Saturday, June 27, 2009

रेडपाण्डा जोगाउन सीमामा नौलो प्रयोग

सन्दकपुर,इलाम चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा सर्वसाधारणलाई िहंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ । तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित िसंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ । तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै िहंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । वनक्षेत्रमा होहल्ला गरेको पाईए प्रहरीले समातेर तुरुङमा पनि िठंगुर्याउन सक्छन्-राष्ट्रिय निकुन्जको दक्षिणी कार्यालय गैरीवासका रेन्जर निमेष तामाङले भने-यी तीन महिना रेड पाण्डाको संसर्ग गर्ने समय भएकोले उनीहरुलाई डिस्टर्व नहोस भनेर यस्तो नियम लगाईएको हो । यो नियम जुन जुलाई र अगष्ट महिना भरका लागि हो । त्यसपछि खुल्ला हुन्छ । सन्दकपुर र आसपासको क्षेत्र बाह्रैकाल पर्यटकको घूइँचो भईरहने ठाउँ हो । भारतिय नेपाली र पश्चिमा पर्यटकको यहाँ सधैं जसो भींडभांड हुन्छ । तर वर्षको यी तीन महिनामा नै रेडपाण्डाले संसर्ग गरि गर्भाधान गर्ने समय भएकोले यस क्षेत्रमा पर्यटक र बाहियाहरुलाई आउन प्रतिबन्ध लगाउन परेको रेन्जर तामाङले स्पष्ट गरे । उनका अनुसार लजालु स्वभावको लोपोन्मुख विरालो प्रजातिको यो जनावर मानिसको चहलपहल देखे वा होहल्ला भए संसर्ग गर्दैन । उनले भने-अरु बेलापनि मानिसको नजिक आउन लजाउने भएकोले यो तीन महिनाको बि्रडिङ समयमा राज्य सरकारकै निर्देशन अनुसार पर्यटक आउन र घुम्न समेत प्रतिबन्ध गरिएको हो । गौरीवास रेन्जपोष्टका अनुसार िसंहलिला नेशनल पार्कमा ५२ वटा रेडपाण्डा पछिल्लो पटक गणना भएको थियो । भारत सरकारले यो संख्या बढाउन पार्क क्षेत्रमा कडाई गरेको हो । भारत तर्फ रॆडपाण्डाको संख्या बढाउन त्यहाँको सरकारले नयाँ नियम लगाएको भएपनी सीमा वारी नेपालमा भने केही अपेक्षित प्रयास हुन सकेको छैन् । जिल्ला विकास समिती इलामले रेडपाण्डाको अवस्था बुझ्नेसम्मको काम शुरु गरेको छ । योजना अधिकृत अग्नी अधिकारीले भने- हामीले रेडपाण्डा पाईने नेपाल तर्फका सामुदायिक वनका पदाधिकारीलाई रेडपाण्डा बचाउने अभियानमा सहभागि गराउन चेतना दिलाउने सम्मका काम गरिरहेका छौं । इलामका पर्यटन व्यवसायी धर्म गौतमले नेपाल तर्फको वन मािसंदा यताका रेडपाण्डापनि भारतकै जंगल तर्फ भाग्ने गरेको बताए । उनले भने-यताका रेडपाण्डा यतै रोक्ने हो भने सामुदायिक वनका पदाधिकारी र स्थानियवासी सचेत हुन आवश्यक छ ।

No comments: