Tuesday, June 28, 2011

कर्मघरबाट बेहुली हुँदा......

जन्मघरमा लाडप्यार पाउने छोरीले कर्मघर गएपछि त्यही दर्जा र मायाममता नपाएका दृष्टान्त प्रशस्तै छन् हाम्रो समाजमा । बुहारीलाई सासुशसुराले छोरीकै दर्जा दिएको एकाध उदाहरण मात्र छन् । तर झापाको धरमपुर गाविसका उत्तमकुमार गौतमले बुहारीलाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । यसपछि शुरु भएको निर्मला कट्टेलगौतम को जीवनको दोस्रो अध्याय खुसीसाथ बितिरहेको छ । बेहुली भएर भित्रिएको कर्मघरबाटै दोस्रो विवाह भएपछि निरस भएको उनको जीवनमा बहार आएको छ ।

निर्मलाको विवाह हुने भन्ने सुनेर उतिबेला गाउँमा खासखुस चल्यो । बुहारी विवाहको कुरालाई कतिले त रुचाएनन् पनि । धेरैले नाक खुम्चाएपनि । गत फागुन २६ गते धरपुर २ का गणेशबहादुर कार्कीसँग दोस्रोपटक मागी विवाह गरेकी उनी श्रीमानको घरमा भेटिदाँ सन्तोषमा थिइन् ।
पहिलो विवाह आठ बर्ष अघि तोपगाछीका टंकप्रसाद गौतमसँग भयो । तर तीन बर्ष पहिले श्रीमान साशु र सशुराको पनि मृत्यू भएपछि उनको एकाङ्गी जीवन शुरु भयो । तीनबर्ष मानसिक रुपमा प्रताडीत हुनुपर्यो । तर जीवन जीउनेहरुका लागि हो भन्ने महशुस गरि उनले काका सशुराले गरेको दोस्रो विवाहको प्रस्तावलाई नकार्न सकिनन् ।

झापा धुलावारीका स्थाई बासिन्दा गणेशबहादुर कार्की गरिखान श्रीमती र दुईछोरा लिएर धरपुर २ झरेका थिए । तर उनी वैदेसिक रोजगारीमा गएकाबेला श्रीमतीले छोरा छाडेर अन्तै विवाह गरिन् । श्रमतीको विवाहपछि बिखलवन्दमा परेका उनी बाँकी जीवन बिताउने र छोरालाई कसरी पढाउने भन्ने औडाहामा थिए । यहि अवस्थामा उनकी दिदीले निर्मलासँग विवाह गर्न गणेशलाई हौसाएकी थिइन् । आखिर उनले सहाराकालागि पनि निर्मलालाई बेहुली बनाउने निधो गरे । हाम्रो जोडीलाई दैवले नै जुराई दिएका रहेछन अनि त उस्तै परिस्थितिमा भेट भएर विवाह भयो उनी भन्छनुआफन्तबाटै विवाहको कुरा चलेपछि उनले पनि नाइनास्ती गरिनन् म त तयार नै थिए ।

कार्कीका आमा बुवा र भाइहरु मोरङको बिराटचौमा बस्छन् । कुराछिनेपछि निर्मलाका माईती गणेशका परिवार सबै एकैठाउँमा मिसिएर विवाहमा सहभागि भए । त्यो विवाह हेर्न छिमेकी गाउँका मानिस पनि तोपगाछीमा भेला भए ।

गणेशले वैदेशिक रोजगारीमा कमाएर ल्याएको पैसाले धरमपुरमा खेतिपाती जोडेका छन् । त्यसकै कमाइले अहिले परिवारको गुजारा चलेको छ । कान्छा छोरा मनिष बुवाआमा सँगै छन् । उनी स्थानिय भानु माविमा कक्षा ७ मा पढ्छन् । उनले पनि लामोसमय पाउन नसकेको आमाको माया र ममता निर्मलाबाटै पाएका छन् । मनिषले भनेुममीले माया गर्नुभएको छ । जेठा छोरा भने कामको सिलसिलामा काकरभिट्टामा बस्छन् । निर्मलालाई पहिलेका श्रीमानबाट अंशका रुपमा सातकठ्ठा जग्गा पनि प्राप्त भएको छ । त्यसबाट आउने आम्दानी पनि थपिएको छ ।

एकल महिलाको विवाह हुनुलाई झापामा नौलो घटना मान्दै यस्ता प्रयासले समाजमा उनीहरुप्रति रहेको धारण परिर्वतन गराउन मद्धत मिलेको छ । निर्मलाको विवाह गराएका काकासशुरा उत्तम भन्छनुसमाजमा एकल महिलालाई हेर्न दृष्टिकोणमा परिर्वतन ल्याउन यस्ता घटनाले सकारात्मक सन्देश जान्छ निर्मलाको विवाह यहि उदाहारण हो । उतम र गणेशको विवाहले समाज रुपान्तरणमा नौलो आयाम थप्नसक्छ ।





No comments: