Sunday, March 30, 2014

प्रहरीमा ‘पुलिस अफ द मन्थ’ को उपाधि



उपाधि पाएपछि पूर्वक्षेत्रीय प्रहरी कार्यालयपरिसरमा रहेको आवरण स्तम्भमा आफ्नै फोटोसहितको फ्लेक्सअगाडि उभिएका प्रनानि उत्तम कार्की।  (तस्बीर: अन्नपूर्ण)



विराटनगर : प्रहरी प्रोत्साहनका लागि ‘पुलिस अफ दि मन्थ’ को उपाधि दिन सुरु गरिएको छ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सुरु गरेको यो अभियानबाट फागुन महिनाका लागि दंगा नियन्त्रण गण दुहबी सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक उत्तम कार्की ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन्।
कार्की पूर्वमा कार्यरत १२ हजार एक सय ४० जना प्रहरीमध्येबाट उत्कृष्ट छनोट भएका हुन्।
प्रहरीले महिनाभरि गर्ने कार्यसम्पादनको मूल्यांकन गर्दै उनीहरूलाई पूर्वक्षेत्रका प्रहरी जवानदेखि अधिकृतमध्येबाट एकजनालाई यही महिनाबाट उपाधि दिन सुरु गरेको हो।
समूह बनाएर व्यावसायिक रूपमा अपराधमा संलग्न मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरका राम राईलाई प्रनानि कार्कीले गोली प्रहार गरी घाइते बनाएर झापा दमकबाट पक्राउ गर्न साहसिक भूमिका निर्वाह गरेकोले उत्कृष्ट प्रहरीको उपाधि दिइएको हो।

मोस्ट वान्टेड सूचीमा रहेका राईले मोरङ सुन्दरपुर ६ बस्ने मनबहादुर तामाङलाई गत पुस ९ गते सोही स्थानमा गोली प्रहार गरी हत्या गरेको, लक्ष्मी विकास ब्यांक दमकमा ७८ लाख ९० हजारबराबर नगद डकैती गरेको, उर्लाबारी बजारमा राम थापाको सुनचाँदी पसलबाट २१ लख २० हजार नगद लुटपाट गरेको जस्ता विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।
उपाधि विजेता कार्कीको तस्बिर र कामको विवरण उल्लेख भएको तस्बिरसहितको फ्लेक्स पूर्वक्षेत्रीय प्रहरी कार्यालयपरिसरमा रहेको आवरण स्तम्भमा राखिएको कार्यालयका प्रमुख डीआईजी नवराज सिलवालले जानकारी दिए।
उनले भने, ‘महिनाभरि काम गर्ने पूर्वका तीनवटै अञ्चलका प्रहरी कार्यालयका प्रहरीको कामको मूल्यांकन गरी उपाधि दिइन्छ।’
उपाधिका लागि उपयुक्त उम्मेदवार छनोट भने जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालयबाट संकलन गरी अञ्चल प्रहरी कार्यालयलाई पठाउँछन ।

मिति : २०७० चैत १६, आइतबार (अन्नपूर्ण पोष्ट)

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK