Thursday, January 21, 2010

आगलागि पीडित शरणार्थी रातभर कठ्याङ्गि्रए


मस्त निद्रामा थिएँ । आगो आगो भन्ोको सुनेर एकसोर कपडामै बच्चा च्यापेर उघँदै दुगरे । बाहिर निस्कदा त आफ्नै छाप्राको दलान दन्दनी बल्दै थियो ।ू झापाको दमक स्थित बेलडाँगी १ शिविरका भुटानी शरणार्थी बमवहादुर तामाङले बुधवार राती शिविरमा भएको आगलागिको घटना सुनाउँदै भने ूसबै जायजेथा खरानी भयो । एकसरो कपडा र ज्यान बाहेक केही बचाउन सकिएन् । खुला आकासमुनी कठ्याङ्ग्रीएर रात बितायौं ।
बिहिवार बिहान आगलागिले डढेर खरानी मात्र बाँकी रहेको आफ्नो छाप्राको भग्नावशेषमा डढेका गहना र पैसा भेटिने आशामा खरानी उधिन्दै गर्दा भेटिएकी सेक्टर ए ३ की गंगीमाया गुरुङले भनिन ूकेही निकाल्ने मौकै मिलेन । एकैछिनमा सबै मालसामान स्वाहा भयो । अहिले खरानीमा डढेका केही सिक्का र गहना चािहं भेटे । ू रातभर छिमेकीको आगँनमा रात बिताएकी उनले कठ्याङग्रीदो जाडोमा बालवच्चालाई भने समस्या भएको बताईन् । उनले भनिन ूकपडापनि छिमेकीसँगै मागेर लगायौं । भाँडा वर्तन केही बाँकी छैनन्् । ू उनले रातभरको जाडोमा सिउसिउ गर्दै बस्नु परेको पीडा सुनाईन् ।
आगलागिबाट पाठ्य पुस्तक समेत जलेपछि शरणार्थी विद्यार्थीहरुपनि समस्यामा परेका छन् । कक्षा नौका छात्र देवीचरण दर्जीले भने ूसबै किताब जले । अब कसरी पढ्नु होला । ू आफूँहरु घर जलेपछि रातभर चिसो चौरमा बसेको उनले बताए । शरणार्थी बालमन्चका संयोजक इन्द्र ति_िम्सनाका अनुसार एक सय भन्दा धेरै विद्यार्थीको पाठ्यपुस्तक आगलागिमा परि जलेका छन् । शिविर सचिव टिबी गुरुङले चिसो स्याँठमा बुधवारको रात बिताएका शरणार्थीलाई बिहिवारबाट स्थानिय विद्यालयमा बस्ने प्रबन्ध गरिएको बताए ।
राति पौने दश बजे बज सेक्टर ए-३ हट नम्बर ४ सय ७६ का लालमान लामगादेको आरनबाट उठेको आगोले सेक्टर ए-३ का अधिकांश घरमा क्षति पुगेको थियो । आगलागिबाट सत्ताईस वटा छाप्रा जलेर पूर्ण रुपमा नष्ट भएको र ३५ वटा थप क्षति हुन नदिन भत्काईएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोख्रेलले बताए । उनले भनेूक्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ । ू शरणार्थीलाई बिहिवार बिहान जिल्ला दैवी प्रकोप उद्धार समितीका तर्फबाट २० कार्टुन चाउचाउ १५ बोरा चिउरा र ५० किलो दालमोठ उपलब्ध गराइएको छ । रेडक्रस र अन्य संस्थालेपनि लत्ताकपडा र खानेकुरा वितरण गरेका छन् ।

No comments: