Tuesday, December 16, 2014

नेता पनि लागे कृषि कर्ममा

कुमार लुइँटेल
विराटनगर : एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले पोखरीबाट भर्खरै निकालेको माछा फटाफट तराजुमा राखे। कुनकुन प्रजातिका झिकिएका रहेछन्, ध्यान दिएर हेरे। अनि तौल घटी त भएन भन्दै सहयोगीलाई सोधे। तराजुको काँटाले उचित तौलको संकेत दियो। प्लास्टिकमा पोको पारेर ग्राहकको हातमा माछा राखिदिए। अछामीले भने, '६ महिना भयो, कृषि फर्म सुरु गरेको। एक रुपैयाँ गोटा खरिद गरी पोखरीमा छाडेका भुरा अहिले दुई सय ५० रुपैयाँका भएछन्।' 
 
कोसीहरैंचामा एमाओवादीका जिल्लास्तरका नेताहरू न्यु संयुक्त कृषक फर्म खोली व्यवसायमा लागेका हुन्। 'कोरा दर्शन र सिद्धान्तले मात्र राजनीतिक जीवन चलाउन कठिन हुनेरहेछ' अछामीले भने, 'कृषि उद्यकमा लागि उत्पादन र व्यवसायसँगै राजनीति पनि गर्दैछु। अरू साथी पनि साथै हुनुहुन्छ।'
एमाओवादीका २२ जना स्थानीय नेता तथा कार्यकर्ताले ४० लाख रुपैयाँ लगानी गरी पचाममा फर्म सुरु गरिएको अछामीले बताएका छन्। फर्ममा बंगुर, भैंसी, गाई र बँदेलपालन पनि गरिएको छ। फर्मका अध्यक्ष तथा कोसी हरैंचानगरका पार्टी इन्चार्ज नवराज चापागाईं भन्छन्, 'माछाको बिक्री सुरु भइसक्यो। अब बंगुर पनि बजार लग्ने तर्खरमा छौं।' यो फर्मबाट अहिले दैनिक एक सय केजीसम्म माछा उत्पादन भइरहेको उनले बताए। 
 
एमाओवादीका मात्र नभएर मोरङमा अन्य दलका नेता पनि राजनीतिका लागि आर्थिक रूपमा आत्मनिर्भर हुने अभियानमा सक्रिय भएका छन्। कतिले व्यावसायिक कृषि फर्म खोलेका छन्, कतिपय पशुपालनमा सक्रिय भएका छन्। 
मोरङमा एमाओवादीका सभासद् शिवकुमार मण्डल, अमनलाल मोदीसहित नेताहरू नवीन पोख्रेल, प्रकाश पौडेल, खेमराज भट्टराई कुखुरा, बाख्रा, गाईपालन र अन्य कृषि कर्ममा होमिएका छन्। मण्डलले मोरङको दर्वेशा २ मा १५ बिघा जग्गा भाडामा लिएर सातवटा पोखरीमा माछापालन गरिरहेका छन्। 
 
अहिले दैनिक डेढ क्विन्टल माछा उत्पादन भइरहेको छ। सभासद् मण्डलले बहुउद्देश्यीय कृषि फार्म चलाइरहेका छन्। मोदीले जग्गा भाडामा लिएर पूर्वाधार तयार पारिसके। 
 
सभासद् मण्डल भन्छन्, 'राजनीति गर्नेले पेसा नगर्दा आम्दानी कसरी हुन्छ र जीवन चल्छ भन्ने ठूलो प्रश्न उठ्छ। तर, हामीले त्यसलाई गलत साबित गरिदिएका छौं।' कृषिको सम्भावनालाई जनतासामु उजागर गर्न र कृषिमा रोजगारी बढाउन पनि आफूहरू लागि परेको मण्डलले बताए। पार्टीको कोसीहरैंचा नगर इन्चार्ज चापागाईंले पछिल्लो अवस्थाको बेलिबिस्तार लगाउँदै भने, 'समूहमै लगानी गरेर काम गर्दा राजनीतिक योजना र कार्यक्रम तय गर्न पनि सहज भएको छ।' 
 
एमाओवादीका मात्र नभएर मोरङमा अन्य दलका नेता पनि राजनीतिका लागि आर्थिक रूपमा आत्मनिर्भर हुने अभियानमा सक्रिय भएका छन्। कतिले व्यावसायिक कृषि फर्म खोलेका छन्, कतिपय पशुपालनमा सक्रिय भएका छन्। 
 
रोजगारी पनि सिर्जना हुने र आम्दानी पनि मनग्य हुने भएपछि राजनीतिबाट बचेको समय र श्रम यता लगाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङका पूर्वअध्यक्ष चुमनारायण तबदारले बताए। उनले भने, 'कञ्चनबारीमा फर्म छ। बंगुर, माछा, बाख्रा पालेको छु।' मोरङको शिसवनी बडहरामा अर्को फर्म चलाउने तयारी गरेको उनले बताए। 
 
मोरङमा एमालेका पूर्वकेन्द्रीय सदस्य गुरु बराल, कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, सप्तरीका सुमन प्याकुरेल पनि व्यावसायिक कृषिमा लागिपरेका छन्। बरालले विराटनगर १५ र बखरीमा माछापालन गरेका छन्। 
 
एमाले नेता जीवन घिमिरेसहितको समूहलेे बबियाबिर्तामा ५४ बिघा जग्गा किनेर व्यावसायिक खेती सुरु गरेका छन्। त्यहाँ रबरखेती, फलफूल र कागती खेती पनि भइरहेको छ। 
 
इस्टर्न स्टार कृषि सहकारीका अध्यक्ष घिमिरे भन्छन्, 'कृषि क्षेत्रको उन्नतिका लागि हामीले पनि योगदान दिनुपर्छ भनेर नै सक्रिय भएका हौं।' एमाले नेता प्याकुरेलका छोरा सृजनले टंकीसिनबारीको कृषि फर्म चलाएका छन्। अस्ट्रेलियाको ग्रिनकार्ड छाडेर नेपाल आएका सृजनले माछा, उन्नत जातको बाख्रा, हाँस, गाई, कुखुरा र बंगुरपालन गरिरहेका छन्। सृजन भन्छन्,' इच्छाशक्ति भएकैले म कृषि कर्ममा रमाएको छु।' 


1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK