Sunday, August 16, 2009

हामीलाई घर फर्काउ

स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुर्नवासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् ।
सातवटै शिविरमा भईरहेकेा घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् ।
शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजार भन्दा धेरै शरणार्थीले सहभागिता जनाएका छन् । तीनै शरणार्थीको प्रतिनिधत्व गर्दै नेतृत्व गरिरहेका ४१ जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरि अमेरिका अष्ट्रेलिया डेनमार्क नेदरल्याण्ड न्युजिल्याण्ड र नर्वेका नेपाल स्थित राजदुतावासलाई अपिल पठाइएको हो ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती संयुक्त समितीका सह संयोजक सन्तवीर घलेले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुर्नवास गराईरहेका देशहरुले स्वदेश फिर्तीको लागि वातावरण बनाउनु पर्ने आफूँहरुको माग रहेको बताए । उनले भने- जसरी हाम्रा मान्छेलाई तेस्रो मुलुक लगिदैं छ हामीलाई पनि त्यसरी नै भुटान फर्काउन पर्यो । उनले सोमवार कुरियर मार्फत शरणार्थीको अपिल ती देशका राजदुतलाई पठाइएको बताए ।
अपिलमा पुर्नवासले मात्र शरणार्थी समस्याको दीर्घकालिन समाधान नहुने उल्लेख गर्दै शरणार्थी उच्चायोग नेपाल र भारतले समेत भुटानलाई अफ्ना नागरिक फर्काउन दबाव दिन आग्रह गरिएको छ । शरणार्थीलाई न्याय शान्तिपूर्ण ससम्मान र सुरक्षित तवरले भुटान फर्काउन अपिलमा माग गरिएको छ ।
गत वैसाख महिनामा शिविरमा शुरु भएको अभियान सातवटै शिविरमा अहिले पनि चलिरहेको छ । घर फिर्तीका लागि इच्छुक शरणार्थीले फाराम भर्ने काम अहिले पनि जारी छ- अभियानका संयोजक हर्कजंग सुब्ब्ााले भने ।
सन् १९९० को दशकमा आफ्नो मुलुकबाट लखेटिएर नेपाल आएका शरणार्थीले यस अघि पटक पटक गरेको स्वेच्छिक स्वदेश फिर्तीको अभियान निष्फल भएका थिए । पुर्नवास शुरु भएपछि १६ हजार भन्दा धेरै शरणार्थी तेस्रो मुलुक पुगिसेका छन् ।


No comments: