Wednesday, January 6, 2010

एउटा पुस्तकालय जस्तो पुस्तकालय



झापाको गौरीगन्जमा पचपन्न वर्ष अघि निमिर्त पुस्तकालय समस्यामा परेको छ ।

तत्कालिन राज त्रिभुवनले वि।सं २०११ सालमा उद्घाटन गरेको उक्त पुस्ताकालय आर्थिक र पुस्तक अभावका कारण बन्द हुने अवस्थमा पुगेको हो ।

पुस्तकालय संचालन समितीका अध्यक्ष नविनकुमार जोसीले विद्यमान समस्याका कारण पुस्तकालय नै बन्द गर्नु पर्ने अवस्था आउन लागेको बताए । उनले भने- अरु केही समय यस्तै समस्या भईरहे पुस्तकाल बन्द गर्नुको विकल्प छैन् ।

पुस्तकालयको नाममा दाताले दिएको चार बिघा जमिन भएपनि त्यस्को आम्दानी नआउने गर्नाले थप समस्या भएको बताउँदै उनले भने- ठेकदारले आम्दानी नदिएका छैनन् । दिदाँ पनि पुरानै कुत नियम अनुसार दिन्छन् । अर्थ अभावमा पुस्तकालयमा पुस्तक थप्ने काम हुन नसकेको उनले बताए ।

पुराना भई च्यातिएका पुस्तकले भरिएका र्याक देखाउँदै पुस्तकालयका कर्मचारी नवराज घिमिरेले भने अब त धमिरा र किराले खाएका पुस्तक मात्र बाँकी छन् । नयाँ थप्ने काम भएको छैन् ।

उनका अनुसार पुस्तकालयमा नेपाली हिन्दी बंगाली साहित्यका पुराना किताव बाहेक क्याम्पसमा स्तरका केही किताव छन् । ती पनि सध्धे हालतमा भने छैनन् । स्थानिय विद्यार्थी रजत घिमिरेले भने- खॊजेका पुस्तक भेटिदैंन त्यही भएरपनि पढ्न जानेहरु कम हुन्छन् । आफूँ नियमित पत्रिका पढ्नका लागि मात्र पुस्तकालय जाने गरेको उनले बताए ।

पुस्तकालयको सदस्य बन्नु पर्ने अनिवार्य नियम लगाएको भएपनि केही वर्ष यता तीस जना भन्दा धेरै सदस्य भएका छैनन् । उनीहरुबाट प्रवेश शुल्क पच्चीस रुपैयाँ र मासिक पाँच रुपैयाँ लिने गरिएको छ । पहिले २ सय भन्दा धेरै सदस्य हुने गरेको बताउँदै अध्यक्ष जोसीले भने- पढ्नेहरुबाट समेत उठ्ने शुल्कले सहयोग पुग्दथ्यो तर अहिले त त्यो क्रमपनि घटेको छ । दाताबाट पुस्तक उपलब्ध हुन सके पुस्तकालयको रौनक फर्किने थियो कि ।



No comments: