कुमार लुइँटेल
ठूलै आपत् आइपरेको हो कि भनी उनीहरू अड्कल
गर्दै थिए तर एकै छिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते
लिन नभएर विमानस्थलमा चरा धपाउन दौडिएको पो रहेछ। कांग्रेस सभासद् तथा
पार्टीका मोरङ अध्यक्ष अमृत अर्यालले भने, 'साइरन बजाउँदै एम्बुलेन्स त चरा
धपाउन पो दौडिएको रहेछ।'
विराटनगर विमानस्थलमा नागरिक उड्डयन
प्राधिकरणको एउटा एम्बुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ। हवाईजहाज
उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीव्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ।
त्यसलगत्तै जहाज अवतरण र उडान गर्छन्। विमानस्थलमा बारम्बार चरा ठोक्किएर
क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै
लागि एउटा एम्बुलेन्स ढुक्कैसँग परिचालन गरेको हो।