झापा महारानीझोडा ७ का मदन भन्डारी बसीखाने उमेरका भए । अखाँ पनि धमिलो भयो अचेल । चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ । उमेरले साठी नाघ्यो तर, मध्य बर्खामा बाह्रछोरा तेह्र नाति बुढाको धोक्रो काँधैं माथि भने झैं छ, बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो ।
खेतबारीमा काम गर्ने कृषि मजदुर पाउन छाडेपछि महारानीझोडा मात्र नभएर जिल्लाका अन्यत्रका किसान पनि पिरोलिएका छन् । पोहोरसम्म त बिहार र बंगालबाट भरतियहरू काम गर्न यता अउँथें । तर, यो बर्ष भने उताका मजदुरले यता सीमाना काटेनन् । महारानीझोडा ७ बाट धेरै घरका युवा वैदेशिक रोजगारीमा खाडी गएका छन् । गाउँमा खेतीमा काम गर्नेको अभाव छ, घरका बाँकी रहेका बुढावुढीले मात्र खेती उठाउन मुश्किल परेको छ । कतिपय घरका युवायुवतिसमेत पढाइको सिलसिलामा बाहिर बस्नाले खेतबारीमा काम गर्ने कामदार नै छैनन भन्छन किसान दुर्गामणी पोख्रेल । जग्गा प्लटीङ भयो, गोरू चोरी भएर भारत पुगे, कामदार खाडी गए कस्ले गर्ने गाउँमा खेती...? पोख्रेलले ब्यङग गरेका मात्र होइनन, झापाका धेरै सीमावर्ती गाउँबाट बर्षाकै समयमा गोरू चोरी हुने गर्छ । बिहार सरकारले कृषि मजदुरलाइ सुविधा बढाएपछि उताका कामदार नेपाल भित्रन छाडेका हुन । तर, यहाँका किसानले भनेका बेला मलखाध समेत पाउँदैनन । सुविधाका नाममा केही छैनन् । गाउँमा अहिले केटाकेटी र बुढापाकाको भरमा खेती उठाउनु पर्ने बाध्यता छ । चैते धान काट्न, दाउनी गर्न र थन्काउन चटारो भएकोबेला बर्षे धान रोप्न ब्याड काड्ने, हिलो बनाउने र रोपाहार कसरी लगाउने यहि पिरले पिरोलिएका छन् झापाली किसान । कृषिमा भरपरेकाहरूको विकास गर्ने हो भने अब पुरातन सोच हटाउन जरूरी छ । नयाँ सोचका साथ कृषिलाइ प्रबर्धन गर्न ढिला भइसक्यो ।

No comments:
Post a Comment