Monday, March 31, 2014

कर्सर उद्योग अटेरी, सरकारी नियमको धज्जी उडाउँदै उद्योगी

विराटनगर : मोरङमा सञ्चालित क्रसर उद्योगले स्काभेटर प्रयोग गरी खोलाबाट ढुंगाबालुवा उत्खनन गर्ने क्रम बढेको छ। मेसिन प्रयोग गरी ढुंगाबालुवा उत्खनन गर्न पाइँदैन। तर, सरकारी नियमको धज्जी उडाउँदै क्रसर उद्योगीले स्काभेटर चलाउँदै आएका छन्। नियमअनुसार जनश्रम प्रयोग गरेर मात्र ढुंगाबालुवा निकाल्नु पर्छ।

जिल्ला विकास समिति मोरङका स्थानीय विकास अधिकारी शिवराम पोखरेलले ढुंगाबालुवा उत्खनन गर्न मेसिन प्रयोग गर्नु गैर कानुनी कार्य भएको बताए। क्रसर उद्योग बस्ती, खोला र जंगलभन्दा एक किलोमिटर टाढा रहनुपर्ने नियम छ। तर, मोरङका अधिकांश क्रसर उद्योग बस्ती, खोला र जंगलनजिकै सञ्चालित छन्। तिनले वातावरण विनाशमात्र होइन, ध्वनि र वायु प्रदूषण पनि गरिरहेका छन्। लेटाङका यामकुमार कार्कीले भने, 'उद्योगबाट निस्कने धुलो र आवाजले बस्तीमा बस्नै कठिनाइ भएको छ।'
लेटाङको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले निर्बाध रूपमा स्काभेटर प्रयोग गरी डुंगा र बालुवा निकाल्दै आएको छ। खोलाबाट सोझै ट्रकमा लोड गरेर त्यसलाई प्रशोधन स्थलसम्म लगिन्छ। क्रसर उद्योगले बदमासी गरेको जानकारी भएपनि कारबाही गर्न कठिनाइ भएको स्थानीय विकास अधिकारी पोखरेलले बताए।

उनले भने, 'सरकारले आगामी असार मसान्तसम्म उद्योगलाई पहिलेकै मापदण्डमा सञ्चालन गर्न अनुमति दिएको छ। त्यसैले कारबाही गर्न कठिनाइ भएको छ।' यसको नियमन गर्न उद्योग मन्त्रालयले चासो दिनुपर्ने उनले बताए।
मोरङका क्रसर उद्योगलाई यसअघि प्रशासनले उत्पादन परिमाण पठाउन निर्देशन दिएको थियो। प्रारम्भिक वातावरणीय परीक्षण गर्न भने पनि कतिपयले यो मापदण्ड पनि पूरा गरेका छैनन्। क्रसर उद्योगीले भने मापदण्ड पूरा गरेको दाबी गर्दै आएका छन्।
प्रशासनले दिएको निर्देशनअनुसार तीनवटा उद्योगले उत्पादन परिमाण बुझाएका छन्। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भने, 'मेसिन प्रयोग गरेको भन्ने जानकारी आएकाले अब २४ घन्टा नै गस्ती गर्ने तयारी गरेका छौं।' रातको समयमा क्रसरले मेसिन प्रयोग गरेर अनधिकृत रूपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएकोले वन कर्मचारी र सशस्त्र प्रहरीले समेत गस्ती गर्ने तयारी भएको लुइँटेलले बताए। क्रसर उद्योगले भने दिउँसै स्काभेटर चलाएर प्राकृतिक साधनस्रोत उत्खनन गरिरहेका छन्।
जिल्लामा अनुमति लिएका १३ मध्ये सातवटा क्रसर उद्योग सञ्चालनमा छन्। तीमध्ये अधिकांशले स्काभेटर चलाउँछन्। बाहुनीमा क्रसर उद्योगले समस्या भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरिरहेका छन्। गछिया, चिसाङ, बक्राहा, लोहन्द्रा, सुनझोडा, मावा र बुढीखोलाबाट ढुंगाबालुवा निकाल्न जिविसले ठेक्का दिएको छ ।
पछिल्लो तीन वर्षको अवधिमा मोरङमा ढुंगाबालुवा उत्खनन गर्ने क्रम पनि बढेको छ। त्यही अनुपातमा राजस्व पनि वृद्धि भएको जिविस मोरङका राजस्व अधिकृत उपेन्द्र गच्छदारले बताएका छन्। चालू आर्थिक वर्ष ६ करोड ६६ लाखमा खोला ठेक्कामा लगाइएको छ। मोरङमा ६ करोड ८५ लाख घनफिट ढुंगाबालुवा उत्खनन क्षमता रहेको गच्छदारले जानकारी दिए।
 


                      क्रसरले पाएको उत्पादन अनुमति र राजश्वको अवस्था

आर्थिक वर्ष/                     स्वीकृत परिमाण (घनफिट)/                 राजस्व (रुपैयाँ)
२०६८/०६९/                    २ करोड ५० लाख  /                                ३ करोड ७५ लाख
२०६९/०७० /                  ३ करोड २० लाख /                                  ४ करोड ८० लाख
२०७०/०७१ /                  ३ करोड ४० लाख /                                  ६ करोड ६६ लाख

मिति : २०७० चैत १७, सोमबार [62 पटक पढिएको]

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK