बर्खामा र्गाउँघरमा घुम ओडेर मेलापात जाने चलन केही अघिसम्म पनि प्रचलनमा थियो । तर अहिले घुमको ठाउँ छाताले लिएको छ । मेलापात र हाटबजारमा समेत घुम ओड्ने चलन हराउँदो छ । बुडापाकाले मेलापात जाँदा घुम ओढ्ने चलन अहिले सम्झना मात्र बनेको छ । पाँचथरको वलने २ बाट दमक बसाइँसरेपछि घुम ओढेर मेलापात गएको दिन सम्झना मात्र भएको बताउँदै शेषकुमार निरौलाले भनेुअहिले ती दिन सम्झना मात्र भए यता आएपछि छाता नै सजिलो भयो ।भोर्लाको पात मोहोरेर बाँसको चित्रामा घुम बनाउने सीप आँफूले पहाडमै छँदा सिकेको बताउँदै भनेुतराईमा भने चित्रामा प्लाष्टिक मोहेरेर बनाइँदो रहेछ ।
उमेरदार र तन्नेरीहरको रोजाई नयाँ फेसेनवल छाता नै हो । विभिन्न रंग र आकारमा उपलब्ध छाता आफ्नो पहिलो रोजाई भएको बताउँदै दमक १४ की रोजी घिमीरेले भनिन्गर्मी छल्न र बर्षामा पानीबाट बच्न पनि छाता नै सजिलो हो । दमकमा जन्मि हुर्केकी उनले अहिलेसम्म घुम नओढेको बताइन् । हजुरआमाहरुले कुरा गरेको भने सुनेकी छु ।
प्लस टुकी यी छात्रा सहरमा घुम ओढ्ने चलन नभएको बताउँछिन् । अहिले गर्मीको समयमा तराईमा छाता ओढेर हंडेका दृष्य बाक्लै देखिन्छ । कतिपयले हार्मफुल सनरेज बाट जोगाउन पनि छाता सहयोगी हुने बताउँछन् । दमक क्याम्पसका छात्र नविन अधिकारीले भनेुघामपानीबाट जोगाउन छाता महत्वपूर्ण वस्तु हो । उनले युवापुस्तामा छाता निकै लोकपि्रय रहेको बताए ।
एकघना बाँसबाट दुइवटासम्म घुम बनाउन सकिन्छ । बाँसलाई चिरेर चोया काटेपछि त्यसलाई टुप्पाबाट मोहोर्दै भोर्लाको पात राखेर घुम तयार गरिन्छ । ताप्लेजुङ हाङपाङकी नारायणी तिवारीले भनिनुखै अब त कता गए भोर्ला कता गए घुम । झापा झरेपछि उनले भोर्लाको पात देख्न नपाएको बताइन् । भोर्लाको पातले बन्ने घुम दुई बर्षसम्म नबिग्रने तिवारी बताउँछिन् । तर अहिले उनको रोजाई समेत छाता नै भएको छ । तराई झेरपछि मात्र देखेकी हुँ ुउनले भनिन ुउता छाता ओड्ने चलन नै थिएन् ।अहिले पनि पहाडमा मेलापातमा जाँदा घुम ओढ्ने गरिन्छ ।
सहरिया युवापूस्ताले छातालाई सहज साधन मान्ने गरेका छन् । स्कुल कलेज बजार कन्सर्ट आदि सबै ठाउँमा जाँदा छाता पहिलो रोजाई बन्छ । युवतीहरु पोसाक सुहाँदो छाता नै रोज्न मनपराउँछन् । दमक १ की निलिमा गौतम भन्छिन्गर्मीमा छाता बिनाको िहंडाई त कल्पना बाहिरको कुरा हो मलाई रंगीन र बुट्टेदार छाता ओढ्न मन पर्छ । नेपालमा पूर्वी क्षेत्रमा भारतमा निर्मित छाता पाइने भएपनि देशका अधिकांश भागमा चिनमा निर्मीत छाता कै बर्चस्व छ । एकसय रुपैयाँमा पाईने छाता अहिलेका पुस्ताको पहिलो रोजाई नै भएको छ । तर सुस्त गतिमा हराउँदो अवस्थामा रहेको घुम ओढ्ने चलनले युवालाई भने समेट्न सकेको छैन् ।
1 comment:
nani haru sarai ramra!!!
Post a Comment