Sunday, March 16, 2014

तिघ्रामा सुई घोच्छन् लागूऔषध प्रयोगकर्ता


कुमार लुइँटेल  
विराटनगर : हातको सट्टा तिघ्राको कापको नसाबाट लागूऔषध लिने क्रम दुर्व्यसनीमा बढेको छ। पछिल्लो अध्ययनबाट सुईको माध्यमबाट नशा लिनेमा यस्तो प्रवृत्ति अधिक बढेको पाइएको सरोकारवालाले बताएका छन्।
खाएर प्रयोग गरिने भन्दा नशामा सुईले घोचेर लिनेमध्ये ९० प्रतिशतभन्दा बढी लागूऔषधका प्रयोगकर्ताले तिघ्रा घोच्ने गरेको पाइएको छ।
पूर्वाञ्चलका सरोकारवालाहरूका अनुसार यहाँ युवाहरूमा कुलत बढेको छ, समयक्रमसँगै लागूऔषध प्रयोग गर्ने विधिमा र लतमा समेत अनौठोपन आएको सरोकारवाला बताउँछन्।
किरात याक्थुङ चुम्लुङद्वारा सञ्चालित पुनर्जीवन केन्द्रका कार्यक्रम अधिकृत विजय लिम्बू भन्छन्, ‘पाखुराको नसामा सुई घोपेर नशा लिनेहरू अहिले तिघ्राको कापमा सुई घोपेर नशा लिन थालेका छन्।
कतिपयले नसा सुक्न थालेपछि लिंग र अण्डकोषका नसामा समेत सुई रोप्ने गरेको उनले जानकारी दिए।

विशेष गरी हातमा सुई रोप्दा बिरामी भई अस्पतालमा उपचार गर्न गए लागूपदार्थ सेवन गर्ने गरेको पुष्टि हुने भएपछि लागूऔषध प्रयोगकर्ता युवकयुवतीले तिघ्राको नसा प्रयोग गर्न थालेको अध्ययनले देखाएको लिम्बूले बताए। मोरङमा एक हजार ६ सय ६४ जनामा स्वेच्छिक रगत परीक्षण गर्दा ४५ जनामा एचआइभी संक्रमण फेला परेको थियो।
मोरङमा दुई हजार दुई सयजनाले सुई प्रयोग गरी लागूपदार्थ प्रयोग गर्छन्। तीमध्ये धेरैले तिघ्राको कापमा सुई रोप्छन्। कतिपयले यसरी सुई प्रयोग गर्दा त्यसले संक्रमण भई थप समस्या आउने गरेको पुनर्जीवन केन्द्र मोरङका अधिकृत शैलेश भुजेलले जानकारी दिए।
उनले भने, ‘लागूऔषध प्रयोगगर्ने तरिका फेरिँदा स्वास्थ्य समस्या भने बढेको पाइएको छ। अहिले प्रयोगकर्ताहरूमा हेपटाइटिस सीको समस्या पनि अधिक देखिन थालेको छ।
भुजेलका अनुसार हातमा सुईको प्रयोग गरी लागूपदार्थ लिँदा नसा सुक्ने र परिवारमा थाहा हुने भएकाले पनि बानी परिवर्तन हुन थालेको पाइएको हो।
सुई प्रयोग गर्नेमध्ये सात सय ५० जना भने सुई साट्ने कार्यक्रममा सहभागी भएका छन्। सुईको प्रयोग गरी लागूऔषध लिनेहरूमा एचआइभी र एड्सको जोखिम अधिक भएको अर्का दुव्र्यसनी घटाउने अभियानमा सक्रिय अभियन्ता सञ्जीव चापागाईंले बताए।
उनले भने, ‘सुई प्रयोग गर्नेहरूमा अहिले एचआइभीभन्दा पनि हेपाटाइटिस सीको संक्रमण अधिक देखिन थालेको छ।पुनर्जीवन केन्द्रले मोरङका ३३ गाविस र एक उपमहानगरपालिकामा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

अन्नपूर्ण पोष्ट २०७० चैत २ गते, शनिबार

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK