Thursday, July 17, 2014

इच्छाशक्ति भए स्वदेशमै छन् अवसर


कुमार लुइँटेल

विराटनगर ः मोरङमा दुई करोड रुपैयाँ भन्दा माथिको लगानीमा माछा पालन सुरु गरिएको छ ।

व्यवसायिक रुपमा सञ्चालित फार्मबाट उत्पादित माछाले भारतीय आयात प्रतिस्थापनमा बल पुग्ने अपेक्षा किसानको छ । ठूला लगानीका माछापालनमा युवाको लगानी अधिक छ ।

मोरङको शनिश्चरे ९ मा दुई करोड रुपैयाँको लगानीमा साढे तीन बिघा क्षेत्रफलको पोखरीसहित बहुउद्देश्यीय माछा फार्म सुरु भएको छ । यहाँ काठमाण्डौंका तीनजना युवाले लगानी गरेका हुन् । मासिक चालिस हजार केजी मासु उत्पादन गर्ने उद्देश्यसहित माछा फार्म सुरु गरिएको लगानीकर्तामध्येका एक बिष्णु चौलागाईंले जानकारी दिएका छन् । उनले भने,‘बंगुर र कुखुरापालन पनि सँगसँगै गरिरहेका छौं ।’ माछा फार्ममा काठमाण्डौकै नवराज लामिछाने र सुरेश गिरीले पनि लगानी गरेका छन् ।


लगानीकर्ताकाअनुसार पोल्ट्री फार्मबाट भने उत्पादनसमेत सुरु भइसकेको छ । ५ सय माउबंगुर पाल्ने खोर तयार भएका छन् । ६ महिना अघि सुरु गरिएको यो फार्मको पूर्वीसहर विराटनगर, धरान, इटहरी, पथरी र दमकमा आफ्नै फ्रेस हाउस राख्ने लक्ष्य छ । लगानीकर्ता नवराज लामिछाने भन्छन्,‘उपभोक्तालाई जिउँदो माछा फ्रेस हाउसबाटै उपलब्ध गराउने र किसानलाई मर्कामा पार्ने बिचौलिया हटाउने उद्देश्य पनि हो ।’ आफ्नै ब्राण्डमा माछा, कुखुरा र बंगुरको मासु बजारसम्म लग्ने योजना भएकोले लगानी अझै बढ्ने उनले बताए ।

यो समूहले काठमाण्डौंको सुन्दरीजलमा माछापालन र नेशनल माउन्ट भ्यू एण्ड ग्रीन पिस एण्ड रिर्सोट पनि सञ्चालन गरिरहेको छ । काठमाण्डौं बाहिर लगानी गर्न आउनुको कारणबारे चौलागाईंले भने,‘पूर्वमा पनि माछा पालनको अधिक संभावना छ । यहाँ खाली जमिन पनि धेरै भएकोले पूर्वलाई रोजिएको हो ।’ शनिश्चरेमा पनि एग्रो टुरिजम गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

६ वर्षसम्म अष्ट्रेलिया बसेर त्यहाँको पीआर पाएका विराटनगर १५ का श्रीजन प्याकुरेलले मोरङको टंकीसिनवारीमा माछा पालन सुरु गरेका छन् । एकवर्ष अघि सोह्र बिघा जग्गा भाडामा लिएर उनले माछापालन सुरु गरेका हुन् । लगानी दुई करोड नाघिसक्यो । प्याकुरेल भन्छन्,‘माछासँगै हाँस, कुखुरा फाराम, बाख्रा र गाई पालन पनि गर्दैछु ।’

आफ्नै देशमा केही गरौं भन्ने लक्ष्यकासा पिआर त्यागेर नेपाल फर्किएका उनी कृषिक्षेत्र भन्नासाथ नपढेकाहरुले मात्र गर्ने हो भन्ने मानसिकता परिवर्तन गर्न र कृषिलाई उद्योगको रुपमा विकास गर्न यसमा लागेको बताउँछन् । प्याकुरेलको पनि आफ्नै फार्ममा उत्पादन हुने माछा र मासुलाई आफ्नै ब्राण्ड दिएर बजारसम्म लग्ने योजना छ । लगानी अझ बढाउने उनको तयारी छ ।

प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएका थिए । उनले सन् २००८ मा त्यहाँको युनिर्भसिटी अफ साउर्थन क्वीन्सल्याण्ड सिड्नी सेन्टरबाट प्रोफेसनल एकाउन्टीङमा स्नाकोत्तर पूरा गरे  । विवाह पनि उतै भयो । सन् २००९ मा पीआर पाउन अप्लाई गरेका उनले एकवर्ष पछि त्यसको अनुमति पाएका थिए ।

एमएम नेचुरल्स प्रालिको नामबाट सञ्चालित उनको फाराममा चाईनिज हाँस, विकासे कुखुरा, होलस्टेन गाई, अफ्रिकन ब्रिड बोयर जातको बाख्रा पालिएका छन् । उत्पादित माछाकोे विराटनगर र स्थानीय बजारमा बिक्री हुदैं आएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङकी मत्स्य विकास अधिकृत नेल्सन पोख्रेलकाअनुसार जिल्लामा ठूला लगानीमा माछापालन गर्ने क्रम सुरु भइसकेको छ । उनी भन्छिन्,‘ठूला व्यवसायिक प्रतिष्ठानले लगानी बढाइदिँदा बजार आफैं निर्माण हुने भएकोले त्यसबाट साना किसानलाई पनि फाइदा पुग्छ ।’ कृषिमा व्यवसायिक प्रतिष्ठानलाई लगानी गर्न प्रोत्साहित गर्ने सरकारको लक्ष्य नै रहेको उनले बताइन् ।

मोरङमा पोखरीको कूल जलासय क्षेत्र ४९० हेक्टर रहेको छ । पाखरीको संख्या २ हजार ५३४ छ । जिल्लामा बर्सेनि १ हजार ७१५ मेट्रिक टन माछा उत्पादन हुन्छ । सरदर प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

सिमसारमा पनि संभाव्यता अध्यय्न

मोरङमा सिमसार क्षेत्रमा माछापालनको संभाव्यता अध्यय्नसमेत गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले सुन्दरपुरको हसिना र बेलबारीको बेतना सिमसार क्षेत्रमा अवस्थित पोखरीमा हुनसक्ने माछापालनको विषयमा संभाव्यता अध्यय्न गरेको हो । मत्स्य विकास अधिकृत नेल्सन पोख्रेलले भनिन्,‘सिमसारका प्राकृतिक पोखरीहरुमा हुनसक्ने माछापालनको विषयमा अध्यय्न गरेका हौं । बेतनामा भने स्थानीय रैथाने प्रजातिका माछापालन गर्ने विषयमा उपभोक्ता समितिसँग छलफल चलाइएको छ ।’

पोख्रेलकाअनुसार कृषि कार्यालयले प्राविधिक तथा अन्यरुपमा सहयोग गरी सिमसारमा माछापालन गर्न सकिने विषयमा अध्यय्न र छलफल चलाएको हो । कार्यालयले भूरा आयात, पोखरी मर्मत र परामर्श दिएर माछा किसानलाई सहयोग गर्दै आएको छ । हसिना तीन हेक्टर र बेतनामा छ हेक्टर क्षेत्रफलमा पोखरी छन् । त्यहाँ व्यवसायिक माछापालनको संभावना छ । बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राई भन्छन्,‘हामी त रैथाने प्रजातिको माछा पालन अघि बढाउने सोचाइमा छौं । यद्धपि अहिले पनि पोखरीमा माछा छन् तर ती व्यवसायिक रुपमा पालन गरिएको भने होइन ।’

यसैबीच कृषि कार्यालयले जिल्लामा माछाको खपत, आयात र स्थानीय उत्पादनको बजारको विषयमा बजार अध्यय्न थालेको छ । जिल्लाका बिभिन्न क्षेत्रका २० वटा हाटबजारबाट तथ्यांक लिने काम भइरहेको कार्यालयले जनाएको छ । यो अध्यय्नबाट समग्रमा माछा आयात, स्थानीय उत्पादनको खपत र मूल्यको विषयमा थाहा हुने अधिकृत पोख्रेलले जानकारी दिइन् ।

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK