Saturday, July 4, 2015

बुढेसकालमा शौचालय पस्दा.....!!

कुमार लुइँटेल
मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। 
 उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिसा नै आएन। दगुरेर बाहिर निस्किएँ। सास रोकिएझैं भयो।'
गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन्। 'एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो', उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो।' 
 बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेकी छन्।
मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन।
'पहिलोपटक शौचालय पस्दा सासै रोकिएलाझैं भयो', उनले भनिन्, ‘गुम्म भएजस्तो हुने। केको दिसा आउँथ्यो! निस्किएर बाँसझ्याङतिरै गएर बसें।'
 छोराछोरीको बारम्बारको कचकचसँगै उनले शौचालयमै दिसा बस्ने बानी लगाइन्। हिजोआज उनलाई बाहिरफेर दिसापिसाब गर्न मन लाग्दैन।
कलरु सरदार थारू पहिलोपटक शौचालय पस्दा नाक थुनेर बसे। भित्र ह्वास्सै गन्ध आएजस्तो भयो। दिसा गर्न खोजे, आउँदै आएन। उनले भने, ‘त्यसपछि त नहुने रहेछ भन्ने सोच्दै लोटामा पानी बोकेर लागें खोलातिर। 
 पहिलो दिन त्यस्तै भयो। शौचालय बनाएको एक महिनासम्म गर्नै सकिनँ। अहिले बानी भयो।' छोरा, बुहारी र नातीनातिनाले पनि शौचालयबाहिर दिसापिसाब नगर्न भन्दै थारूलाई सम्झाइबुझाइ गरे। 
 हिजोआज शौचालयभन्दा बाहिर दिसापिसाब गर्दैनन् उनी। मोतीपुरका धेरै वडामा बुढेसकालमा पाइखाना जानेहरू टोलैपिच्छे भेटिन्छन्। कतिपय त शौचालय पस्दाको अनुभव साटासाट गर्न एकआपसमा ख्यालठट्टा गर्छन्।
 गाउँ खुला दिसामुक्त घोषणा गर्नुभन्दा अघि गाविस कार्यालय, विभिन्न बाल क्लब, सहयोगी संस्था र अगुवाहरूलाई बुढापाकालाई शौचालयमा बस्ने बानी पार्न निकै कठिन भएको थियो। 
 गत जेठ २५ गते खुला दिसामुक्त घोषणा भएसँगै सबै गाउँलेका घरमा शौचालय निर्माण भएको छ। 
 गाविस सचिव लीलाराम बास्तोलाले भने, ‘कहिल्यै शौचालयमा दिसापिसाब नगर्नेलाई बानी पार्न निकै चुनौतीपूर्ण थियो। 
अहिले भने धेरैले बानी सुधार गरेका छन्।' गाउँको नेतृत्व गर्ने नेताले समेत शौचालय प्रयोग गर्न आनाकानी गरेकाले गाविसको परिषद् बैठक र अन्य गतिविधिमा बहिष्कार गरेपछि घरमा शौचालय बनाएको बास्तोलाले बताए। 
 मोतीपुरका १ हजार २ सय घरमा शौचालय बनाइएको छ।

1 comment:

Anonymous said...


Portable Multi-Purpose Laptop Table - Rounded Edges - Non-Slip Legs - Comfortable Foldable Study Table
यो सानो टेबल तुरुन्त चाहिन्छ भने यो लिङ्क https://bit.ly/3wNX2nC कपी गरेर तपाईंको ब्राउजर मा पेस्ट गरी इन्टर गर्नुहोला । नेपाल भरी डेलिभरी हुन्छ। सामान लिए पछी पैसा तिर्दा पनि हुन्छ। नेपालकै एक मात्र भर पर्दो अनलाईन सप दराज बाट ओरिजनल सामन पाउनुहुनेछ.
Robust MaterialsThis folding table is made up of Medium Density Fibreboard or MDF, having high load bearing strength and Impact Resistant features. The Table Dock and the hinges are made up of high-density ABS Plastic to achieve a balance between light weight and high strength. All the materials used are non-toxic and odourless, making it safe for people of all ages to use the multi-purpose table effectively.
Scratch Resistant and Spill Proof: All the surfaces of the study table are covered with high pressure laminate which is scratch and spill proof. This high-pressure laminate is tested to withstand extreme conditions such as heat and humidity, withstanding the heat emanated from your laptop and the moisture from your sweat or spillage of liquids such as coffee or tea.
Overall Dimensions: This laptop table size is 60 W x 40 D x 28 H cm (Unfolded) 60 W x 40 D x 5 H cm (Folded)
This bed table contain Built In Small Cup Holder Section and Mobile/Dock Holder