Monday, June 20, 2011

नाम किसानको रजाइँ…… अर्कैको ......

झापाका ट्याक्टर व्यवसायीले दमकमा अवैध कर तिर्नु परेको पीडा सुनाउन एउटा कार्यक्रम गरे । कार्यक्रममा रतुवा र मावा खोलबाट ढुंगाबालुवा झिक्दा जिविससहित एकदर्जन भन्दा धेरै गैरसकारी संगठनलाई जथाभावि पैसा अशुल्ने गरेको व्यवसायीले सुनाए । त्यो कार्यक्रममा ट्याक्टरका व्यवसायी सहभागि भएर पत्रकारलाई पीडा सुनाउँदै थिए तर कार्यक्रममा जस्का नाममा ट्याक्टर नेपाल भित्रन्छन् उनीहरुको उपस्थिति भने थिएनन् अर्थात तीनै किसान जस्को नाममा सरकारले सुविधा दिएको छ ।
राज्यले भारतबाट टयाक्टर ल्याउँदा किसानसँग कर लिदैंन । सतप्रतिशत कर छुट छ । ट्याक्टरलाई कृषियन्त्रको सूचिमा राखेको छ राज्यले तर यो यन्त्र कृषियन्त्रका रुपमा नएर ढुवानी यन्त्रमात्र भएको छ । मुठ्ठीभर व्यवसायीले यो सुविधा लिएर नेपाल भित्राएका ट्याक्टर ढुंगा बालुवा गिटी र तालपर्दा अवैध काठ ओसार्न पनि प्रयोग भएका छन् ।

कर छुटको सुविधा उपभोग गर्नेमा कृषक नभएर ढुवानी व्यवसायमा संलग्न नै अधिक छन् । वास्तविक रुपमा खेतीपातीमा संलग्नले राज्यको सुबिधा उपभोग गर्नै पाएका छैनन् । राज्यले दिएको सुविधा पुग्नुपर्ने सम्म पुगेकै छैन् । यस्तो सुविधा वास्तविक कृषकले पाए नपाएको नियमन समेत भएको छैन् । खेतीकिसानी गर्न दिइएको सुविधा अन्यत्र प्रयोग हुदाँ समेत राज्य रमिते भएको छ । झापा कन्काई माई ट्याक्टर संघका अध्यक्ष बद्रीप्रसाद खनालले खेत हिल्याउने पटाहा लगाउने दाइँ गर्ने आदि काममा ट्याक्टर प्रयोग नगन्य हुने गरेको बताए ।
यातायात व्यवस्था कार्यालय मेचीमा दुईहजार ६०० ट्याक्टर दर्ता छन् । अधिकांश त ढुवानीकै काममा प्रयोग हुन्छन । मेचीका पहाडी जिल्ला ताप्लेजुङ पाँचथर र इलामका थोरै कृषकले चियाखेती र त्यससँग सम्बन्धित काममा मात्र ट्याक्टर प्रयोग गर्छन् । ती जिल्लामा तराइबाट सामान ओसार्ने प्रमुख यातायातको साधन नै ट्याक्टर हो । तराइमा नगण्य कृषकले खेत जोत्न र धान दाउनी गर्न प्रयोग गर्दै आएका छन् । अधिकांश कृषकले ट्याक्टर खरिद गर्नै सकेका छैनन् ।
कृषियन्त्रको सुविधा लिएर व्यवसाय गरेको भन्ने जिज्ञासामा व्यवसायीहरु हाक्काहाक्की ढुवानीको मेरुदण्ड नै ट्याक्टर भएको र उपभोक्तालाई आफूँहरुले सहज सुविधा दिएको बताउँछन् । ढुंगा बालुवा गिटी लगायत निमार्ण समाग्री एकदिन मात्र नओसार्ने निमार्ण कार्य नै रोकिने व्यवसायीको दाबी छ । कृषकलाई भनेर बैंक र वित्तीय संस्थाले ५ लाख रुपैयाँसम्म ऋणसुविधा पनि उपलब्ध गराउँछन् । तर तिनमा समेत व्यवसायीकै पहँुच छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार ट्याक्टरमा ट्रली जोडेर अन्य काम गर्न पाइँदैन् । पुरै कर तिरेर निजी सवारी प्लेट लगाउनु पर्ने भएपनि व्यवसायीले कृषियन्त्रको रुपमा खरिद गर्छन । ट्रली जोडेर समेत ट्याक्टर चलाउन पाइँदैन् । तर व्यवसायीको रटान छ अबैध करको मारमा परियो
यता एकपटक ढुंगाबालुवा ढुवानी गर्दा कयौंपटक अवैद्य कर तिनुपर्ने बाध्यताका कारण व्यवसाय चौपट भएको व्यवसायी बताउँछन् ।
दक्षिणी इलाम र उत्तरी मोरङस्थित रतुवा र मावाखोलाबाट ढुंगा तथा बालुवा निकासी गर्दा आफूँहरुले दर्जनौ संघसंगठनका नाममा विल बोकेर आउनेहरुलाई जर्बजस्ती पैसा दिनु परेको झापा कन्काई माई ट्याक्टर संघका सचिव कोमल खतिवडाले बताए । उनले भने- जिल्ला विकास समितीका ठेकेदारलेपनि नियम भन्दा धेरै पैसा लिएर सताएका छन् । तर जिविसलाई भन्दा समेत उस्ले ध्यान दिएको छैन् । उनले समस्याको विषयमा स्थानिय प्रशसानलाई समेत जानकारी गराईएको बताए । रतुवा खोलामा उत्तरी क्षेत्रबाट ढुंगा र बालुवा ढुवानी गर्दा जिल्ला विकास समितीका ठेकेदारले प्रति ट्याक्टर एकसय ३० रुपैयाँसम्म लिने गरेको व्यवसायी उनले बताए । राज्यले अब चािहं सोच्नै पर्छ ट्याक्टरको करटछसट कस्लाई दिने……।रु

No comments: