Saturday, August 4, 2012
Thursday, September 8, 2011
आमाको भूमिका
आमाको भूमिका निर्वाह गर्न पुरुषका लागि चूनैति नै हो । तरयी बुवाहरु यो चुनौति मौलदै छन् । आमा बुझ्न त्यतिबेला मात्र सकिन्छ जतिबेला त्यो भूमिकाको बिषयमा थोरै भएपनि
बुझ्ने कोसिस हुन् । आमाको माया धेरैले पाउँछन् । तर यो मायाबाट बन्चित
हुनेले बुवाबाट पाउने मायालाई पनि आमाकै जत्तिकै मान्नु पर्ने हुनसक्छ ।
Saturday, July 23, 2011
आफ्नै पोसाकमा चिरिच्याट्ट
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४ डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र जातिय उत्सवमा पनि यो पोशाक लगाउँछिन् । भन्छिन पहिले त हाम्रा आमा हजुरआमाले मात्र लगाउनु हुन्थ्यो तर जातिय पहिचान नै हराउने भएपछि हामीजस्ता युवतीले पनि आफ्नै पोसाक रोज्न थालेका छौं ।पहिलो पटक कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
Saturday, July 16, 2011
दमकमा आधी बाटो हिंडेपछि
रेडियोटिभीमा देखिएका र सुनिएका उदय तथा मनिला सोताङले विहीवार साँझ झापाली स्रोतालाई प्रत्यक्ष गायनको रसपान गराए । रेडियोका स्पिकर र टिभीका स्क्रिनमा मात्र सुगम संगीतमा रमाएका दमकवासीले समिपकै स्टेजमा बसेर प्रत्यक्ष सुगम संगीतको स्वादमा झुम्ने पहिलो अवसर पाएका हुन् । स्थानिय सप्तरंगी एफएमले सुगम संगीतका यी हस्तीलाई सप्तरंगी संप्तक कार्यक्रमका लागि दमक निम्ताएको थियो । अघिल्लो महिनाबाट राष्ट्रिय कलाकारलाई झिकाएर प्रत्यक्ष गायनको कार्यक्रम रेडियोले गरेपछि गीत पारखीले मनोरंजन गर्ने अवसर पाएका हुन् ।Monday, July 11, 2011
गुम भयो घुम, उघारियो छाता
बर्खामा र्गाउँघरमा घुम ओडेर मेलापात जाने चलन केही अघिसम्म पनि प्रचलनमा थियो । तर अहिले घुमको ठाउँ छाताले लिएको छ । मेलापात र हाटबजारमा समेत घुम ओड्ने चलन हराउँदो छ । बुडापाकाले मेलापात जाँदा घुम ओढ्ने चलन अहिले सम्झना मात्र बनेको छ । पाँचथरको वलने २ बाट दमक बसाइँसरेपछि घुम ओढेर मेलापात गएको दिन सम्झना मात्र भएको बताउँदै शेषकुमार निरौलाले भनेुअहिले ती दिन सम्झना मात्र भए यता आएपछि छाता नै सजिलो भयो ।भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले पहाडमै छँदा सिकेको बताउँदै भनेुतराईमा भने चित्रामा प्लाष्टिक मोहेरेर बनाइँदो रहेछ ।
Friday, July 1, 2011
खेतीमा बुढापाका मात्रै
झापा महारानीझोडा ७ का मदन भन्डारी बसीखाने उमेरका भए । अखाँ पनि धमिलो भयो अचेल । चस्मा नलगाइ नजिकका चिजबिज ठम्याउनै पनि मुश्किल पर्छ । उमेरले साठी नाघ्यो तर, मध्य बर्खामा बाह्रछोरा तेह्र नाति बुढाको धोक्रो काँधैं माथि भने झैं छ, बिहानै हलोको अनैं समाउन खेत नपुगे मुखमा यो बर्ष माड नलाग्ला जस्तो भयो ।
Wednesday, June 29, 2011
उल्टो मन्त्र हान्ने झापाली गाउँ
Subscribe to:
Posts (Atom)

