Monday, February 1, 2010

जननेता मदन भण्डारीकी आमा भन्नुहुन्छ नेताले झगडा गरेको सुनेकी छु....

उमेरले चार विस दुई काट्न लाग्यो । आँखा कमजोर भएर दृष्य धमिलो हुन थालिसके । नजिकै बसेर नबोले बोलेका कुरा सुन्न समेत हम्मे हम्मे पर्छ । तर यो बुढेसकालमा पनि दैनिकी उही छ । बिहान पाँचै बजे उठ्यो नुहाई धुवाई सक्यो अनि लाग्यो पूजापाठमा । साढे पाँच बजे शुरु हुने पूजापाठ लगातार आठ बजेसम्म चल्छ । हातमा तुलसीको माला लिएर जपमा बसेपछि कसैसँग बोल्न नहुने ।

ठमठमी िहंडेरै बाहिर भित्र गर्ने उनको बानी अझै उस्तै छ । न लाठी चाहिन्छ न कसैको सहारा नै ।अचेल बाहिर भित्रको काम गर्न सक्तिन् । घुडाँ करकरी खान्छ । जोर्नी पनि दुख्छन् उनले भनिनूआँखा धमिलो भयो । छोरालाई चश्मा ल्याइदिन भन्दै छु । औषधि उतिसाह्रो लिन्न ।

परिवारले दिएको सहयोग र सदभावबाट पूर्णत सन्तुष्ट छिन् चन्द्रकला भण्डारी अर्थात स्वर्गीय जननेता मदन भण्डारीकी आमा । देशकालागि बलिदान दिएका माईलो छोरा मदनलाई सम्झाउदाँ भक्कानिएकी उनले भनिन् उ मेरो मात्र प्यारो होला भन्ठानेकी थिएँ तर सबैको पो प्यारो रहेछ । सबैले जननेता भन्छनू ।

छोराले देशकालागि राम्रो काम गरेको र उ जनताको नेता भएको थाहा पाएकी उनी हिजोआज देशका नेताहरु भ्ाुगडा गर्दैछन् रे भन्नेसम्म भेउ पाउँछिन् । खै किन हो थाहा छैन् । पहिले पहिले त पार्टीका मान्छे मलाईपनि भेट्न आउँथे कुरा सुनाउँथे । तर दुई वर्षसम्म काठमाण्डौं बस्दा बामदेव र गुरु बराल बाहेक कोहीपनि आएननू उनले भनिन दशैंमा बामदेव परिवार नै लिएर म कहाँ टिका थाप्न आउँछन् । गुरु काठमाण्डौ जाँदा मलाई नभेटी फर्कदैनन् ।

काठमाण्डौको जाडो छल्न एक महिना अघि मात्र उनी मोरङको उर्लाबारी आएकी छिन् । यस अघिपनि यहि रहेका काँइलो छोरा प्रेम र नातीहरुसँगै उर्लाबारीमा बस्दै आएकी थिइन् । ूयता उता दुबैतिर रमाईलो छ । छोरा उही हुन जता बसेपनि मलाई राम्रो गरेका छन् । काठमाण्डौं रहँदा आफूँ कान्छा छोरा कैलाससँगै बस्ने गरेको बताउँदै उनले माहिली बुहारी विद्यादेवी भण्डारीसँग भने कमै मात्र भेटघाट हुने गरेको बताईन् । उनको काम नै त्यस्तै छ । सँधै व्यस्त रहन्छिन् । िहंडिरहने काम छ् । कहिलेकाँही मात्र भेटघाट हुन्छ । नातिनी ले तारन्तार भेट्छे । बुहारी विद्या बिरामी भएकोले नसक्दा काम नगर भन्दा उनले सकुन्जेल काम गर्ने भनेको बताउँदै चन्द्रकलाले भनिन लौरो टकॆर िहंडछिन् तर मेरी माईली बुहारीलेपनि छोरा कै बाटो समाएकी छिन् । मलाई राम्रो लागेको छ ।

ताप्लेजुङ डुंगेसाँगुमा मदनको जन्म र बल्यअवस्था सम्झदैं सानो छँदा उनी अत्यन्तै चतुर र कामको पक्का भएको बताईन् । उस्ले भरखरै विद्यालय प्रवेश गरेको थियो । किताबका पाठ फरर सुनाउँथ्यो । पछि बुवाले जाँच गर्दा पो थाहा भयो क ख समेत लेख्न जान्दो रहेन छ । अरुले घोकेको सुनेर यादभएको पाठ पो सुनाउँदो रहेछ । सुनेकै भरमा धेरै कुरा दिमागले टिप्न सक्ने क्षमता मदनमा रहेको उनले बताईन् । बनारसमा पढ्न गएर फर्कदा भने सँधै थाकका थाक किताव लिएर आउँथ्यो । सँधै किताबा घोत्लिरहन्थ्यो । दुलारीबाट मोरङको इटहरामा बसाई सरेपछि त घरमा सँधै साथीहरुसँग मिटिङ गरिरहन्थ्यो । खै माथिल्लो तल्लामा बसेर के के कुरा गर्थे । हामीले त पछि मात्र थाहा पायौं । आन्दोलनमा लागेको । आफूँ मकै गोड्न जाँदा सँधै कान्लामा बसेर मदनलेपनि खन्ने भन्दै जिद्धी गरेको अझै सम्झना आउँछ उनलाई छैन् कोदालो भाँचियो भन्दापनि जिद्धी गरिरहन्थ्यो । गाईको घिउसँग भात खान धेरै नै मनपराउँथ्यो । म सँग सँधैं निरामेस भोजन मात्र गर्दथ्यो । फलफूल औधी रुचाउँथ्यो ू उनले भनिन् ।

भूमिगत भएकै अवस्थामा बिवाह गरेको थाहा भएपनि धेरै समयसम्म बुहारी भेट्न नपाएको र बद्रीकेदार नाथको तीर्थ सकेर विराटनगरमा बाटोमा ल्याएर बुहारी चिनाएको सम्झँदै उनले भनिनूदुबै जना पार्टीमा रहेछन् । विवाह पनि भएछ । हामी तीर्थबाट आँउदैथ्यौं । बाटैमा ल्याएर ढोगभेट गरायो । बुहारी पातलो डाल परेकी रैछन् ।

पाँच भाई छोरा र पाँच दिदीबहिनी छोरीकी आमा चन्द्रकला एकै वर्ष वि।सं २०५० सालमा मदन र उनकी बहिनी गीतालाई गुमाउनु पर्दा विक्षिप्त भएकी थिईन् । त्यस्ले दाजुलाई खुबै माया गर्थी उस्को काममा हातपनि दिन्थी । तर उ बितेको छ महिनापछि छोरीपनि गई । मदनको मृत्यु को खबर आफूँले तत्कालै थाहा नपाएको बताउँदै उनले भनिन् ूउहाँ श्रीमान् देवीप्रसाद रेडियोमा सुनेर रुन थाल्नु भयो । मैले किन हो भनेर कर गरेपछि मात्र भन्नु भयो मलाई त विश्वासै भएन् । तर हो रहेछ । पछि पशुपतिमै उस्को नाममा भागवत पनि लगाई दियौं

मदन भण्डारीले जहिले पनि देश र जनताकालागि सोचेरै आन्दोलनमा हामिएको बताउँदै उनले भनिनूछोरा यस्तो काममा नलाग ज्यानलाई खतरा हुन्छ भन्दापनि होइन आमा धेरै मानिसहरु सिस्नुको जरा बाहेक केही खान पाउँदैनन् । उनीहरुकालागि लड्नु पर्छ अरुपनि मर्दैछन् । म मेरेर फरक पर्दैन् । आफ्नो लागि मात्र बाँच्ने मानिस मानिस होइन भन्थ्यो ।

हिजो आज जीवनको उर्तरार्धमा भगवानको नाम जपेर दिन काटिरहेकी चन्द्रकला पछिल्लो पटक कान्छा छोरा कैलाससँग मुक्तीनाथको दर्शन गर्न गएकी थिईन् । बैष्णव धर्ममा आस्था राख्ने उनी तीर्थाटन मनपराउँछिन् । साकाहारी भोजन साँगपात दुध फलफूल र भात रुचाउँछिन् । उनले भनिनूपहिल्यै देखि हाम्रो घरमा माछामासु हुलेको छैन् । श्रीमान हुदाँ तिर्थ गईरहन्थ्यौं । अहिले लामो बाटो िहंड्दा अली गाह्रो हुन्छ ।

उनले देशका सबै जनता सुखी हुन् । नेताहरुलेपनि राम्रो काम गरुन भन्ने कामना गर्दै भनिन मैले जस्तै छोरा जन्माएका अरु आमाहरुको पनि सँधै भलो र राम्रो होस ।

4 comments:

najar.com said...

good yar

Bhim Prasad Ghimire said...

कुमार भाइ
यति राम्रो लेख्ने मान्छेको ब्लग चाहि किन अप्डेट नभएको हो । गर्नुपरो भाइ गर्नु परो ।

Anonymous said...

बिर्सिए नेताहरुले ..मदन भण्डारी को बाटो ....

Anonymous said...

बिर्सिए नेताहरुले ..मदन भण्डारी को बाटो ....