Monday, June 23, 2014

श्रमिक चोक, जहाँ काम र दामको मात्र कुरा हुन्छ







कुमार  लुइँटेल  

विराटनगर : विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन् श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्, 'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री, राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार, गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।


काम खोज्नेमात्र हैन, लगाउनेहरू पनि हरेक बिहान यही चोकमा आउँछन्। घर निर्माणमा खटिने मजदुर, मिस्त्री, राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार, गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।
एकै ठाउँमा श्रमिक भेला हुँदा कामदार खोज्न भौंतारिनुपर्ने समस्या टरेको बताउँदै विराटनगरका समरुद्दिन मुस्लिमले भने, 'उद्योगमा काम गर्नेदेखि कृषिमा खटिने श्रमिकसमेत पाइने भएकोले काममा बोालउनेहरू यतै आउँछन्।' यो चोकमा काम लगाउनेमात्र नभएर ठेकेदारसमेत आएर श्रमिकसँग काम र दामको मोलमालाई गरिरहेका हुन्छन्।
श्रमिक विनोद राय भन्छन्, 'आफूलाई चित्त बुझ्यो भने गइन्छ नत्र घर फर्कन्छौं।' सामान्यतया सहयोगीले दिनभरि काम गरेबापत चार सय, मिस्त्रीले ६ सय र राजमिस्त्रीले सात सय रुपैयाँ कमाउँछन। ज्यालाको कुरा मिलेपछि मात्र श्रमिक काममा जाने गर्छन्। राय भन्छन्, 'एउटै चोकमा भेला हुँदा काम लगाउने र काम गर्ने दुवैलाई सजिलो भएको छ।' सहरी क्षेत्रमा कृषि र औद्योगिक मजदुरको अभाव हुँदै गए पनि श्रमिक चोकका मजदुर भने त्यस्तो महसुस नभएको बताउँछन्। उनीहरू भन्छन्- क्षमताअनुसार काम पाइन्छ त्यसैले खुसी छौं।

मिति : २०७१ असार, ९ सोमबार Annapurna post

2 comments:

Sack said...

Nice article
visit
free money
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK