Friday, October 9, 2009

घर फिर्ने भुटानीको कार्यक्रमपनि उपेक्षित



विगत केही समय यता स्वदेश फिर्ती पक्षधर भुटानी शरणार्थीका कार्यक्रमहरु समेत उपेक्षित हुन थालेका छन् ।
उनीहरुले आफ्ना समस्या र माग राख्न आयोजना गर्ने कार्यक्रममा न्युन उपस्थिती हुने क्रम त थियो नै तर शुक्रवार भने शुरु हुन लागेको कार्यक्रम समेत स्थगन गर्नु पर्यो । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीले दमकमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला समक्ष आफ्ना माग राख्न अन्र्तकि्रया कार्यक्रम आयोजना गरेको थियो । तर कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएका झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालनै अनुपस्थित भएपछि स्वदेश फिर्ती पक्षधरको कार्यक्रम नै स्थगन हुन पुग्यो ।
सहभागिताका लागि समितीका संयोजक डा भम्पा राई आँफैलें टेलिफोन गरि अतिथीहरुलाई डाकेका थिए । तर प्रजिअ मात्र नभएर अरु धेरै अतिथी नआउने भएपछि कार्यक्रम हुनै सकेन् । प्रमुख जिल्ला अधिकारीले बन्दको कारण देखाउँदै आउन नसक्ने जनाउ दिएका थिए । ूतर यस अघिका धेरै कार्यक्रममा पनि यस्तै समस्या भएको थियो ू डां राईले भनेूपुर्नवास शुरु भए यता हाम्रा कुरा सुन्न छाडिएको छ । हाम्रो आन्दोलन निस्तेजप्राय भएको छ । ू
स्वदेश फिर्ती समितीले यस अघि स्वेच्छिक स्वदेश फिर्ती अभियान चलाउने देखि अन्र्तराष्ट्रिय स्तरमा स्वदेश फिर्तीका लागि लविङ गर्ने काम गर्दै आएको थियो । तर केही समय यता समितीलाई कार्यालय संचालन गर्न समेत हम्मे हम्मे पर्न थालेको छ । डा राईले भने - स्वदेश फिर्तीको माग राख्दै हामीले नेपाल सरकारको ध्यानकर्षण गर्न कार्यक्रम गरेका थियौं । तर जिल्लाका प्रमुख प्रशासक नै नआएपछि हामीले गर्ने कार्यक्रमको अर्थ नै रहेन् । उनले हिजोआज स्वदेश फिर्ती पक्षधरले गर्ने कार्यक्रमहरु संचालन गर्न समेत हम्मे हम्मे हुने गरेको सुनाए ।
प्रमुख जिल्ला अधिकारीले दमक स्थित इलाका प्रशासन कार्यालयका प्रमुख गणेश अधिकारीलाइ प्रतिनिधि तोकेर कार्यक्रममा पठाएका थिए । अन्तत केही सिप नचलेपछि शरणार्थीका तर्फबाट दिन लागिएको ज्ञापन पत्र उनैलाई हस्तान्तरण गरियो । ज्ञापन पत्र बुझेर अधिकारीले संक्षिप्त प्रतिकृया दिदैं भने- मैले गर्ने केही होईन तपाईहरुको यो पत्र चाँडै नेपाल सरकारको सम्बन्धित निकायमा पठाई सहयोग गर्ने छु ।
बेलडाँगी शिविर सचिव टिबी गुरुङले भने- हामीले धेरै पटक नेपाल सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र पठाउने र अधिकारीहरु भेट्ने गरेका छौं तर स्वदेश फिर्न चाहनेका लागि नेपाल सरकारले केही पनि प्रतिकृया दिएको छैन । उनले तेस्रो मुलुक तर्फ गएका भुटानीको जस्तै आफूँहरुले पनि घर फिर्न पाउनु पर्ने र त्यस्का लागि नेपाल सरकारले भुटानलाइ दबाव दिनु पर्ने बताए । शरणार्थीले बझाएको ज्ञापन पत्रमा भने तेस्रो मुलुक पुर्नवासको प्रचार अत्याधिक भएकोले अव त्यस्लाई रोक्न आग्रह गर्दै स्वदेश फिर्तीका लागि समेत पहल गर्न माग गरिएको छ ।




No comments: