Saturday, July 23, 2011

आफ्नै पोसाकमा चिरिच्याट्ट

हिलो पटक कलेजी रंगको फनेक र चौबन्दी लगाएर कम्मरमा पटुकी कस्न झापा दमक १० की कल्पना भुजेललाइ सकस नै पर्यो । सोमबार आफ्नै जातिको पोसाक लागाउँदा परेको यो अफ्ठयारो सम्झदैं उनले भनिन, यसअघि कहिल्यै लगाएकी थिइँन त्यहि भएर अलि बढी समय लाग्यो ।
कोरीबाटी चिटिक्क परेर दमकमा भएको कार्यक्रममा आएका उनीजस्ता अन्य भुजेल युवतीले पनि आफ्नै पोसाक लगाएका थिए । जातिय पहिचान झल्कने पोसाक लगाउन भरखरैबाट शुरु गरेका उनीहरुले यस्लाई अभियानकै रुपमा अघि बढाएका छन् । दमक ४ डाकिनीकी सरस्वती धिमाल पनि रातोपेटी भरेको कालो पेटानीमा रमि्रएकी थिइन् । रातो चोलो र कालो पेटानीमा चिटिक्क देखिएकी उनी विवाह मेला र जातिय उत्सवमा पनि यो पोशाक लगाउँछिन् । भन्छिन पहिले त हाम्रा आमा हजुरआमाले मात्र लगाउनु हुन्थ्यो तर जातिय पहिचान नै हराउने भएपछि हामीजस्ता युवतीले पनि आफ्नै पोसाक रोज्न थालेका छौं ।

धिमाल युवतीले विशेष अवसरमा मात्र नभएर गाउँटोलमा पनि जातिय पोसाकलाई प्राथमिकता दिन शुरु गरेका छन् । धिमाल जाति विकास केन्द्रले झापा र मोरङका वस्तीहरुमा पेटानी बुन्ने र धिमाल संस्कृतिको विषयमा जनचेतना जगाउने अभियान नै शुरु गरेको छ । दमकको हिमालय उच्च माविमा प्लस टु की छात्रा नेत्रकुमारी धिमालले भनिनुनयाँ पुस्ताले संस्कृति नबुझे हराउने रहेछ भन्ने चेतना बढ्न थाल्यो । प्रतिभा राजवंशीले ढाला र पेटानी लगाउन आमाबाट सिकेकी हुन । कक्षा ९ मा अध्ययनरत यी किसोरी अचले औपचारिक कार्यक्रम र जातिय उत्सवमा सहभागि हुन आफ्नै पोसाक रोज्छिन् । पहिले त पाइन्ट भेष्ट नै सहज हुन्थ्यो । तर गाउँका दिदी र अरुले पनि जातिय पोसाक लगाउन थालेपछि उनलाई पनि रहर चल्यो ।

पहिले त देखासिखी मात्र गरें तर अहिले भने म राजवंशी हुँ भन्ने चिनाउन पनि यो लगाउँछु अचेल मैले लगाएको पोसाक हेरेर राजवंशी रहिछ भनेर सजिलै चिन्छन् । दमक बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षकी छात्रा प्रमिला कुमालले पनि मौकापर्दा कुमाल जातिको परम्परागत पोसाक लगाउँछिन् । औपचारिक कार्यक्रम बाहेक पाहुना जाँदा पनि उनलाई आफ्नै पोसाक मनपर्छ । उनले भनिनुहाम्रो जातिको संस्कृति र संस्कार जोगाउन लागि पनि आफ्नै पोसाक लगाउन मन लाग्छ । विभिन्न जातिका पोसाक र परम्परा उनीहरुले नै संरक्षण नगर्दा लोप हुन लागेको प्रमिला बताउँछिन् ।
नेपाल आदिवासी जनजाति महासंघले जातिय रिवाजलाई नभुल्न आग्रह गर्दै संघमा आबद्ध जातिका अगुवालाई सकेसम्म आफ्नो भाषा र पोसाक प्रयोगमा ल्याउन आग्रह गरेको छ । महासंघका दमकनगर अध्यक्ष मोहन धिमालले भनेुअब पनि अभियान नथाल्ने हो भने हाम्रो जातिय पहिचानकै समुल अन्त्य हुने खतरा बढेको छ । महासंघका सबै कार्यक्रम र जातिय उत्सवमा अहिले परम्परागत पोसाक लगाउने र आफ्नै भाषा प्रयोग गर्ने चलन बढेको उनले बताए ।