Saturday, July 16, 2011

दमकमा आधी बाटो हिंडेपछि


रेडियोटिभीमा देखिएका र सुनिएका उदय तथा मनिला सोताङले विहीवार साँझ झापाली स्रोतालाई प्रत्यक्ष गायनको रसपान गराए । रेडियोका स्पिकर र टिभीका स्क्रिनमा मात्र सुगम संगीतमा रमाएका दमकवासीले समिपकै स्टेजमा बसेर प्रत्यक्ष सुगम संगीतको स्वादमा झुम्ने पहिलो अवसर पाएका हुन् । स्थानिय सप्तरंगी एफएमले सुगम संगीतका यी हस्तीलाई सप्तरंगी संप्तक कार्यक्रमका लागि दमक निम्ताएको थियो । अघिल्लो महिनाबाट राष्ट्रिय कलाकारलाई झिकाएर प्रत्यक्ष गायनको कार्यक्रम रेडियोले गरेपछि गीत पारखीले मनोरंजन गर्ने अवसर पाएका हुन् ।

उनीहरुले प्रत्यक्ष गायनबाट दर्शकस्रोतालाई मनोरंजन मात्र दिलाएनन् सुगम संगीतको विषयमा बुझाउने कोसिस पनि गरे । दार्जिलिङमा जन्मि हुर्केका उदयले यो स्थानसँग आफूँ पूर्विया भएको नाताले मनभित्रको सम्बन्ध रहेको बताइरहँदा दमकवासीले उनलाई तालीका पर्राले हौसाई रहेका थिए । उदयले भनेुझापासँग मेरो परिवारको पुरानो नाता पनि छ मेरा बावाले मनपराउने धेरै स्थानमध्ये झापा पनि एक हो ।ु
साँझ ६ बजेबाट शुरु भएको सप्तक दुइघण्टासम्म लगातार चलेको थियो । कार्यक्रममा उदय र मनिलाले ुसफ्ट नम्बरका डोएटु र ुिसंगलु गीत पस्किए । तामझाम र फाष्टबिटमा रम्ने तन्नेरी पूर्वेलीदर्शक पनि कार्यक्रममा झुम्मीएका थिए । कार्यक्रमलाई अनौपचारिक बनाउन उदले कार्यक्रम अवधिभर श्रीमति मनिलासँग ख्यालठट्टा गरि रहे । कहिले प्रेम प्रसंग त कहिले घरव्यवहारका कुरा ठट्यौली पारामा उक्काउँदा दर्शकदीर्घामा हाँसो र रोमान्चकता दुबै गुन्जिएको थियो । यो जोडीले श्रीमान र श्रीमतीबीचको प्रेमभावनालाई सधैं खुसीसाथ उद्धेलित गर्नुपर्ने सन्देश पनि दिए ।
काठमाण्डौं बाहिर पलेंटी श्रृखंला जस्तै सशुल्क र प्रत्यक्ष मनपर्ने गायक गायिकालाई सुन्ने र हेर्ने वातावरण मिलाइएको बताउँदै आयोजक सप्तरंगी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले भनेुकलाकारलाई माया गर्ने स्रोतादर्शक र गीतसंगीतका पारखी उपत्यका बाहिर पनि छन् भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको हो । ु एफएमले मासिक रुपमा राष्ट्रिय कलाकार ल्याएर प्रत्यक्ष सांगितिक कार्यक्रम गर्न शुरु गरेको उनले बताएका छन् । जेठ महिनामा दार्जिलिङकी गायिका डेजी बराइलीले यस्तै सांगितिक प्रस्तुति दिएकी थिइन् । कार्यक्रमको संयोजनमा सहयोग गरेका बरिष्ठ संगीतकार मणीकमल क्षेत्रीले भनेुगीतसंगीतमा सीमाना भन्ने हुन्न यस्ले मानव जीवनको भोगाईलाई प्रतनिधित्व गर्दछ ।ु क्षेत्री हिजोआज झापामै बसेर संगीतका विद्यार्थी उत्पादनमा लागेको उनले बताए ।
पूर्वेली स्रोताको हौसलालाई आत्मसात गर्दै उदय र मनिला दुबैले दुइघण्टासम्म खुबै मनोरंजन दिलाए । यो जोडीलाई गायन जमाउन र चिनाउन सफल आधि बाटो िहंडेपछि बोलको गीतसँगै गायन यात्रा शुरु भएको थियो । त्यसपछि हजार जुनीसम्म तिमी बिना बाँच्न गाह्रो भो माया नमार है मन लागे जोडी दिन मन नलागे तोडिदिन बारीखोला पारी खोला जस्ता कर्णपि्रय गीत लगातार गाउँदै दुबलै मनोरंजन मात्र दिलाएनन् गीतका भावमा रम्न र डुब्न विवश बनाइदिए । एफएमका अध्यक्ष मेहेरमान लिङ्देनले गायक गायिका र संगीतकारलाई खादा ओडाएर सम्मान गरे । यो प्रतयक्ष गायनमा दार्जिलिङका राजेश बर्देवाले तबलामा किरण मोक्तान र रोशन परियारले गीतारमा साथ दिएका थिए । स्थानिय गजलकार प्रकास आङ्देम्बेले उदयकै रोजाइमा दुईवटा गजलबाट मनोरंजन दिलाए । दमक लिटल क्विन सुदृष्टि राइले एउटा गीत गाईन् ।

No comments: