Wednesday, June 29, 2011
उल्टो मन्त्र हान्ने झापाली गाउँ
Tuesday, June 28, 2011
कर्मघरबाट बेहुली हुँदा......
जन्मघरमा लाडप्यार पाउने छोरीले कर्मघर गएपछि त्यही दर्जा र मायाममता नपाएका दृष्टान्त प्रशस्तै छन् हाम्रो समाजमा । बुहारीलाई सासुशसुराले छोरीकै दर्जा दिएको एकाध उदाहरण मात्र छन् । तर झापाको धरमपुर गाविसका उत्तमकुमार गौतमले बुहारीलाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । यसपछि शुरु भएको निर्मला कट्टेलगौतम को जीवनको दोस्रो अध्याय खुसीसाथ बितिरहेको छ । बेहुली भएर भित्रिएको कर्मघरबाटै दोस्रो विवाह भएपछि निरस भएको उनको जीवनमा बहार आएको छ ।
Friday, June 24, 2011
उदाहरणीय इटहरी, रमिते झापा
सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो ।
Monday, June 20, 2011
नाम किसानको रजाइँ…… अर्कैको ......
झापाका ट्याक्टर व्यवसायीले दमकमा अवैध कर तिर्नु परेको पीडा सुनाउन एउटा कार्यक्रम गरे । कार्यक्रममा रतुवा र मावा खोलबाट ढुंगाबालुवा झिक्दा जिविससहित एकदर्जन भन्दा धेरै गैरसकारी संगठनलाई जथाभावि पैसा अशुल्ने गरेको व्यवसायीले सुनाए । त्यो कार्यक्रममा ट्याक्टरका व्यवसायी सहभागि भएर पत्रकारलाई पीडा सुनाउँदै थिए तर कार्यक्रममा जस्का नाममा ट्याक्टर नेपाल भित्रन्छन् उनीहरुको उपस्थिति भने थिएनन् अर्थात तीनै किसान जस्को नाममा सरकारले सुविधा दिएको छ । Sunday, June 19, 2011
अब फेरी ब्लगर
मैले लामो समयदेखि ब्लग अपडेट गर्न सकेको थिइँन । तर, फेरि समय मिलाएर दैनिक झापाका खुराक पस्कने जमर्को गर्दै छु । मेरो ब्लग हेरेर कमेन्ट गर्नुहुने सबै साथीलाइ धन्यबाद दिदैं भविस्यमा पनि सहयोगको अपेक्षा गर्छु ।
Subscribe to:
Comments (Atom)
