Friday, June 24, 2011

उदाहरणीय इटहरी, रमिते झापा


सुनसरीको इटहरी नगरपालिका केहीबर्ष अघिसम्म फराकिला र चिल्ला सडकका लागि चर्चामा थियो । उतिबेला यहाँको हरियालीको पनि खुब तारिफ हुन्थ्यो । एकघर एकबिरुवा यस्तै अभियान चलाइएको थियो नगरभरी । कान्छोनगर भएर पनि इटहरीको साख भने पूर्वका दिग्गज र पुराना सहरको भन्दा बढी थियो । यस्लाई उँचो राख्न इटहरीवासीको प्रयासले काम गरेको हो । भौतिक पूर्वाधार विकासको क्षेत्रमा इटहरीले मारेको फड्को अचाक्ली राम्रो देखिएको छ । यहाँको कलासंग्रालय मानिएको काब्यवाटिकाको प्रचार राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि भयो । पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणमा नगरपालिकाले गरेको काम कम प्रशंसायोग्य थिएन् । यी र आदि यस्तै कुराले इटहरीले स्याबासी पाएको हो ।
नयाँ बर्षको सुरुवातसँगै फेरि इटहरीको चर्चा चुलिएको छ । त्यो नयाँ चर्चा प्लाष्टिमुक्त इटहरीको अभियानले उठान गरेको हो । हो अहिले इटहरीका चोक र गल्लीहरुमा प्लाष्टि प्रयोग पूर्णत निषेध गरिएको छ जो व्यवहारमा लागू भएको छ । यहाँका पशले उपभोक्ता र सरोकारवाला सबैको प्रयासले इटहरी प्लाष्टिकझोला मुक्त भएको हो । यी झोलाको स्थान कागजका थुगां र कागजकै झोलाले लिएका छन् । किनमेल गर्न जाँदा स्वंम बिक्रेताले नै उपभोक्तालाई गैरप्लाष्टिकका झोला र थुंगा प्रयोग गर्न हौसाउँछन् । यो अभियानमा नगरपालिका उद्योग वाणिज्य संघ र स्थानिय संघसंस्थाको भूमिका नै महत्वपूर्ण छ । प्लाष्टिक झोला प्रयोग गर्नेलाई ५०० रुपैयाँसम्म जरिवाना गर्ने नियम छ । यस्तै अभियान इलाम बजारमा पनि लगाइएको थियो । त्यहाँ कठिनाईका बावजुत सीमित क्षेत्रमा अझै प्लाष्टिकका झोला बोक्न र प्रयोग गर्न पाइन्न् । इटहरीका संघसंगठनले आफ्नै अगुवाईमा एकलाख भन्दा धेरै झोला त निशुल्क नै वितरण गरेका थिए ।
रमिते झापा
छिमेकी इलाम र इटहरीले प्लाष्टिकमुक्त अभियान चलाएपनि झापाको दृष्टान्त भने फरक छ । यहाँका प्रमुख सहर दमक भद्रपुर मेचीनगर बिर्तामोड र सुरुङ्गामा २० माइक्रोन भन्दा कम तौलका प्लाष्टिकझोलाको प्रयोग सबैभन्दा धेरै छ । छिमेकी भारतको पानीट्याङकी र सिलीगुडीमा पनि यति कम तौलका प्लाष्टिकझोला प्रयोग हुदैंन । झापामा लोकहितको उदाहारणीय भएर सफल भएको अभियानका बारेमा सुन्न नपाएको धेरै भइसक्यो । उर्लाबारी प्रवेश गरेपछि सबैभन्दा धेरै राजमार्ग आसपास फोहोर थुपि्रएको स्थान झापा बनेको छ । केरखा सुरुङ्गा र काकरभिट्टा नजिकै राजमार्गकै छेउमा थुपारिएको फोहोरले डुङडुङती गन्ध मात्र छाडेको छ । यहाँ अभियानकर्ताको कमी नभएपनि एकले थालेको काम अर्कोले सहयोग नगर्ने परिपाटीले नै समस्या भएको हो । दमक उद्योग वाणिज्य संघले केही समय पहिले दमक चौकको घुमाउने पार्क सानो गर्नुपर्ने भनेर विभिन्न नियकासँग गरेको छलफल खुट्टा तान्ने प्रवृतिकै कारण बिफल बन्यो । बिफल भएका यस्ता अभियानको फेहरिस्त नै छ यहाँ । आखिर राम्रो कामको शुरुवात त जस्ले गरेपनि भैहाल्छ नी जस्ले अगुवाई गरेपनि के फरक पर्छ र ……

3 comments:

Anonymous said...

मवापकिमवापिकमवापिवमिावकमिवापि

Anonymous said...

हो । विगत लामो समय देखि हामी झापाली महज रमितेमात्र भएका छौ । झापाली नेताहरु प्रधानमन्त्री सम्म बनाइदिन सक्छन् तर भद्रपुरको ६० वर्ष पुरानो मेची पुल बनाइदिन सुनसरीबाट बिजय गच्छेदार नै आइदिनुपर्छ । हो हामी रमिते मात्र भएका छौ ।
भीम राजबशी
शिवगञ्ज बजार

mukesh subedi said...

i am very proud to be the citizen of itahari.yes we have progress a lot and i am sure we gonna improve lot better than this in comming future.