Sunday, June 28, 2009

बाढी रोक्न बाँसको किला


महाभारा झापा, नदी कटान नियन्त्रण गर्न झापाको महाभाराका स्थानियावसीले खोलामा बासँ गाड्ने नयाँ विधि अपनाएका छन् । यो विधिबाट बाढीको पानीको बहाव कम गर्ने अभियान सफल भएको छ । एक दशक देखि स्थानिय कन्काईमाई र बनियानी नदीको बाढीबाट पीडित त्यहाँका बासिन्दाले महाभारा ४ स्थित बालुबाडी टोलको कटान रोक्न नदीमा तटबन्ध गरिएको छेउमै बाँसको किला गाडी बाहाव कम गर्ने उपाय लगाएका हुन् । बनियानी नदी नियन्त्रण उपभोक्ता समितीका सचिव लिला सुब्बाले बाढीको बहाव रोक्ने यो विधि प्रभावकारी बनेको बताए । उनले भने- यस अघि यस्तो प्रयोग भएको थिएन् । तर यसपटक तटबन्ध बाँधिएको बाँध मुन्तीर खोलमा बाँसका किला गाडेका हौं । सरकारले तटबन्ध निमार्ण गर्न दिएको बजेटको केही रकम खर्चगरी २ हजार ५ सय घना बाँस किनेर किला गाडिएको बताए । खोलामा बासँका किला गाडिएपछि बाँध भत्कने खतरा समेत घटेको छ- उनले भने । तार जालिको जत्तिको काम नगरेपनि वर्खामा अस्थाई नियन्त्रणका लागि भने राम्रो काम गर्ने रहेछ । बालुवाडी टोल नजिकै बनाइएको बाँधमा ४ हजारको हाराहारीमा किला गाडिएको निमार्ण समितीले जनाएको छ । महाभारा ५ को होक्लावाडी टोल हरेक वर्ष बर्षायाममा टापुमा परिणत हुने गरेको छ । स्थानिय डिल्लीराम लिम्बुले सरकारले अहिलेसम्म गरेका नदी नियन्त्रणका प्रयासहरु अपेक्षित रुपमा सफल बन्न नसक्दा स्थानियवासीले सास्ती खेप्न परेको गुनासो गरे । उनले भने-हरेक वर्ष आउने बाढीले गाउँ टापु बनाउँछ हामी ज्यान पातमा राखेर बस्न बाध्य छौं । यसपट जिल्ला विकास समिती झापा कोरोवारी र महाभारा गाविसले बालुवाडी टोलमा एक सय मिटर क्षेत्रमा बनियानी र कन्काईको बहाव फर्काउन पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । निमार्ण उपभोक्ता समितीका अध्यक्ष गोपी तामाङले भने- स्काभेटर लगाएर खोलो सोझ्याउने काम भएको छ । यस पटक बाँसको किला पनि गाडेका छौ कम क्षति हुने विश्वास छ । दक्षिणी पश्चिमी झापाको महाभारा र कोरोवारी गाविस हुन् । ती गाविसमा एक दशक यता सात सय परिवार बाढीकै कारण अन्यत्र बसाई सरेको महाभारा गाविसका पूर्वअध्यक्ष विजय अग्रवालले भने- अझै क्षति हुने क्रम नरोकिएकोले बाढी नियन्त्रणकालागि सरकारले चासो दिन आवश्यक छ । ती गाविसमा बाढीको जोखिम कम गर्न यस अघि गरिएका कतिपय प्रयास विफल बनेको उनले बताए ।

No comments: