Thursday, July 24, 2014

'माछाका भुराले दिलायो नाम र दाम'

माेहन राइ
म माछाका भुरा उत्पादन गर्छु। यो पेसामा लागेको १७ वर्ष भइसक्यो। २०५४ सालतिरको कुरा हो, माछा पाल्ने किसानले मोरङमै भुरा पाउँदैनथे। खरिद गर्न निकै टाढासम्म जानुपर्दथ्यो। माछाको भुराको दाम भन्दा यातायात र अन्य खर्च बढी हुन आउँथ्यो। किसानका समस्या पनि निकै थियो। यतै सहज रूपमा भुरा पाए कस्तो हुने थियो भन्ने मलाई लाग्थ्यो।

अझ मेरो गाउँ बेलबारी र छिमेकी गाउँका किसानले त राजमार्ग उक्लिएर फेरि टाढाको यात्रा गर्नुपर्ने बाध्यता नै थियो। यो समस्या देखेर माछापालन र यसको व्यापार गर्ने सोचाइ आयो। मलाई पहिले पनि यो व्यवसायमा हात हाल्ने इच्छा थियो।

बेलबारी ४ मा राजमार्ग नजिकै मैले माछापोखरी खनाएँ। अहिले माछाका भुराले नै मालई पूर्वभरि चिनाएको छ। भुरा उत्पादक किसान भनेर सबैले मलाई स्याबासी पनि दिने गर्छन्। यहाँ बनाएको भुरा हुर्काउने पोखरीबाट दैनिक एक क्विन्टलसम्म पनि माछा बिक्री गरेको छु। साना तथा ठूला किसानहरू भुरा खरिद गर्न मेरै एभरेस्ट माछा फार्ममा आउनुहुन्छ।
विगतमा हामीले खरिद गर्दा विविध कारणले माछाका भुराको मूल्य बढी पर्दथ्यो तर हिजोआज मैले थोरै मुनाफा राखेर बिक्री गर्दै आएको छु। पूर्वको विराटनगर, काँकडभिट्टा, इलाम, धुलाबारी, भोजपुरदेखिका किसान पनि मेरैमा भुरा खरिद गर्न आउनुहुन्छ। वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ।

चैतदेखि साउनसम्म माछाको भुरा बिक्री हुने मुख्य सिजन हो। यही महिना किसानले पोखरीमा माछाका भुरा लगाउँछन्। अघिल्लो वर्षमात्रै मैले १२ लाख भुरा बिक्री गरेको थिए। नेपालमा नहुने प्रजातिका माछा जस्तै: रौ, नैनी, भाकुर, ग्रास, कमन, सिल्भर, बिगेट, हाइब्रिड मुंग्री कोलकातादेखि पनि आउँछ। दुई इन्चसम्मका भुरादेखि अन्डाबाट निस्किएका स्पोन्च ल्याएर राम्रो वातावरणमा रहेका पोखरीमा हुर्काइन्छ। त्यसपछि किसानलाई उचित मूल्यमा बिक्री गरिन्छ। पाँच सय २० रुपैयाँ प्रतिकेजी ग्रास कार्प र ६ सयसम्ममा ग्रास बिक्री हुन्छ।

बेलबारी ४ मा राजमार्ग नजिकै मैले माछापोखरी खनाएँ। अहिले माछाका भुराले नै मालई पूर्वभरि चिनाएको छ। भुरा उत्पादक किसान भनेर सबैले मलाई स्याबासी पनि दिने गर्छन्।

अन्यको मूल्य जातिअनुसार तोकिन्छ। पोखरीमा भर्खरै माछालाई अक्सिजन दिने एरिएटर मेसिन पनि जडान गरेको छु। यसले अक्सिन अभावमा भुरा मर्ने क्रम रोकिएको छ। मेसिन चलाएपछि यसले पानीमा अक्सिजनको आपूर्ति गर्न थालेपछि माछा मर्ने दर घटेको हो।

जिल्ला कृषि विकास कार्यालयले अनुदान सहयोगमा यो मेसिन उपलब्ध गराएको हो। यसमा ८० प्रतिशत अनुदान प्राप्त भएको थियो। खासगरी साना भुरा बिहानको समयमा मर्ने हुनाले मैले त्यहीबेला मेसिन चलाउने गरेको छु। मेसिन राख्नुपूर्व एउटा पोखरीमा दुई क्विन्टलसम्म माछा राख्न मिल्दथ्यो तर अहिले भने चार क्विन्टलसम्म राख्दा पनि हुन्छ।

मेरो फार्ममा आठजनाले रोजगारी पनि पाएका छन्। कोलकाताबाट जिउँदा मुंग्रीमाछा ल्याएर पोखरीमा थप हुर्काई उपभोक्तालाई ताजा माछा बिक्री गर्ने अर्को व्यवसाय पनि गरेको छु। मोरङको इन्द्रपुर ७ मा १ बिघा ५ क_ा जमिनमा ठूलो माछापोखरी पनि छन्। त्यहाँ भुरा हुर्काउने पोखरी पनि छन्।

व्यावसायिक हिसाबले बनाइएका पोखरीमा माछापालन राम्रोसँग फस्टाएको छ। त्यहाँ जग्गा भाडामा लिएर माछापालन गरेकी हुँ। जाडोको समयमा माछामा घाउ आउने र रोगाउने क्रम बढी हुन्छ। त्योबेला अलि ध्यान दिनुपर्छ। नेपाली माछाको उत्पादन बढाउने हो भने भारतबाट आयात गर्ने क्रम आफैं कम भएर जान्छ। मैले यही व्यवसाय गरेर राम्रो कमाइ गरेको छु। परिवार पालिएका छन्। मलाई माछाले नै चिनाएको छ भन्दा पनि हुन्छ।

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK