Monday, April 14, 2014

अस्ट्रेलियाको पीआर त्यागेर कृषितिर



कुमार लुइँटेल
मोरङ : ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला विराटनगरका एक युवा भने अस्ट्रेलियाको स्थायी बसाइ अनुमति (पीआर) त्यागेर कृषि फार्म सञ्चालनमा रमाएका छन्। ६ वर्षसम्म अस्ट्रेलिया बसेका विराटनगर १५ निवासी सृजन प्याकुरेलले मोरङको टंकीसिनवारीमा कृषि फार्म सञ्चालन गरिरहेका छन्। सोह्र बिघा जग्गा भाडामा लिएर सुरु गरेको फार्ममा माछापोखरी, हाँस, कुखुरा, बाख्रा र गाई पालिएका छन्।
आफूले सञ्चालन गरेको कृषि फार्ममा रहेको माछापोखरी देखाउँदै सृजन प्याकुरेल
उनले यो कार्य गत साउनमा सुरु गरेका हुन्। उनको पोखरीबाट उत्पादन भएका माछाको बिक्रीसमेत सुरु भइसकेको छ। प्याकुरेलले भने, 'आफ्नै देशमा केही गरौं भनेर फर्किएको हुँ। फेरि कृषि क्षेत्र भन्नासाथ नपढेकाहरूले मात्र गर्ने भन्ने मानसिकता भएकोले पनि त्यसलाई चुनौती दिन कृषि रोजेको हुँ।'
प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएका थिए। उनले सन् २००८ मा त्यहाँको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्यान्ड सिड्नी सेन्टरबाट प्रोफेसनल एकाउन्टिङमा स्नातकोत्तर पूरा गरे। विवाह पनि उतै गरे।

किन नेपाल नै रोज्नुभयो भन्ने जिज्ञासामा प्याकुरेल भन्छन्, 'कृषिलाई उद्योगको रूपमा पनि विकास गर्न सकिन्छ भन्ने बुझाउन पनि यी सबै काम गर्दैछु।' उनले आफ्नो फार्ममा उत्पादन हुने वस्तुलाई आफ्नै ब्रान्ड दिएर बजारसम्म लग्ने योजना बनाएका छन्। उनले अहिलेसम्म दुई करोड रुपैयाँ लगानी गरेको छन्। लगानी अझ बढाउने उनको तयारी छ। 'बिहान ६ बजे नै फार्ममा आउँछु। ६ जना कामदार छन्, उनीहरूसँगै लागेर काम गर्छु', प्याकुरेलले भने, 'पढेका मानिसले कृषिमा शारीरिक श्रम गर्नु हुन्न भन्ने नेपाली सोचाइ छ तर म आफैं काम गर्छु।'
नपढेका नेपालीले मात्र कृषि पेसा गर्नुपर्छ भन्ने मान्यता अहिले पनि रहेकोले किसानका छोराछोरीसमेत कृषिमा आकर्षित बन्न नसक्नु दुखद भएको प्याकुरेल बताउँछन्। नेपाली जागिरमुखी भएकोले पनि कृषिजन्य वस्तुसमेत आयात गर्नुपर्ने अवस्था बढ्दै गएको प्याकुरेल बताउँछन्।
एमएम नेचुरल्स प्रालिको नामबाट सञ्चालित उनको फार्ममा चाइनिज हाँस, विकासे कुखुरा, होलस्टेन गाई र अफ्रिकन ब्रिड बोयर जातको बाख्रा पालिएका छन्। उत्पादित माछा विराटनगर र स्थानीय बजारमा बिक्री हुने गरेको छ। पोखरीमाथि खोर बनाएर बंगुर र बँदेलसमेत पाल्ने तयारीमा रहेका प्याकुरेल बताउँछन, 'विदेशमा काम गर्ने अवसर छ, पैसा छ तर नेपालमा जस्तो सामाजिक जीवन छैन।' प्रविधि प्रयोग गरेर कृषिमा लागे त्यसबाट ठूलो आर्थिक उपार्जन गरी कृषिको आयात घटाउन सकिने उनको विश्वास छ।'

मिति : २०७१ बैशाख २, मंगलबार,अन्नपूर्ण पोष्ट

2 comments:

Unknown said...

yo news padara mali dari harsa ra kuse lago

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK