Saturday, October 24, 2009

जनसेनालाई समायोजनको चटारो





संयुक्त राष्ट्र सघीय शान्ति मिसन अनमिनको म्याद थप्न सरकारलाई दबाव दिन सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्रका राजदुतले माओवादी जनसेनाको शिविर भ्रमण गरेका छन् । अनमिनको म्याद आउँदो जनवरी २३ मा सकिदैं छ ।
शुक्रवार अनमिनकी नेपाल प्रमुख करिन ल्यानग्रेन सहित राष्ट्र संघको सुरक्षा परिषदका स्थाई सदस्य राष्ट्र अमेरिका चिन फ्रान्स रसिया र बेलायतका नेपाल स्थित राजदुतले इलामको चुलाचुली स्थित जनसेनाको प्रथम डिभिजन मुख्यालय भ्रमण गरेका हुन् । कुटनीतिज्ञको टोलीमा जापानी राजदुत Patsuo Mizeune पनि सहभागि थिए ।

अनमिनको म्याद थप्ने र सेना समायोजन लगायत विषयमा दल सम्मिलित विशेष समितीले कार्ययोजना बनाउन चासो नदिएपछि दबाव दिन कुटनीतिज्ञको टोली जनसेना शिविर भ्रमणमा गएको हो । अनमिनको म्याद थप्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमती लिनु पर्छ । यो प्रकृयाकालागि नेपाल सरकारले पहिल्यै कार्ययोजना बनाउनु पर्छ । तर दलहरुको बिग्रदो सम्बन्धका कारण कार्ययोजना बनाउने काम हुन सकेको छैन् । राजनीतिक दललाई दबाव दिन गरिएको यो भ्रमणलाई जनसेनाले पनि अर्थपूर्ण रुपमा हेरेका छन् ।
प्रंथम डिभिजन मुख्याल चुलाचुली इलामका कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षाले सेना समायोजन लगायत समग्र शान्ति प्रकृयाको विषयमा टोलीले आफूँहरु सँग अन्र्तकि्रया गरेको जानकारी दिए । उनले भने- हामीले शान्ति सम्झौता अनुरुप नै सेनाको समायोजन गर्नु पर्ने बतायौं । उनले प्रमाणीकरणमा अनुतीर्ण जनसेनालाई शिविर बाहिर पठाउन आफूहरु तयार रहेको तर सबैको उचित व्यवस्थापन हुनुपर्ने माग गरेको जानकारी दिए ।
कुटनीतिज्ञको टोलीले दुई घण्टासम्म शिविर भ्रमण गरि सेना समायोजनको विषयमा जनसेनाको मनोभाव बुझ्ने काम पनि गरेको थियो ।
टोलीले अनुतीर्ण भएका जनसेनाको व्यवस्थापनको विषयमा के गर्दा उचित हुन्छ भनेर राय लिएको प्रतिक्षाले बताए । "उमेर लगायत कारणबाट अनुतीर्णको योगदानलाई कमजोर नआँक्न टोलीलाई आगा्रह गर्दै उनीहरु समाजमा बाँच्न सक्ने गरि व्यवस्थापन गर्नुपर्ने सुझाव दियौ" उनले भने ।
प्रतिक्षाका अनुसार शान्ति सम्झौता अनुरुप नै नेपाली र जनसेनाको समायोजन गर्नु पर्ने सुझाव दिइरहँदा कुटनीतिज्ञले समोजनपछि राष्ट्रिय सेनाको संख्या बढ्ने र त्यस्को खर्च नेपालले धान्न सक्छ भनेर प्रतिप्रश्न गरेका थिए । आपसी सहमतीमा त्यो सेनाको संख्या समायोजनपछि पनि घटाउन सकिने आफूँहरुले सुझाएको उनले बताए ।
केही दिन अघि रक्षा मन्त्री विद्या देवी भण्डारीले शान्ति सम्झौता पुर्नरावलोकन गर्न सकिने भनि विवादास्पद अभिव्यक्ति दिएकी थिईन् । उनको अभिव्यक्तिपछि शान्ति प्रकृया नै संकटमा पर्न लागिरहेको जनसेनाले बताउँदै आएका छन् । कुटनीतिज्ञको यो भ्रमणलाई जनसेनाले पनि अर्थपूर्ण रुपमा हेरेको प्रतिक्षाले बताए ।
भ्रमणमा सहभागि राजदुतले जनसेनाको बसाई र शिविरमा प्राप्त सुविधाको विषयमा पनि जानकारी लिएका थिए । टोलीमा नेपालका लागि फ्रान्सका राजदुत न्ष्ििभक जभलभचथ नबचबगभि चिनका राजदुत Quogo hung, जापानी राजदुत Patsuo Mizeune रसियाका राजदुत Alexender Khozin बेलायती राजदुत Andrew Hall र अमेरिकाका कार्यबाहक राजदुत Zeffery A moon सहभागि थिए ।

No comments: