कुमार लुइँटेल
बेलबारी(मोरङ) : कमिलोलाई वुद्धि,
श्रम र सामाजिक एकताको प्रतिक मानिन्छ। बलका दृष्टिले यसलाई कमजोर मानिन्छ।
तर, यो प्राणी मिलेर बस्ने र मेहेनती भएकै कारण प्रशंसाको पात्र बन्ने
गर्छ। ठाउँ नै पिच्छे फरक फरक प्रजातिका कमिला पाइन्छन्। तिनै मध्ये अति नै
आक्रामक मानिने ब्यागें कमिलो मोरङमा भने पर्यटक तान्ने माध्यम बनेको छ।
सिमसारमा सुनकछुवा, ढकनी कछुवा, मयुरपंखी कछुवा र अरु जीवको पनि आश्रय छ।
मोरङको पर्यटकीय क्षेत्र बेतौना सिमसार यतिबेला कमिलोका कारण चर्चामा छ।
चरा हेर्ने जानेको लागि पनि यो ठाउँ आकर्षक गन्तव्य हो। अहिले भने कमिलोका
कारण यो ठाउँमा पर्यटकको चहल पहल बढेको सिमसार संरक्षण समितिले जनाएको छ।
कमिलाको विषयमा जानकारी दिन व्यागें कमिलोको प्रतिमूर्ति राखेपछि हिजोआज
सिमसार घुम्न जाने पर्यटकहरूबढेको समितिका अध्यक्ष इरान राईले बताए।
'बेतौना चरा र प्रकृतिक मनरोम दृश्यका लागि चर्चित छ,' राईले भने, 'अहिले
भने कमिलो हेर्न आउने पर्यटक बढेका छन्।'
बेतौनमा १२ लम्बाई र ७ फिट अग्लो ब्यांगे कमिलोको प्रतिमूर्ति स्थापित
गरिएको छ। यो मूर्ति सुनसरी इटहरीका कलाकार बिक्रम श्रीले निर्माण गरेका
हुन्। फाइबर जेल र आइरन रडले निर्माण गरिएको कमिलो सिमसारको मध्य भागमा
राखिएको छ।
सिमसारमा भेटिएकी मोरङ हरैंचाका दिनेश चौधरीले भने,'कमिलोको बारेमा
सुनेकोले छोराछोरीलाई पनि देखाउन ल्याएँ।' खासगरी अहिले सिमसार क्षेत्रमा
विद्यार्थीहरूघुम्न जाने क्रम बढेपछि कमिलोको बारेमा जानकारी दिने बोर्ड
समेत राखिएको समितिले जनाएको छ।
बेतना सिमसार क्षेत्र विराटनगरदेखि ३४ किलोमिटर उत्तर र सुनसरीको
इटहरीबाट करिब ११ किमी पुर्वमा पर्छ। नौका बिहार। चारकोसे झाडीको मनोरम
दृश्यावलोकन। वनचरीको चिरवीर। तालमा पौडने रंगीचङ्गी माछा। आदि यस्तै
कुराले जोकोहीलाई पनि एक पटक बेतना पुग्न लोभ्याउँछ।
पूर्वपश्चिम राजमार्गसँगै सटिएको सिमसारका ठाउँ ठाउँमा मचान बनाइएका छन।
त्यहाँ गफिदै गरेका प्रेमिल जोडीहरूपनि प्रशस्तै देखिन्छन्। बेतना क्षेत्र
पुग्दा जो कोहीले अनायसै भन्ने गर्छन 'आहा कति रमाइलो ठाउँ।'
बेतना सिमसारका चरा बारे ५ वर्ष अघि अध्यय्न गर्दा ५३ प्रजातिका चरा
भेटिएका थिए। यहाँ बसाई सरी आउने चराको पनि अधिक गतिविधि हुने गर्छ।
अध्यय्नमा संलग्न प्राणीशास्त्रका प्राध्यापक डा. भरतराज सु›बाले भने,'यो
क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनु जरुरी छ। चरा, उभयचर र अन्य किटका लागि
पनि यो सिमसार स्वर्ग हो।'
यो क्षेत्रमा मानिसले अधिक हस्तक्षेप भने गर्न नहुने आफूहरुले सुझाउ
दिएको सुब्बाले बताएका छन्। सिमसार क्षेत्रमा दैनिक दुई सय आन्तरिक पर्यटक
घुम्न पुग्छन्। देवीथान र अमना सिसौली सामुदायिक वन क्षेत्रमा पर्ने सिमसार
संरक्षणको जिम्मा उपभोक्ताले लिएका छन्।
मिति : २०७० फागुन २४, शनिबार [अन्नपूर्ण पोष्ट]
मिति : २०७० फागुन २४, शनिबार [अन्नपूर्ण पोष्ट]
1 comment:
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK
Post a Comment