था छैन् ।
आफ्नो उदेश्यलाई चरितार्थ गर्न सुमित्राले विद्यालयमा मेहनत गरेकैले यसपटक प्रवेशिका परिक्षा प्रथम श्रेणीमा ६२ दशमलब १२ प्रतिशत अंक ल्याई उत्तीर्ण भईन् । उनको उद्धेश्य पुरा गर्ने पहिलो ढोका भने सहजै पार भने भएको होइन । घरको आर्थिक अवस्था कमजोर रहँदा रहँदैपनि आमाले पेटानी धिमालहरुको परम्परागत पोशाक बुनेर बेचेको पैसाले बचाएर मलाई विद्यालय पठाउनु भएको हो-उनले भनिन-जसो तसो विद्यालयको पढाई त सकियो । तर अब के गर्ने केही थाहा छैन् ।
झापाको दमकमा अल्पसंख्यक समूदायबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण हुने उनी एक मात्र धिमाल हुन् । दमक ९ स्थित अडियामलको धिमाल वस्तीमा उनको बालापन शुरु भएको हो । किसोरावस्था पनि त्यही कट्दै छ । तर पढेर ठुलो मानिस भई समूदायको सेवा गर्ने उनको इच्छा पुरा हुन्छ वा हुदैंन त्यस्को हेक्का स्वंम उनलाई छैन । भन्छिन्- पढ्ने सोचेरमात्र के गर्नु घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । घरबाट केही सहयोग हुन सक्दैन । दुई छाक टार्न समेत समस्या छ ।
दमकको हिमालय उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण भएपछि टोलमा सबैले सुमित्रालाई स्याबास्सी दिए । कतिले त अझै पढेर ठूलो मानिस बन्नु पर्छ भने । उनले भनिन् - मलाई यस्ता प्रशंसाले कुनै असर गरिरहेको छैन । अबको पढाई के गर्ने यहि पिर मात्र छ । आमाको कमाईले त दुई छाक टार्दै ठिक्क छ । यस्तै भए नस्र हुने र समूदायको सेवा गर्ने मेरो सपना अधुरै रहने भयो ।
श्रम गरेर परिवार चलाउने उनको बुवाको कमाई पनि त्यति राम्रो छैन । कहिले काँही राम्रो काम परे कमाई हुन्छ नत्र दुई छाक टार्ने पैसा जुटाउन समेत अफ्ठेरो हुन्छ । सुमित्रा भन्छिन्-एक बहिनी र एक जना भाई विद्यालयमा पढ्दै छन् । त्यो खर्च जुटाउन आमाले पेटानी बुन्नुहुन्छ । मैले पनि सघाउने गरेकी छु । हरेक साता बिक्री गर्न मोरङको बेलवारी जान्छौ । तर पेटानी बुनेको र गाउँमा श्रम गरेको पैसाले दुई छाक खाना खाँदै ठिक्क छ ।
घुम्न र साथीभाई बनाउन रुचाउने सुमित्रा घुमफिरको क्रममा सुनसरीको धरानसम्म पुगेकी छन् । उनलाई पोखरा घुम्न जाने ठूलो इच्छा छ । मैले पोखरा तस्वीरमा मात्र देखेकी छु । राम्रो पढ्न सके भने त्यहाँ एक पटक जसरी भएपनि पुग्छु नै । आफ्नो समूदायका महिलाहरु अहिलेपनि पिछडिएको अवस्थामा रहेको बताउँदै भनिन- अहिलेपनि धेरै जना पढ्नका लागि विद्यालय आउँदैनन् । आउनेहरुपनि बीचमैमा पढाई छाडेर विवाह गर्छन ।
सुमित्राका शिक्षक दोर्ण श्रेष्ठले उनमा पढ्ने दक्षता र क्षमता रहेको बताउँदै भने-सही अवसर पाउने हो भने उस्ले गर्न सक्छे ।
धिमाल जाति विकास केन्द्रकका अनुसार अल्पसंख्यामा झापा र मोरङमा विस हजार धिमालहरु बस्दै आएका छन् । उनीहरुको जीवन निर्वाह गर्ने माध्यम खेती किसानी नै भएपनि धेरैको आर्थिक अवस्था अति नै कमजोर छ ।

Sunday, June 28, 2009

बाढी रोक्न बाँसको किला


महाभारा झापा, नदी कटान नियन्त्रण गर्न झापाको महाभाराका स्थानियावसीले खोलामा बासँ गाड्ने नयाँ विधि अपनाएका छन् । यो विधिबाट बाढीको पानीको बहाव कम गर्ने अभियान सफल भएको छ । एक दशक देखि स्थानिय कन्काईमाई र बनियानी नदीको बाढीबाट पीडित त्यहाँका बासिन्दाले महाभारा ४ स्थित बालुबाडी टोलको कटान रोक्न नदीमा तटबन्ध गरिएको छेउमै बाँसको किला गाडी बाहाव कम गर्ने उपाय लगाएका हुन् । बनियानी नदी नियन्त्रण उपभोक्ता समितीका सचिव लिला सुब्बाले बाढीको बहाव रोक्ने यो विधि प्रभावकारी बनेको बताए । उनले भने- यस अघि यस्तो प्रयोग भएको थिएन् । तर यसपटक तटबन्ध बाँधिएको बाँध मुन्तीर खोलमा बाँसका किला गाडेका हौं । सरकारले तटबन्ध निमार्ण गर्न दिएको बजेटको केही रकम खर्चगरी २ हजार ५ सय घना बाँस किनेर किला गाडिएको बताए । खोलामा बासँका किला गाडिएपछि बाँध भत्कने खतरा समेत घटेको छ- उनले भने । तार जालिको जत्तिको काम नगरेपनि वर्खामा अस्थाई नियन्त्रणका लागि भने राम्रो काम गर्ने रहेछ । बालुवाडी टोल नजिकै बनाइएको बाँधमा ४ हजारको हाराहारीमा किला गाडिएको निमार्ण समितीले जनाएको छ । महाभारा ५ को होक्लावाडी टोल हरेक वर्ष बर्षायाममा टापुमा परिणत हुने गरेको छ । स्थानिय डिल्लीराम लिम्बुले सरकारले अहिलेसम्म गरेका नदी नियन्त्रणका प्रयासहरु अपेक्षित रुपमा सफल बन्न नसक्दा स्थानियवासीले सास्ती खेप्न परेको गुनासो गरे । उनले भने-हरेक वर्ष आउने बाढीले गाउँ टापु बनाउँछ हामी ज्यान पातमा राखेर बस्न बाध्य छौं । यसपट जिल्ला विकास समिती झापा कोरोवारी र महाभारा गाविसले बालुवाडी टोलमा एक सय मिटर क्षेत्रमा बनियानी र कन्काईको बहाव फर्काउन पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । निमार्ण उपभोक्ता समितीका अध्यक्ष गोपी तामाङले भने- स्काभेटर लगाएर खोलो सोझ्याउने काम भएको छ । यस पटक बाँसको किला पनि गाडेका छौ कम क्षति हुने विश्वास छ । दक्षिणी पश्चिमी झापाको महाभारा र कोरोवारी गाविस हुन् । ती गाविसमा एक दशक यता सात सय परिवार बाढीकै कारण अन्यत्र बसाई सरेको महाभारा गाविसका पूर्वअध्यक्ष विजय अग्रवालले भने- अझै क्षति हुने क्रम नरोकिएकोले बाढी नियन्त्रणकालागि सरकारले चासो दिन आवश्यक छ । ती गाविसमा बाढीको जोखिम कम गर्न यस अघि गरिएका कतिपय प्रयास विफल बनेको उनले बताए ।

Saturday, June 27, 2009

रेडपाण्डा जोगाउन सीमामा नौलो प्रयोग

सन्दकपुर,इलाम चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा सर्वसाधारणलाई िहंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ । तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित िसंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ । तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै िहंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । वनक्षेत्रमा होहल्ला गरेको पाईए प्रहरीले समातेर तुरुङमा पनि िठंगुर्याउन सक्छन्-राष्ट्रिय निकुन्जको दक्षिणी कार्यालय गैरीवासका रेन्जर निमेष तामाङले भने-यी तीन महिना रेड पाण्डाको संसर्ग गर्ने समय भएकोले उनीहरुलाई डिस्टर्व नहोस भनेर यस्तो नियम लगाईएको हो । यो नियम जुन जुलाई र अगष्ट महिना भरका लागि हो । त्यसपछि खुल्ला हुन्छ । सन्दकपुर र आसपासको क्षेत्र बाह्रैकाल पर्यटकको घूइँचो भईरहने ठाउँ हो । भारतिय नेपाली र पश्चिमा पर्यटकको यहाँ सधैं जसो भींडभांड हुन्छ । तर वर्षको यी तीन महिनामा नै रेडपाण्डाले संसर्ग गरि गर्भाधान गर्ने समय भएकोले यस क्षेत्रमा पर्यटक र बाहियाहरुलाई आउन प्रतिबन्ध लगाउन परेको रेन्जर तामाङले स्पष्ट गरे । उनका अनुसार लजालु स्वभावको लोपोन्मुख विरालो प्रजातिको यो जनावर मानिसको चहलपहल देखे वा होहल्ला भए संसर्ग गर्दैन । उनले भने-अरु बेलापनि मानिसको नजिक आउन लजाउने भएकोले यो तीन महिनाको बि्रडिङ समयमा राज्य सरकारकै निर्देशन अनुसार पर्यटक आउन र घुम्न समेत प्रतिबन्ध गरिएको हो । गौरीवास रेन्जपोष्टका अनुसार िसंहलिला नेशनल पार्कमा ५२ वटा रेडपाण्डा पछिल्लो पटक गणना भएको थियो । भारत सरकारले यो संख्या बढाउन पार्क क्षेत्रमा कडाई गरेको हो । भारत तर्फ रॆडपाण्डाको संख्या बढाउन त्यहाँको सरकारले नयाँ नियम लगाएको भएपनी सीमा वारी नेपालमा भने केही अपेक्षित प्रयास हुन सकेको छैन् । जिल्ला विकास समिती इलामले रेडपाण्डाको अवस्था बुझ्नेसम्मको काम शुरु गरेको छ । योजना अधिकृत अग्नी अधिकारीले भने- हामीले रेडपाण्डा पाईने नेपाल तर्फका सामुदायिक वनका पदाधिकारीलाई रेडपाण्डा बचाउने अभियानमा सहभागि गराउन चेतना दिलाउने सम्मका काम गरिरहेका छौं । इलामका पर्यटन व्यवसायी धर्म गौतमले नेपाल तर्फको वन मािसंदा यताका रेडपाण्डापनि भारतकै जंगल तर्फ भाग्ने गरेको बताए । उनले भने-यताका रेडपाण्डा यतै रोक्ने हो भने सामुदायिक वनका पदाधिकारी र स्थानियवासी सचेत हुन आवश्यक छ ।

Thursday, June 18, 2009

म वेहोस भएपछि दिसा कोच्याएछन् ।

गाउँका दुई जना आइमाईलाई देउता चड्यो रे भन्ने खवर फैलिएपछि म पनि हेर्न गएँ । गाउँका चिने जानेका सबै तमासा हेर्दै थिए । म पनि एउटा कुनामा उभिएर उनीहरु काँपेको हेरिरहेकी थिएँ -अन्जीरा महतोले मंगलवार उनकै घर पुगेका पत्रकारहरुसँग भनिन त्यसपछि एक्कासी यहा छिए डायन ठोक भनेर पुस्ता शर्माले भनिन उनीहरु काँपेको हेरिरहेकाहरु मतिर खनिए सबैले पिट्न थाले म बेहोस भएपछि मुखमा दिसा कोचेछन् ।ू झापाको गौरीगन्जमा बोक्सीको आरोपमा यातना पाएर विक्षिप्त बनेकी ५० वर्षिया अन्जीराको ढाडमा निलडाम छन् । राम्ररी उठबस गर्न समेत अफ्ठेरो हुन्छ उनलाई । पिटाईको चोटका कारण उनी मुश्किलले उठेर मुढामा बस्छिन् । तर शरिर थेग्न भने अझै समस्या छ । ूदुखाईको कारण बाहिर फेर गर्न समेत गाह्रो भएको छ ूउनले भनिनूमैले कुनै गल्ती नगर्दापनि सारा गाउँले मिलेर मलाई चुटे । १५ दिन अघि स्थानिय राधा गिरीको मृत्युको कारण अन्जीरा भएको भन्दै गाउँले मरणासन्न हुने गरी कुटपिट गर्दै आईतवार राती दिसा खुवाएको उनले बताईन् । -तन्त्रमन्त्र गर्ने तैं होइन्स भन्दै मलाई कुटे तर मेरो केही दोष छैन् मलाई त्यस्तॊ केही आउँदैन् ।  सामान्य खेतीकिसानी गरेर जीवन धान्दै आएकी उनले संचारकर्मी समक्ष आफूँ निर्दोष भएको बताउँदै अनायसमा आफूँलाई शारिरीक र मानसिक यातना दिइएको गुनासो गरिन् । म निर्दोषलाई बोक्सी भन्नेहरुलाई कार्वाही हुनु पर्छ-अन्जीराले भनिन-कित म बोक्सी भएको प्रमाणीत गर्नु पर्छ । उनलाई रातभर डोरीले बाँधेर अपशब्द प्रयोग गर्दै लाठीले कुटपिट गरेको भन्ने जाहेरी परेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक मानबहादुर राईले बताए । उनले भने-घटनाका आरोपित १२ जनालाई पक्राउ गरि अनुषन्धान गरिरहेका छौं । छोरा शत्रुधनले आफ्नी बृद्ध आमालाई गरिएको दुरव्यवहारबाट आफूँहरु विक्षिप्त भएको बताए । उनले भने-यो बुढेसकालमा आमालाई यस्तो पीडा दिए । प्रहरीले कुलबहादुर चौधरी बल्लु चौधरी रामबहादुर गिरी पार्वती शर्मा पूस्ता शर्मा पुरन चौधरी राजकुमार शर्मा पुरन चौधरी रामआशिष शर्मा संजय कोच खतिम साह छिरिकलाल राजवंशी र जितु कोचलाई पक्राउ गरेको छ ।

Thursday, June 4, 2009

छिमेकीलाई पशु उपहार

झापा शनिश्चरेकी हरिमाया चौहानका घरमा पशुचौपाय थिएनन् । उनलाई पशु पाल्ने रहर भने थियो । केही अघि छिमेकीले समूहबाट पाएको पशु चौपाया पाकाछन् रे भन्ने उनले सुनेकी थिईन् । तर गाउँमा यसपटक भएको एउटा कार्यक्रममा छिमेकीले बोलाएर उनका हातमा बख्राका पाठा हात लगाईदिए । उनले भनिन-समूहले गरेको कार्यक्रममा बोलाएर मलाई पाठा पो दिएर पठाए । सोही ठाउँकी तुलसा उप्रेती अहिले आफूँले गरेको मेहनत र जीवनमा आएको परिर्वतनको बारेमा अरुलाई सुनाउने गर्छिन । भन्छिन्- मलाई समूहले दिएको चौपाया हुर्काए र त्यसबाट जन्मेको सन्तान छिमेकीलाई दिएँ । शनिश्चरेकी यी महिलाले समूह मार्फत तीन वर्ष अघि पाएको चौपायाका सन्तान भने छिमेककी आफूँ जस्तै महिलालाई दिएकी हुन् । शनिश्चरेमा यसपटक दिदी समूहले बहिनी समूहलाई गाईका बाच्छा भैंसीका पाडा र बोका पाठा दिएका हुन् । तीन वर्ष अघि उनीहरुले माउ सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपाल नामको एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा पाएकी थिइन् । संस्थाका प्रतिनिधिले उतिवेलै समूहका सदस्यलाई आफूँले पाएको वस्तुभाउबाट हुने आम्दानी बचाएर छिमेकका अन्य सदस्यलाई दिनुपर्ने कबोल गराएका थिए । यस्तो कार्यक्रम नेपालका विभिन्न ३८ वटा जिल्लामा संचालनमा रहेको संस्थाले जनाएको छ । महिला संसक्तिकरण र गरिवी निवारणका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको संस्थाले दाबी गरेको छ । महिलाहरुको लागि पशु उपहार कार्यक्रम ग्रामीण भेगमा सकारात्मक प्रभाव परेको बताउँदै शनिश्चरेको जलेश्वर स्वाबलम्वन समाजका अध्यक्ष प्रल्हाद सापकोटाले भने-यो कार्यक्रमले पशुपालन प्रति ग्रामीण महिलाहरुको आकर्षण बढ्नुका साथै उनीहरु निकै उत्साहित पनि देखिएका छन् । अन्य कार्यक्रम भन्दा पृथक ढंगले अढि ल्याइएकोले पनि कार्यक्रम प्रभावकारी बनेको उनको दाबी छ । हेफरको साझेदार झापा खुदुनावारी स्थित अभियान नेपाल नामक संस्थाका अध्यक्ष प्रेम गिरीले झापामा संचालित कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउँदै भने-छरछिमेकमा सहयोग गर्नु पर्छ भन्ने भावनाको पनि विकास भएको छ । उनी भन्छन्- आयमुलक कामलाई बेवास्ता गर्ने महिलाहरु पनि पशुपालन गरेर धेरथोर आम्दानी गर्न थालेका छन् ।