Saturday, August 2, 2014

भेडेटारमा पनि लामखुट्टेकाे सकस


कुमार लुइँटेल
विराटनगर : विराटनगरबाट भेडेटार घुम्न गएका सञ्चारकर्मी उद्धव घिमिरे त्यहाँ लामखुट्टे देख्दा छक्क परे। मधेसको उखर्माउलो गर्मी र लामखुट्टेको सकसबाट एक दिन भए पनि मुक्त हुने लालसा लिएर उनी पहाड उक्लिएका थिए। तर त्यहाँ पनि लामखुट्टे लागेपछि घिमिरेले भने, 'होटेलमा सुतेको थिएँ। तराईमा जस्तै भुनुनुनु गरेको आवाज सुनियो। कोठामा त लामखुट्टेको गोलो रहेछ। टोक्न थालेपछि होटेल सञ्चालकसँग गुनासो गर्दै औषधि छर्किदिन आग्रह गरें।'
पूर्वको रमणीय तथा पर्यटकीय क्षेत्र भेडेटारमा केही समययता लामखुट्टे लाग्न थालेको छ। तराईबाट गर्मी छल्न र चिसोमा रमाउन महाभारत पर्वतशृंखलामा अवस्थित भेडेटारमा दैनिक सयौंको संख्यामा पर्यटक पुग्छन्। तर केही समययता भने यो चिसो पहाडी क्षेत्रमा समेत तराईमा जस्तै बाक्लै गरी लामखुट्टे लाग्न थालेको छ। चिसो पहाडी क्षेत्रमा लामखुट्टे देख्दा पर्यटक त आश्चर्यमा परेकै छन्, पर्यटन तथा होटेल व्यवसायीहरू पनि चिन्तित छन्।सुनसरीको धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ भेडेटार। यो समुद्र सतहबाट १,४३० मिटर उचाइमा पर्छ। पहाडी क्षेत्रमा रहेकाले मानिस तराईको गर्र्मीबाट बच्न, चिसो वातावरणमा रमाउन र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्छन्। लामखुट्टे लागेको विषयमा पर्यटकले गुनासो गरेपछि कसरी नियन्त्रण गर्ने भन्नेमा आफूहरू चिन्तित भएको भेडेटार होटेल एसोसिएसनका सचिव जितन राईले बताए। उनले भने, 'चिसो ठाउँमा लामखुट्टे लागेपछि हामी पनि छक्क परेका छौं।' तापक्रम वृद्धिसँगै पहाडी क्षेत्रको वातावरणमा पनि असर देखिन थालेको राईले बताए।तराई क्षेत्रबाट बस र अन्य गाडीमा पर्यटकसँगै लामखुट्टे पनि माथि उक्लिएको होटेल व्यवसायी कुलबहादुर लिम्बूले बताए। उनले भने, 'चिसो ठाउँमा लामखुट्टे नहुनुपर्ने हो तर हिजोआज यहाँ पनि प्रसस्तै देखिएका छन्।'बजार क्षेत्रबाट निस्कने फोहोरका कारण पनि पहाडसम्म पुगेका लामखुट्टेलाई प्रजनन गर्न सहज भएको हुनसक्ने उनले बताए। अर्का व्यवसायी आशीष राईले फोहोर व्यवस्थापनका लागि होटेल एसोसिएसनले जथाभाबी फोहोर गर्न नदिन ठाउँठाउँमा फोहोर संकलन गर्ने डोको र भाँडा राखेको जानकारी दिए। उनले भने, 'वातावरणका विषयमा बेलैमा सचेत नहुने हो भने भेडेटारको चिसोपना नहराउला भन्न सकिन्न।'दैनिक एक हजार आन्तरिक, तेस्रो देश र भारतका पर्यटक घुम्न गए पनि दैनिक चार सय पर्यटक होटेलमा बस्छन्। त्यहाँको भ्यु टावरबाट सप्तकोसी, पूर्र्वी तराईका फाँट, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत हिमशृंखला देखिन्छ।

२०७१ साउन ६ अन्नपूर्ण पाेष्ट

2 comments:

real estate nepal said...

nice

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK