साहित्य

(कथा)
सन्तान
 प्राध्यापक रामेश्वर एक सातादेखि अस् पतालको शय्यामा दिन बिताउँदै थिए। अहिले एक-दुई जना छिमेकीहरू उनका छेउमा बसेका छन्। समय दिउँसो ३ बजेतिरको हो।
"मैले थोरै सुप बनाएर ल्याएकी छु, दाइ खाइदिनु पर्योर। तीन दिनदेखि केही खानुभएको रहेनछ। तपाइर्ं बिरामी भएको कुरा बिहान थाहा पाएर आएकी। अडेस लागेर बसौँ दाइ, म उठाइदिन्छु।" एउटी महिलाले ह्यान्डिल घुमाएर बेडको शिरतिर ठाडो बनाएपछि तकियामा अडेस लागेर रामेश्वर बस् छन्।
काठमाडौँका पुराना-पुख्र्यौली बासिन्दा रामेश्वरलाई सात पुस् तासम्म थाहा छ, आफ्नो पुख्र्यौली काठमाडौँ भएको कुरा। त्यसभन्दा परका पुस् ता कहाँबाट आएका हुन्, त्योचाहिँ उनलाई जानकारी छैन। उनका बाहरू पाँच भाइ थिए। बा पुस् ता बितिसके पनि उनीहरूका केही सन्तानहरू छन् तर दाजुभाइबीचको अंशमुद्दाका कारण पहिल्यैदेखि नै आउनेजाने थिएन। रामेश्वरका पनि तीन दाजुभाइ हुन्। दुवै दाजुहरू संसारबाट बिदा भइसके। भतिजाहरू कोही विदेशतिरै छन्। यहाँ भएकाहरू पनि सम्पर्कमा छैनन्। आ-आफ्नो गरखिान्छन्।
अहिले उमेरका अठहत्तरौँ भर्याकङ उक्लिँदैछन् रामेश्वर। आफ्नो समयका नाम चलेका प्रोफेसर। पत्नी उमादेवी पनि काठमाडौँको सम्भ्रान्त परविारकी थिइन्। तीन छोरी र दुई छोरा जन्माई हुर्काई गरेकी उमादेवीमा निकै ठूलो पारविारकि अनुभव थियो। जेठी छोरी केही वर्षअघि बिहे नगर्दै बितिन्। दुईवटी छोरी अस् टे्रलियामा राम्रो व्यवस् था गरेर बसेका छन्।
जेठो छोरोले तल्लोवर्गकी ल्यायो। बाबुआमाले धेरै सम्झाउँदा पनि उसले मानेन। परण्िााम मेलमिलाप हुन पाएन। अनि, छोराबुहारीसँग वर्षदिन पनि राम्ररी बसाइ हुन सकेन। छोराबुहारी पनि बाबुआमासँग नबस् ने भए। एक्लै गरखिाने भनेर निस् िकन लाग्दा रामेश्वरसँग भनाभन भयो। उनले पनि रसिको झोँकमा छोरालाई मुखै नदेखाउने गरी जा जहाँ जान्छस् गइहाल भनेका थिए। जेठो छोरो अमेरकिा भासिएको पनि १५ वर्ष भइसक्यो।
कान्छो रघुचाहिँ निकै वर्ष बाबुआमासँगै थियो। चार वर्षअघि बुहारीको डीभी परेपछि अमेरकिा गएको हो। कान्छोले म बाआमासँगै बस् छु, यतै गरखिान्छु भन्थ्यो। तर, बुहारीलाई डीभी परेपछि उतै टाप कस् यो।
"तिमीलाई डीभी परेको भए अस् ित नै गइसक्थ्यौ। मेरा नाममा डीभी पर्योन भनेर तिमीलाई चित्त दुख्यो, खपिसक्नु भएन। यी लोग्नेमान्छेहरू आइमाईको प्रगति भएको हेर्नै चाहँदैनन्। तिमीलाई डीभी पर्दाचाहिँ मैले खुसी मानिदिनुपर्ने। तर, मलाई डीभी पर्दा तिमीलाई यति ठूलो पीडा !" श्रीमतीले नानाथरीका कुरा गरेपछि ऊ पनि श्रीमतीको डीभीमा अमेरकिा जान बाध्य भयो।
यसरी चार वर्षअघि कान्छा छोराबुहारीले पनि छोडेर गएपछि रामेश्वर जोडी एक्लै गुजारा गर्दै आएको थियो। गुजारा गर्न दुःख त थिएन। रामेश्वरले १२/१३ हजार रुपियाँ पेन्सन पाउँथे। मुद्धतिमा १०/१२ लाख रुपियाँ राखेका थिए। छोराबुहारीको कमाइमा बाँच्नुपर्ने थिएन।
तर, आर्थिक कुरा मात्र पर्याप्त होइन रहेछ जीवनमा। मायाप्रेम, सद्भाव र सहभागिता प्रमुख कुरा हुने रहेछ। ७८ र ७१ का रामेश्वर जोडी नितान्त एक्लिए। त्यतिबेला कान्छा छोराबुहारीलाई देश-समाज, वृद्ध बाबुआमा छोडेर नजान छरछिमेक र वरपरकाले पनि भनेका हुन्। आमा उमादेवीलाई छोराबुहारी जानुअघि एक सातादेखि नै निद्रा र भोक थिएन। रोएरै दिन बिताउँदै थिइन्। पति रामेश्वरले सम्झाउँदा झन् घुक्कघुक्क गर्थिन्।
छोराले देखावटी नै भए पनि केही वर्ष अमेरकिा बसेर अलिकति जोहो गरेपछि फर्किन्छु भन्थ्यो। बुहारीले पनि बाआमाको हेरविचार गर्ने कुरा आँसु झार्दै भनेकी हो। तर, बूढालाई थियो यो फोस्रो आश्वासन मात्र हो। त्यसैले माटोको भर ढुंगा, ढुंगाको भर माटो भनेझैँ दुई बूढाबूढी एकअर्काका भर हुन पुगे।
जीवनभर छुट्टनिु नपरोस् भन्थे र श्रीमतीलाई सम्झाउँथे, "चिन्ता नगर बूढी हामी बिरामी भएर काम गर्न नसक्ने भएपछि खबर गरौँला आउलान् नि छोराछोरीहरू !"
केही दिनपछि बूढी उमादेवी रोगाउँदै गइन्। बूढा मान्छेले जसोतसो अस् पताल-घर गरेर पत्नीको सेवा उपचार पुर्यारइरहे। एक वर्षजति बूढीमान्छे सिकिस् त भइन्। बूढाले छोरालाई खबर गरे तर छोरो आइनपुग्दै बूढी गइन्। अनि, बूढा एक्लिए। फेर िउनी पनि रोगाउँदै गएपछि छोराहरूलाई खबर गरे तर कोही आएनन्।
यतिबेला बूढामान्छेलाई थलिएपछि छरछिमेक मिलेर अस् पताल भर्ना गरििदएका छन्। अनि, एउटी चिनारु नर्सले विशेष हेरचाह गर्दैछन्। एक सातादेखि प्रा रामेश्वर अस् पतालमा मृत्यु पर्खेर बसेका छन्। उनका खुट्टा टेकिँदैनन्। विभिन्न रोगले च्यापेको छ। अनि, डाक्टरले पनि एक प्रकार बिदा दिइसकेको छ। उनलाई घरमा हेर्ने मान्छे नभएकाले डाक्टरलाई विशेष आग्रह गरेर अस् पतालकै एउटा सानो क्याबिनमा राखिएको छ।
अर्को क्याबिनको बिरामी हेर्न आएको एक जना व्यक्ति रामेश्वर सुतेको क्याबिनमा छिर्छन्। कुनै बेला रामेश्वरको क्याम्पसमा उनी विद्यार्थी थिए। आफ्ना गुरु पनि त्यहीँ बिरामी परेको थाहा पाएर भेट्न आएका हुन्।
"बुबालाई अहिले कस् तो छ ? कति वर्षको पुग्नुभो  ? अस् पतालमा अरू को को हुनुहुन्छ  ? तपाइर्ंलाई केही अप्ठ् यारो त छैन ?" ती आगन्तुकलाई रामेश्वरको घरपरविारको अवस् था र वर्तमानबारे थाहा थिएन। त्यसैले चिनारु भए पनि उनले यसरी सोधेका थिए।
"बाबु मलाई किन अप्ठ्यारो पार्छौ ! मर्ने बेलाका मान्छेलाई किन दसथरी कुरा सोध्छौ ? म एक्लो छु। एक्लै जन्मिएको हुँ, एक्लै मर्छु पनि। यहाँ मेरा कोही पनि छैन। छिमेकीले भर्ती गरििदए। यी सेतो लुगा लगाउने नानीहरूले हेरचाह गरेका छन्। बस्, त्यत्ति हो।"
"बुबाका छोराछोरी त निकै जना छन्। शिवले त मसँगै पढेका थिए। अनि, अहिले कोको कहाँकहाँ छन् ?"
"मेरा छोराछोरी- यी नर्स नानीहरू हुन्। अरू पनि धेरै छन्, मेरा छोराछोरी। मजस् ता प्रत्येक बूढाबूढीका हजारौँको संख्यामा हुन्छन्, छोराछोरी...। मेरा पनि हजारौँ छोराछोरी छन्। हो, बाबु मेरा...हजारौँ छोराछोरी छन्। एक-दुई जना होइन, हजारौँ छन्, छोराछोरी।"
रामेश्वर एक्लै बर्बराउँदै गएपछि आगन्तुकले उनलाई घचघच्याउँदै बोलायो। "बा...बा... के भो तपाईंलाई, किन एक्लै बर्बराउँदै हुनुहुन्छ ?"
बूढाले चारैतिर हेर्दै भने, "हो बाबु मेरा छोराछोरी धेरै छन्। हजारौँ छन्। हजारौँ। तिमीहरूलाई लागेको होला, यो बूढो बहुलायो। के के नचाहिँदो बोल्न थाल्यो। तर होइन, म पूर्ण होसमा छु। मलाई सबै कुराको हेक्का छ। अब जान्न चाहन्छौ मेरा हजारौँ छोराछोरीको कुरा...।"
"एक वर्षअघि मेरी पत्नी सारै बिरामी परेर यसै अस् पतालमा ल्याएर राखेँ। आईसीयूमा अक्सिजन दिएर राख्नुपर्योी। म एक्लो बूढो। सोचंेँ, छोरालाई खबर गर्नुपर्योक। फोन गरेर आमा सारै भएकी हुँदा अस् पताल भर्ना गरेको कुरा सुनाएँ। आमाले पनि छोरा छिट्टै आओस् भनेर हत्ते गर्दै बाटो हेररिहेकी छ भन्ने जानकारी दिएँ।"
छोराले भन्यो, "बाले आमाको राम्रो औषधी गर्नू, म पैसा पठाइदिन्छु। बल्लतल्ल राम्रो 'जब' पाएको हुनाले अहिले मलाई आउन मिल्दैन। अलि पछि समय मिलाएर आउँछु।" मैले पनि फोन राखिदिएँ। कुरो बुझेँ, अब छोरो आउँदैन।
"म अस् पताल फर्केर गएपछि अक्सिजनसँग स् याँस् याँ गर्दै आमाचाहिँले सोधी, "छोरो कहिले आउँछ ?"
"टिकट मिलेपछि तुरुन्तै आउँछु भनेको छ, चिन्ता नगर भनेर सम्झाएँ।" अर्को दिन पनि छोराछोरीको कुरा गररिही। जेठो, कान्छो। छोरीहरू। बुहारी, नातिनातिनी सबैको गन्ती गरी अनि डेढ दर्जन पुर्यागई। कान्छो त आउँछ होला भनेर सोधिरही। मैले केही भन्न सकिनँ। बेलाबेला कान्छो छोरा कति बेला आउँछ, अब ऊसँग भेट नहुने भो ! एकपल्ट मुख देखाएर गए हुन्थ्यो। अर्को छोराको त झन् केही भरै भएन। उसले त पहिले नै माया मारेर हिँडेको हो। कान्छाले त केही गर्ला कि भनेको ऊ पनि आइपुगेन। छोराछोरी नभेटीकन नै म मर्ने भएँ। मेरो किरयिा नहुने भो ! बरु छोराछोरी नै नजन्मिएका भए चित्त बुझाउन सकिन्थ्यो। आधा दर्जन छोराछोरी भएर पनि यस् तो अनाथ हुनुपर्यो्। व्यर्थ रहेछ छोराछोरी जन्माउनु, हुर्काउनु, खुट्टा टेकाउनु, आफू मेटिएर पनि मरहित्ते गर्योथ केही न केही ! मैले मर्ने बेलामा पनि यसरी एक्लै हुनुपर्योख।" बूढी आफैँ गनगन गररिहेकी थिई।
कुरा गर्दागर्दै राती नै बूढी गई। म एक्लो भएँ। फगत एक्लो। छोरालाई फेर िफोन गरेर आमा गएको खबर सुनाएँ। छोराले भन्यो, "नहुनुपर्ने भइगएछ। अब म त्यहाँ आएर पनि आमा फर्किनु हुन्न। म यतै चोखो-शुद्ध भएर किरयिा बार्छु। चिन्ता नगर्नुहोला। काम गर्ने केटो छँदैछ। खर्चको आवश्यकता परे पठाउँला। ल बाई। अहिले राखौँ त!"
"छोराको कुरो सुनेपछि मलाई भाउन्न भएर रंिगटा चल्यो। फोन राख्न नपाउँदै डङ्रंग लडेछु। निकैबेरपछि त्यही टेलिफोनको भाइले उठाएर घर पुर्यारइदियो। त्यसपछि मैले कसैलाई पनि फोन गरनिँ। जसोतसो दिन बित्दै गएका थिए। गएको दुई महिनादेखि म रोगाएँ। सन्तान छन् भन्ने कुराको आश मरेन र आउन खबर गरेँ। जवाफमा छोराले भन्यो, "पल्ला घरका अंकल आन्टी सारै सहयोगी छन्। केही अप्ठ्यारो पर्दा उनलाई भनेर गराउनू। खर्चको चिन्ता गर्नु पर्दैन, म पठाइदिन्छु। राम्रो हेरििवचार पुर्यागउनु। औषधी पनि समयमा खानू। म केही समयपछि आउँछु।"
"यसरी म सारै बिरामी पनि भएर एक्लै बाँचेकै थिएँ। अघिल्लो साता बेहोस भएर बाथरुममा नै लडेँछु। छरछिमेक मिलेर यहाँ अस् पतालमा ल्याएर राखिदिएछन्। भन त बाबु, यस् तो सकस पर्दा एक्लो र रोगी भएर बाँच्नुपर्दा पनि छोराछोरीको साथ पाइँदैन भने ती केका छोराछोरी ? बुढ्यौली र रोगले गाँजेपछि कोही आफ्नो हुँदैन रहेछ। छोराछोरीले नै तर्केपछि अरू आफन्त र छरछिमेकको के आशा गर्नू ?"
"छोराछोरी जन्मायो, हुर्कायो। पढाइलेखाइ गराएर समर्थ पारुन्जेलमा आफ्नो शक्ति क्षीण भइसक्छ। प्रायः बाबुआमा ६० जति पुग्दा मात्र बल्ल छोराछोरी आफ्ना खुट्टा टेक्न सक्ने हुन्छन्। एकप्रकार जीवन रिित्तँदै गएको हुन्छ। त्यतिबेला छोराछोरीबाट हेरविचार पुग्ला भन्ने आश गर्योक। यी यस् तै हुने रहेछ। अनि, केको छोराछोरी ? तपाईंहरू, यी नर्स नानीहरू... नै मेरानिम्ति आफन्त।"
रामेश्वर खोक्न थाल्छन्। उनको सास बढ्दै जान्छ। नर्स र डाक्टरहरू भेला हुन्छन्।
रामेश्वर बेहोस अवस् थामै एकोहोरो बोलिरहेका हुन्छन्, "मेरा कोही पनि छैनन्। म निःसन्तान हुँ। मेरा कोही छैनन्। छन् भने सबै छन्, मेरा छोरा यस संसारमा हजारौँ छन् हजारौँ।"
डाक्टरले रामेश्वरको नाडी छाम्दै छन्, छातीमा हातले मुड्की ठोक्दै छन्। उनी एकोहोरो हिक्कहिक्क गर्दै साउती स् वरमा भनिरहेका हुन्छन्, "मेरा छोराछोरी छैनन्, मेरो कोही पनि छैन।" यिनै शब्द उनका जीवनका अन्तिम शब्द हुन पुग्छन्। अनि, वातावरण स् तब्ध बन्छ।









1 comment:

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक