Sunday, January 31, 2010

हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् ।

हाम्रो बहिर्गमन त्यसै खेर जानु हुदैंन् । हाम्रो बलिदानको सम्मान हुनुपर्दछ । मंगलवार हातमा काखे नानी च्यापेर इलामको चुलाचुली शिविर छाड्न तयारी गर्दै गर्दा आयोग्य ठहर गरिएकी माओवादी लडाकु छायाँ सिग्देलले भनिनूहामी शिविर बाहेर बसेरपनि खबरदारी गरीरहने छौं । यो हाम्रो त्याग शान्ति स्थापनाकै लागि हो । ताप्लेजुङ फुङलिङ निवासी उनले काखको एक वर्षे छोराको लालनपालन गर्न र उस्को पढाईका लागि पनि आफूँ घर फिर्न लागेको बताईन् ।
उनका श्रीमान पनि माओवादी पार्टीको कार्यकर्ता हुन् । तीन वर्षसम्म चुलाचुली शिवर छाड्नु पर्दा भाभुव बनेकी उनले देशले अब शान्तिको बाटो समात्नु पर्ने सुझाव दिदैं भनिनूनेताहरुले अबपनि भुल गर्नु हुन्न । सबै मिलेर संविधान निमार्ण गर्नु पर्छ ।
झापा जलथल ६ निवासी जमिन हास्दापनि मंगलवार नै घर पुग्दैछन् । उनले भनेसायद आमा पर्खेर बस्नु भएको होला । म पहिले घर जान्छु । परिवारका सदस्यलाई भेट्छु । अनि त्यसपछि के गर्ने भनेर सल्लाह गर्ने छु । उनले शिविर र साथीभाईलाई चटक्कै छाड्नु पर्दा भने पीडा भईरहेको सुनाए । सँगै रहेका झापा बनियानी निवासी उनका साथी कृष्ण राजवंशीले भने सेनाको जीवन यस्तै हो कहिले भित्र कहिले बाहिर । तर देश र जनताका लागि हामी कहिल्यै पनि अयोग्य छैनौं । उनले अबको समय परिवारका लागि दिने बताए ।
मादीमुलखर्क संखुवासभाकी कामना दाहाललाई लिन उनकी आमा पुष्पा शिविर सम्म आएकी थिइन् । उनले भनिन छोरीलाई लिन यहाँसम्म आएकी हुँ । अब हाम्रा लागि समय दिने भनेकी छ । उस्ले अव फेरि नयाँ जीवन शुरु गर्ने छे । छोरी कामनाले पनि अब नयाँ जीवन शुरु गर्ने बताईन् ।
मंगलवार इलामको चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयका चार सय छयहत्तर अयोग्य माओवादी लडाकु घर फिरेका हुन् ।
शान्ति सम्झौतामा उल्लेख भए अनुसार र संयुक्त राष्ट्र संघले तोकेको मापदण्ड पुरा नगरेका ती लडाकुलाई औपचारिक विदा गरिएको हो ।
चुलाचुली मुख्यालय र मातहतका सहायक शिविरहरु मोरङको टाँडी तथा याङ्शिला र इलामको दानावारी शिविरका लडाकु घर फर्केको मुख्यालयले जनाएको छ ।
अनमिन प्रवक्ता मार्टिन लोगनले त्यो शिविरबाट घर फिर्ने तय भएका ८ सय ७५ मध्ये ४ सय ३ जना अनुपस्थित रहेको बताए । घर फिर्ने मध्ये एक सय १८ जना महिला लडाकु छन् ।
एक औपचारिक कार्यक्रम गरी ती जनसेनालाई विदा गरियो । कार्यक्रममा बोल्दै माओवादी जनसेनाका पूर्व डेपुटी कमाण्डर वर्षामान पुन अनन्तले जनसेनाले देश बदल्न गरेको बलिदानलाई पार्टीले कहिल्यै नभुल्ने बताउँदै उनीहरु शिविर बाहिर रहेपनि गणतन्त्रका लागि सँधै लागिपर्न सुझाव दिए । उनले शान्ति प्रकृयाका लागि जनसेनाको योगदानको कदर हुने दाबी गरे ।
कार्यक्रममा जनसेनाका डेपुटी कमाण्डर चन्द्रप्रकास खनाल बलदेवले मानिस कहिल्यै अयोग्य हुदैंन भन्दै समाजमा गएर नयाँ ढंगले काम गर्न घर फिरेका जनसेनालाई सुझाव दिए । जनसेनालाई घर फर्काउन चुलाचुली शिविरमा सत्रवटा बसको व्यबस्था गरिएको थियो ।
ती बसले उनीहरुलाई विर्तामोड इलाम इटहरी धनकुटा र विराटनगरसम्म छाड्ने छन् । कार्यक्रममा बोल्दै डिभिजनका कमाण्डर प्रतिक्षाले जनसेनाले आफ्नो भूमिका समाजमा बढाउने बताए । अव चुलाचुली र मातहतका सहायक शिविरमा एक हजार ९सय ३५ जनसेना बाँकी छन् ।



No comments: