Monday, August 11, 2014

चार पदका लागि सत्र संगठनको माग



कुमार लुइँटेल

विराटनगर : चार पदमा शिक्षकका १७ वटा पेसागत संघसंगठनले भाग मागेपछि मोरङमा जिल्ला शिक्षा समिति नै गठन हुनसकेको छैन। पेसागत संगठनहरूबाट को प्रतिनिधि हुने भन्‍नेमा अन्योल भएकाले पनि समिति गठन हुन विलम्ब भइरहेको छ।

समिति गठन गर्न जिल्ला शिक्षा कार्यालय मोरङले असार महिनायता मात्रै आठवटा बैठक गरिसकेको छ। तर समितिमा रहने शिक्षकतर्फका चारजना सदस्यमा सबै संगठनले भाग मागेको जिल्ला शिक्षा अधिकारी राजकुमार थापाले बताए। उनले भने, 'असारमा म आएदेखि आठवटा बैठक गरिसकें तर सबैले पद मागेपछि समिति गठन नै भएको छैन।'

कार्यालयले मंसिर महिनायता समिति गठन गर्न प्रयास गरिरहेको छ। समितिका एकजना सदस्य नेपाल शिक्षक युनियनका अध्यक्ष पितकुमार श्रेष्‍ठले उमेर हदबन्दीका कारण अवकाश पाएका छन्। मोरङमा युनियन अधिवेशनसमेत भएको छैन। त्यो संगठनबाट नयाँ नेतृत्व चयन नहुँदा शिक्षा समितिमा जाने सदस्यबारे अन्योल छ। दुई महिलासहित बाँकी चारवटा पदमा शिक्षकका संघसंगठनले आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।


तेह्र सदस्यीय जिल्ला शिक्षा समिति गठन नहुँदा मोरङमा नयाँ शिक्षक नियुक्ति, सरु वा तथा बढुवा प्रक्रिया प्रभावित भएको छ। आयोग उत्तीर्ण गरेर नियुक्ति पाउने पर्खाइमा बसेकाहरू पनि अन्योलमा छन्। जिशिअ थापा भन्छन्, 'शिक्षक संगठनले हानथाप गर्न छाडेर प्रतिनिधि पठाउने निर्णय गर्नुपर्‍यो।

तर संगठनबीच कुरा नमिल्दा गठन हुने लक्षण भने छैन।' स्थानीय विकास अधिकारीको अध्यक्षतमा गठन हुने समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, पेसागत संघसंगठनका प्रतिनिधि, शिक्षा क्षेत्रका बुद्धिजीवीसमेत रहने व्यवस्था छ।

नेपाल शिक्षक संगठनका मोरङका अध्यक्ष धर्मानन्द खरेलले शिक्षकका व्यावसायिक संघसंगठनबीच शिक्षा समितिमा प्रतिनिधि पठाउने विषयमा छलफल भने भइरहेको बताए। उनले भने, 'सहमति र सहकार्यकै आधारमा शिक्षकतर्फबाट समितिमा जाने चारजना मनोनीत हुनुपर्छ भन्‍नेमा हामी सचेत छौं।

शिक्षा कार्यालयले पनि त्यहीअनुसार समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ।' शिक्षकतर्फबाट मावि, निमावि, प्रावि र उच्चमाविबाट दुईजना महिलासहित चारजना जिल्ला शिक्षा समितिमा मनोनीत हुने प्रावधान छ। नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष पदेन सदस्य रहन्छन्।

समिति गठन हुन नसक्दा मोरङमा माध्यमिक तहमा नयाँ आयोग उत्तीर्ण ५३, निमावि तहमा ९७ र प्राविमा एक सय ८५ जना शिक्षकले नयाँ नियुक्ति लिएर कार्यक्षेत्रमा खटिन पाएका छैनन्। उनीहरूको नियुक्ति का विषयमा अस्थायी शिक्षकले आफूहरूको उचित व्यवस्थापन गरेरमात्र अघि बढ्न माग गर्दै आएका छन्।

मिति : २०७१ साउन, २६ सोमबार

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK