Sunday, March 2, 2014

चपमा हाल्न अफिम खेती

कुमार लुइँटेल
महादेवा (मोरङ) : अफिम खेतीलाई कानुनले वर्जित गरेको छ। तर, मोरङका ग्रामीण भेगमा स्थानीयले आफ्नो बारी र खेतमा व्यावसायिक रूपमै अफिम खेती गरिरहेका छन्। अफिमको बोट र काँचो दानाबाट निस्कने चोप नसालु पदार्थका रूपमा प्रयोग हुन्छ।
जिल्लाको दक्षिणपूर्वी गाविस महादेवाका बासिन्दाले आफूले प्रयोग गर्न र बिक्रीका लागि अफिम खेती लगाएका छन्। अहिले फूल लागेको अफिम फागुन अन्तिम र चैत महिनाभरिमा पाक्छ। किसानका बारीमा अहिले अफिमका सेता फूल लहलह झुलेका छन्। दाना पाक्न ठिक्क परेको छ।
महादेवा ७ मिर्चियाडँगीकी लागोदेवी सिंहले आफ्नो टोलका अधिकांश किसानले खेतबारीमा अफि म खेती गरेको बताउँदै भनिन्, 'तरकारी खेती गर्ने सबै किसानले बारीका कान्लामा अफिम लगाएका छन्।' गनगाईंहरूको बाहुल्य रहेको यो टोलमा ९० परिवार बसोवास गर्छन्।
नसालु अफिमको प्रयोग स्थानीयले भने आलुचप र प्याजी चपमा प्रयोग गर्दै आएका छन्। स्थानीय कुथनाप्रसाद सिंह भन्छन्, 'गाउँभरिका मासिनले आआफ्ना बारीमा रोपेका छन्। हामी आलुबाट तेलमा फुराएर बनाइने विशेष प्रकारको चपमा अफिमका दाना पिसेर हाल्छौं। यसले स्वाद बढाउँछ।' स्थानीयले अफिम पाकेपछि त्यसबाट निस्कने दाना 'पोस्ता' लाई चप बनाउँदा बेसनसँगै मिलाउने चलन रहेको बताए।
सीमा क्षेत्र मिर्चियाडाँगीबाट भारतको बुलबडिया बजार नजिक पर्छ। किनमेलका लागि उनीहरूको बजार यही हो। वारिपट्टि उत्पादन हुने अफिमको दाना पोस्ता पारि भारतमा पनि बिक्री हुन्छ। भारत किसनगन्ज खनियावादका गलिलाल हरिजनले अन्नपूर्ण पोस्ट्सँग भने, 'यताबाट उता लग्दा ५० ग्राम पोस्ता ४० भारतीय रुपैयाँमा बिक्री हुन्छ।'
महादेवाका अन्य वडाहरूमा पनि किसानले प्याज र लसुनसँगै अफिम रोपेका छन्। महादेवाका छिमेकी गाउँहरूमा पनि अफिम खेती गरिन्छ। स्थानीय पवित्रादेवी सिंह भन्छिन्, 'अफिमको पोस्ताको बेसन नहालेको भए स्वादै हुन्न। पाहुनाले पनि खुबै मन पराउँछन्।' तर, नशाका लागि बिक्री नगरेको स्थानीयको दाबी छ।
जिल्लाको ग्रामीण भेगमा व्यावसायिक रूपमै अफिम खेती भइरहेको विषयमा प्रहरी भने अनभिज्ञ छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त ा डीएसपी दीपक पोख्रेल भन्छन्, 'मोरङका कुनै पनि भेगमा नसालु पदार्थको खेती हुँदैन। अफिमको खेती त हुँदैहुँदैन।'

अन्नपूर्ण पोष्ट २०७० माघ ज्१९

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK