Tuesday, October 6, 2009

अबैध करको आतंक


इलामबाट झापा तर्फ ढुंगा निकासी गर्दा व्यवसायीले एउटै शिर्षकमा आठ पटकसम्म कर बुझाउनु पर्ने बाध्यता छ ।

इलामको चुलाचुलीबाट झापाको दमकसम्म ढुंगा निकासी गर्दा यसरी अवैध कर तिर्न उनीहरु बाध्य भएका हुन् । समस्याको विषयमा प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत नियन्त्रणको प्रयास नभएको व्यवसायीले गुनासो गरेका छन् ।

इलामपट्टीबाट रतुवा र मावा खोलाबाट ढुंगा उठाउँदा ठेकेदार र अन्य आधा दर्जन भन्दा धेरै संघ संगठनले मनखुसी पटके कर भन्दै पैसा अशुल्ने गरेको झापा कन्काई माई ट्याक्टर संघका अध्यक्ष बद्रीप्रसाद खनालले बताए ।

ूजिल्ला विकास समिती सहित आठवटा संघसंस्थालाई पैसा दिनु पर्छू उनले भने ूयस विषयमा प्रशासनलाई जानकारी पनि गरायौं तर नियन्त्रण गर्ने आश्वासन पायौं । अरु केही भएन् ।ू

नयाँ आर्थिक बर्ष शुरु भएयता जिल्ला विकास समितीका ठेकेदारले तोकिएको भन्दा धेरै पैसा लिईरहेको व्यवसायीले दाबी गरेका छन् । त्यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीलाई ज्ञापन पत्र दिएरै भदौ दोस्रो साता व्यवसायीले ध्यानाकर्षण गरेका थिए ।

ूस्थानिय विकास अधिकारीले एक हप्ता भित्रै समस्या समाधान गरिदिने आश्वासन दिएका थिए तर अहिलेसम्म केही भएनू दमक ३ का ट्याक्टर व्यवसायी भागवत दुलालले भने - ूसंघमा आबद्ध ८४ र झापामा संचालनमा रहेका चारसय ट्याक्टरका धनी र त्यसमा आवद्ध व्यवसायी अबैध करको मारबाट पीडित छन् ।ू

सामूदायिक वन सडक उपभोक्ता समिती राजनीतिक दल र व्यवसायीका संगठनका नाममा पैसा दिदाँदिदाँ आफूहरु हैरान भएको बताउँदै दुलालले भने-ूपटके कर कै शिर्षकमा एकै दिन आठपटकसम्म विस देखि पचास रुपैयाँ विभिन्न संगठनलाई बुझाउनु पर्छ ।ू हरेक पटक स्थानिय जुँगेटार र खइँकेबाट भन्ने ठाउँबाट ढुंगा उठाउँदा पैसा दिनु परेको बताउँदै ती स्थानबाट एउटा ट्याक्टरले दैनिक चार पटकसम्म ढुंगा ओसार्ने गरेको र हरेक पटक पैसा दिनुपर्ने अवस्था रहेको बताए ।

ूजिल्ला विकास समिती इलामका ठेकेदारले पटके बापत ५० रुपैयाँ कर लिनुपर्ने हो तर दुई सय रुपैयाँ लिन्छनू कर तिरेको रसिद देखाउँदै अध्यक्ष खनालले भने- ूमैले आफ्नै मे १ त ९६० नम्वरको ट्याक्टरबाट ढुंगा निकासी गर्दा जिविस बाहेक अन्य संगठनलाई आठ पटकसम्म कर पैसा दिनु पर्यो । ू उनले नियन्त्रण गर्न प्रशासनले चासो नदेखाए ढुवानी बन्द गरी आन्दोलन थाल्ने तय भएको बताए ।

त्यस विषयमा जिल्ला विकास समिती इलामका योजना अधिकृत अग्नीप्रसाद अधिकारीले भने-ूएक जिल्लाबाट अर्को तर्फ ढुंगा निकासी गर्दा स्थानिय स्वायत्त शासन ऐनमा उल्लेख भए अुनसार नै हाम्रा ठेकेदारले कर लिएका छन् । नियम विपरित गरेका छैनन् । बाहिरी जिल्ला तर्फ लग्दा टेक्टरको ट्रलीको लम्बाई चौडाई हेरेर प्रति क्युफिट दुई रुपैयाँ लिनुपर्ने नियम छ । यसरी गणना गर्दा एउटा ट्याक्टरले कम्तीमा एक सय ८० रुपैयाँसम्म तिर्नु पर्छ । ू विवाद सुल्झाउन र ठेकेदारलाई नियम स्पष्ट गर्न जविसले दुबै पक्षलाई डाकेर छलफल गराईदिने पनि योजना अधिकृत अधिकारीले बताए ।

रतुवा र मावा खोलाबाट ढुंगा निकासी गर्दा चुलाचुलीको अपाङ्ग संघ देवीधारा सामूदायिक वन रानीधारा सामूदायिक वन हम्सेदुम्से सामूदायिक वन बुकुवा सामूदायिक वन दमक रवि चिसोपानी सडक निमार्ण उपभोक्ता समिती दमक रवि चिसोपानी मर्मत समिती र पल्लो किराँत लिम्बुवान राष्ट्रिय मंचको नाममा रसिद काटी २० देखि ५० रुपैयाँसम्म पैसा लिने गरेको अर्का व्यवसायी दमक ३ का राजेश संग्रौलाले बताए । तीन महिना अघिसम्म संघीय लिम्बुवान राज्य परिषदले पनि पैसा अशुल्ने गरेको थियो । तर त्यो संगठनले अहिले भने पैसा लिन छाडेको छ ।

No comments: