Wednesday, June 29, 2011

उल्टो मन्त्र हान्ने झापाली गाउँ

झापाको शिवगंज र राजगढ गाविस राजमार्गबाट मुश्किलले २० किलोमटिर दक्षिणमा पर्छन् । विद्यालय स्वास्थय चौकी प्रहरी कार्यालय र टेलिफोनको पनि सहज पँहुच छ त्यहाँ । तर यी दुबै गाविस केही महिना अघि निकै चर्चामा रहे । शिवगंजमा बोक्साको आरोपमा मलमुत्र खुवाएर दुईजना राजवंशी धामीलाई गाउँ निकाला गरियो । त्यस्तै राजगढमा मन्त्र गरेर एकजना सन्थाल किसोरी हत्या गरेको आरोपमा परिवारलाई नै गाउँलेले कुटपिट गरे । तर दुवै घटनामा संलग्नलाई कार्बाही भएन अन्तत उनीहरुले मेलमिलाप नै गर्नुपर्यो ।
अहिले गाउँमा बिग्रीएको सम्बन्धमा सुधार आएको छ । तर रिर्पोटिङका क्रममा दुबै गाउँमा एउटा कुरामा भने समानता पाइएको मलाई सम्झना छ । दुबै गाउँमा उल्टो मन्त्र हानेर मानिस बिरामी पारंदो रहेछु । गाउँमा अहिलेपनि धामीले मन्त्र उल्ट्याएरै मानिस मार्छन भन्ने अन्धविश्वास छ ।
गत फागुनमा पाँचगाछी ७ का नारायण राजवंशी र बीरबहादुर राजवंशी तेह्रदिन पछि आफ्नै घरमा पुर्नस्थापित भए । मानव अधिकारकर्मी र संचारकर्मीको रोहबरमा विश्वडुबाटोलमा कार्यक्रम गरि उनीहरुलाई घर फिर्ता गरियो । घटनापछि विक्षीप्त भएका दुबैजनाले गाउँ छाडेका थिए । राजवंशीद्धय गाउँ पुग्दा त्यहाँ तनावको अवस्था थियो । एकपक्षले उनीहरुले टुनामुना गर्ने गरेको आरोप लगाउन छाडेका थिएनन् । पीडितद्धयलाई टुनामुना गरेर गाउँका ५ जना मानिस मारेको र स्थानिय नापीलाल राजवंशीका नातीलाई बिरामी बनाएको आरोप लगाउँदै स्थानिय राजवंशी समूदायका अगुवाले गत फागनु ७ गते बिहान मानवमल मुत्र खुवाएका थिए । घटनापछि न्यायको खोजी गर्दै उनीहरु संचारकर्मी र मानवअधिकारकर्मीको शरणमा आएका थिए ।
गत जेठ ८ गते रागजढ १ बोक्राझाडीका भोला मर्डी उनकी श्रीमती माइनु मर्डी र स्थानिय मिना हेम्ब्रमलाई बोक्सावोक्सीको आरोपमा आफन्तले निर्घात कुटपिट गरे । पल्टन मर्णीकी छोरीलाई झारफुक गरी उपचार गर्ने भनेपनि उनको मृत्यू भएपछि आफन्त जम्मा भएर तीनैजनालाई कुटपिट गरेका थिए । गत जेठ ८ गते भएको घटनापछि गाउँमा आफन्त आफन्तबीच नै चिसोपना बढेको थियो ।मुटुरोगी सोमीलाई उपचारकालागि भारतको सिलीगुढी लगिएको तरआफैं ठिक गरिदिने भन्दै भोलाले नै फिर्ता ल्याउन भनेको बताउँदै मृतककी आमा मुम मर्डीले भनिनुझारफुक गरेरै ठिक हुन्छ भनि छोरी ल्याउन भने तर ल्याएको भोलिपल्टै छोरी बितिन् । घटनापछि आफन्त भेला भएर घटना गराउन संलग्न भएको भन्दै तीनै जनालाई दिउँसो १ देखि ५ बजेसम्म निर्घात कुटपिट गरेको मिनाका श्रीमान गोपालले बताए । उनले भनेुहामी दुबैजनालाई निर्घात कुटे बोक्साबोक्सी हौं भनेर स्वीकार गर्न लगाएपछि मात्र कुट्न छाडे ।

2 comments:

Anonymous said...

ए हजुर । शिवगञ्ज गाविस होइन । छिमेकी पाँचगाछी गाविस हो जुन तपाइहरुको समाचारमै उल्लेख छ । शिवगञ्जको नाम मुछिएकोमा हामी शिवगञ्जवासी दुखी छौ ।
तुलाराम लिम्बु
शिवगञ्ज ९ ब्याङ्गडाँडा

chiranjibi khatiwada.dammam saudi arabia said...

thanks my law of son.i wish your writing would more progress in future.i watch your writing in internet. i am proud of you.i hope we will get good writing in future.thank you.