Monday, January 18, 2010

करोडौं लगानीको खानेपानी आयोजना बन्द हुने अवस्थामा


झापाको तोपगाछीमा संचालित खानेपानीका दुईवटा आयोजना बन्द हुने अवस्थामा पुगेका छन् ।
त्यहाँ संचालित तीनवटा मध्ये दुईवटा आयोजनाहरु सरकारी सहयोगको अभावमा बन्द हुन लागेका हुन् ।

तोपगाछी गाविसको वडा नं ३ मा रहेको स्कीम नम्बर दुई र सोही गाविसको स्कीम नम्बर तीन खर्च समेत धान्न नसक्ने अवस्थामा पगेर बन्द हुन लागेको उपभोक्ताले बताएका छन् ।

त्यस विषयमा सरकारको ध्यानाकर्षण गर्दा समेत सुनुवाई नभएको उपभोक्ता समितीका अध्यक्ष बावुराम कोईरालाले बताए । उनले भने ूकरोडौं लगानी गरि निमार्ण गरिएका आयोजना बन्द हुन लागे भनेर सरकारलाई घच्घच्यायौं तर हाम्रो आवाजलाई ध्यान दिईएन् । ू उनले आयोजना बन्द भए तीनसय भन्दा धेरै परिवार शुद्ध पिउने पानीबाट बन्चीत हुने र करोडौं रुपैयाँको लगानी डुब्ने बताए ।
उपभोक्ता संख्या कम भएका कारण संकलन हुने महशुल भन्दा विजुलीबत्ती र प्रशासनिक खर्च बढी हुने गरेकोले आयोजनालाई निरन्तरता दिन अफ्ठ्यारो भएको उपभोक्ता समितीका सचिव बिष्णु निरौला बताउँछन् । उनले भने आयोजनाबाट बितरण हुने पानी पिउने तीन सय २० जना उपभोक्ताबाट मासिक सोह्र हजार रुपैयाँ संकलन हुन्छ । तर कर्मचारी र विद्युत खर्च तीस हजार पुग्छ । मासिक घाटा घटाएर उपभोक्ता संख्या बढाउनका लागि पाईपलाईन बिस्तार गर्ने योजना सहित रकम माग गरेपनि सरकारले चासो नदिएको उनले बताए । ूपाँचसय जति उपभोक्ता पुगे आयोजना नाफामा जान्छ ।
उपभोक्ताले भौतिक योजना तथा निमार्ण मन्त्रालयमा डेलिगेसन गई विद्युतको महशुल मिनाहा गर्न र आयोजनाको पाईपलाईन बिस्तारका लागि बजेट माग गरेको तर रकम निकासा हुन नसक्ने जवाफ पाएको आयोजनाका संस्थापक उपाध्यक्ष टिका अधिकारीले बताए । उनले भनेूमन्त्रालयबाट तत्काल पैसा उपलब्ध हुन नसक्ने जवाफ पाएपछि निरास भएर फर्कियौं । स्थानिय उपभोक्ता बुद्धिमान पौडेलले सरकारी सहयोग आएमात्र आफूँहरुले पानी पिउन पाउने बताए ।
स्कीम नम्बर तीनका अध्यक्ष लोकेन्द्र माङलाक लिम्बुले त्यो आयोजनापनि घाटामा चलिरहेकोले बन्द हुने अवस्थामा पुगेको बताए । उनले भनेूसरकारले सहयोग नगर्ने हो भने आयोजना बन्द हुन्छ । विद्युतले धेरै पटक लाईन काटिसकेको छ । तर हाम्रो अनुरोधले मात्र सुचारु छ ।
तोपछागीमा वि।सं २०५९ सालमा तीन करोड रुपैयाँको लागतमा ओभरहेट ट्याङ्की सहितका तीनवटा आयोजना निमार्ण भएका थिए । ती आयोजनाहरुमा उपभोक्ताको समेत श्रम र लागनी रहेको छ । दुबै आयोजनाबाट वडा नम्वर ३६ ८२ र ७ का बासिन्दाले खानेपानीको सुविधा पाउँदै आएका छन् ।

No comments: